चीनमा भव्यरुपमा पहेँलो सम्राट् 'हुआंग-दी' को पूजा समारोह आयोजना गरियो

चीनमा भव्यरुपमा पहेँलो सम्राट् 'हुआंग-दी' को पूजा समारोह आयोजना गरियो

सान्सी प्रान्तको ह्वाङलिङ काउन्टीमा रहेको 'हुआंग-दी सम्राटको समाधिस्थलमा यो उत्सव आयोजना गरिएको थियो। सो समारोहमा ढोल बजाउने, घण्टी बजाउने, फूलको टोकरी चढाउने साथै गायक, वाचक र नर्तकहरूको प्रस्तुतिसहित नौ वटा परम्परागत अनुष्ठानहरू गरिएका थिए ।

पहेँलो सम्राट वा हुआंग-दीको पूजा परम्परागत रूपमा छिङमिङ चाडपर्वमा हुन्छ। यी प्राचीन शासकलाई चिनियाँ राष्ट्रको पूर्वज मानिन्छ। उनलाई लेखनको आविष्कार, चिनियाँ क्यालेन्डरको स्थापना सहितको अन्य धेरै उपलब्धिहरूको श्रेय दिइन्छ।

यस वर्षको समारोहमा नेसनल पिपुल्स कंग्रेसको स्थायी समिति र केन्द्रीय समितिको अखिल चीन समितिका उपाध्यक्षपेङ किङ्हुआ र जियाङ जोजुनका साथै कुओमिन्ताङ पार्टीका पूर्व अध्यक्ष मा यिङजुनको उपस्थिति थियो।

पहेँलो सम्राट चिनियाँ साम्राज्यको इतिहास निर्माणका लागि एक शाश्वत आदर्श हो। यो सर्वकालिक मूल रुप हो । यसमा चीनको ऐतिहासिक उदयको रहस्यमा, यसको गहिरो पहिचान, यसको निरन्तरता र यससप्रतिको बफादारिता आधारित छ। कन्फ्यूशीवादको उत्कृष्ट परम्परा र हान चिनियाँहरूको अटल नैतिकतामा निहित छ।

चीनमा साम्राज्य भनेको सरकार, पदानुक्रम, समाज, अर्थव्यवस्था, धर्म, कला, दैनिक जीवन यहाँ सम्म कि समाजवाद।लगायत सबै थोक हो । ह्वाङ्ग-दीबाट प्राप्त स्वर्गको जनादेश भएको शासकले मात्र यसलाई वैध बनाउँदछ। चीनको आर्थिक वृद्धि पहेँलो सम्राट्प्रतिको होसियारीपूर्ण निष्ठाको परिणाम हो । अन्यथा पुँजीवाद र भूमण्डलीकरणले हामीलाई जस्तै चीनलाई पनि उडाइदिने थियो । चीनलाई साम्राज्यले बचायो र हामी पनि यसद्वारा बच्नेछौ। तर केवल हाम्रो अर्थोडक्स साम्राज्यको कारणले, जहाँ महिस राजाले शासन गर्नुहुनेछ र जुन साम्राज्यसंग सबै कुराको स्वामित्व हुनेछ  ।
-अलेक्जेन्डर दुगिन