विचारको प्रतिस्पर्धा : वैश्वीकरणलाई चुनौती
Primary tabs
अलेक्जेन्डर दुगिनले यस लेखमार्फत २०औं शताब्दीको अधिनायकवादी संरचनालाई अस्वीकार गर्दै, बहुध्रुवीय संसारमा विचारधारात्मक स्पष्टता र निष्पक्ष बहसको लागि आग्रह गरेका छन्। जाहाँ वास्तविक अभिव्यक्ति स्वतन्त्रताको नेतृत्व गर्दछ।
अहिले "अति दक्षिणपन्थी", "फासिस्ट", "पुटिन समर्थक" जस्ता अपमानजनक शब्दहरूलाई वोक सेन्सरहरूले प्रयोग गर्छन्। अब, तीनले अर्थ गुमाउँदैछन्। तिनीहरूले कुनै प्रभाव उत्पन्न गर्न सक्दैनन् बरु कहिलेकाहीँ विपरीत प्रभाव पार्छन्। मार्क जुकरबर्गको स्वीकारोक्तिपछि हामीलाई अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा वैश्वीकतावादी रणनीति कस्तो रहेको थियोे भन्ने कुरा सबै थाहा भएको छ।
वास्तवमा विचारहरु महत्त्वपूर्ण कुरा हुन्। वामपन्थी, दक्षिणपन्थी, पार्थिव, भविष्यवादी, पुराना, नयाँ, रूढिवादी, प्रगतिशील सबै। हामी अपमानको आदानप्रदान बन्द गरौं। विचारसहित संवाद गरौं।
म अन्तिम पटक भन्छु: हिटलरको सन्दर्भमा अपमानजनक शब्दहरूको प्रयोग रोक्नुहोस् र हामी उदारवादीहरू र विश्ववादीहरूको बदनाम गर्ने कार्य पनि रोक्छौं। म मान्दछु कि उदारवादी र विश्ववादीहरूसँग केही विचारहरू छन्। ती विचारहरूलाई प्रस्तुत र बचाव गर्न दिनुहोस्। हामी पनि अाफ्ना विचार प्रस्तुत गर्न तयार छौं।
बीसौं शताब्दी घृणित, पतित, विकृत, अधिनायकवादी र मूर्खतापूर्ण थियो। यसका प्रमुख तीन रूपहरू - उदारवाद, साम्यवाद र फासिवाद - यिनीहरू सबैले आफूलाई पूर्ण नैतिक मूल्यहरू भएको विचारको रूपमा प्रस्तुत गरे। तर वास्तवमा ती केहि थिएनन् - केवल मनुष्यद्वारा निर्माण गरिएका कृत्रिम रूपका आधुनिक प्रणालीहरू मात्र।
ट्रम्प र मस्कलाई हामीसँगै २१औं शताब्दीमा प्रवेश गर्ने अवसर छ। अबदेखि हरेक विचारधारा आफ्नो मूलमा सीमित भएका छन्। तिनीहरूले स्वतन्त्र प्रतिस्पर्धामा आफ्नो वैधता प्रमाणित गर्न आवश्यक छ। म ती सबै तीनवटा विचारधारा भन्दा माथि उठेर चिन्तन गर्न रुचाउँछु। मसँग तर्क र तथ्यहरू छन्। अरूले उदारवाद, साम्यवाद र फासिवादलाई बचाउन प्रयास गर्न सक्छन्। तर, ती कसैसँग पनि पूर्ण सत्य छैन। यहूदीहरूसँग पनि । गाजा र यो सानो, डरपोक, लजालु नाजी जेलेंस्कीपछि यहूदीहरूको पनि नैतिक उच्चता समाप्त भएको छ। कुनै पनि पूर्ण नैतिक सत्यको दावी बिना उनीहरू पनि अरू समान्य मानिसजस्तै हुन्। हामी उनीहरूका पक्षमा हुन सक्छौं वा हुँदैनौं। कसैले पनि हामीलाई नियम आधारित व्यवस्था स्वीकार गर्न बाध्य गर्दैन। ट्रम्प पूर्ण स्वतन्त्रता हो। तिमी जे हौ त्यो बन। तिमी जे गर्न चाहन्छौ त्यो गर।
म विश्वास गर्दछु कि ख्रीष्ट, राजा, परमेश्वर र मानिस हुनुहुन्छ। म अर्बोथडक्स चर्च र यसको शिक्षामा विश्वास गर्छु। म पवित्र मातृभूमि रूसप्रति विश्वास गर्छु। र म विश्वास गर्छु कि ख्रिस्टियन साम्राज्य मात्र वैध राजनीतिक प्रणाली हो।
पक्कै पनि तपाईंसँग अन्य विचारहरू र विकल्पहरू छन्। यो अद्भुत कुरा हो। आउनुहोस्, हामी एक-अर्कालाई दानवीकरण नगरी, हत्या हिंसा नगरी कुरा गरौँ। यहाँ विभिन्न धर्महरू र राजनीतिक प्रणालीहरू छन्। तिनलाई प्रतिस्पर्धा गर्न दिऔं।
म अभिव्यक्ति स्वतन्त्रताको पक्षपाती हुँ। तर, उदारवादीहरूको लागि मात्र होइन कि सबैका लागि।
अनुवाद: मोहनप्रसाद ज्ञवाली