एकध्रुवीय भूमण्डलीकरणविरुद्धका पाँच मोर्चा

एकध्रुवीय भूमण्डलीकरणविरुद्धका पाँच मोर्चा

सन् २०२४ को पूर्वसन्ध्यामा विश्वको समग्र तस्वीर र मुख्य भूराजनीतिक प्रवृत्तिलाई एक नजर राख्न उपयुक्त छ । सामान्यतया हामी एकध्रुवीयताबाट बहुध्रुवीयतामा संक्रमणको क्षणमा छौं। यसवर्ष ब्रिक्स-१० मा बहुध्रुवीयताले थप संरचना प्राप्त गरेको छ (अर्जेन्टिना जुन भर्खरै यस संगठनमा सामेल भएको थियो,अर्को भूमण्डलवादी जोकर जेभियर माइलीद्वारा हतारमा त्यहाँबाट हटाइयो)।

भ्लादिमिर पुटिनको हालैको संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरेबियाको उल्लासमय सफल भ्रमण र त्यसपछि इरानी राष्ट्रपति रायसीसँगको लामो वार्ताले रूस बहुध्रुवीयताप्रति कति गम्भीर छ भन्ने देखाउँछ।  रुसले विशेषगरी सन् २०२४ को पूर्वसन्ध्यामा ब्रिक्सको वार्षिक अध्यक्षता सम्हाल्नेछ ।

यस वर्षको अन्त्यसम्ममा ल्याटिन अमेरिकामा बहुध्रुवीयताको एउटा नयाँ लक्षण देखा परेको छ। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले British Guiana (ब्रिटिश गुयाना) को भू-भागमा आफ्नो देशको दाबी रहेको घोषणा गरेका छन् । म्याक्सिम मेडोभारोभले आफ्नो टेलिग्राम च्यानल "सिग्नेचर्स अफ अ ट्रेडिशनलिस्ट" मा ठीकै औंल्याए कि गयाना स्वयं एटलान्टिकवादको दुष्ट प्रतिभा,लर्ड पामरस्टनको उत्पादन थियो। जसले ग्रान कोलम्बियालाई टुक्रा-टुक्रा पार्ने योजना कार्यान्वयन गरे।  बोलिभरको मृत्यु भयो जसमा एस्सेक्विबोलाई ब्रिटिस गुयाना (गुयाना) मा पिन्चिङ पनि समावेश थियो। ब्रिटिश गुयाना-एस्सेक्विबो (माल्विनासका साथ) एक ध्रुवीयताका विरुद्ध बहुध्रुवीयताको अर्को एउटा मोर्चा छ ।

सामान्यतया हामी पहिले नै पाँच सम्भावित वा वास्तविक मोर्चाहरूसँग काम गरिरहेका छौं:

१.रूस युक्रेनमा सामूहिक पश्चिम र अमेरिकी (एंग्लो-सैक्सन) विश्वव्यापीकरणसँग युद्धमा छ। संक्षेपमा यो रूसीहरूको गृहयुद्ध हो - शाही रूसीहरू विरुद्ध एटलान्टिकवादी रूसीहरू(जसले आफ्नो रूसी पहिचानलाई धोका दिएका छन्)। एटलान्टिकवादी "रूसीहरू" लाई पश्चिमका एकध्रुवीय शक्तिहरूले प्रयोग गरिरहेका छन्।
२.इस्लामी विश्व इजरायलविरुद्ध (गम्भीर विलम्बका साथ) एकजुट भईरहेको छ। इजरायलले अरब जनसंख्याको सुनियोजित तवरले नरसंहार गरिरहेको छ। जसले अरबको एकता बलियो बनाइरहेको छ । एकै समयमा एकध्रुवीय पश्चिम फेरि इजरायलको पक्षमा छ (यसको मध्य पूर्वी छद्म युद्धको रूपमा)।
३.पश्चिम अफ्रिकाका औपनिवेशिक विरोधी देशहरू (माली, बुर्किना फासो, नाइजर, सेन्ट्रल अफ्रिकन रिपब्लिक, ग्याबोन) को समूह औपनिवेशिक पक्षधर (एटलान्टिकवादी) शासन र म्याक्रोनको भूमण्डलवादी फ्रान्सविरुद्ध एकजुट छ। यहाँ पनि खुला द्वन्द्व कुनै पनि बेला भड्किन सक्छ ।
४.मुख्यभूमि चीनविरुद्ध ताइवानको सम्भावित मोर्चाले सम्भवतःअमेरिकालाई सबैभन्दा बढी चिन्तित बनाएको छ । (यहाँ पनि पखेटासहित प्रत्यक्ष द्वन्द्व पर्खिरहेको छ।
५.भेनेजुएलाको एस्सेक्विबो अधिकारको घोषणा एटलान्टिकवादीहरूको कृत्रिम औपनिवेशिक संरचना हो। माल्विनाको जुन प्रश्न छ त्यो सत्तामा रहेको पतित व्यक्तिलाई हटाएपछि तीव्र हुन सक्छ। (क्रान्तिकारी पेरोनिज्म,  नवादउदारवादसँग पार भयो भने पराजित अर्जेन्टिनाको सर्जियो मासाले गरेका जस्तै हुन्छ।

भारतले बहुध्रुवीय आधिपत्यमा विशेष स्थान ओगटेको छ । यो एक पूर्णरूपमा स्वतन्त्र राज्य-सभ्यता हो जुन रणनीतिकरूपमा संयुक्त राज्य अमेरिकाको सबैभन्दा नजिक छ।  (चीन र पाकिस्तानसँगको द्वन्द्वको कारण र अझ व्यापक रूपमा इस्लामी कारक)। भारत रुस, अफ्रिका र ल्याटिन अमेरिकासँग मित्रवत् छ। भू-मण्डलवादीहरूसँग द्वन्द्वको कुनै प्रत्यक्ष क्षेत्र छैन।  (ब्रिटिश उपनिवेशवादको राक्षसी युगको सम्झना बाहेक)। यसअघि पश्चिमले कट्टरपन्थी इस्लाम र पाकिस्तानलाई समर्थन गरेको थियो । केही हदसम्म यो संरक्षित गरिएको छ तर धेरै स्पष्ट रूपमा छैन - भूमण्डलवादीहरूलाई चीनको सामना गर्न भारत आवश्यक छ ।

यो महत्त्वपूर्ण छ कि एटलान्टिकवादीहरू स्वयं र एकध्रुवीय विश्वका समर्थकहरू स्वयं पनि यसबारे राम्रो जानकार छन्। सन् २०२२ को अप्रिलमा लिज ट्रसले बेलायती विदेशमन्त्रीको रूपमा काम गर्दा 'भूराजनीतिको पुनरागमन' को घोषणा गरेकी थिइन् । कीर्तिमानी समयमा इंग्ल्याण्डका पूर्व प्रधानमन्त्री रहेकी ट्रसले आफ्नो संयुक्त राज्य अमेरिका भ्रमणका क्रममा रुसविरुद्ध कीभको युद्धको निरन्तरताका लागि रकम विनियोजन गर्न एटलान्टिकवादी शिरामा रिपब्लिकनहरूलाई प्रभाव पार्ने प्रयास गर्ने उद्देश्यले भनेकी थिइन्,'युक्रेन,इजरायल र ताइवान फरक युद्ध होइनन्, तिनीहरू एउटै युद्ध हुन्।'

यो कुराको सही भू-राजनीतिक दृष्टिकोण हो । पश्चिम अफ्रिका र एस्सेक्विबोमा दुवै तनाव पनि 'एउटै युद्ध'को मोर्चा हो ।

सम्पूर्ण हेप्टार्की (पश्चिम, रूस, चीन, भारत,इस्लामी विश्व,अफ्रिका,ल्याटिन अमेरिका) एक मुख्य रेखामा विभाजित छ।  पश्चिम छ वटा बिश्वविरुद्ध छ। यो कुरा स्वयं भूमण्डलवादीहरूलाई पनि राम्ररी थाहा छ । उनीहरूको नजरमा एउटा मात्र ध्रुव छ त्यो हो पश्चिम नै । बाँकी उहाँका जागीरदारहरू (सार्वभौम ध्रुवहरू होइन) हुनुपर्दछ र उससँग होइन एक-अर्कासँग शत्रुतामा हुनुपर्दछ।

यो महत्त्वपूर्ण छ कि रूसलाई यो राम्रोसंग थहा छ,  छ विरुद्ध एक बीचको विश्वव्यापी टकरावको संरचना। रुससंग  धेरै स्पष्ट विचार छ। रज्वेदचिक पत्रिकामा प्रकाशित आफ्नो लेख "सन् २०२४ भूराजनीतिक जागरणको वर्ष हो" मा रुसी विदेश गुप्तचर सेवाका प्रमुख सर्गेई नारिश्किन यसो भन्छन्:

विश्व मञ्चमा आगामी वर्ष माथि उल्लिखित दुई भूराजनीतिक सिद्धान्तहरूस्एङ्ग्लो-स्याक्सन्को 'टापु' 'विभाजन गर र शासन गर' को सीधाविपरीत महाद्वीपीय 'एकता गर नेतृत्व गर' को बीचको टकरावको थप तीव्रताद्वारा चिह्नित गरिनेछ। आगामी वर्षमा यस भयंकर टकरावका अभिव्यक्तिहरू विश्वको सबैभन्दा दुर्गम क्षेत्रहरूमा पनि देखापर्नेछ। सोभियत पछिको अन्तरिक्षबाट दक्षिण अमेरिका र प्रशान्त महासागर जुन हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण छ ।

त्यसैले हामीले एकताबद्ध हुनुपर्छ र नेतृत्व गर्नुपर्छ । (युरेशियन क्षेत्रहरू एकताबद्ध र नेतृत्व सहित सबैभन्दा पहिले युक्रेन जुन विश्वासघातमा फसेको छ)। शत्रुले रुसी, चिनियाँ, इस्लामी, भारतीय, अफ्रिकी र ल्याटिन अमेरिकी गरी छवटा उदीयमान संसार अर्थात् हेप्टार्कीका ध्रुवहरूबीच शत्रुता छर्ने प्रयास गरिएको छ । साथै फुटाऊ र शासन गर भन्ने सिद्धान्त अवलम्बन गरिरहेको छ। शत्रुहरू त्यहाँ एउटा मात्र संसार होस् भन्ने चाहन्छन् र त्यो तिनीहरूको आफ्नै होस भन्ने चहान्छन। तिनीहरू पश्चिमी संसारबाहेक अन्य संसारको अस्तित्वलाई अस्वीकार गर्छन् । बाहेकलाई राक्षसीकरण गर्छन्। विशेष गरी रूसी संसार। एकध्रुवीय विश्व व्यवस्था र पश्चिमा आधिपत्यविरुद्धको सङ्घर्षका पाँच मोर्चा हरू हाम्रा युद्धका मोर्चाहरू हुन् भन्ने कुरा हामीले स्पष्टसँग बुझ्नुपर्छ ।

अनुवादक: मोहनप्रसाद ज्ञवाली