सार्वभौम अर्थतन्त्रलाई विदेशी व्यापार आवश्यक छैन

सार्वभौम अर्थतन्त्रलाई विदेशी व्यापार आवश्यक छैन

मेरो (दिवंगत) साथी मिखाइल युरिभ जो महान देशभक्त व्यापारी हुन्। उनले  एकपटक मलाई एउटा प्रश्न सोधेः किन शून्य वैदेशिक व्यापार सन्तुलन नमुना हो, उदाहरणका लागि जुन देशले जति किन्छ उति बेच्छ (अर्थात आयातको मात्रा जुन परिमाणमा हुन्छ निर्यातको मात्रा पनि सोही परिमाणमा हुन्छ ? यो बाहिर जान्छ, उनले निष्कर्ष निकाले कि नमुना व्यापार (आदर्श) भनेको विदेशी व्यापारलाई शून्यमा झार्नु हो, यो धेरै राम्रो विषय भइ दियो कि जसका कारण उनले आफ्नो चासोको किताव 'Fortress Russia' रचना गरे । मुख्य विचार यो छः रूसले संसारबाट आफूलाई बन्द गर्नुपर्छ र हाम्रो परम्परागत रूसी मूल्यमान्यताहरूको आधारमा एक स्वायत्त समाज निर्माण गर्नुपर्छ । यदि तपाईं एक पूर्णरुपमा संतुलित वैदेशिक व्यापार चाहनुहुन्छ भने, यो गर्नुहोस् । त्यो चाहिँ सोचाईको एकदमै फलदायी मार्ग हो ।

तर पनि यहाँ स्रोत, सामान र प्रविधिहरुको अभावको प्रश्न उठेको छ, जुन बाहिरबाट मात्रै प्राप्त गर्न सकिएको छ । कडा रूपमा शून्य वैदेशिक व्यापार सन्तुलनको सिद्धान्त तब मात्र सम्भव छ, जव देशमा सबै कुरा पर्याप्त हुन्छ । त्यहाँ सबै छ – र सबै कुरा आफ्नै छ ।

यो आत्मनिर्भरतालाई अतार्की सिद्धान्त भनिन्छ । उदारवादी प्रतिमानमा ल्याइएका अर्थशास्त्रीहरूलाई यो शब्द ’निन्दा’ र 'अपसिद्धान्त’ जस्तो लाग्दछ, तर आर्थिक स्वतन्त्रताको समर्थन गर्नेहरु बहिष्कृत थिएनन्, तर फ्रेडरिक लिस्ट र यहाँसम्म कि जोन मेनार्ड केन्स जस्ता आर्थिक विचारका प्रमुख प्रवर्तकहरू संसारमै प्रशिद्ध थिए ।

फ्रेडरिक लिस्टले यस सिद्धान्तलाई 'वाइड–स्पेस अतार्की’ भनिने आफ्नो सिद्धान्तमा राम्रोसँग पुष्ट्याईँ गरेका थिए । लिस्ट आफैंले दुई स्रोतहरूबाट प्रेरणा लिएः जर्मन दार्शनिक जोहान गोटलिब फिच्टेको सिद्धान्त, जसलाई उनले आफ्नो कार्यक्रमसम्बन्धी कृति 'द क्लोस्ड कमर्शियल स्टेट'मा उल्लेख गरेका थिए, र १९ औं शताब्दीमा अमेरिकी अर्थतन्त्रको अनुभव, जसलाई लिस्टले ध्यानपूर्वक अध्ययन गरेका थिए ।

लिस्टको तर्क यस प्रकार छ: यदि हामीले दुई राज्यहरू लियौं, एउटा आर्थिक, औद्योगिक र आर्थिक रूपमा विकसित भयो र अर्को– उल्लेखनीय रूपमा पछाडि पर्यो (ढिलो भयो) – र तिनीहरू बीचको कुनै पनि व्यापार अवरोधहरू पूर्ण रूपमा हटाइयो भने, अर्थतन्त्रको विकासको स्तर बराबर हुनेछैन । यसको विपरित, विकसित र अविकसित अर्थतन्त्रबीचको खाडल धेरै गुणा मात्रै बढ्ने छ,किनकि बढी विकसित प्रणालीले कम विकसित अर्थतन्त्रलाई शोषण गर्ने गर्छ र यसलाई आफैं विकास हुने अवसर दिँदैन । कमजोर अर्थतन्त्रको बृद्धि मात्र स्पष्ट हुनेछ र आर्थिक सार्वभौमसत्ता पूर्ण आत्मसमर्पणबाट मात्र भुक्तानी हुनेछ ।

यस्तो अवस्थामा के गर्ने त ? बढी विकसित अर्थतन्त्रबाट कम विकसित अर्थतन्त्र आर्फैं बन्द गर्नैपर्छ , तर यसले सुस्तता निम्त्याउँछ । हो, जबसम्म कम विकसित अर्थतन्त्रले भौगोलिक, जनसांख्यिकीय, स्रोत-साधनको हिसाबले ठूलो, सांस्कृतिक, ऐतिहासिक, जातीय हिसाबले कम वा कम नजिक रहेका समाजहरू समावेश गर्दैन ।  यो ’ठूलो ठाउँ’ हो । यदि यो पहिले नै अस्तित्वमा छ भने, यो अझ विकसित प्रतिस्पर्धीबाट आफैं बन्द हुनुपर्छ र यसको सम्भावना (मोबिलाइजेशन मोडमा) विकास गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ । यदि यो अझै अस्तित्वमा छैन वा पर्याप्त मात्रामा  ठूलो ठाउँ छैन भने, यसलाई भन्सार संघ  (Zollverein)को उपकरणमार्फत सिर्जना गरिनुपर्छ ।

साना र मध्यम आकारका राज्यहरूले निरंकुशता बनाउँदैनन्, ठूलो राज्य पनि निरंकुश हुँदैन, तर धेरै ठूलो राज्य (साम्राज्य) बनाउँदछ । त्यसैले साम्राज्य निर्माण आर्थिक आवश्यकता हो । लिस्टको कुरा सुनेर, बिस्मार्कले मध्य युरोपका जर्मन राज्यहरू र जर्मन साम्राज्यसँग ’कस्टम युनियन’ भन्सार संघ सिर्जना गरे ।  र यसले आर्थिक रूपमा काम गर्यो ।

रुसका प्रशिद्ध अर्थशास्त्री अलेक्ज्याण्डर गालुस्काले देखाएझैं, स्टालिनले लिस्टको अनुयायी अर्थशास्त्री कार्लिस बोलोडिस, 'द स्टेट अफ द फ्यूचर'का लेखक, जसले रूसको लागि ठूलो क्षेत्र अतार्की जस्तै विकास मोडेलको प्रस्ताव राखेका थिए । यो शास्त्रीय मार्क्सवादबाट होइन, तर लिस्ट र बोलोडिसबाट स्टालिनवादी पालोको आर्थिक एल्गोरिथ्मको अनुमान गर्नुपर्दछ, जसरी गालुष्काले आफ्नो पुस्तक 'द क्रिस्टल अफ ग्रोथ'मा विश्वस्त रूपमा प्रदर्शन गर्छन् । फेरि, जर्मनीमा जस्तै, मोडेलले काम गर्यो । बोलोडिस लिस्ट मोडेल अपनाइनु अघि र स्टालिनको मृत्युपछि, सोभियत अर्थतन्त्र, वैचारिक रूपमा उस्तै रहँदा, धेरै भिन्न, धेरै कम विश्वासयोग्य परिणामहरू देखाए । त्यसोभए रहस्य मार्क्सवादमा होइन, बोलोडिसमा छ, किनभने स्टालिन अघि र पछि दुवै सोभियत अर्थतन्त्र वैचारिक रूपमा एउटै थियो, तर प्रभाव पूर्ण रूपमा फरक थियो । वृद्धिको समाजवादी सिद्धान्तसँग कुनै सरोकार छैनः प्रभावको हिसाबले यो आफैमा तटस्थ हो । यदि यसलाई ठूला क्षेत्रहरूको स्वेच्छिकता र तलबाट आर्थिक पहल र माथिबाट विवेकपूर्ण राज्य योजना बीचको राम्रो सन्तुलनसँग जोडिएको छ भने – त्यो एउटा कुरा हो, यदि तपाईं कट्टरतामा टाँसिनुहुन्छ र वास्तविकतालाई बेवास्ता गर्नुहुन्छ भने - अर्को । गालुस्काले देखाउँछन् कि यो ठ्याक्कै लिस्टको यो मोडेल थियो जसले हिटलरको जर्मनीको शिघ्र उदयमा निर्णायक भूमिका खेलेको थियो, जहाँ अर्थशास्त्री जालमार स्चटले इङ्गल्याण्ड र संयुक्त राज्य अमेरिकाका उच्च अर्थतन्त्रहरूविरुद्ध ठूलो स्थानहरूको स्वयंताको तर्कलाई पछ्याए, र फेरि यसले एक पटक काम गर्यो ।

केनेसियन सिद्धान्तमा हामी एउटा शब्द भेट्छौं जसलाई धेरै कम ध्यान दिइन्छः ’आर्थिक अलगाव’ । बाह्य बजारहरूबाट पूर्ण स्वतन्त्रता प्राप्त गर्न निजी पहल र सार्वजनिक व्यवस्थापन (श्रम शक्ति सम्म र सहित) को संयोजन गरी आर्थिक क्षेत्रमा आत्मनिर्भर टापु (Insula) सिर्जना गर्ने बारे हो । यो सिद्धान्त दोस्रो विश्वयुद्धको परिस्थितिमा राम्रोसँग उपयुक्त थियो, जसमा बाह्य  देशहरूसँगको आर्थिक सम्बन्ध नराम्ररी अवरुद्ध भएको थियो । यो मूलतः बेलायती महानगरसँगको टकरावमा संयुक्त राज्य अमेरिकाको अलगाववादी आर्थिक नीतिको अनुरूप थियो, र संरक्षणवाद सधैं अमेरिकी अर्थतन्त्रको मनपर्ने उपकरण भएको थियो ।

केन्सको कुरा सुनेर, रुजवेल्टले नयाँ सम्झौताको सुरुवात गरे र यसले काम गर्यो । यो कुनै विचारधाराको कुरा होइन भन्ने बुझिन्छ । रिपब्लिकन यूएस, जर्मन राइच (दोस्रो र तेस्रो) र स्टालिनको युएसएसआरको मामलामा ठूलो क्षेत्रहरूको अतार्कीको काम गर्दछ, र यसको विपरित, जब यो मोडेल त्यागेको छ, तब, विचारधाराको पर्वाह नगरी, आर्थिक सफलताहरू धेरै मामूली साबित हुन्छन् वा अस्तित्वहीन । छोटकरीमा भन्नुपर्दा, ठूलो ठाउँहरुको अतार्की (आत्मनिर्भर) साम्राज्यसँग बराबरी छ ।  तसर्थ साम्राज्यको विशाल विस्तार पनि आर्थिक आवश्यकता हो । स्वेच्छिकता (अतार्की) पूर्ण आर्थिक सार्वभौमसत्ताको एक मात्र सम्भावित रूप हो ।

तर्क निम्नानुसार छः पहिलो, भन्सार संघ, क्षेत्रीय एकीकरण, कम वा कम समान आर्थिक स्थितिसँग संकीर्ण सांस्कृतिक, ऐतिहासिक र सभ्यताको ढाँचामा आधारित जनता र समाजको एकीकरण मार्फत एक ठूलो संलग्न ठाउँ सिर्जना र बलियो बनाइएको थियो । र यहाँ, मिखाइल युरिएभले सुझाव दिए अनुसार, शून्य वैदेशिक व्यापारमा आधारित एक आदर्श शून्य विदेशी आर्थिक सन्तुलन । मौद्रिकता छैन । रणनीतिक महत्वका परियोजनाहरूको लागि विशेष राज्य खाताको साथ पूर्णरूपमा सार्वभौम, प्राथमिकतामा दुई–सर्किट जारी गर्ने ।  मुद्रा विनिमय तब महत्वहीन हुन्छ, जब राज्यसँग आवश्यक सबै पैसा छ । तब मात्र अलिअलि गरेर साम्राज्य खोल्न सुरु गर्न सक्छ – र यो वैदेशिक व्यापारमा कडा एकाधिकारको संरक्षणसँगै हुन्छ ।

वैदेशिक व्यापारले यसको प्रतिस्थापनको रूपमा नभई स्वेच्छिकताको अतिरिक्तको रूपमा सकारात्मक प्रभाव पार्नेछ । जे होस् , एंग्लो–स्याक्सनहरूलाई यो राम्रोसँग थाहा थियो, उनीहरुले पछिल्ला शताब्दीहरूमा ब्रिटिश र अमेरिकी गरी दुईवटा व्यापारिक साम्राज्यहरू निर्माण गरिसकेका थिए । दुबैले ठूला ठाउँहरूमा अटार्कीबाट सुरु गरे (१९ औं शताब्दीमा लिज्ट आफैंले अमेरिकी अनुभवबाट उधारो लिएका थिए) र पछि मात्र, व्यापारवादको युगहरू पार गरेर र आवश्यक पर्दा संरक्षणवादको बुद्धिमानी प्रयोग गरेपछि, तिनीहरू खुला बजारमा आइपुगे । आर्थिक रूपमा बलियो साम्राज्य मात्र खुला रहन सक्छ । साम्राज्य नबनिकन खुल्यो भने पछौटेपन, पतन, परनिर्भरता र सार्वभौमसत्ताको जोखिम सुनिश्चित  हुन्छ । यस अवलोकनको आधारमा, लिस्टले  ठूलो–क्षेत्र स्वेच्छिकतारुपी आफ्नो सिद्धान्त निर्माण गर्न थाले, त्यो जर्मन साम्राज्यको निर्माण हो । जबसम्म साम्राज्य शक्तिशाली र पर्याप्त स्वतन्त्र हुँदैन, बन्द रहनु नै उत्तम हुन्छ । त्यसपछि मात्र यसले अन्य अर्थतन्त्रहरूलाई यसको संरचनामा समावेश गर्दै विस्तारैविस्तारै खुल्न सक्छ । चीनले आज ठ्याक्कै यही गरिरहेको छः  'वान बेल्ट, वान रोड’, यो महान् चिनियाँ साम्राज्यको निर्माण होइन भने के हो त ?

हाम्रा अर्थशास्त्रीहरूले गलत पुस्तकहरु पढ्छन् । के यो संयोग हो ?  म त्यस्तो सोच्दिनँ । बरु तोडमोड हो । अब तिनीहरूलाई सही पढ्न दिनुहोस् ।