अखंड भारत। ग्रेटर इन्डिया

धेरैलाई आश्चर्यचकित पार्ने कुरा के छ भने भारत अहिले विश्वकै सबैभन्दा तीव्र गतिमा आर्थिक वृद्धि भइरहेको देश हो । सन् २०२३ मा देशको कुल गार्हस्थ्य उत्पादन ८.४ प्रतिशतले वृद्धि भएको थियो । सन् २०२७ सम्ममा यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको छ । यही प्रवृत्ति रहिरहने हो भने भारतले सन् २०३० को दशकमा अमेरिका पछि पर्नेछ । यहाँ सम्म कि चीनलाई समेत उछिन्न सक्छ ।

भारत जनसांख्यिकी र आईटी क्षेत्रमा पनि अग्रस्थानमा छ।भारतीय डायस्पोराले अहिले सिलिकन भ्यालीको एक महत्वपूर्ण हिस्सालाई नियन्त्रण गरेको छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनक हुन् जो जातीय रूपमा भारतीय हुन् । यद्यपि उनको विचार उदार-वैश्विकवाद छ। चाखलाग्दो कुरा के छ भने रिपब्लिकन पार्टीका एक प्रमुख कन्जरभेटिभ राजनीतिज्ञ  भारतीय मूलका कट्टर ट्रम्प समर्थक विवेक रामास्वामी सुनकको पूर्ण वैचारिक विरोधिको रुपमा प्रतिनिधित्व गर्दछन्। जे होस्, सबै क्षेत्रमा भारतीयहरू अगाडि बढिरहेका छन्।

हामी विल्कुलै नयाँ घटना देखिरहेका  छौ - हाम्रो आँखाको ठीक अगाडि एउटा नयाँ वैश्विक केन्द्रको उदय भएको छ । भारतका यी सफलताहरूको श्रेय धेरै हदसम्म नीतिमा आएको नयाँ मोड दिएको हो। जुन रूढिवादी भारतीय जनता पार्टीको सत्तामा उदयसँगै भएको थियो।

वास्तवमा आधुनिक भारतको स्थापना उपनिवेशीकरणको समयमा एक फरक पार्टी, वामपन्थी झुकाव र प्रगतिशील भारतीय राष्ट्रिय कंग्रेसद्वारा भएको थियो । निस्सन्देह स्वतन्त्रता प्राप्त गरेपछि भारतीयहरूको लागि उच्चतम मूल्य उपनिवेशवादको प्रभावबाट मुक्ति प्राप्त गर्नु थियो। तैपनि भारत उत्तर-औपनिवेशिक राष्ट्र मण्डलको सदस्य रह्यो। जहाँ ब्रिटेनको प्रभुत्व थियो र ब्रिटिशद्वारा शुरू गरिएको लोकतन्त्रका लागि दृढतापूर्वक अडिग रह्यो । यसबाहेक यसले 'विश्वको सबैभन्दा ठूलो लोकतन्त्र' भएकोमा गर्व पनि गऱ्यो। देशले आफ्ना पूर्व शासकहरूबाट राजनीतिक स्वतन्त्रता प्राप्त गरेकोमा कांग्रेस सन्तुष्ट थियो। तर पश्चिमको सामाजिक-राजनीतिक, आर्थिक र सांस्कृतिक प्रतिमान अनुकरण गर्न सहमत भयो।

पहिलो पटक भारतमा कांग्रेसको सत्ताको एकाधिकारलाई सन् १९९६ मा वैकल्पिक दक्षिणपन्थी रुढीबादी भारतीय जनता पार्टी (भाजपा)को जितले चुनौती दियो । संसदको तल्लो सदन लोकसभाको चुनावमा भाजपाले विजय हँसिल गर्यो। यो पार्टीको स्थापना सन् १९८० मा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) जस्तो अत्यन्त रूढिवादी आन्दोलनको आधारमा भएको थियो ।

सन् २०१४ मा नरेन्द्र मोदी यही पार्टीबाट प्रधानमन्त्री बनेका थिए । विश्लेषकहरुका अनुसार सन् २०२४ को चुनावपछि पनि मोदी आफ्नो पदमा कायम रहने धेरै कारण छन्, जुन चुनाव १९ अप्रिलमा सुरु भएर १ जुनमा समाप्त हुनेछ ।

भारतीय जनता पार्टीको शासन र मोदीको व्यक्तिगत राजनीतिक करिश्माको कारण भारतलाई आधारभूत रूपमा परिवर्तन गरेको छ । चाखलाग्दो कुरा त के छ भने मोदीको शासनकालमा भारतको आधिकारिक नाम परिवर्तन गरेर संस्कृत संस्करण 'भारत' राखियो । यसले के देखाउँछ भने मोदी भारतीय राष्ट्रिय कांग्रेसको भन्दा बिल्कुलै फरक विचारधारामा विश्वास राख्दछन्।

सुरुमा अङ्ग्रेजविरुद्धको स्वतन्त्रता आन्दोलनमा भारतीयहरुले सङ्घर्ष गर्दा त्यसमा मुख्य दुई दृष्टिकोणहरू थिए।एउटा दृष्टिकोणमा सौम्य र शान्तिवादी दृष्टिकोण थियो जसलाई महात्मा गान्धीले  मूर्तरुप दिएका थिए। गान्धीले यस दृष्टिकोणअनुसार अहिंसात्मक प्रतिरोधको वकालत गरे। अर्को बढी उग्रवादी र सम्झौताबादी दृष्टिकोणमा विस्वास रख्ने थियो। जसको प्रतिनिधित्व भारतीय परम्परावादी बाल गंगाधर तिलक, राष्ट्रिय स्वयंसेवक संघका संस्थापक केशव हेडगेवार र राष्ट्रवादी विनायक सावरकर जस्ता व्यक्तित्वहरूले गरेका थिए।

जब अङ्ग्रेजहरू देशबाट बिदा भए, उनीहरूले सहजै भारतको सत्ता कांग्रेसलाई सुम्पे (पहिले मुसलमानहरूको बाहुल्यता भएको धेरै क्षेत्रहरू पाकिस्तान र बङ्गलादेश विच्छेद गरेको थियो साथै श्रीलङ्का, भुटान र नेपाललाई पनि अलग गरेका  थिए । यो विश्वास गरिएको थियो कि यो पार्टीले भारतलाई एङ्ग्लो-स्याक्सन प्रभाव क्षेत्रभित्र राख्नेछ र यसलाई आधुनिकीकरण र पश्चिमीकरणको मार्गमा नेतृत्व गर्नेछ (क्षेत्रीय विशिष्टतासहित) जसले गर्दा कुनै न कुनै किसिमको औपनिवेशिक नियन्त्रणको कायम रहनेछ ।

यसको ठीक विपरीत काङ्ग्रेसका मुख्य विरोधीहरूले स्वतन्त्रताको सङ्घर्षको सुरुदेखि नै भारत एउटा देश वा पूर्व उपनिवेश मात्र होइन तर एक शक्तिशाली र विशिष्ट सभ्यताको क्षेत्र हो भन्ने विश्वास गरेका थिए। आज हामी यो अवधारणालाई 'सभ्यता–राज्य' भन्छौं । यो विचार सर्वप्रथम कनैयालाल मुंशीद्वारा व्यक्त गरिएको थियो र यसलाई अखण्ड भारत, 'अविभाजित भारत' वा 'ग्रेटर इन्डिया' को नामले चिनिन्थ्यो।

नरेन्द्र मोदीले सन् २०२२ मा आफ्नो मुख्य लक्ष्य 'भारतीयको दिमागलाइ उपनिवेशवादबाट स्वतन्त्र' बनाउने घोषणा गरे ।'हाम्रो अगाडि हामीले नचिनेको एउटा यस्तो भारतको उदय हुनेछ जसलाई हामीले मुस्किल थाह पाएका छौं जुन एक रूढ़िवादी वैदिक सभ्यता-राज्य र पूर्ण संप्रभुताको पथमा एक वृहत् भारत हो ।

निस्सन्देह एक सतही पर्यवेक्षकले एउटा विरोधाभास देख्न सक्छ । भारत संयुक्त राज्य अमेरिका र इजरायलसँग अधिक भूराजनीतिक रूपमा जोडिइरहेको छ । चीनसँग बढ्दो सीमा सङ्घर्षमा सामेल भइरेहेको छ (यसैले भारतको संलग्नता क्वाड जस्ता धेरै क्षेत्रीय चीन विरोधी गुटहरूमा रहेको देखिन्छ) । भारत भित्र र पाकिस्तान दुवैतिर इस्लामी दुनियाँका साथ तीव्ररूपमा सम्बन्ध प्रगाढ भइरहेको छ।यदि भारतीय परम्परावादीहरू 'भारतीय मनभित्र रहेको  उपनिवेशवादको उन्मुलन र पश्चिमी भौतिक सभ्यताविरुद्ध सङ्घर्षबारे चिन्तित छन् भने अमेरिकासँग उनीहरूको के समानता छ ?

यस अस्पष्टतालाई समाधान गर्न कसैले आधुनिक चीनको उदयको इतिहास हेर्न सक्छ। सन् १९७० को दशकको अन्त्यतिर अमेरिकी काउन्सिल अन फरेन रिलेसन्स (सीएफआर) का प्रतिनिधिहरू विशेष गरी हेनरी किसिन्जरले सोभियत संघविरुद्ध चीनसँग द्विपक्षीय साझेदारीको प्रस्ताव गरेका थिए । जसको उद्देश्य अन्ततः समाजवादी ब्लकलाई खत्तम गर्नु थियो। देङ सियाओपिङको नेतृत्वमा चीनले यसको फाइदा उठायो र चालीस वर्षमा अमेरिकाको आर्थिक ग्राहकबाट एक शक्तिशाली स्वतन्त्र ध्रुवमा रूपान्तरण भयो । जससँग अमेरिका अहिले प्रतिस्पर्धा गरिरहेको छ र अनिवार्य रूपबाट व्यापार युद्धमा लागेको छ। ताइवानको वरिपरि बढ्दै गएको मुद्दाहरूले संकेत गर्दछ कि यो टकराव चाँडै गरमागरम चरणमा प्रवेश गर्न सक्छ।

अहिले पश्चिममा उही विश्व शक्तिहरूले भारतलाई समर्थन गर्ने निर्णय गरेका छन्– यसपटक उनीहरु चीनविरुद्ध छन् । मोदीले चीनको अनुभवको विचार गर्दै यो रणनीति अपनाएका छन्। तर जसरी चीनले आफ्नो सार्वभौमिकता गुमाउनुको साटो भूमण्डलीकरणलाई आफ्नै उद्देश्यका लागि प्रयोग गर्यो त्यसरी नै ग्रेटर इन्डियाले (भाजपाको कल्पनामा आधारित ग्रेटर इन्डिया) पनि कदम चाल्न चाहेको छ। प्रारम्भमा अन्तर्राष्ट्रिय राजनीतिको वस्तुगत वास्तविकतालाई विचार गर्दै आफ्नो शक्तिलाई सुदृढ गर्न, आफ्नो विशाल जनसंख्याको कल्याण बढाउन, घरेलु बजार, सैन्य शक्ति र प्राविधिक सम्भाव्यताको मात्रा विस्तार गर्ने र त्यसपछि उपयुक्त समयमा आफुलाइ पूर्ण रूपमा स्वतन्त्र र सार्वभौम ध्रुवका रूपमा स्थापित गराउने उदेश्य राखेको आकलन सजिलै गर्न सकिन्छ। 

भूमण्डलवादीहरूले यस रणनीतिलाई राम्ररी बुझ्छन्। उदाहरणका लागि जर्ज सोरोस र उनको ओपन सोसाइटी फाउन्डेसन जो रूसी संघमा प्रतिबन्धित छ र जसको उदेश्य खुलेआम परम्परा, सार्वभौमिकता, संप्रभुता र स्वतन्त्र संस्कृति तथा स्वतन्त्र समाजहरूसँग लड्ने लक्ष्य राख्छ । यसले नरेन्द्र मोदी र भारतीय जनता पार्टीविरुद्ध युद्धको घोषणा गरेको छ। त्यसो गरेर सोरोसले विपक्षी कंग्रेसलाई समर्थन मात्र गरेनन् कि भारतमा सामाजिक र जातीय कलहलाई सक्रिय रूपमा बढावा दिए। विशेष गरी दलितहरू (अछूतहरूको व्यापक रूपमा प्रचलित जाति) लाई मोदीको बिरूद्ध खडा हुन आह्वान गरेका छन्।वैश्विकतावादीहरूले यस्ता क्रियाकलाप आयोजना गरिरहेका छन् जस्ले 'रङ क्रान्ति'को र अर्को संस्करणलाई प्रतिनिधित्व गर्छ।

रुसले भारतमा भइरहेको आधारभूत परिवर्तनलाई जान्न आवश्यक छ । यो अहिले पूर्णरुपमा फरक देश हो, जससँग सोभियत कालमा हाम्रो अत्यन्तै नजिकका सम्बन्धहरु रहेका थिए। हो, भारतीयहरूले रूसीहरूलाई ठूलो प्रेम र गहनताका साथ अहिले पनि व्यवहार गर्छन् । यो कुरा कंग्रेसमा वामपन्थीहरूलाई मात्र लागू हुँदैन (जहाँ संयोगवश सोरोसको प्रभावमा रुसोफोबियाको आवाजहरू तीव्र हुँदै गएका छन्)तर दक्षिणपन्थी रूढिवादीहरूमा पनि लागू हुन्छ।

यस अवस्थामा मुख्य कारक जडता होइन तर यसमा एक स्पष्ट बुझाई यो हो कि रूसले आफूलाई एक भिन्न सभ्यता सहितको राज्यको रूपमा घोषणा गर्दछ । आफूलाई बहुध्रुवीय विश्वको निर्माणमा एक अग्रणी शक्तिको रूपमा घोषणा गर्दछ । र हाल आफ्नो प्रकारको 'वि उपनिवेशीकरण' बाट पनि गुज्रिरहेको छ। भारतसँग चीन र एक सभ्यतागत  राज्य बहुधुर्विय विश्व र एक अर्को धुर्वसँग केही परस्पर विरोधी मुद्दाहरू छन् विशेष गरी सीमा क्षेत्रमा। तर  रूससँग भारतको यस्तो केही पनि समस्या छैन। सम्बन्ध स्थापित कालदेखि हालसम्म पनि छ।

यो भनिन्छ कि 'चीनसँगको हाम्रो घनिष्ठ रणनीतिक साझेदारीलाई त्यागेर हामी भारतसँग नजिक हुनुहुँदैन'। यसको विपरीत  हामी यी दुई महाशक्तिहरू बीचको सम्बन्धमा रहेको समस्या सुल्झाउन महत्त्वपूर्ण चासो राख्छौं। तर किन उनीहरुको बीच सङ्घर्षको वातावरण देखा परिरहन्छ ? (जसलाई पश्चिमले वास्तवमै बिगार्न जोड दिइरहेको छ) किनभने यदि उनीहरूबीच द्वन्द्व उत्पन्न भयो भने बहुध्रुवीय विश्वको सम्भावना अनिश्चित कालका लागि विलम्ब हुनेछ। रुसले अहिले आफ्नो परम्परागत मूल्यमान्यताको रक्षा गरिरहेको छ । तसर्थ  हामीहरुले अझ बेहत्तर रुपमा यसलाई बुझ्न जरुरी छ। जो आफ्ना मुल्यहरुको रक्षाका लागि लागिपरेका छन् ।

त्यसपछि ऊर्जा साझेदारी, उत्तर-दक्षिण यातायात करिडोर रणनीतिक योजनाहरू, युरेशियन एकीकरणका प्रक्रियाहरू, उच्च प्रविधिमा तथा प्रौद्योगिकी सहकार्य (भारत हाल आईटीमा विश्वव्यापी रुपमा नेतृत्व गर्ने शक्ति मध्ये एक हो)  र वित्तीय क्षेत्रले एक नयाँ वैचारिक आयाम प्राप्त गर्नेछ । तब सभ्यतागत सार्वभौमिकतामा रुचि राख्ने परम्परावादीहरू र पश्चिमी आधिपत्यको विस्तार रोक्ने शक्तिहरुले एक अर्कालाई अझ राम्रोसँग बुझ्न सक्नुपर्छ।