अल आउट वार

अल आउट वार

रूसका सहरहरूमा आज राति पश्चिमका आतंकारी शक्तिहरूको यूएभी आक्रमण (नेटोद्वारा हामीविरुद्ध लडेको युद्धको छायाँमा युक्रेन बढ्दो छ) विशेष गरी तीव्र थियो । आवाजहरू अन्ततः मौनमा रुपान्तरण भएका छन् । कसरी आउँछन्? कसले निगरानी गरेन ? अझ हामीले गतिलो तरिकाले हेर्नुपर्दथ्यो । सबैले अब के गर्ने भनेर सोच्न थालेका छन् ।

जोहानेस बर्गमा आयोजित ब्रिक्स शिखर सम्मेलनले बहुध्रुवीय विश्व कसरी संस्थागत हुँदै गइरहेको छ भन्ने देखाउँछ । सातमध्ये छ वटा सभ्यता (रुसी, चिनियाँ, भारतीय, अफ्रिकी, इस्लामिक, ल्याटिन अमेरिकी) सातौँ पश्चिमको आधिपत्यलाई अस्वीकार गर्न एकजुट भइरहेका छन् । तर पछिको (उत्तरार्द्ध) स्पष्टरूपमा विश्वव्यापी प्रभुत्वको हानी स्वीकार गर्न तयार छैन । यो प्रति-आक्रमण गर्दैछ। रसियाले यो झट्कालाई गहनरुपले  महसुस गरेको छ ।

पश्चिमी शक्तिहरु कुनै पनि मूल्यमा युक्रेनी नाजीहरूको हातबाट आफ्नो आधिपत्य कायम राख्न लडिरहेका छन् । रूसी जनताको हत्या गर्दैछन्, रूसी सहरहरूमा आक्रमण भइरहेको छ, रूसी सैन्य र नागरिक सुविधाहरू खोसेको छ, र शान्तिपूर्ण गाउँ र शहरहरूमा बमबारी गरिरहेको छ। तथापि, यस अग्रगामी युद्धको बारेमा अब केही पनि शान्तिपूर्ण छैन। युद्ध भनेको यही हो ।

सैन्य मोर्चाको समानान्तर, जहाँ हाम्रा नायकहरूले शत्रुको उग्र आक्रमण र प्रति(आक्रमणलाई वीरतापूर्वक रोकिरहेका छन् ।   उग्र आक्रमण भइरहेको ठाउँमा एक वास्तविक पश्चिमी विरोधी मोर्चा तैनाथ गर्न आवश्यक देखिएको छ। पहिलो कुरा त वैचारिक मोर्चा । संस्कृतिमा, शिक्षामा र  विज्ञानमा विशेष अपरेशन सुरु गर्न आवश्यक छ।

पश्चिमको आधिपत्यले हाम्रो समाजमा गहिरो प्रभाव पारेको छ । ग्राम्सीको विश्वास थियो कि विचारको क्षेत्रमा  पहिलो र सबैभन्दा महत्त्वपूर्ण रूपमा आधिपत्य प्राप्त भएको थियोः जहाँ हामीले विचारहरूको क्षेत्रमा हामीले एसएमओ सुरु गर्नुपर्दछ।

हाम्रो मानवीय क्षेत्र, संस्कृति र शिक्षामा शत्रुका विचारहरू अझै पनि हावी छन् । पश्चिमले विचार र भौतिक युद्धबीचको सम्बन्ध राम्ररी बुझेको छ। यदि यदि हामीले डे-वेस्टर्नाइजेसन वा परम्परागत मूल्यमान्यताको संरक्षणको दिशामा कदम चाल्यौं भने यो प्रहार प्रतिबन्ध, अर्थशास्त्र वा युएभी आक्रमणबाट प्रहार हुन सक्छ ।

हामी चौतर्फीरुपमा युद्धको सामना गरिरहेका छौं । यसमा सबै कुरासँग जोडिएको छः राजनीतिसँग अर्थव्यवस्था, सांस्कृतिक घटनाहरूसँग सैन्य कार्यहरू, अनलाइन प्रक्रियाहरूसँग आतंकवादी आक्रमणहरू, सामुहिक–मनोविज्ञानको साथ जानकारी, सामाजिक ईन्जिनियरिङ्को साथ कूटनीति, प्राविधिक नेतृत्व र प्राकृतिक संसाधनहरूका लागि संघर्षको साथ मानविकीजस्ता विषयहरु जोडिएका छन् ।

बहुध्रुवीय विश्व, ६ सभ्यताका विरुद्ध यी सबै स्तरको अभिन्न युद्धका लागि पश्चिमको मुख्य नियन्त्रण केन्द्र छ । त्यहाँ एजेन्टहरूको सञ्जाल, पश्चिमीकृत अभिजात वर्ग, समाजमा पश्चिमी दृष्टिकोण र मूल्यहरू, शैक्षिक संस्थाहरू, विध्वंसकारी कार्यहरू, आतंकवाद, जातीय र सामाजिक द्वन्द्वको उक्साहट, लैंगिक मनोविज्ञान, पुस्तागत विशिष्टताहरू सबै कुराहरुको प्रयोग गरिन्छ ।

के हामीसँग यस्तो केन्द्र छ ? प्रश्न अलंकारिकरुपमा छ । यो स्पष्ट छ कि हामीसँग एक छैन र यो स्वाभाविक छ, किनकि पश्चिमले लामो समयदेखि हामीविरुद्ध युद्ध छेडिरहेको छ । पश्चिमालाई छ कि उसले के गरिरहेको छ? उसले सकेसम्म लामो समयसम्म आफ्नो सर्वव्यापी प्रभुत्व कायम राख्न चाहन्छ।

हामी भर्खर मात्र यो युद्धमा प्रवेश गरेका छौं, अर्थात्, हामीले भर्खरै महसुस गर्न थालेका छौं कि यो पहिलेदेखी  नै चलिरहेको हो र हामीले अझै पनि युद्धको पूर्णरूपमा महसुस गरेका छैनौं ।

अझै पनि हामी पश्चिमको सभ्य उपनिवेश हौं । विद्रोही भए पनि, तर एक उपनिवेश हौं।

पश्चिमसँगको सङ्घर्ष हाम्रो आफ्नै समाजबाट सुरु हुनुपर्छ । त्यसपछि हामी सबै युद्ध मुख्यालयको आवश्यकता बुझ्नेछौं ।

जब, पश्चिमी युएभीहरूले रातदिन रूसी  सहररहरूमा आक्रमण गर्छन्। यो राम्रो कुरा हो कि हामी अन्यायविरुद्धको आक्रोशबाट टाढा गइसकेका छौं । अझै पनि हामीले पश्चिमसँग ठूलो मात्रामा, बढ्दो युद्धको वास्तविक निष्कर्ष निकालेका छैनौं, जुन पहिले नै तीव्र गतिमा चलिरहेको छ। मलाई आशा छ कि हामी गर्नेछौं। हामी सँधै धेरै ढिलो छौ तर पनि हामी लक्ष्य भेट्ने छौं ।