बहुध्रुवीय विश्वको युगान्तशास्त्र

बहुध्रुवीय विश्वको  युगान्तशास्त्र

वास्तवमा १५ औं ब्रिक्स शिखर सम्मेलनले बहुध्रुवीय विश्वको केन्द्रीय गठन  प्रक्रियालाई अन्तिम रुप दियो ।

ब्रिक्सः  बहुध्रुवीयताको सिर्जना

१५ औं ब्रिक्स शखर सम्मेलनः बहुध्रुवीय विश्वको स्थापना 

१५ औं ब्रिक्स शिखर सम्मेलनले अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स गरी थप ६ देशहरुलाई संगठनमा प्रवेश गराउने ऐतिहासिक निर्णय गर्यो। सम्मेलनले प्रभावकारीरूपमा बहुध्रुवीय विश्वव्यवस्थाको गठन कार्य  पूरा गर्यो ।

यद्यपि ब्रिक्स, पहिले ब्रिक्स (BRIC), अर्ध–परिधीय (वालरस्टेनका अनुसार) वा 'दोस्रो विश्व' का देशहरूको सशर्त संस्था थियो। यी देशहरू बीचको अन्तरसंवाद, जुन सामुहिक पश्चिमा देशहरुको (नाटो र अन्य कठोर एकध्रुवीय संगठनहरूमाथि संयुक्त राज्यले प्रभुत्व जमाएका थियो) संरचनाको भागमा पर्दैनन् । ब्रिक्सले बिस्तारै वैकल्पिक विश्व व्यवस्थाको रूपरेखा तयार गर्दैगयो । पश्चिमी सभ्यताले आफूलाई एक मात्र शक्ति ठान्दछ, यो नै विश्वव्यापीता र एकध्रुवताको सार हो । तर ब्रिक्स भनेको आफ्नो लामो इतिहास,परम्परागत मूल्यमान्यताहरू र पूर्णमौलिक प्रणालीसहितको  पश्चिमबाट अलग एक सार्वभौम र स्वतन्त्र सभ्यताहरूको प्रतिनिधित्व हो। 
प्रारम्भमा, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पहलमा सन् २००६ मा गठन भएको ब्रिक्स एसोसिएसनमा ब्राजिल, रुस, भारत र चीन गरी चार देशहरू मात्र सहभागी थिए । दक्षिण अमेरिकाको सबैभन्दा ठूलो शक्ति राष्ट्र ब्राजिलले ल्याटिन अमेरिकी महादेशको प्रतिनिधित्व गर्यो । रुस, चीन र भारतलाई आफैंमा एक पूर्णस्तरको सभ्यता मान्न सकिन्छ । यिनीहरू केवल राष्ट्र–राज्यहरू मात्र होइनन् त्योभन्दा बढी पूर्णस्तरका सभ्यता हुन् ।

रूस, यूरोशिया र यूरेशियनको सभ्यताको केन्द्र हो । साथै  यसको 'ग्रेटर स्पेस' पनि हो ।

चीन, हिन्दचीन र अन्य धेरै छिमेकी शक्तिहरूको 'ग्रेटर स्पेस' लागि जिम्मेवार छ (वन बेल्ट वान रोड) परियोजनाको पहल, शान्तिपूर्ण सहयोगमा आधारित चिनियाँ  'ग्रेटर स्पेस' स्थापना गर्ने ठोस योजना हो । भारतले आफ्नो  सिमाना बाहिर कम्तिमा बंगलादेश र नेपालसम्म पनि आफ्नो प्रभाव विस्तार गरेको छ। जब दक्षिण अफ्रिका सन् २०११ मा ब्रिक्स देशहरूमा सामेल भयो (त्यसैले ब्रिक्स संक्षिप्त नाम–दक्षिण अफ्रिकाको अन्त्यमा 'सि'), प्रतीकात्मक रूपमा सबैभन्दा ठूलो अफ्रिकी देशको प्रतिनिधित्व  भएको थियो ।

सात सभ्यता (छ का विरुद्ध एक)

सन् २०२३ अगस्त २२ देखि २४ सम्म जोहानेसबर्गमा भएको १५ औं शिखर सम्मेलनद्वारा ब्रिक्सको बहुध्रुवीय क्लबको अन्तिम प्रारुप तयार भयो । सम्मेलनमा, तीन इस्लामिक शक्ति राष्ट्रहरू– 'शिया' इरान, 'सुन्नी' साउदी अरब र यूएईको प्रवेश मौलिक थियो । यसरी, सो सम्मेलनले सम्पूर्ण इस्लामिक सभ्यताको बहुध्रुवीय संसारमा प्रत्यक्ष सहभागिताका साथै दुबै शाखाहरू सुन्नीवाद र शिइज्मको प्रतिनिधित्व सुनिश्चित गर्यो ।

यसका अतिरिक्त, पोर्चुगल–भाषी ब्राजिलसँगै अर्को बलियो र स्वतन्त्र शक्ति, स्पेनिस–भाषी अर्जेन्टिना, ब्रिक्समा सामेल भयो । २० औं शताब्दीको मध्यमा पनि, दक्षिण अमेरिकी मजबुत एकीकरण 'ग्रेटर स्पेस' का पक्षधर– मुख्यत: अर्जेन्टिनाका  जनरल  जुआन  पेरोन र ब्राजिलका राष्ट्रपति गेटुलियो वर्गासका सिद्धान्तकारहरूले पनि ब्राजिल र अर्जेन्टिना बीचको निर्णायक सम्बन्धलाई एक प्रक्रियाको सुरुवातको रूपमा लिए । यदि यो प्राप्त भयो भने, ल्याटिन अमेरिकी एक्युमेन (ए. बुएलाको शब्द) को एकीकरणको प्रक्रिया अपरिवर्तनीय हुनेछ। अहिले दक्षिण अमेरिकाका यी दुई ठूला शक्ति राष्ट्रहरू ब्राजिल र अर्जेन्टिनाको बहुध्रुवीय क्लबमा प्रवेशको सन्दर्भ यही सिद्धान्तअनुसार भइरहेको छ ।

इथियोपियाको प्रवेश पनि उच्च प्रतीकात्मक छ । यो एकमात्र अफ्रिकी देश हो, जसले औपनिवेशिक युगमा पनि आफ्नो  सार्वभौमिकता, स्वतन्त्रता र अद्वितीय संस्कृति (इथियोपियालीहरू सबैभन्दा पुराना ईसाई मानिसहरू हुन् ) को संरक्षण गर्दै स्वतन्त्र रह्यो । दक्षिण अफ्रिकासँग मिलेर, इथियोपियाले समग्र अफ्रिकी महाद्वीपमा बहुध्रुवीय क्लबमा आफ्नो उपस्थितिलाई बलियो बनाउने निर्णय गर्यो ।

वास्तवमा, ब्रिक्सको नयाँ संरचनाले हामीलाई आफ्नो वर्चस्व र एकध्रुवीय संरचना जोगाउन कठोर प्रयास गर्ने पश्चिमको अपवाद बाहेक सबै ध्रुवहरू, सभ्यताहरूको 'ग्रेटर स्पेस' लाई एकताबद्ध गर्ने पूर्ण मोडेल दियो । तर अहिले यसले आन्तरिक र बाह्य विरोधाभासले भरिएका असमान र खण्डित देशहरूको सामना गर्दैन तर बहुध्रुवीय विश्व निर्माण गर्न कटिबद्ध बहुसंख्यक मानवताको एकताबद्ध शक्तिको भने सामना  गरिरहेको छ ।

यो बहुध्रुवीय विश्वले निम्न सभ्यताहरूलाई समेट्छ:

१) पश्चिम (संयुक्त राज्य अमेरिका, ईयू र तिनीहरूका पक्षधर, जसमा एक समयको स्वाभिमानी  र सार्वभौम जापान समावेश छ, तर यो अहिले पश्चिमी विजेताहरूको निष्क्रिय कठपुतलीमा पतन भएको छ),
२) चीन (+ ताइवान) यसको प्रभाव क्षेत्रसँग,
३) रूस (सम्पूर्ण यूरेशियन क्षेत्रमा  एकीकरणकर्ताको रूपमा),
४) भारत र यसको प्रभाव क्षेत्र,
५) ल्याटिन अमेरिका (ब्राजिल +अर्जेन्टिनाको मुख्य भाग)
६) अफ्रिका (दक्षिण अफ्रिका+ इथियोपिया, मालीसहित, बुर्किना फासो, नाइजर आदि, फ्रान्सेली औपनिवेशिक प्रभावबाट मुक्त क्षेत्र ) ।
७) इस्लामिक संसार (दुवै संस्करणमा – शिया इरान, सुन्नी साउदी अरब र यूएई) ।

एकै समयमा, एउटा सभ्यता–पश्चिमी एक-ले आफ्नो आधिपत्यको दावी गर्दछ, जबकि अन्य छवटा  सभ्यताले यसलाई अस्वीकार गर्दछन्। यिनिहरु केवल बहुध्रुवीय प्रणालीलाई स्वीकार गर्दछन् र अन्य जस्तै: पश्चिमलाई पनि  एउता सभ्यताको रूपमा मान्यता दिन्छन । यो अझै बलियो हुन सक्छ (सापेक्ष रूपमा यो धेरै लामो समयको लागि होइन) तर अद्वितीय भने छैन ।

त्यसैले सभ्यताको पुनरागमनमा भविष्य देख्ने स्यामुएल हन्टिङटनको सत्यता व्यवहारमा पुष्टि भएको छ। जबकि उदारवादी पश्चिमको विश्वव्यापी वर्चस्व (इतिहासको अन्त्य) हासिल भइसकेको छ भन्ने विश्वास गर्ने फुकुयामाको थेसिसको भ्रम प्रष्ट भएको छ । तसर्थ, फुकुयामाले युक्रेनी नव–नाजीहरूलाई व्याख्यान दिन मात्र बाँकी छ ।आज विश्वव्यापकतावादीहरूले बहुध्रुवीताको शुरुवातलाई रोक्न अन्तिम अस्त्रको रूपमा युक्रेनलाई रूसका विरुद्ध लडाइरहेको छन्।  सन्  २०२३ अगस्टलाई बहुध्रुवीय विश्वब्यवस्थाको जन्मदिन मान्न सकिन्छ ।

बहुध्रुवीयता स्थापित भैसकेको छ साथै यो कुनै न कुनै रूपमा संस्थागत पनि भैसकेको छ। सभ्यताका ध्रुवहरूले आफूले आफूलाई भेटेको अवस्थालाई कसरी व्याख्या गर्छन् भन्ने कुरालाई नजिकबाट हेर्ने समय आएको छ । र यहाँ हामीले यो कुरालाई ध्यानमा राख्नुपर्छ कि लगभग हरेक सार्वभौम सभ्यताको इतिहासको संरचना, ऐतिहासिक समयको प्रकृति, यसको दिशा, लक्ष्य र अन्त्यको आफ्नै दृष्टिकोण हुन्छ । फुकुयामाको विपरीत, जसले महत्वाकांक्षी रूपमा इतिहासको एकल अन्त्यको घोषणा गरे (उनको उदारवादी संस्करणमा), प्रत्येक सार्वभौम सभ्यताको अन्त्यको इतिहासले आफ्नै बुझाइ, व्याख्या र वर्णनको साथ काम गर्दछ । आउनुहोस्, अब यस अवस्थालाई संक्षिप्त रूपमा अध्ययन गरौं।

प्रत्येक सभ्यताको 'संसारको अन्त्य' बारे आफ्नै विचार छ

बहुध्रुवीय संसारको प्रत्येक ध्रुव, अर्थात्, प्रत्येक सभ्यताको युगान्त विज्ञान (एस्केटोलोजी) को कतै बढी र कतै कम स्पष्ट खालको आफ्नै विचार छ,। 'युगान्त विज्ञान' संसारको अन्त्य वा इतिहासको अन्त्यको सिद्धान्त हो । यस्तै यो धार्मिक सिद्धान्तहरूमा  पनि यो एक अनिवार्य अङ्ग  हो, तर यसमा धर्मनिरपेक्ष संस्करणहरू पनि छन् । ऐतिहासिक प्रक्रियाको रेखिय दिशा र यसको अनुमानित समाप्तताको सम्बन्धमा स्थपित कुनै पनि विचारलाई 'युगान्त विज्ञान' मान्न सकिन्छ ।

बहुध्रुवीय संसारमा परम्परागत मूल्यहरूको पूर्णरूपमा अद्वितीय र मौलिक प्रणालीको साथ धेरै सभ्यताहरू वा 'ग्रेटर स्पेसहरू' हुन्छन्, । यो एक 'ध्रुव' हो (व्यक्तिगत राज्य होइन) । एक ध्रुव खासमा एक सभ्यता हो । प्रत्येक सभ्यताको ऐतिहासिक प्रक्रियाको प्रकृति, यसको आफ्नै दिशा, लक्ष्य, र युगान्त विज्ञानसम्बन्धी आफ्नै विचार वा दृष्टिकोण  हुन्छ ।

केही 'ग्रेटर स्पेसहरू' मा युगान्त विज्ञानका धेरै संस्करणहरू छन्, र धेरै साना राजनीतिक संरचनाहरू पनि छन् । यसलाई कुनै पनि हिसाबले ध्रुव भएको दाबी गर्न सकिँदैन । फेरि पनि कहिलेकाहीँ  यीनिहरु विशेष हुनुको साथै यहाँसम्म कि  विकसित युगान्त विज्ञान (एस्केटोलोजी) पनि हुन्छन्।
आउनुहोस्,अब हामी सबै भन्दा सरल शब्दहरूमा युगान्त विज्ञानका विभिन्न रुपरेखाहरुका सम्बन्धमा चर्चा गरौं।

पश्चिमा युगान्त विज्ञान

पश्चिमी इसाई धर्ममा युगान्त विज्ञान

इसाई धर्म एक सभ्यता भएकोले पश्चिमी ईसाई धर्ममा  मूल रूपमा पूर्वी ईसाई धर्मको जस्तै युगान्त विज्ञानको सिद्धान्त थियो । ईसाई धर्ममा – क्याथोलिकवाद र अर्थोडक्स (र प्रोटेस्टेन्टवाद पनि) दुवैमा – संसारको अन्त्य अपरिहार्य मानिन्छ । यहाँ, यो संसार र यसको इतिहास सीमित छ तर परमेश्वर अनन्त हुनुहुन्छ भन्ने मान्दछ । ख्रीष्टको आगमनपछि, संसार आफ्नो अन्ततर्फ अघि बढ्छ, साथै  ख्रीष्टको पुनरागमन पनि संसार अन्त्यको 'अन्तिम दिनहरूमा' भइरहेको देखिन्छ। क्रिश्चियन चर्चको सम्पूर्ण इतिहास अन्तिम समय, अन्तिम न्याय र ख्रीष्टको दोस्रो आगमनको लागि तयारी हो भन्ने मान्यतामा निहित छ। ईसाई धर्मले यो  सिकाउँछ कि दोस्रो आगमनभन्दा पहिले मानवजातिको सामान्य धर्मत्याग हुनेछ, राष्ट्रहरू 'ख्रीष्ट' र उहाँको चर्चबाट टाढा हुनेछन् र केवल तिनीहरूको आफ्नै बल (मानवतावाद) मा भर पर्नेछन् । पछि मानवजाति पूर्ण रूपमा पतन हुनेछ र क्रिश्चियनविरोधी, शैतानको दूत, ' विनाशको पुत्र' ले सत्ता कब्जा गर्नेछ।

ख्रीष्ट विरोधीले छोटो समयको लागि शासन गर्नेछ । (३.५ वर्ष, 'एक समयमा, दुई पटक र आधा समय'), सन्तहरू र भविष्यबेत्ताहरू एलिया र हनोक, जो पृथ्वीमा फर्कनेछन्, उनिहरुलाई निन्दा गर्नेछन्,  त्यसपछि दोस्रोको आगमन हुनेछ र मृतकहरूको पुनरुत्थान र अन्तिम न्याय हुनेछ । यो कुरा हरेक क्रिस्चियनहरु विश्वास गर्न बाध्य छन् ।

एकै समयमा, क्याथोलिक धर्म, जो बिस्तारै संयुक्त अर्थोडक्स ट्रंकबाट अलग भयो, विश्वास गर्यो कि ईसाईहरूको गढ पोपको अधीनमा रहेको क्याथोलिक चर्च हुनुपर्छ,।  ईश्वरको शहर, र पछि हट्नेले पार्थिव राजनीतिक संस्थाहरूलाई मात्र असर गर्नेछ पृथ्वीको शहर ।

भ्याटिकनको स्वर्गीय नीति र धर्मनिरपेक्ष सम्राटहरूको पार्थिव नीतिबीच आध्यात्मिक लडाई रहेको छ । अर्थोडक्समा, क्याथोलिकवादको विपरीत, ख्रीष्ट विरोधीको मार्गमा मुख्य बाधा पवित्र साम्राज्य, अनन्त रोम हो ।

परम्परागत क्रिस्चियन युगान्त विज्ञान वास्तवमा यो आंशिकरूपमा निराशावादी इतिहासको भेक्टर (सदिश) को दृष्टिकोण हो । जो आधुनिकताको शुरुवातसम्म युरोपमा व्याप्त थियो । र,यसरी नै वास्तविक परम्परागत क्याथोलिकहरू, ज्ञानको भावनाबाट प्रभावित थियनन, जसको संख्या पश्चिममा निरन्तर कम  हुँदै गइरहेको थियो । उनीहरुले संसारको अन्त्यलगायतको बारेमा सोच्ने छन्  । प्रोटेस्टेन्टहरुको युगान्त विज्ञानहरु त अझ विचित्र कै छन् ।

मुन्स्टर वा चेक हुसाइट्सका एनाब्याप्टिस्टहरूमा, दोस्रोको आगमन विश्वव्यापी समानता (एस्काटोलोजिकल कम्युनिज्म), वर्ग र बर्ण ब्यवस्थाको उन्मूलन, निजी सम्पत्तिको स्थापना हुनुअघि भएको थियो । हालसालै आधुनिकीकरण र राजनैतिक शुद्धताको प्रभावमा धेरै प्रोटेस्टेन्ट सम्प्रदाय र एङ्गलिकन चर्चले पुरानो ईसाई परम्परालाई तोडेर युगान्त विज्ञानको आफ्नो दृष्टिकोणलाई परिमार्जन गरेका छन् ।

मेसोनिक युगान्त विज्ञानः प्रगतिको सिद्धान्त

आधुनिक पश्चिमी यूरोपीय सभ्यताको उद्गम युरोपेली फ्रीमेसनरी हो । जसको बीचबाट 'सामाजिक प्रगति ' को विचित्र र असंगत विचार जन्मिएका थिए।  प्रगतिको विचार, इतिहासमा ईसाई बुझाइको मुख्य दुश्मन हो ।  यसले धर्मत्याग, ख्रीष्ट विरोधी, अन्तिम न्याय, मृतकको पुनरुत्थान र आत्माको अस्तित्वलाई अस्वीकार गर्दछ ।
मेसनहरूले यो विश्वास गरे कि मानवजाति क्रमिक रूपमा विकसित हुन्छ । सुरुमा बर्बरता (पृथ्वीय स्वर्ग होइन), त्यसपछि पनि बर्बरता (परम्परागत समाज होइन), सभ्यता (युरोपेली आधुनिकता र प्रबुद्धता, अर्थात् भौतिकवादी वैज्ञानिक विश्व दृष्टिकोणमा आधारित धर्मनिरपेक्ष नास्तिक समाज)। त्यसपछि पनि 'सभ्यता' (एकवचन) मा र यसको गठनमा परम्परागत मान्यताहरूबाट ब्रह्माण्डको महान् सृजनाकर्ता, मानवतावादी पथ  र त्यसपछि उदारवादी लोकतन्त्रमा धेरै चरणहरू पार गर्दछ । जहाँ विज्ञान, नास्तिकता र भौतिकवादको पूर्णरूपमा जित हुन्छ । र, रूढिवादी फ्रीमेसनरी (स्कटिश संस्कार) सामान्यतया, ब्रह्माण्डको महान सृजनाकर्ता  (अर्थात् देववादमा- एक अपरिभाषित गैर–सम्प्रदायिक ' भगवान' को मान्यता) को पथ रोकिन्छ । तर पछि थप क्रान्तिकारी 'ग्रान्ड ओरिएन्ट' लजहरूलाई अगाडि जान भनियो। धर्म र सामाजिक पदानुक्रमको पूर्ण उन्मूलन गर्न  लागि पनि अगाडि बढाईयो। स्कटिश संस्कार शास्त्रीय उदारवाद 'ठूलो पुँजी' को लागि स्थापना हुन्छ । ग्रान्ड ओरिएन्ट र अन्य क्रान्तिकारी लजहरू उदारवादी लोकतन्त्र ' मध्यम वर्गको गहन वृद्धि र ठूला पुँजीपतिबाट मध्यम र निम्न पुँजीपति वर्गमा पुँजीको पुनर्वितरण' को लागि स्थापना हुन्छ ।

तर दुवै संस्करणहरू फ्रीमेसनरीमा हामीले इतिहासको अन्त्यसम्म अर्थात् आधुनिक प्रगतिशील विश्वव्यापी सभ्यताको निर्माणतर्फ स्पष्ट रूपमा निर्देशित भेक्टर देख्छौं । यी दुई संस्करणहरुमा रूढिवादी (क्रमिक) र आपत्तिजनक (क्रान्तिकारी–लोकतान्त्रिक) विश्वव्यापीवादको विचारधारा निहित छ ।
                                                        

इङ्गल्याण्डः पाँचौं राजतन्त्र

क्रमवेलको 'अङ्ग्रेज' क्रान्तिको समयमा, प्रोटेस्टेन्ट सर्कलहरूमा यहूदी सर्कलहरू र सब्बातवाद (विशेष गरी डच रब्बी मनसेह बेन–इजरायल) को प्रभावमा पाँचौं राजतन्त्रको सिद्धान्त विकसित भयो । विश्व चार राज्यहरुको सिद्धान्त (बेबिलोनियन, फारसी, ग्रीक र रोमन), ईसाई धर्मका लागि परम्परागत र अपर्याप्त  भएको घोषित गरियो । र, रोमको पतन भएपछि (जसलाई प्रोटेस्टेन्टहरूका लागि पोपको अख्तियारलाई मान्यता दिन अस्वीकार गर्नु, राजतन्त्र फाल्नु, राज हत्या गर्नु ) पाँचौं राजतन्त्र आउन लागेको थियो ।

यसअघि, पोर्चुगलमा समुद्री पोर्तुगाली साम्राज्य र 'बेपत्ता राजा' सेबास्टियनको विशेष मिशनको सम्बन्धमा यस्तै विचार देखा पर्यो । यसबारे पोर्चुगिज र पोर्चुगल केन्द्रित (रहस्यवादी–राजतन्त्रवादी) संस्करण, पोर्चुगिज यहूदी धर्मान्तरितहरू (मारानोस) र हल्याण्ड, ब्राजिलमा निर्वासित यहूदीहरूलाई जानकारी प्रसारण गरिएको थियो । तिनीहरूमध्ये एक मानसेह बेन–इजरायलि थिए, जसबाट यो सिद्धान्त अंग्रेजी प्रोटेस्टेन्ट र क्रमवेलको भित्री सर्कल (टी. ह्यारिसन)  मा पुग्यो ।

यस सिद्धान्तका समर्थकहरूले क्रमवेल आफैंलाई पाँचौं साम्राज्यको भावी विश्व सम्राटको रूपमा मान्थे ।  पाँचौं राजतन्त्र क्याथोलिकवादको उन्मूलन, वंशानुगत राजतन्त्रात्मक शक्ति, सम्पदा, पूँजीवादी लोकतन्त्र र पुँजीवादको विजयको प्रतिनिधित्व गर्ने विशेषता थियो ।

यसलाई 'ब्रिटिश इजरायलवाद' (ब्रिटिश इजरायलवाद) को नीति अन्तर्गत  जारी राखिएको थियो । जसले अंग्रेजहरुलाई 'इजरायलका दस हराएको जनजातिु घोषणा गर्यो र इङ्गल्याण्ड र एङ्ग्लो–स्याक्सन जातिको आगामी  विश्व प्रभुत्वमा विश्वास फैलायो । 'नयाँ इजरायलीहरू' (एङ्ग्लो–स्याक्सन) को विश्व शासन चार राज्यहरू भन्दा बाहिर देखियो र यसको समन्ध परम्परागत क्रिश्चियन युगान्त सिद्धान्तसँग तोडियो। किनकि पाँचौं राजतन्त्र भनेको परम्परागत ईसाई राज्यहरूको विनाश र 'निर्वाचित मानिसहरू' को शासन हो  (यस पटक यहूदीहरूको होइन, तर अंग्रेज वा ब्रिटिशको हो ) ।

इङ्गल्याण्डबाट, चरम प्रोटेस्टेन्ट सम्प्रदायहरूले यी विचारहरू संयुक्त राज्य अमेरिकामा हस्तान्तरण गरे जुन पाँचौं राजतन्त्रको ऐतिहासिक अवतारको रूपमा सिर्जना गरिएको थियो । तसर्थ डब्लु ब्लेकको पौराणिक कथाहरूमा अमेरिकी युगान्त विज्ञान 'अमेरिकाको भविष्यवाणी' मा संयुक्त राज्य अमेरिकाको विशाल आर्कसद्वारा प्रतिनिधित्व गरिएको छ । जुन 'पुरानो देवता' को साङ्लोबाट मुक्त हुन्छ। उनी  'ब्रिटिश इजरायलवाद'  सिद्धान्तका अनुयायी पनि थिए । ब्लेकले यी विचारहरूलाई आफ्नो कविता 'जेरुसेलम' मा मूर्त रूप दिए, जुन पछि इङ्गल्याण्डको अनौपचारिक राष्ट्रिय गान बन्यो ।

संयुक्त राज्य अमेरिकाः विशेषाअनुमतिवाद

संयुक्त राज्य अमेरिकामा 'ब्रिटिश इजरायलवाद' र पाँचौं राजतन्त्रका विचारहरू केही प्रोटेस्टेन्ट सम्प्रदायहरूमा विकसित भएका थिए । जो पछी प्लाइमाउथ ब्रदरेन (प्रचारक जोन डार्बी) र स्कोफिल्ड संस्करणको विचारमा आधारित वितरणवादको विशेष सिद्धांतका आधार बने ।  सन्दर्भित बाइबल, जहाँ डिस्पेन्सेनालिस्ट तरिकामा एस्काटोलोजिकल व्याख्यालाई बाइबलीय पाठमा यसरी समाहित गरिएको छ कि साधारण मानिसहरूलाई यो एकल कथा जस्तो लाग्छ।

'विशेषाअनुमतिवाद' ले एङ्ग्लो–स्याक्सन र प्रोटेस्टेन्ट ('पुनःजन्मेको') लाई निर्वाचित मानिसहरू मान्दछ। र, यहूदीहरूको बारेमा भएका सबै भविष्यवाणीहरूलाई तिनीहरूमा लागू गर्दछ । यस सिद्धान्तअनुसार, मानवजातिको चक्रको अन्तिम  विशेषानुमति (डिस्पेंसेशन) को अन्त्य सम्म  बाँच्दछ । र, ख्रीष्टको दोस्रो आगमन चाँडै हुनेछ र सबै विश्वासीहरूलाई स्वर्गमा लगिनेछ। तर त्योभन्दा अगाडि रोस,मेसेक र ट्युवेलका राजासँग अन्तिम लडाइँ (आर्मगाडेन) हुनेछ। जसको अर्थ १९औँ शताब्दीदेखि आजसम्म रुस हो । यसअघि रुसले प्यालेस्टाइनमा आक्रमण गर्नुपर्छ र त्यहाँ ‘पुनः जन्मेको’(एङ्ग्लो–स्याक्सन) सँग लड्नु पर्छ, त्यसपछि उनीहरुबाट पराजित हुनुपर्नेछ । यहूदीहरूको प्रोटेस्टेन्टवाद र स्वर्गमा आरोहण 'चमत्कार वा अन्तरिक्ष यानको माध्यमबाट' हुनेछ ।

हालैका दशकहरूमा, यो  राजनीतिक दर्शन  सियोनवादमा विलीन भएको छ र अमेरिकी नव-साम्राज्यवादीहरुको  विचारधारा र भूराजनीतिको आधार बनेको छ ।

फ्रान्सः महान राजा

फ्रान्समा, मध्य युगको उत्तरार्ध र आधुनिक युगको प्रारम्भमा, 'महान राजा' को 'एक युगान्त विज्ञान' सिद्धान्त विकास भयो । जसमा यो दाबी गरियो कि युगको अन्त्यमा परमेश्वरले चुनेको गोप्य फ्रान्सेली राजा देखा पर्नेछ र उसले, पतनशील प्रोटेस्टेन्टवाद र भौतिकवादबाट मानवतालाई बचाउनेछ । युगान्त विज्ञानको यो विचार फ्रान्कोसेन्ट्रिक र रूढिवादी दृष्टिकोण हो । यो रहस्यमय रूपमा अभिजात वर्गको अभिमुखी सर्कलहरूमा फैलिएको थियो । यो परम्परागत क्याथोलिक युगान्त विज्ञानभन्दा फरक छ साथै  यो फ्रान्सेली राजा हो, भ्याटिकन सी होइन । जसले क्रिश्चियन विरोधीका लागि अवरोधको रूपमा कार्य गर्दछ ।

ग्रेट मोनार्कको युगान्त विज्ञान धर्मनिरपेक्ष र सरलीकृत भूराजनीतिक संस्करणलाई केही अनुसन्धानकर्ताहरूले 'गौलिज्म' मान्छन् । जनरल डी गौले युरोपका जनता ( मुख्यतः फ्रान्सेली, जर्मन र रुसी ) लाई एकताबद्ध गर्ने पक्षमा थिए । उनि नाटो र एङ्ग्लो–स्याक्सन प्रभुत्वको विरुद्धमा थिए । फ्रान्सेली लेखक जे. पार्भुलेस्को (आर. एबेलियो पछि)ले यसलाई 'गौलवादको रहस्यमय आयाम' भनेका थिए । तर फ्रान्सेली शासक वर्गको ठूलो बहुमत मेसोनिक युगान्तवादी विज्ञानको प्रभुत्वमा छ तर  ठीक उल्टो विचारका साथ ।

इटालीः घिबेलिइन्स र हाउन्ड

मध्य युगमा, शार्लेमेनले आफूलाई 'सम्राट' घोषणा गरे । रोमन सिंहासन र साम्राज्य शक्तिबीच टकराव भयो ।  कुनै समयमा उनीहरूको सम्बन्ध अत्यन्तै बिग्रिएको थियो । यसले दुइवटा पार्टीहरू सिर्जना गर्यो–'गुयल्प्सहरू' (पोपका समर्थकहरू) र 'घिबेलिइन्सहरू' (सम्राटका समर्थकहरू)। तिनीहरू इटालीमा सबैभन्दा बहुमत  थिए । जसको स्वामित्वले जर्मन राजाहरूलाई रोममा राज्याभिषेकपछि (पश्चिमी) रोमन साम्राज्यका सम्राटहरूको रूपमा मान्यता दिनको लागि आधार थियो ।

कवि दाँते घिबेलिइन्सका समर्थक थिए । उनले आफ्नो कविता 'द डिभाइन कमेडी' मा घिबेलिइन्सको युगान्त विज्ञान शिक्षालाई प्रस्तुत गरे जसमा गुल्फहरूको अस्थायी शासन र क्याथोलिक चर्चको पूर्ण पतनपछि, एक साँचो घिबेलिन राजाको युरोपमा आगमन हुनेछ। जुन राजाले पश्चिमी सभ्यताको नैतिकता र आध्यात्मिकतालाई पुनर्जीवित गर्नेछ । उसलाई हाउन्ड  (il Veltro)) र रहस्यमय नम्बर ५१५ (DXV)  को चित्रमा प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको थियो । अक्षरहरू,अङ्कहरूलाई पुनः व्यवस्थित ुगरिसकेपछि, प्रतीकात्मक रूपमा (DVX) 'नेता ' शब्द दिईन्छ। दाँतेले विश्व राजतन्त्रका विचारहरूलाई छुट्टै ग्रन्थमा व्याख्या गरेका छन् । यहाँ फेरि, युगान्तसम्बन्धी  विषयवस्तु राजतन्त्रात्मक शक्तिसँग जोडिएको छ जो क्याथोलिक चर्चभन्दा माथि हुन्छ। दाँतेका  लागि फ्रान्सेली राजतन्त्र क्रिष्टको विरोधी देखियो, जस्तै रोमन सिंहासन जुन सम्राटको विरुद्धमा उठेको थियो ।

जर्मनीः हेगेल र इतिहासको अन्त्य

युगान्तवादी विज्ञानको मूल संस्करण हेगेलको दर्शनशास्त्रमा दिइएको छ । उसले इतिहासलाई प्रकृतिको माध्यमबाट आत्मालाई फिजाउँने द्वन्द्वात्मक प्रक्रियाको रूपमा हेर्छ । र, त्यसमा एक प्रबुद्ध समाजमा आत्माका कणहरूको नयाँ जमघट रुपमा देखापर्छ भनी ब्याख्या गर्छ । हेगेलका अनुसार यो प्रक्रियाले प्रसियन राजतन्त्र (उनको जीवनकालमा यो अवस्थित थिएन) को आधारमा एक एकीकृत जर्मन राज्यको निर्माण हुनुपर्छ भनि मान्दछ। यस किसिमको प्रबुद्ध राजतन्त्रले आत्माको इतिहासको चक्र पूरा हुनेछ । यी विचारहरूले दोस्रो राइच र बिस्मार्कलाई प्रभाव पारे, र पछि विकृत रूपमा हिटलरको तेस्रो राइच (3rd Reich) लाई प्रभाव पारे । यो हेगेल नै थिए जसले दार्शनिक सन्दर्भमा 'इतिहासको अन्त्यु' को शोधपत्र अगाडि राखेका थिए, एक विचित्र संयोजन क्रिश्चियन युगान्त विज्ञान (क्रिस्चियन शासकको चित्रसहित) र सामाजिक प्रगतिको विशेष रहस्यमय राजतन्त्रिक व्यवस्थाको  व्याख्या (प्रारम्भिक रूपमा) पनि गरेका थिए। (दार्शनिकहरूको विश्व साम्राज्यको निर्माण अघिको चरण) ।

जर्मन दार्शनिक (क्याथोलिक) कार्ल स्मिटले राइचको विचारलाई केटेहोन, रिटेनर, रक्षकको कार्यसँग जोडे, जुन बाइजान्टियममा साम्राज्य शक्तिको अर्थ थियो र जुन आठौं शताब्दीमा (अर्थोडक्स चर्चका अनुसार) कब्जा गरिएको थियो। यसको रुपरेखा आंशिक रूपमा घिबेलिइन परम्पराअनुरूप थियो ।

जर्मन यहूदी कार्ल मार्क्सले हेगेलियनवादको उल्टो भौतिकवादी संस्करणमा साम्यवाद (इतिहासको अन्त्य) को सिद्धान्त निर्माण गरे, र रूसी दार्शनिक अलेक्ज्याण्डर कोजेभले इतिहासको अन्त्यलाई विश्वव्यापिता र उदारवादको ग्रहीय विजयसँग पहिचान गर्ने प्रयास गरे । तर यो महत्त्वपूर्ण छ कि हेगेल आफैं, आफ्ना साम्प्रदायिक अनुवादकहरूको विपरीत, एक युगान्तीय जर्मनोसेन्ट्रिक (जर्मन केन्द्रित ) राजतन्त्रवादी थिए।

इबेरियाः ह्याब्सबर्ग र ग्रहको सु-समाचार

स्पेनी संस्करणमा युगान्त विज्ञान अमेरिकाको उपनिवेश र चार्ल्स वी ह्याब्सबर्ग र तिनका राजवंशी उत्तराधिकारीहरूको मिशनसँग जोडिएको थियो । संसारको अन्त्यको बारे (Ps. Methodius of Patara) संसारको अन्त्यको संकेत सबै मानवजातिमा सु-समाचारको फैलावट र क्याथोलिक विश्व राजाको अधीनमा विश्वव्यापी ईसाई साम्राज्यको स्थापना थियो । भौगोलिक आविष्कारहरू र स्पेनद्वारा विशाल उपनिवेशहरूको स्थापनाले स्पेनिस ह्याब्सबर्गहरू– सबै भन्दा माथि चाल्र्स पाँचौ र फिलिप द्वितीयलाई विश्व सम्राटको भूमिकाको दावेदारको रूपमा प्रस्तुत गर्ने आधार दियो । उपनिवेशलार्ई क्याथोलिक–राजतन्त्रिक संस्करण, आंशिकरूपमा फ्रान्सेली संस्करणको अनुरुप थियो। तर यसको विपरीत फ्रान्सेली राजवंशका परम्परागत विरोधीहरू अस्ट्रियन सम्राटहरूमा केन्द्रित थिए । क्रिस्टोफर कोलम्बस क्याथोलिक राजा इसाबेला र फर्डिनान्डोको शासनकालमा युगान्तकारी विश्व साम्राज्यको प्रस्तावक थिए। अमेरिकामा उनको चौथो यात्राको पूर्वसन्ध्यामा संकलित र उनको फिर्ती पछि तुरुन्तै पूरा भएको 'द बुक अफ प्रोफेसीज' मा उनको युगान्तशास्त्रीय विचारहरू प्रतिबिम्बित गरेका थिए ।

स्पेनमा बार्बोन शासनपछि, यो युगान्तकारी रुपरेखा हराएको थियो ।आंशिक रूपमा यसको प्रतिध्वनि ल्याटिन अमेरिकाको क्याथोलिक सर्कलहरूमा र विशेष गरी जेसुइटहरूमा फेला पार्न सकिन्छ ।  पोर्तुगाली संस्करणमा पाँचौं साम्राज्य र यसको ब्राजिलियन शाखामा सामान्यतः युगान्त विज्ञानको यि संस्करणहरु  नजिक छन् । 

इजरायलः मशियाकको  क्षेत्र

इजरायल राज्य सन् १९४८ मा प्यालेस्टाइनमा यहूदी डायस्पोराको युगान्तशास्त्रीय आकांक्षाको पूर्तिको लागि  स्थापिना भएको थियो । प्रतिज्ञा गरिएको भूमिमा फिर्ताका लागी यहूदीहरुले दुई सहस्राब्दीदेखि पर्खिरहेका थिए । यहूदी, युगान्तशास्त्रीय यहूदीहरूको चुनावमा विश्वास गर्छन् र अन्तिम समयमा तिनीहरूको विशेष भूमिकामा आधारित हुन्छ । जब यहूदी मशिहा आउनेछन् अनि यहूदीहरूले संसारभर शासन गर्नेछन् । यो युगान्तशास्त्रको सबै भन्दा राम्रो अध्ययन संस्करण हो । युगान्तशास्त्रका धेरै प्रकारहरुमा, यो यहूदी युगान्तशास्त्र एक हो। जसले अद्वैतवादी परम्पराहरूमा विश्वको अन्त्यको दर्शनमा मुख्य परिदृश्यहरूलाई आकार दिएको छ ।

आधुनिक इजरायललाई  मशिहा आगमनको लागि निर्माण  गरिएको राज्यको रूपमा सिर्जना गरिएको थियो। र यदि यो प्रकार्य कोष्ठकबाट बाहिर निकालियो भने, यसको अस्तित्वले पूर्णरूपमा यसको अर्थ गुमाउनेछ। यो सबैभन्दा पहिले, यहूदीहरूकै  दृष्किोणमा हो ।  भूराजनीतिक रूपमा, इजरायलले स्वतन्त्र सभ्यता र आफुलाई साम्राज्य भएको दाबी गर्न सक्दैन किनकि त्यसको लागि आवश्यक मापनआधारहरु ईजरायलसँग छैनन् , जुन कुरा विश्वव्यापी युगान्तशास्त्रीय प्रक्रियाहरूमा पूर्ण सहभागिताको लागि आवश्यक पर्दछन्। यद्यपि, हामीले संयुक्त राज्य अमेरिकामा नियोकन्स र प्रोटेस्टेन्ट डिस्पेन्सनलिस्टहरूसँगको राजनीतिक सियोनिस्टहरूको सम्बन्धलाई ध्यानमा राख्यौं भने, मेसोनिक लजहरूमा गत शताब्दीमा यहूदीहरूको भूमिका, शासक र विशेष गरी पश्चिमका आर्थिक सम्भ्रान्तहरूमा डायस्पोराको प्रभाव,सम्पूर्ण तस्वीर परिवर्तन हुन्छ। र गम्भीर युगान्तशास्त्रीय घटनाहरूको लागि आधार महत्त्वपूर्ण हुन जान्छ ।

यहूदी आयस्पोराको ठूलो भागको बसाई मार्गको काबालिस्टिक व्याख्याले यसलाई शेखिना (परमेश्वरको उपस्थिति) निर्वासन (रब्बी एलोन अनावाका अनुसार) पछिको आन्दोलनको रूपमा वर्णन गर्दछ ।

गलुट (फैलावट) को शुरुवातमा, यहूदीहरूको मुख्य समूह मध्य पूर्व (मिज्राही) मा केन्द्रित थियो ।  त्यसपछि यो उत्तर र काकेशस (Khazar Kaganate) मा सार्न थाल्यो ।  त्यहाँबाट शेखिनाको बाटोले पश्चिमी रूस, बाल्टिक र पूर्वी युरोप (अश्केनाजी) सम्म पुर्यायो । त्यसपछि उनको अश्केनाजी आन्दोलन पश्चिमी युरोपमा गहिरिन थाल्यो। र इबेरियन प्रायद्वीपबाट सेफार्डिम, हल्याण्ड र अमेरिकी उपनिवेशहरूमा सारियो । अन्तमा, यहूदीहरूको ठूलो संख्या संयुक्त राज्यमा अमेरिका केन्द्रित भयो। जहाँ उनीहरू अझै पनि अन्य देशहरूमा रहेका यहूदी समुदायहरूको तुलनामा बहुमतको प्रतिनिधित्व गर्छन् ।  त्यसैले शेखिना संयुक्त राज्य अमेरिकामा रहन्छ । यहूदीहरूको दोस्रो ठूलो समुदाय इजरायलमा छ । जब अनुपात इजरायलको पक्षमा परिवर्तन हुन्छ, यसको मतलब शेखिना, दुई हजार वर्षको उत्तरचढाव पछि प्यालेस्टाइनमा फर्केको छ ।

त्यसपछि हामीले तेस्रो मन्दिरको निर्माण र मसियाकको आगमनको आशा गर्नुपर्छ ।  यो यहूदी युगान्तशास्त्रको तर्क हो, जुन इजरायलले गर्ने वरिपरिको क्रियाकलापले यस   राजनीतिक प्रक्रियाहरूलाई स्पष्ट रूपमा पत्ता लगाउन सकिन्छ । यो विचारको पालना धार्मिक जियोनवादिहरुद्वारा गरिन्छ। यो कार्यले  इजरायलि र आप्रवासी दुवैमा यहूदीहरूको एक महत्वपूर्ण प्रतिशत बनाउने कार्य गर्दछ।  तर कुनै पनि यहूदी, ऊ जहाँ भए पनि र उसले जुनसुकै विचारधारा स्वीकार  गरेपनि, आधुनिक इजरायल राज्यको युगान्तशास्त्रको प्रकृतिको फलस्वरूप, यसको सरकारको दूरगामी उद्देश्यहरूबारे जानकार हुनुबाहेक अरु केही गर्न  सक्दैन ।

अर्थोडक्स (कट्टरपन्थी) युगान्तशास्त्र

ग्रीकहरूः मार्बल सम्राट

ग्रीसको अर्थोडक्स (कट्टरपन्थी) जनसंख्यामा, बाइजान्टियमको पतन र ओटोम्यानहरूले सत्ता कब्जा गरेपछि, एक अर्थोडक्स मुक्तिदाता राजा, मार्बल सम्राटको आगमनले  युगान्तवादी सिद्धान्त विकसित भयो ।  मार्बल सम्राटको आकृतिलाई कहिलेकाहीँ कन्स्टान्टिन १२ औं पालेलोगोसको पुनरागमनको रूपमा व्याख्या गरिएको थियो, जो कि पौराणिक कथा अनुसार, टर्क्सले कन्स्टान्टिनोपल लिँदा मरेका थिएनन् । तर एक देवदूतले उनलाई मार्बल गेटमा लगेका थिए र त्यहाँ अर्थोडक्स ९ग्रीक० लाई विदेशीहरूको दमनबाट मुक्त गर्न उनलाई समयमा पर्खिरहेको थिए ।

युगान्तशास्त्रीय किंवदंतीका केही संस्करणहरूमा यो मिशन 'उत्तरको रातो कपाल भएको राजा' लाई सुम्पिएको थियो, जसद्वारा १८ औं शताब्दीमा धेरै एथोनाइट भिक्षुहरूले रूसी सम्राटलाई बुझेका थिए ।

यी काटेहोनको शास्त्रीय बाइजान्टिन सिद्धान्तका प्रतिध्वनिहरू हुन, पालनकर्ता, रक्षक, जो ' विनाशको छोरा ' र पटाराको पीएस मेथोडियसको पुस्तकबाट राजा–मुक्तिदाताको मार्गमा  (थेस्सलोनिकीहरूलाई सेन्ट प्रेरित पावलको दोस्रो पत्र ) मुख्य अवरोध बन्ने नियत राख्दथे ।

ग्रीक राजनैतिक–धार्मिक विचारले ओटोम्यान अवधिमा यो युगान्तशास्त्रीय घटकलाई कायम राख्यो । यद्यपि टर्क्सबाट मुक्तिपछि, ग्रीक राज्यको निर्माण  मेसोनिक उदारवादी –लोकतान्त्रिक ढाँचाहरुमा निर्माण शुरु भयो। ( धेरै युरोपेली राजवंशहरूको शासनको छोटो अवधिको बावजुद) बाइजान्टिनको विरासत पूर्ण रूपमा तोडियो ।

रूसः  तेस्रो रोमको राजा, सम्प्रदायको मुक्तिदाता, साम्यवाद

रूसमा, १५ औं शताब्दीको अन्त्यमा युगान्तशास्त्रले एक स्थिर रूप लियो, जुन मस्को–तेस्रो रोम सिद्धान्तमा प्रतिबिम्बित भएको थियो । यसले जोड दियो कि कन्स्टान्टिनोपलको पतन भएपछि काटेहोनको मिशन, रिटेनर, मस्कोभिट रूसमा पुग्यो, जुन एकमात्र अर्थोडक्स साम्राज्यको केन्द्रबिन्दु बन्यो – त्यो रोम । मस्कोमा ग्रैंड ड्यूकले स्थिति परिवर्तन गर्यो र जार, बासिलियस, सम्राट, कातेहोन बने ।

त्यसोभए, रूस र रूसी जनताको मिशन 'विनाशको पुत्र', ख्रीष्ट विरोधीको आगमनलाई सुस्त पार्नु र हरेक सम्भावित तरिकामा उसको प्रतिरोध गर्नु थियो ।  यसले रूसी एस्काटोलोजीको उत्पति गर्यो । रूसी जनताको स्थितिलाई  ' भगवान–वाहकहरू ' को रूपमा औपचारिक बनायो ।

पिटर र उनका अनुयायीहरूको पश्चिमी सुधारहरूको युगलाई  बिर्साएका थिए । तेस्रो रोमको रूपमा मस्कोको विचार स्लाभोफिल्सको प्रभावमा उन्नाइसौं शताब्दीमा फेरि पुनर्जीवित भयो ।  र त्यसपछि प्रवासमा रूसी अर्थोडक्स चर्चको केन्द्रीय विषय बन्यो ।

पुरानो विश्वासीहरू र सांप्रदायिकहरूबीच विभाजनपछि, युगान्तशास्त्र व्यापक भयो । पुरानो विश्वासीहरूले सामान्यतः विश्वास गर्थे कि तेस्रो रोमको पतन पहिले नै अपरिवर्तनीय रूपमाभइसकेको  थियो । जबकि साम्प्रदायिकहरू (khlysty or skopcy, castrates), यसको विपरीत, 'रूसी ख्रीष्ट' को आसन्न आगमनमा विश्वास गर्थे ।

साम्प्रदायिक 'आशावादी' युगान्तशास्त्रको धर्मनिरपेक्ष संस्करण बोल्सेभिकहरूले अवलम्बन गरेकाथिए।यसलाई हेगेलको इतिहासको अन्त्यको मार्क्सवादी संस्करणमा निहित  राखेका थिए । सोभियत संघको अन्तिम अवधिमा, साम्यवादमा युगान्तशास्त्रको विश्वास फिक्का भयो, अनि शासन र देश ध्वस्त भयो ।

रुसी युगान्तशास्त्रको विषयवस्तु एसडब्ल्यूओ (SWO) को शुरुवातपछि रूसमा फेरि सान्दर्भिक भयो । जब पश्चिमको मेसोनिक–उदारवादी र भौतिकवादी–नास्तिक सभ्यतासँग टकरावको विषय अत्यन्त तीव्र भयो । तार्किकरूपमा, रूसले आफूलाई छुट्टै सभ्यताको रूपमा स्थापित गरेपछि, युगान्तशास्त्रको भूमिका र क्याचुमेनको कार्यको केन्द्रीय महत्व मात्र बढ्नेछ ।

इस्लामिक संसार

सुन्नी धर्मः सुन्नी महदी

सुन्नी धर्ममा, संसारको अन्त्यलाई विस्तृत रूपमा वर्णन गरिएको छैन, र इस्लामिक समुदायको आउँदै गरेको नेता, महदीको दर्शनहरू अन्तिम न्यायको वर्णनको अगाडि फिक्का हुन्छ जुन परमेश्वर (अल्लाह) ले समयको अन्त्यमा व्यवस्थापन गर्नेछन् । यद्यपि, यो आंकडा त्यहाँ छ र हदीसहरूमा केही विस्तारमा वर्णन गरिएको छ । यो इस्लामिक संसारको सैन्य र राजनीतिक नेताको उदयको बारेमा हो। जसले न्याय, व्यवस्था र धार्मिकतालाई पुनस्र्थापित गर्नेछ। जुन समयको अन्त्यमा पतन भएकी थिईन  ।

आधिकारिक सुफी इब्न अरबी प्रष्टसँग बताउँछन् कि महदीलाई 'वजीरहरू'  द्वारा शासन गर्न मद्दत गरिनेछ । युगान्तशास्त्रीय सरकारको आधार बन्नेछ। उहाँका अनुसार, यस 'आधिभौतिक सरकार ' का सबै वजीरहरू,  सहायक र एकीकृत ध्रुवको अनुमानको रूपमा हुनेछन् ।  (qutb)  गैर–अरबी इस्लामिक समुदायहरूबाट आउनेछन् ।

महदीले दज्जल (झूटो बोल्ने) लाई पराजित गर्नेछ र इस्लामिक शासन स्थापना गर्नेछ । इस्लामिक युगान्तशास्त्रको एक अनौठो संस्करणलाई आइएसआईएस (ISIS)  का समर्थकहरूले पनि पेश गरेका छन् । इस्लामका विभिन्न व्यक्तित्वहरूले महदीको भूमिका दाबी गरेका छन् ।  भर्खरै, टर्की (PMC SADAT) का प्रमुख अदनान तान्रिवर्दीले एर्दोगानलाई महदी घोषणा गरे ।

इरानः १२ औं इमाम

शिया धर्ममा, महदी विषयवस्तु धेरै पूर्णरूपमा विकसित भएको छ, र युगान्तशास्त्रले शियाहरूको धेरै राजनीतिक–धार्मिक शिक्षाहरूलाई प्रष्ट गर्दछ । शियाहरूले अलीका अनुयायीहरू, इमामहरूलाई मात्र इस्लामिक समुदायको वैध शासकहरू मान्दछन् । तिनीहरू विश्वास गर्छन् कि अन्तिम १२ औं इमाम मरेका थिएनन्, तर लुकाउन पछि हटेका थिए । समयको अन्त्यमा उहाँ फेरि मानिसहरू सामु देखा पर्नुहुनेछ । यो शिया संसारको उदयको सुरुवात हुनेछ । त्यसपछि ख्रीष्ट देखा पर्नेछ, छोटो समयको लागि एक न्यायपूर्ण आध्यात्मिक व्यवस्था स्थापित गर्दै,संसारको अन्त्य हुनु अघि, जसले महदीसँग मिलेर दज्जलसँग लड्नेछ र उसलाई परास्त गर्नेछ ।

सायद, यो प्रकाश (ओर्मुजद) र अँध्यारो (अह्रिमान) बीचको संघर्षको पुरातन ईरानी सिद्धान्त थियो। जुन यसको अर्थको कुञ्जीको रूपमा इतिहासको माध्यमबाट सुरु भएको थियो र प्रकाशका योद्धाहरूको अन्तिम विजयको बारेमा जुन युगान्तशास्त्रको भागको आधार बन्यो। यो एकेश्वरवादी शिक्षाहरू हो। तर जे भए पनि शियावादमा जोरोस्ट्रियनवादको प्रभाव स्पष्ट छ, र यसले ईरानी युगान्तशास्त्रलाई यस्तो मार्मिकता साथै  स्पष्ट राजनीतिक अभिव्यक्ति दिन्छ ।

यो बहुसंख्यक शियाहरूको दृष्टिकोण हो।  इरानमा यो आधिकारिक विचारधारा हो जसले ठूलो मात्रामा देशको सम्पूर्ण राजनीतिक रणनीति निर्धारण गर्दछ ।

शिया युगान्तशास्त्रले धेरै सन्दर्भमा जोरोस्ट्रियनवादको इरानी पूर्व–इस्लामिक परम्परालाई जारी राख्छ। जसमा चक्र परिवर्तनको विकसित सिद्धान्त थियो र तिनीहरूको महान् पुनर्स्थापना  (फ्राशोकार्ट)  मा परिणत भएको थियो ।  आउँदै गरेको राजा–मुक्तिदाता–शौश्यन्तको छवि, जो जादुई रूपमा शुद्ध कुमारीबाट जन्मिने र अन्तिम युद्धमा अँध्यारो शुरुवात (अह्रिमान)  को सेनालाई पराजित गर्ने भाग्य लिएको थियो। त्यहाँ महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।

दक्षिण–पूर्वी एसिया

भारतः कल्कि

हिन्दू धर्ममा, संसारको अन्त्यको थोरै महत्व छ, यद्यपि कालचक्रसँग सम्बन्धित धेरै पवित्र ग्रन्थहरूले शम्भालाको रहस्यमय भूमिकाका राजाहरूको बारेमा बताउँछन्, जहाँ स्वर्ण  युगको अवस्था अझै प्रबल छ । इतिहासको अन्तिम घडीमा, विष्णुको दशौं अवतार मानिने यी राजाहरूमध्ये एक कल्कि मानव संसारमा प्रकट हुनेछन् र राक्षस र कलियुगसँग लड्नेछन् । कल्किको विजयले अन्धकार युगको अन्त्य गर्नेछ र नयाँ युगको सुरुवात  (सत्ययुग)  को संकेत गर्नेछ ।

कलियुगलाई नैतिकता, परम्परागत मूल्यमान्यता र भारतीय सभ्यताको आध्यात्मिक आधारमा पतनको युगको रूपमा वर्णन गरिएको छ । यद्यपि भारतीय परम्परा इतिहास र यसको चक्रबाट अलग छ, आध्यात्मिक अनुभूति कुनै पनि परिस्थितिमा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास गर्दै, संस्कृति र राजनीतिमा युगान्तशास्त्रीय रुपांकन प्रवल रूपमा उपस्थित छन् ।

समकालीन भारतमा, लोकप्रिय रूढिवादी राजनीतिज्ञ र प्रधानमन्त्री नरेन्द्र मोदीलाई केही परम्परावादी विद्वानहरुले ईश्वरीय अवतारको रूपमा मान्यता दिएका छन् – स्वयं उनीलाई नै कल्किको अवतार वा उनको अग्रदुतको रुपमा लिएका छन् ।

बुद्ध धर्मः आउने समयको बुद्ध

बौद्ध परम्परामा युगान्तशास्त्रीय आकृतिहरू पनि विकसित भएका छन् । त्यसमा समयको अन्त्यलाई आउँदै गरेको मैत्रेय बुद्धको आगमनको रूपमा लियको देखिन्छ । उनको उदेश्य  संघ, बौद्ध समुदायको आध्यात्मिक जीवनलाई नवीकरण गर्नु र मानवतालाई जागरणको मुक्ति मार्गमा बदल्नु हो ।
बौद्ध धर्ममा दक्षिण–पूर्वी एसियाका देशहरूका केही राजनीतिक प्रणालीहरूमा आधारित थिए – जापान, शिन्टोको स्वायत्त पंथसँग मिलेर, जसको केन्द्रमा ईश्वरीय सम्राटको आकृति छ। इन्डो–चीनका धेरै राज्यहरू, केहि अवस्थामा, आउँदै गरेको मैत्रेय बुद्धको आकृतिको अपील राजनीतिक आन्दोलन र लोकप्रिय विद्रोह को आधार बन्यो । कहिलेकाँही युगान्तशास्त्रीय बुद्ध धर्मले साम्यवादी विचारधारामा समर्थन पाएको छ। जसले विश्वासका अभ्यासका विभिन्न  रूपहरू – कम्बोडिया, भियतनाम, आदिलाई जन्म दिन्छ ।

चीनः स्वर्गीय जनादेश

चिनियाँ परम्पराको प्रमुख राजनीतिक–नैतिक मुख्यधारा कन्फ्युसियनवादमा युगान्तशास्त्र लगभग अनुपस्थित छ । तर एकै समयमा यो चिनियाँ ताओवादीहरूको धर्म र ताओवादी–बौद्ध सिंक्रेटिस्टिक धाराहरूमा केही विस्तारमा विकसित भएको देखिन्छ। चक्रको बारेमा ताओवादी विचारहरू अनुसार, विश्वको इतिहासमा चीनका शासक राजवंशहरूको परिवर्तन प्रतिबिम्बित छ । यो परिवर्तन ताओवादीहरूले 'स्वर्गको जनादेश' भनिने क्षतिको नतिजा हो, जुन चीनका प्रत्येक वैध शासकहरू त्यो  प्राप्त गर्न र कायम राख्न बाध्य छन् । जब यो जनादेश समाप्त हुन्छ, चीन अशान्ति, गृहयुद्ध र समस्यामा  हुन्छ । स्वर्गको नयाँ जनादेश र नयाँ राजवंशको सिंहासन प्राप्त गरेर मात्र यो अवस्था जोगाउँछ ।

चिनियाँ मध्य साम्राज्यलाई चिनियाँहरूले ब्रह्माण्डको रूपमा ब्रह्माण्ड पदानुक्रमको छविको रूपमा बुझेका छन्। साम्राज्यमा, संस्कृति र प्रकृति अविभाज्य हुने बिन्दुमा विलय हुन्छ । यसैले राजवंश चक्रहरू ब्रह्माण्ड चक्र हुन् जसद्वारा युगहरू मापन गरिन्छ ।

चिनियाँ परम्परालाई संसारको पूर्ण अन्त्य थाहा छैन, तर विश्व व्यवस्थाको कुनै पनि दिशामा हुने विचलनले सममित ९ सामन्जस्यपूर्ण० पुनर्स्थापना आवश्यक छ भन्ने विश्वास गर्दछ। यस सिद्धान्तले चीनको क्रान्तिमा अस्पष्ट रूपमा योगदान पुर्यायो र वर्तमान दिनसम्म यसको महत्व कायमै छ । वास्तवमा, सीपीसी केन्द्रीय समितिका वर्तमान अध्यक्ष सि चिनफिङको व्यक्तित्वलाई स्वर्गीय जनादेशबाट प्राप्त गर्ने वैध सम्राटको नयाँ रूपको रूपमा हेरिएको छ ।

अफ्रिका

गार्वेः कालो फ्रीमेसन्री

अफ्रिकी जनतालाई गरिमा पुनर्स्थापित गर्ने आन्दोलनका संस्थापकहरू मध्ये एक जमैकामा जन्मेका फ्रीमेसन मार्कस गार्वे थिए ।  जसले कालोहरूमा मेसोनिक प्रगतिवाद लागू गरे र गोराहरू विरुद्ध विद्रोहको लागि आह्वान गरेका थिए ।  गार्वेले अफ्रिकी महाद्वीपमा अमेरिकी अश्वेतहरूलाई फिर्ता ल्याउनको लागि कार्यहरूको एक श्रृंखला तयार गरेका थिए । सन् १८२० मा अफ्रिकाको पश्चिमी तट, लाइबेरियामा एक कृत्रिम राज्यको निर्माणको साथ सुरु गरेको प्रक्रिया जारी राखेका थिए।  लाइबेरियाको सरकारले अमेरिकाको नक्कल गर्यो र त्यसमा पनि मुख्यतस् फ्रीमेसनहरू बनेको  थियो ।

गार्वेले अश्वेतहरूको अधिकारको लागि संघर्षलाई समानता प्राप्त गर्ने माध्यमको रूपमा व्याख्या गरे । तर अफ्रिकीहरूलाई विशेष मानिसहरूको रूपमा चयन गर्ने सिद्धान्तलाई सक्रिय रूपमा बढावा दिएका थिए । जुन सदिऔ देखि  दासत्वमा पिल्सिएकाहरुको आफ्नो प्रभुत्व स्थापित गर्न बोलाइएको थियो – कम्तिमा अफ्रिकि महादेशको क्षेत्रमा मात्र भएपनि । अफ्रिकी महाद्वीपको हो, तर अमेरिका र अन्य औपनिवेशिक देशहरूमा शक्तिको अधिकार दावी गर्न पनि । र यस विश्व आन्दोलनको केन्द्रमा मेसोनिक लजहरू खडा हुनुपर्छ, जहाँ केवल काला मानिसहरूलाई अनुमति छ । यस वर्तमान अवस्थाका चरम प्रतिनिधिहरूमा ब्ल्याक पावर, ब्ल्याक प्यान्थर्स र पछि बीएलएम (BLM) जस्ता संगठनहरू थिए ।

ग्रेट इथियोपिया

अफ्रिकामा, मेलानोडरमेटिक (कालो) जनसंख्याको बीचमा, युगान्तशास्त्रको आफ्नै मौलिक संस्करणहरू विकसित भएका छन् । ती सबैले (गार्वेको युगान्तशास्त्रमा जस्तै)अफ्रिकी मानिसहरूलाई विशेष ऐतिहासिक मिशन (कालो–नयाँ इजरायल) द्वारा सम्पन्न भएको मान्छन् । आफ्नो र समग्ररूपमा अफ्रिकी महाद्वीपको पुनर्जन्मको भविष्यवाणी गर्छन् । अफ्रिकी युगान्तशास्त्रको सामान्य योजनाले औपनिवेशिकता र दासत्वको युगलाई कालो जातिको लागि ठूलो आध्यात्मिक परीक्षणको रूपमा लिन्छ। जसलाई इनामको अवधि, नयाँ स्वर्ण युगले पछ्याउँछ ।

यस्तो युगान्तशास्त्रको एक संस्करणमा, अफ्रिकी पहिचानको मूल इथियोपिया हो । यसको जनसंख्या (कालो छाला भएको कुशी र सेमिटहरू) अफ्रिकी सभ्यताको प्रतिमानको रूपमा हेरिन्छ–इथियोपिया एक मात्र अफ्रिकी राजनीतिक संस्था हो, जसलाई युरोपेली शक्तिहरू वा मुस्लिमहरूद्वारा उपनिवेश  कायम  गरिएको छैन । यस सिद्धान्तमा सबै अफ्रिकी मानिसहरू इथियोपियाहरूसँग सम्बन्धित मानिन्छन्, र इथियोपियाली राजा–नेगस–महान अफ्रिकी साम्राज्यको शासकको प्रोटोटाइपको रूपमा मानिन्छ। यो विचार रास्ताफेरियनवादमा आधारिथ थियो, जो जमैकाका अश्वेतहरू बीच लोकप्रिय भयो र त्यसपछि अफ्रिका र अमेरिकाको कालो जनसंख्यामा फैलियो ।

यो संस्करण ईसाई र ईसाई राष्ट्रहरूको लागि प्रमुख मानिन्छ । इथियोपियाका क्रिस्चियन युगान्तशास्त्री (मोनोफिसाइट्स) आफैंले इथियोपियाको विशेष मिशनसँग सम्बन्धित मौलिक विशेषताहरू प्राप्त गर्दछन्, जसलाई छनौट गरिएको देश र चुनिएका मानिसहरूले मान्ने गर्छन् (त्यसैले इथियोपियालीहरूका पुर्खा बाइबलीय मेल्चिसदेक, शान्तिका राजा थिए भन्ने किंवदन्तीहरू पाइन्छन् )। रास्ताफेरियनवादमा यो इथियोपाई युगान्तशास्त्र अथिरिक्त हुन्छ र कहिलेकाहिँ धेरै विचित्रको हुने गर्छ ।  

कालो इस्लाम

अफ्रिकी युगान्तशास्त्रको अर्को संस्करण ' काला मुस्लिमहरु' (इस्लामको राष्ट्र ) हो, जुन संयुक्त राज्य अमेरिकामा देखा पर्यो ।  यस सिद्धान्तले मोसेस र मुहम्मद दुवै काला थिए र ईश्वर चक्रदेखि चक्रमा कालो राजनीतिक–धार्मिक नेताहरूमा अवतार भएको दाबी गर्दछ । यस वर्तमानको संस्थापक, वली फर्द मुहम्मदले आफूलाई यस्तो अवतार (यो रुसी ख्लिस्टी सम्प्रदायसँग मिल्दोजुल्दो छ ) मान्थे ।  वली फर्द मोहम्मदको मृत्युपछि विश्वासीहरूले स्पेसशिपमा उनको फिर्ताको आशा गर्छन् ।

समानान्तरमा, यसले संयुक्त राज्य अमेरिका र संसारभरि संघर्ष गर्न अश्वेतहरूको आवश्यकताको घोषणा गर्दछ – उनीहरूको अधिकारको लागि मात्र होइन, तर सभ्यतामा उनीहरूको आध्यात्मिक र जातीय नेतृत्वको मान्यताको लागि  पनि घोषणा गर्दछ ।  इस्लाम राष्ट्रका समकालीन नेता लुइस फराखानको नेतृत्वमा, यो वर्तमानले अमेरिकामा ठूलो प्रभाव हासिल गरेको छ र अफ्रिकामा काला मुस्लिमहरूको वैचारिक गठनमा महत्त्वपूर्ण प्रभाव पारेको छ ।

कालो इजिप्ट

अफ्रिकी राजनीतिक युगान्तशास्त्रको अर्को संस्करण केएमटी वर्तमान (इजिप्टको लागि पुरातन इजिप्टियन नामबाट)  हो । जसले अफ्रिकी दार्शनिक शेख एन्टा डिओपको विचारहरू विकसित गर्यो । शेख एन्टा डिओप र उनका अनुयायीहरूले पुरातन इजिप्ट कालो मानिसहरूको राज्य हो भन्ने सिद्धान्त विकास गरे , जुन यसको नाम 'केएमटी' बाट स्पष्ट हुन्छ,  इजिप्टियन भाषामा 'ब्ल्याक अर्थ' वा 'कालोहरूको भूमि' ।

एन्ता दियोप विश्वास गर्दछ कि सबै अफ्रिकी धार्मिक प्रणालीहरू इजिप्टियन धर्मको प्रतिध्वनि हुन्, जुन यसको सम्पूर्ण रूपमा पुनर्निर्माण हुनुपर्छ ।  उनका अनुयायी केमी सेबाले अफ्रिकी एकेश्वरवादको शोधपत्र विकास गर्छन्, जुन धार्मिक–राजनीतिक प्रणालीको आधार हो । जुन शक्ति ईश्वरको इच्छा व्यक्त गर्ने उदार सरकारमा निहित हुनुपर्छ (ओएजी अरबीको संस्करणमा महदी विजियरहरू जस्तै )। जीवन बन्द कालो समुदायको सिद्धान्तमा आधारित हुनुपर्छ – क्विलोम्बो ।

त्यसो गर्दा,अफ्रिकीहरूले आफ्नै मानिसहरूको परम्परामा फर्कनुपर्दछ, अफ्रिकी महाद्वीपको पूर्ण नियन्त्रण लिनुपर्दछ , सकेसम्म कालो छालाको रंग पुनस्र्स्थापित गर्नुपर्दछ (मेलानो–उन्मुख विवाहहरूमार्फत) र विश्वमा आध्यात्मिक क्रान्ति ल्याउनु पर्छ ।

एकल पवित्र प्यान–अफ्रिकी भाषा पुनस्र्स्थापित प्राचीन इजिप्शियन ( मेडु नेटजेर ) हुनुपर्दछ । र , स्वाहिलीलाई व्यावहारिक आवश्यकताहरूको लागि प्रयोग गरिनु पर्छ ।  केएमटी सिद्धान्तका समर्थकहरूका अनुसार, काला मानिसहरू पवित्रता, परम्परा र स्वर्ण युगका मानिसहरू हुन् । श्वेत सभ्यता विकृत, रोगविज्ञान र सभ्यताविरोधी हो जहाँ वस्तु, पैसा, पुँजी आत्माभन्दा माथि हुन्छ ।

अफ्रिकीहरू र विश्वभरका अश्वेतहरूका मुख्य शत्रु गोराहरू हुन्, जसलाई आधुनिकीकरण, उपनिवेशवाद, भौतिकवाद र आध्यात्मिक पतनका वाहकहरू मानिन्छ । गोरामाथिको विजय अश्वेतहरूको विश्व मिशनको पूर्तिको ग्यारेन्टी र उपनिवेशीकरणको प्रक्रियाको सबैभन्दा ठूलो उपलब्धि हो ।

ल्याटिन अमेरिका

आदीबासीय–युगान्तशास्त्रः अनिश्चियवाद

ल्याटिन अमेरिकी देशहरूमा, धेरै आदिवासी अमेरिन्डियन मानिसहरूले औपनिवेशिकताको तार्किक अन्त्यलाई जातीय समाज (आदिवासी) को पुनस्र्थापनाको रूपमा हेर्छन् ।  यी प्रवृत्तिहरू देश अनुसार फरक–फरक डिग्रीमा विकसित हुन्छन् ।

धेरैले सन् १७८० मा पेरुमा स्पेनी उपस्थितिको विरुद्धमा भारतीय विद्रोहको नेतृत्व गर्ने अन्तिम इन्का शासकका वंशज टुपाक अमरु द्वितीयको विद्रोहलाई मूल निवासीहरूको औपनिवेशिक प्रतिरोधको प्रतीकात्मक सुरुवात मान्छन् ।

बोलिभियामा सन् २००६ मा, इभो मोरालेस, आयमारा भारतीय जनताको पहिलो प्रतिनिधि, राष्ट्रपति निर्वाचित भए । बढ्दो रूपमा, आवाजहरू सुनिन्छन् – विशेष गरी पेरु र बोलिभियामा –पृथ्वीको पुरातन भारतीय पंथ देवी पचामामालाई आधिकारिक धर्म घोषणा गर्ने पक्षमा ती आवाजहरु छन् । 

एक नियमको रूपमा, ल्याटिन अमेरिकी भारतीयहरूको जातीय युगान्त विज्ञान वामपन्थी समाजवादी वा अराजकतावादी धाराहरूसँग समन्वयात्मक शिक्षाहरू सिर्जना गर्न जोडिएको छ ।

ब्राजिलियन सेबास्टियनवाद

ब्राजिलमा विकसित पाँचौं साम्राज्यको बारेमा पोर्तुगाली विचारहरूसँग जोडिएको युगान्तशास्त्रको विशेष संस्करण हो ।  पोर्चुगलमा रिपब्लिकन 'कू' (सत्या कब्जा) को कारण, पछि पोर्चुगिज साम्राज्यको राजधानी ब्राजिलमा सारियो । राजधानीको यो स्थानान्तरण आकस्मिक थिएन र ब्राजिल आफैंमा एक विशेष राजनीतिक–धार्मिक मिशन थियो भन्ने सिद्धान्तको चर्चा भयो । यदि युरोपेली पोर्चुगलले राजा सेबास्टियनको सिद्धान्तलाई बिर्सेर युरोपेली पूँजीवादी लोकतन्त्रको बाटो पछ्याएको छ । भने, ब्राजिलले अब यो मिसनलाई ग्रहण गर्नुपर्दछ र ऐतिहासिक चक्रको गम्भीर परिस्थितिमा, हराएका तर मृत नभएका राजा सेबास्टियनले आफैलाई भेट्टाउनेछन् ।

रूढिवादी क्याथोलिक–युगान्तशास्त्र र साम्राज्यवादी विद्रोहहरू मेसोनिक उदारवादी सरकार–कानुडोस, कन्टेस्टाडोलगायतका  सिद्धान्तको ब्यानरमुनि ब्राजिलमा भए ।

सभ्यताहरुको युगान्तशास्त्रीय नक्शा

यसरी, बहुध्रुवीय संसारमा विभिन्न युगान्तशास्त्रहरुबीच मतभेद हुन्छ।  वा एक अर्कासँग गठबन्धनमा प्रवेश गर्छन् । पश्चिममा चरम प्रोटेस्टेन्ट वितरणवादको रूपमा महत्वपूर्ण उचाइको साथ धर्मनिरपेक्ष आदर्श (प्रगतिवाद र उदारवाद) स्पष्ट रूपमा फैलिएको छ । फुकुयामाका अनुसार यो  'इतिहासको अन्त्य '  हो ।  यदि हामीले पूर्ण अमेरिकी नियन्त्रणमा रहेको युरोपेली देशहरूको उदारवादी अभिजात वर्गलाई ध्यानमा राख्यौं भने, हामी लगभग सबै नाटो देशहरूलाई एकजुट गर्ने विशेष युगान्त विज्ञानको कुरा गर्न सक्छौं । हामीले कट्टरपन्थी व्यक्तिवादको सिद्धान्त पनि जोड्नु पर्छ, उदारवादीहरूमा साझा, जसले मानिसलाई सबै प्रकारको सामूहिक पहिचानबाट मुक्त गर्न माग गर्दछ–यौन  (लैङ्गिक राजनीति ) र मानव प्रजाति (ट्रान्सह्युमनिज्म, एआई) बाट पनि स्वतन्त्रतासम्म जोड्न मद्दत पुग्छ । यसरी 'खुला समाज' सँगसँगै मेसोनिक प्रगतिशील युगान्तशास्त्रका नयाँ तत्वहरू लैङ्गिक पुनः असाइनमेन्ट, एलजीबीटीक्यू (LBGTQ) सिद्धान्तहरूको समर्थन, उत्तरमानवतावाद, र गहिरो पारिस्थितिको अनिवार्यताहरू हुनुपर्छ। (जसले संसारमा मानवको केन्द्रीयतालाई अस्वीकार गर्दछ जुन सबै परम्परागत धर्म र दार्शनिक प्रणालीहरूले जोड दिएका छन् ) ।

यद्यपि सियोनिज्म युगान्तशास्त्रको यस संस्करणको प्रत्यक्ष विस्तार होइन । यसको केही रूपहरूमा – विशेष गरी अमेरिकी नियोकनहरूसँगको गठबन्धनमार्फत-यो आंशिकरूपमा यस रणनीतिमा सुहाउँछ र पश्चिमका शासक अभिजात वर्गहरूमा यहूदीहरूको प्रभावलाई ध्यानमा राख्दै यी अनुपातहरु पनि उल्टो हुन सक्छन् ।

इतिहासको यस अन्त्यको बाटोमा, रुस र यसको केटेहोनिक कार्य, तेस्रो रोमको युगान्तशास्त्र र युएसएसआरको विरासतको रूपमा साम्यावादी क्षितिजको संयोजन, सबैभन्दा स्पष्ट रूपमा आफ्नो मार्गमा उभिएको छ ।

चीनमा, पश्चिमी मार्क्सवाद, पहिले नै माओवादमा पुनस् निर्माण गरिएको, कन्फ्युसियन संस्कृतिमा बढ्दो रूपमा खुला रूपमा प्रदर्शन भइरहेको छ, र परम्परागत सम्राटको रूपमा सीसीपी (CCP) को प्रमुखलाई 'स्वर्गमुनि रहेका सबै' (टियान्क्सिया - 天下) शासन गर्ने स्वर्गीय जनादेश दिइएको छ।

युगान्तशास्त्रसम्बन्धी भावनाहरू सुन्नी क्षेत्र र विशेष गरी शियावाद  (मुख्यतया इरानमा ) दुबै इस्लामिक संसारमा निरन्तर बढ्दै गएको देखिएको छ, र यो आधुनिक पश्चिमी सभ्यता हो – जुन अहिले रूससँग लडिरहेको छ – जसलाई लगभग सर्वसम्मतिले सबै मुस्लिमहरुका लागि सर्वसम्मतरूपमा चित्रण गरिएको छ ।

भारतमा, हिन्दुत्व–प्रेरित भावनाहरू बिस्तारै बढ्दै गएका छन् (हिन्दूहरूको स्वतन्त्र पहिचानको सिद्धान्त एक विशेष र उच्च सभ्यताको रूपमा ), हिन्दू परम्पराको जरा र यसको मूल्यहरू (जुनसँग पश्चिमाको मेल खाँदैन ) , र यहाँबाट कल्कि घटना र कलियुगको विजयसँग सम्बन्धित विशेष युगान्त विज्ञानका रूपरेखाहरू रेखांकित गरिएको छ ।

प्यान–अफ्रिकनवादले अफ्रिकीहरूलाई उनीहरूको पहिचानमा फर्काउने र 'सेतो संसार' (मुख्य रूपमा पश्चिमी सभ्यतासँग सम्बन्धित औपनिवेशिक देशहरूको रूपमा बुझिएको) विरुद्ध औपनिवेशिक विरोधी संघर्षको नयाँ चरणको बारेमा कट्टरपन्थी सिद्धान्तहरूको सुदृढीकरणतिर विकास गर्दछ । यसले कालो युगान्त विज्ञानको नयाँ सदिश (भेक्टर) को वर्णन गर्दछ ।

ल्याटिन अमेरिकामा, आफ्नो भूराजनीतिक सार्वभौमसत्तालाई सुदृढ गर्ने चाहनालाई वामपन्थी (समाजवादी )युगान्त विज्ञान र क्याथोलिक पहिचानको रक्षा दुवैद्वारा निहित गरिएको छ, जुन ब्राजिलमा विशेष गरी स्पष्ट छ, जहाँ बायाँ र दायाँ दुवैले विश्वव्यापिताा र अमेरिकी नीतिबाट आफूलाई टाढा राख्दै आएका छन् ।  (यसर्थ ब्रिक्स ब्लकमा ब्राजिलको प्रारम्भिक सहभागिता)। आदिवासी जनजातिको नृवंशविज्ञान, यद्यपि अपेक्षाकृत कमजोर भए पनि, सामान्यतया सम्पूर्ण युगान्तशास्त्र परियोजनामा महत्वपूर्ण आयाम थप्छ ।

एकै समयमा, फ्रान्सेली कुलीन युगान्तशास्त्र (र गौलिज्ममा यसको धर्मनिरपेक्ष प्रक्षेपण), जर्मन साम्राज्यको व्यक्तिमा इतिहासको अन्त्यको जर्मन संस्करण, साथै जापानको विशेष मिशनको बौद्ध र शिन्टो मार्ग जापानी सम्राटहरू – (अहिलेको लागि, कम्तिमा) प्रभावशाली प्रगतिशील विश्वव्यापी अभिजात वर्ग र एंग्लो–स्याक्सनहरूको रणनीतिहरूबाट पूर्णरूपमा ग्रहण भएर कुनै महत्त्वपूर्ण भूमिका खेल्दैनन् ।

यसर्थ हामीसँग युगान्तशास्त्रको विश्व नक्सा छ, जसले बहुध्रुवीय संसारको रूपरेखासँग मेल खान्छ । यसबाट अब हामीले चाहेको निष्कर्ष निकाल्न सक्छौं ।