बहुध्रुवीय मानवता

बहुध्रुवीय मानवता

अलेक्जेन्डर दुगिनले मस्कोमा आयोजना भएको बहुध्रुवीय फोरममा २६ फेब्रुअरी २०२४ मा विचार प्रस्तुत गर्नुभयो । बहुध्रुवीय विश्व मूलतः एउटा दर्शन हो। यसको मूलमा पश्चिमी सार्वभौमिकता  विश्वव्यापकतावाद) को आलोचना लुकेको छ।

पश्चिमा देशहरूले जातिवादी र साम्राज्यवादी रूपमा आफूलाई मानवतासँग चिनाएका छन् । एक समय थियो जब बेलायतले सबै समुद्र र महासागरलाई आफ्नो दाबी गर्दथ्यो । पाश्चात्य सभ्यताले मुख्यतः यसको चेतनालाइ सम्पूर्ण मानव जातिबीच आफ्नो सम्पत्तिका रूपमा घोषित गऱ्यो। यसले गर्दा एकध्रुवीय विश्वको निर्माण भयो ।

एकध्रुवीय विश्वको विचारमा, यस संसारमा पश्चिमा मूल्यमान्यता मात्र छन् । एउटा मात्र राजनीतिक प्रणाली उदार लोकतन्त्र  हो । एउटा मात्र आर्थिक मोडेल नवउदारवादी पुँजीवाद हो ।  उत्तर आधुनिकतावाद केवल एक संस्कृति हो । एलजीबीटी लिंग र परिवारको केवल एक अवधारणा हो । उत्तर-मानवतावादसम्म प्राविधिक पूर्णता, एआई र साइबोर्गहरूद्वारा मानवताको पूर्ण विस्थापन विकासको केवल एक संस्करण हो ।

यसका समर्थकहरूका अनुसार एकध्रुवीय विश्व 'विश्व इतिहासको विजय' हो । उदारवाद आधुनिक पश्चिमी युगको पूर्ण विजय हो  जुन सम्पूर्ण मानवताको एकमात्र र निर्विवाद विचारधारा बनेको छ । बहुध्रुवीयता एक वैकल्पिक दर्शन हो । यो आधारभूत प्रतिवादमा आधारित छ । पश्चिम सम्पूर्ण मानवता होइन तर यसको एक भाग मात्र हो । पश्चिम  एक क्षेत्र अनि एक प्रान्त हो । यो एउटा मात्र सभ्यता होइन तर धेरै सभ्यताहरू मध्ये एक हो। आज कम्तीमा पनि सात वटा यस्ता सभ्यताहरू छन् । यसकारण बहुध्रुवीय सिद्धान्तको सबैभन्दा महत्वपूर्ण अवधारणा हेप्टार्की  हो ।

केही सभ्यताहरू पहिले नै विशाल महाद्वीपीय राज्यहरू, सभ्यता-राज्यहरू वा या वेनमिंग गुओजिया (सभ्य देश)(文明家)मा एकताबद्ध भइसकेका छन्। अरूका लागि भने यो आउन बाँकी नै छ। सामूहिक पश्चिम नाटो देशहरू र संयुक्त राज्य अमेरिकाका प्रजाहरू केवल एक ध्रुव हुन् ।

थप तीन हुन्:

रूस-यूरेशिया,

ग्रेट चाइना - झोंग गुओ 中国) वा तियान ज़िया (天下) (Zhōngguó 中国) वा Tiānxià (天下)

ग्रेट इंडिया (भारत वर्षको सभ्यता)

ती सबै सभ्यता-राज्यहरू हुन् जसको अर्थ सामान्य देशहरू भन्दा बढी हो।

र तीन अन्य ठूला खाली स्थानहरू विभिन्न डिग्रीहरूमा एकीकृत भएका छन् :

इस्लामी संसार जो धर्मद्वारा कसिलो गरी बाँधिएको छ तर अहिलेसम्म राजनीतिक रूपमा विभाजित छ,

ब्लैक ट्रांस-सहारा अफ्रीका,

लैटिन अमेरिकी एक्यूमिन ।

सातवटै सभ्यतामा पूर्णतया भिन्न धार्मिक प्रोफाइल, परम्परागत मूल्यमान्यताका विभिन्न प्रणाली,विभिन्न विकास भेक्टर र विभिन्न सांस्कृतिक पहिचान छन् ।

पश्चिमा सभ्यता यसको दाबीको विपरीत तीमध्ये एक मात्र हो। पश्चिमा सभ्यता घमण्डी, साहसी, आक्रामक, धोखेबाज, शिकारी र खतरनाकमध्ये एक हो । यसको विश्वब्यापकतावादको दावी आधारहीन छ र यसको प्रभुत्व दोहोरो मापदण्डमा आधारित छ।

बहुध्रुवीयता पश्चिमको विरोधमा होइन तर विशेष गरी पश्चिमको विशिष्टता र विश्वब्यापकतावादको दाबीको विरोधमा उभिएको छ। यी दाबीहरू हाम्रा लागि अपरिचित छैनन् । बरू तिनीहरू हाम्रो संस्कृति, विज्ञान र शिक्षाका सबै प्रणालीहरूमा व्याप्त छन् । पश्चिमाहरूको विषाक्त विचारधारा हाम्रो समाजमा घुसपैठ गरेको छ । सम्भ्रान्त वर्गलाई बहकाएको छ र भ्रष्ट बनाएको छ । हाम्रो समाजलाई सूचनात्मक नियन्त्रणमा राखेको छ र हाम्रा युवाहरूलाई सकेसम्म विश्वास र परम्पराबाट टाढा लैजाने प्रयास गरेको छ।

तथापि पश्चिमको एकमात्र आधिपत्यको युग समाप्त भएको छ । यसको निष्कर्ष रूसको अडान र व्यक्तिगत रूपमा हाम्रा राष्ट्रपति भ्लादिमिर भ्लादिमिरोभिच पुटिनद्वारा चिह्नित गरिएको थियो । जब हामीले हाम्रो सार्वभौमिकता त्याग गर्न अस्वीकार गर्यौं र युक्रेनमा पश्चिमसँग घातक युद्धमा प्रवेश गर्यौं अनि पश्चिमको एकमात्र आधिपत्यको युग समाप्त भएको  छ । हामी युक्रेनमा युक्रेनीविरुद्ध होइन कि एकध्रुवीय विश्वविरुद्ध लडिरहेका छौं । र हाम्रो अपरिहार्य विजय हाम्रो मात्र होइन तर सम्पूर्ण मानवताको विजय हुनेछ जसले प्रत्यक्ष देख्नेछ कि पश्चिमको शक्ति निरपेक्ष छैन । यसको नवउपनिवेशवाद र गैर-सार्वभौमीकरणको नीतिलाई निर्णायक रूपमा अस्वीकार गर्न सकिन्छ र कसैले आफ्नो अडानमा जोड दिन सक्छ ।

बहुध्रुवीय विश्वको ध्रुवमध्ये रूस एक हो । यो पुरानो द्विध्रुवीय मोडेलमा फर्कनु होइन तर पूर्ण रूपमा नयाँ विश्व वास्तुकलाको सुरुवात हो। विशेषगरी महान् नेता सी चिनफिङको नेतृत्वमा चिनियाँ अर्थतन्त्रको तीव्र विकास र चीनको सार्वभौमिकताको सुदृढीकरणले चीनलाई अर्को पूर्णस्वतन्त्र ध्रुवमा परिणत गरेको छ । यो देखेर संयुक्त राज्य अमेरिकाको भूमण्डलवादी अभिजात वर्गको प्रतिनिधित्व गर्ने पश्चिमले तुरुन्तै त्यसमाथि व्यापार युद्धको घोषणा गऱ्यो।

इस्लामी संसारले मुख्यतया धार्मिक र सांस्कृतिक क्षेत्रमा पश्चिमलाई चुनौती दिएको छ। परम्परा, परिवार, लिंग, संस्कृति र धर्मको विनाशका लागि खुलेआम आह्वान गर्ने पश्चिमा मूल्यमान्यताहरू इस्लामको जगसँग मेल खाँदैनन् । यो कुरा आज लगभग दुई अर्ब मुसलमानहरूमध्ये प्रत्येकले बुझेका छन् । र आज  प्यालेस्टाइन र मध्य पूर्वमा इस्लामी विश्वको भूमण्डलवादी पश्चिमसँग आफ्नै युद्ध छ जहाँ प्यालेस्टिनी जनताको लज्जाजनक नरसंहार, प्यालेस्टिनी शिशुहरू,महिलाहरू र वृद्धहरूको हत्यालगायतका गतिविधि पश्चिमको पूर्ण स्वीकृतिको साथ चलिरहेको छ।

भारत अर्को ध्रुव हो । आज विशेष गरी नरेन्द्र मोदीको शासनकालमा यो एउटा सिंगो सभ्यता हो जुन आफ्नो वैदिक जरा, यसको प्राचीन परम्परा र यसको जगमा फर्किरहेको छ । भारत अब पश्चिमको सांस्कृतिक र आर्थिक उपनिवेश होइन तर एक उदीयमान विश्व विशाल हो। अफ्रिका र ल्याटिन अमेरिका विधिवत् र निरन्तर रूपमा छन् यद्यपि समस्यारहित छैनन् तर एउटै मार्ग पछ्याइरहेका छन् ।

प्यान-अफ्रिकी आन्दोलनले नवऔपनिवेशिक नियन्त्रणबाट मुक्त एकीकृत र व्यापक अफ्रिकी एकीकरणको लागि मार्ग प्रशस्त गरिरहेको छ। यो एउटा नयाँ सिद्धान्त र  एउटा नयाँ अभ्यास हो जसले मुक्ति संघर्षका अघिल्ला चरणका उत्कृष्ट पक्षहरूलाई समेटेको छ । तर  फरक दर्शनमा आधारित छ जहाँ धर्म, आत्मा र परम्परागत मूल्यहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् ।

ल्याटिन अमेरिकाले पनि औपनिवेशिक विरोधी संघर्षको बाटोलाई निरन्तरता दिएको छ । यहाँ मानिसहरूले सबैलाई दायाँ र बायाँ विभाजन गर्ने पुरानो मोडेलहरू माथि विजय प्राप्त गर्दै एकता र एकताका नयाँ तरिकाहरू खोजिरहेका छन् । धेरै ल्याटिन अमेरिकी देशहरूमा परम्परागत मूल्यहरू, धर्म र परिवारका समर्थकहरू सामूहिक पश्चिमको नवउपनिवेशवाद र यसको विकृत मानव-विरोधी संस्कृतिको बिरूद्ध साझा लडाईको ब्यानरमा सामाजिक न्यायको वकालत गर्नेहरूसँग एकजुट हुन्छन् ।

आजको बहुध्रुवीय विश्व कुनै युटोपिया होइन र सैद्धान्तिक परियोजना मात्र होइन । सातमध्ये छ वटा सभ्यता (ग्रहीय हेप्टार्कीबाट) ब्रिक्सभित्रको नयाँ समूहमा एकताबद्ध भएका छन् । ती मध्ये प्रत्येकबाट प्रतिनिधिहरू छन् । हामी बहुध्रुवीयताको संस्थागतकरणको काम गरिरहेका छौं । महान् मानवता एकताबद्ध भइरहेको छ, स्वयम् आफूलाई बुझिरहेको छ, आफ्ना परम्परा र झुकावहरू, परम्परागत मूल्यहरूको प्रणाली र यसका चासोहरूलाई अभिमुखीकरणा गरिरहेको छ ।

सामूहिक पश्चिमले कुनै पनि हालतमा आफ्नो आधिपत्य कायम राख्नप्रयास गरिरहेको छ।जुन  अपरिहार्य बहुध्रुवीय विश्व प्रक्रियामा संलग्न हुन इन्कार गर्छ । यसको विरोध गर्छ । यसले गुप्त योजनाहरु बनाउँछ र द्वन्द्वका लागि उक्साउँछ। यसले हस्तक्षेप गर्दछ। यसले स्वतन्त्रताका सबै केन्द्रहरूलाई प्रतिबन्ध र प्रत्यक्ष दबाबका साथ दबाउने प्रयास गर्दछ। र यदि यो युक्रेन र गाजामा असफल भयो भने  भोलि सम्भवतः प्रशान्त महासागरमा जस्तै प्रत्यक्ष सैन्य मुठभेडमा प्रवेश गर्दछ।

तथापि पश्चिम अखण्ड छैन । त्यहाँ दुई पश्चिमहरू उदारवादी सम्भ्रान्त वर्गको वैश्विकवादी पश्चिम र परम्परागत पश्चिम छ्न् । यी जनता र समाजको पश्चिम  हुन् । परम्परागत पश्चिम नै विकृत वैश्विकवादीहरूको निरंकुशताबाट ग्रस्त छ र जहाँ सक्छ विद्रोहमा उठ्न खोज्छ । पश्चिमका जनता बहुध्रुवीय विश्वका शत्रु होइनन् । उनीहरु मुख्यतया पीडित छन् । रुढिवादी राजनीतिज्ञ तथा पत्रकार टकर कार्लसनसँग हाम्रा राष्ट्रपतिको अन्तरवार्ताले देखाएझैं रुस र संयुक्त राज्य अमेरिकाका भूमण्डलवादीहरूबीच जति समानता छ त्योभन्दा धेरै समानता छ ।

तसर्थ बहुध्रुवीयताको वास्तविक विजय सामूहिक पश्चिमको पराजय होइन तर यसको मुक्ति हुनेछ । यो विजय भनेको आफ्नै पश्चिमी,परम्परागत (विकृत छैन) मूल्यमान्यताहरूमा फर्कनु हो ।  यसको संस्कृतिमा (संस्कृति रद्द गर्न होइन) यसको शास्त्रीय ग्रीको रोमन र क्रिश्चियन जराहरूमा फर्कनु  पनि हो । मलाई विश्वास छ कि वास्तविक पश्चिमको वैश्विकवादी जुवाबाट मुक्त भएका जनता भविष्यमा कुनै दिन महान् मानवतामा सामेल हुनेछन् र बहुध्रुवीय विश्वको सम्मानित ध्रुव बन्नेछन् । आधिपत्य हुनबाट रोक्नु सबै गैर-पश्चिमी सभ्यताहरूको हितमा मात्र होइन तर पश्चिमको पनि हितमा छ।

म हाम्रो फोरमका सबै सहभागीहरूलाई स्वागत गर्दछु। हामी यहाँ भविष्य निर्माण गर्न,वर्तमानलाई बुझ्न र हाम्रो गौरवशाली अतीतलाई बचाउन अनि संस्कृतिको निरन्तरता सुनिश्चित गर्न भेला भएका छौं। अत :फरक, विशेष, अद्वितीय, आत्मनिर्भर र सार्वभौम मानवता हाम्रो हो।

अनुवादक: मोहनप्रसाद ज्ञवाली