"पैगन" को अवधारणा पुरातन नियमबाट उत्पन्न भएको हो। रसियन भाषामा "अन्यजाति" लाई जनहरू भनिन्थ्यो। प्राचीन यहूदीहरूले आफूलाई वर्णन गर्न "आम" (עם) शब्द प्रयोग गर्थे, र अन्य राष्ट्रहरूलाई वर्णन गर्न "गोय" (גוי) शब्द प्रयोग गर्थे। यहूदीहरू = जनता, उनीहरू एक (चयनित) हुन्, र अन्य राष्ट्रहरूको "भाषाहरू" धेरै छन्। यसरी यहूदीहरूले एक भगवानको पूजा गर्थे। उनीहरु निश्चित थिए कि अन्य सबै राष्ट्रहरू (भाषाहरू) धेरै देवी-देवताको पूजा गर्थे। त्यसैले "भाषा" (गोय) शब्दको पहिचान बहुईश्वरवादी मूर्तिपूजकहरूसँग गरियो (ग्रीक भाषामा यसलाई बिल्कुल यस्तै शब्द ειδολολάτρης छ)। ल्याटिनमा, यो शब्दको सान्दर्भिक रूप हो "जेन्टिलिस", जसको अर्थ हो "जनता," "कुल," "राष्ट्रहरू।"
यो स्वीकार्न अप्रिय छ, तर अाफ्ना दुश्मनहरुलाई निःसन्देह निर्दयतापूर्वक नष्ट गर्ने कुरामा इजरायली कट्टरपन्थी निर्णायकता, न केवल ती शत्रुहरूको व्यवहारसँग विपरीत छ। तर कीभ शासनसँग हामीले गरेको व्यवहार र दृष्टिकोणसँग पूर्ण रूपमा फरक छ। इजरायल अतिसक्रिय(proactively) रूपमा कार्य गर्छ,। अहिले स्पष्ट भएको छ कि तिनीहरूले हमासलाई आक्रमण गर्न उकासे, जसबाट प्रतिरोधलाई कुनै परिणाम हासिल भएन। यसैबीच, इजरायलले मध्यपूर्वमा आफूसँग विरोध गर्ने शक्तिहरूको नेतृत्वलाई समाप्त गर्यो । अनि सजिलैसँग गाजाका प्यालेस्टिनीहरूको भयकंर नरसंहार गर्यो।
हिजोको रूसी सुरक्षा परिषदको स्थाइ समितिको बैठकको सत्रको क्रममा रास्ट्रपति भ्लादिमिर पुटिनले हाम्रो देशको आणविक सिद्धान्त ("आणविक प्रतिरोधको क्षेत्रमा राज्य नीतिका आधारहरू") मा संशोधनहरूको घोषणा गरे। यो अत्यन्तै महत्वपूर्ण घटना हो। यसमा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको आणविक सिद्धान्तमा निम्न नयाँ कुरा समावेश गरिएको छ: कुनै पनि गैर-आणविक राष्ट्रद्वारा रूसमाथि गरिने आक्रमण, यदि कुनै आणविक राष्ट्रद्वारा समर्थन गरिएको छ भने, यो रूस संघमाथिको संयुक्त आक्रमण मानिनेछ।
लेबनानमा पेजर, रेडियो, फोनहरू र यहाँसम्म कि घरेलु उपकरणहरू समेत विस्फोट हुने अवस्थाका धेरै आयामहरू छन्। जसमा म यहाँ तीनवटा सबैभन्दा महत्त्वपूर्ण पक्षहरूमा ध्यान केन्द्रित गर्नेछु।
इजरायलले गाजालाई बरबाद गरिसके पछि, अर्थात् संसारको आँखा अगाडि सामूहिक नरसंहार गरिसके पछि, उसले लेबनानसँग पूर्ण युद्ध सुरु गरेको छ। जसरी इजरायलले गाजामा पुरै प्यालेस्टिनीहरू विरुद्ध होइन, हमाससँग लडिरहेको दाबी गर्यो (यद्यपि वास्तवमा सत्य त्यस्तो थिएन), त्यसैगरी अब
(अलेक्ज्याण्डर दुगिनले अमेरिकी राजनीतिमा लाकानका तीन क्रमहरूलाई लागू गर्दै भनेका छन् कि कमला ह्यारिस र डेमोक्र्याटहरूले परम्परागत संरचनाहरूलाई ध्वस्त पार्न खोजिरहेका छन्। "सायकेडेलिक ट्रम्पिज्म," जसलाई कर्टिस यार्विन, पीटर थिल, र जे.डी. भान्स जस्ता व्यक्तित्वहरू तथा अल्ट-राइटद्वारा प्रभाव पारिएको छ, दायाँबाट यसको विरोध गरिरहेको छ। दुगिनले चेतावनी दिएका छन् कि ह्यारिसको विजय मानवताको अन्त्यको कारण बन्न सक्छ।)
पेरिसमा सन् २०२४ मा उद्घाटन भएको ओलम्पिक खेलकुद आधुनिक पश्चिमी सभ्यतामा अन्तिम निर्णय हो। पश्चिम श्रापित छ । र यो स्वयंसिद्ध छ। जो कोहीले यो जब्बर शैतानी सभ्यतालाई नष्ट गर्न तुरुन्तै हातहतियार नउठाउँने हो भने यसलाई समर्थन वा सहयोग गरेको ठहरिन्छ।
ट्रम्पको हत्या प्रयास धेरै नै पूर्वानुमानयोग्य थियो । यो सबै कुराको योजनाकार वैश्विकतावादी र तिनीहरूको समर्थन गर्ने डीप स्टेट अन्तर्गतको एक हिस्साले गरेकोमा कुनै शंका छैन । मानसिक रूपमा असन्तुलित हजुरबा (वाइडेन) लाई सत्तामा राख्ने एक मात्र उपाय ट्रम्पलाई मार्नु हो अन्यथा यो परिस्थितिमा ट्रम्पलाई जित्न गार्हो छ वा लगभग उनीहरुको पराजय पक्का छ । नियोजित योजना अनुसार गोली चलाइसकेपछि गोप्य सेवाका स्नाइपरद्वारा शूट गरेर यो घटना समाप्त गरियो। मूलतः यो अमेरिकामा भएको एक कु प्रयास थियो।
डेमोक्र्याटहरूले अमेरिकी वैश्विक प्रभुत्वको संरक्षणमा ध्यान केन्द्रित गरिरहेका छन्, जसले रुस र चीनसँगको युद्धको जोखिम ल्याउन सक्छ भने ट्रम्प बहुध्रुवीयतालाई प्राथमिकता दिन्छन्। ट्रम्पको एकध्रुवीयताको अस्वीकारले रुस र चीनजस्ता बहुध्रुवीयताको समर्थकहरूलाई सहयोग मिल्नेछ।
अलेक्जेन्डर दुगिनले तर्क गर्छन् कि विश्व उदारवादसँगको एक अविचलन बिन्दु नजिकै आइरहेको छ। उनले नयाँ रूसी समाज निर्माण गर्न परम्परागत मूल्य, देशभक्ति सुधारहरू र कट्टरपन्थी वा मौलिक परिवर्तनको लागि आव्हान गर्दछन्।
उत्तर कोरिया एउटा राम्रो देश हो। चाखलाग्दो कुरा त के छ भने कोरियाली शब्द ’जुचे’ (주체)एक गहन दार्शनिक शब्द हो। यसको अर्थ ’विषय’वा हाइडेगेरियन डासिन पनि हो (हामीले यसलाई नेपालीमा "अस्तित्व" वा "हुनु"संग सम्बन्धित गर्न सक्छौ)। यसमा आत्मनिर्भरता, स्वतन्त्रता, नागरिक सार्वभौमिकतालगायत कुरा समावेश छन् ।
इरानी राष्ट्रपति इब्राहिम राइसीको पूर्वीय दृष्टिकोणले रणनीतिक मस्को–तेहरान–बेइजिङ नेक्ससलाई अगाडि बढाउन र बहुध्रुवीयतालाई संस्थागत गर्ने दिशामा मार्ग प्रशस्त गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।
रूसी राजनीतिक दार्शनिक र विश्लेषक अलेक्जेन्डर दुगिन जसलाई केही पश्चिमी मिडियाले पुटिनको मस्तिष्क भन्छन् । उनी रूसमा सबैभन्दा विवादास्पद विद्वानहरूमध्ये एक हुन् । हाल उनी चीनको सोशल मिडिया प्लेटफर्महरू जस्तै सिना वेइबो र बिलिबिलीमा चिनियाँ वेब प्रयोगकर्ताहरू र विद्वानहरूसँग धेरै र गहिरो संचारको खोजीमा सामेल भएका छन्।
अलेक्जेन्डर दुगिनले रूसी सभ्यताको महत्वलाई बिस्तार गर्न, पश्चिमी पूर्वाग्रहहरूबाट जोगाउन र रूसी पहिचानको अनादरविरुद्ध कानुनी उपायहरू अवलम्बन गर्नका लागी रूसमा मानवीय शिक्षा परिमार्जन गर्ने आवश्यकताबारे छलफल गरेका छन्।
अलेक्जेन्डर दुगिन एक ६२ वर्षीय रूसी प्राज्ञिक दार्शनिक हुन्। उनले आफ्नो जीवन मस्कोमा बिताएका छन्। युवावस्थामा उनी सोभियत व्यवस्थासँग सहमत थिएनन् र अहिले उनी अङ्ग्रेजी भाषाको प्रेसमा ‘पुटिनको मस्तिष्क’ को रूपमा विश्वभरि प्रसिद्ध छन् ।
आर्थिक इतिहासको स्रोतको रूपमा "कुल मजदुर" को अवधारणा "आर्थिक व्यक्तित्व" सूत्र द्वारा पूरक हुन सक्छ। आर्थिक व्यक्तित्व कुल अभिन्न कामदार हो। यस मामलामा यसको मानवशास्त्रीय व्याख्यामा व्यक्तित्वमाथि ध्यान केन्द्रित गरिएको छ (मुख्यतया डर्कहेम-मोसको फ्रान्सेली स्कूल र संयुक्त राज्य अमेरिकामा एफ. बोआसका अनुयायीहरूमा)। यहाँ व्यक्तित्व (la personne) व्यक्ति (l'individu) को विपरीत छ किनकि व्यक्ति सामाजिक, सामाजिक, जटिल र कृत्रिम चीजद्वारा सिर्जना गरिएको छ। व्यक्तिको विपरीत जुन कुनैपनि अतिरिक्त विशेषताहरू बिना व्यक्तिगत मानवको परमाणु आधार हो।
धेरैलाई आश्चर्यचकित पार्ने कुरा के छ भने भारत अहिले विश्वकै सबैभन्दा तीव्र गतिमा आर्थिक वृद्धि भइरहेको देश हो । सन् २०२३ मा देशको कुल गार्हस्थ्य उत्पादन ८.४ प्रतिशतले वृद्धि भएको थियो । सन् २०२७ सम्ममा यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको छ । यही प्रवृत्ति रहिरहने हो भने भारतले सन् २०३० को दशकमा अमेरिका पछि पर्नेछ । यहाँ सम्म कि चीनलाई समेत उछिन्न सक्छ ।
इरानलाई युद्धमा जवरजस्त तानिएको हो भन्ने कुरा अयातुल्लाह खोमेनीको विचारसँग मेल खान्छ। सिद्धान्ततः क्रान्तिपछिका सबै दशक इरानले यसै युद्धका लागि मात्र तयारी रहनुपर्थ्यो। यो विश्व इतिहासको महान् उपसंहार हो । तथापि इरानी समाज अझै पनि पूर्ण रूपमा जागृत भैसकेको छैन भन्ने धारणा राखिन्छ।
सान्सी प्रान्तको ह्वाङलिङ काउन्टीमा रहेको 'हुआंग-दी सम्राटको समाधिस्थलमा यो उत्सव आयोजना गरिएको थियो। सो समारोहमा ढोल बजाउने, घण्टी बजाउने, फूलको टोकरी चढाउने साथै गायक, वाचक र नर्तकहरूको प्रस्तुतिसहित नौ वटा परम्परागत अनुष्ठानहरू गरिएका थिए ।
यसबाहेक, परम्परागत संदेहलाई आज व्यवस्थित संदेहले कमजोर बनाएको छ। मोडेल सिर्जना गर्ने कुनै पनि प्रयासले संचित असक्षमता वा विगतमा गरेको गल्तीको सामना गर्दछ।जब हामी प्रगतिको सोझो तर पूर्णतया झूटो सिद्धान्तमाथि प्रश्न उठाउनेबित्तिकै हामी पहिलेका कुराहरूको तुलना पछि के प्राप्त भयो भन्ने कुरासँग गर्दछौं अनि विश्वास गुमाउँछौं। यदि सुरुमा गल्ती भयो भने अन्त्यमा दैत्यको जन्म हुन्छ ।
मस्को पनि डोनेट्स्क, सेवस्तोपोल र बेल्गोरोड जस्तै फ्रन्ट-लाइन शहर हो । युद्धमा रहेको देशमा शान्तिपूर्ण सहरहरू हुन सक्दैनन्। यसलाई हामिले अहिले गहिराइमा बुझ्नु राम्रो हुन्छ । निस्सन्देह युद्धरत देशमा विशेष व्यवहार सम्बन्धि उपाय र नियमहरू लागू गर्नुपर्छ।
सबैले बुझेका छन् कि स्पेशल मिलिटरी अपरेसन (एसएमओ) को मोर्चामा रूसको एक नयाँ अभिजात वर्ग को निर्माण भइरहेको छ। यो बहादुरी (हेगेल) को सम्पदा हो। जुन राज्यलाई रिबूट गर्न हो । यो स्पष्ट छ कि मोर्चामा युद्ध नायकहरू पहिले नै भविष्यका स्तरहरूमा विभाजित छन्; शुद्ध योद्धाहरू, कमान्डरहरू, आविष्कारकहरू, सर्जकहरू, रणनीतिकारहरू र अर्थशास्त्रीहरू विभाजित छन् ।
अलेक्जेन्डर दुगिनले मस्कोमा आयोजना भएको बहुध्रुवीय फोरममा २६ फेब्रुअरी २०२४ मा विचार प्रस्तुत गर्नुभयो । बहुध्रुवीय विश्व मूलतः एउटा दर्शन हो। यसको मूलमा पश्चिमी सार्वभौमिकता विश्वव्यापकतावाद) को आलोचना लुकेको छ।
मस्को । अन्तर्राष्ट्रिय कंग्रेस रुसोफाइल मुभमेन्ट (आईएमआर)र फोरम अन मल्टिपोलारिटीको दोस्रो कंग्रेस सोमबार मस्कोमा सम्पन भएको छ । यो कार्यक्रम लोमोनोसोभ इनोभेसन क्लस्टरमा आयोजना गरिएको हो ।
मस्को । अन्तर्राष्ट्रिय कंग्रेस रुसोफाइल मुभमेन्ट (आईएमआर) र फोरम अन मल्टिपोलारिटीको दोस्रो कंग्रेस सोमबार मस्कोमा सम्पन भएको छ । यो कार्यक्रम लोमोनोसोभ इनोभेसन क्लस्टरमा आयोजना गरिएको हो ।
टकर कार्लसनको अन्तर्वार्ता किन पश्चिम र रूस दुवैका लागि महत्त्वपूर्ण मानिन्छ ? आउनुहोस् हामी यस बिषयमा सरल भागबाट छलफल सुरु गरौं: रूस । यहाँ टकर कार्लसन रूसी समाजभित्र दुई विपरीत ध्रुवीयहरूको लागि एक केन्द्रबिन्दु बनेका छन् : वैचारिक देशभक्तहरू र कुलीन पश्चिमाहरू जो अझै पनि पुटिन र विशेष सैन्य अपरेसनप्रति वफादार रहन्छन् । देशभक्तहरूका लागि टकर कार्लसन 'हामीमध्ये कै एक' हुन् । उनी परम्परावादी, दक्षिणपन्थी रुढिवादी र उदारवादका कट्टर विरोधी हुन् । उनी एक्काइसौं शताब्दीका रुसी जारका दूतहरू जस्तै देखिन्छन् ।
हेगेलको राजनीतिक दर्शनमा आधारभूत रूपमा एक महत्त्वपूर्ण संक्रमण छ। जुन राज्यको स्थापनासँग सम्बन्धित छ (डेर स्टाट)। हाइडेगरले हेगेलको एक कोर्सको लागि आफ्नो स्केचमा स्टाट-स्टेटो-स्टेटसको शब्दावलीमा ध्यान केन्द्रित गरेका छन्। ल्याटिन भाषामा यसको यी शब्दको अर्थ खडा हुनु, स्थापित हुनु र सेट हुन हो। रूसी भाषामा राज्य शब्द (gosudarstvo) हो, यो गासुदार государь (gosudar) बाट आएको हो जसको अर्थ हुन्छ स्वामी वा प्रभु। जबकि ल्याटिन र यसको व्युत्पन्न स्थापनाको कार्यलाई जोड दिइन्छ ।
अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्तमा हेगेलको दर्शनको प्रभाव पत्ता लगाऔं। मार्क्सवाद र उदारवादमा यो कुरा सबैभन्दा स्पष्ट छ, तर यथार्थवादमा हेगेलको खासै प्रभाव परेन । आउनुहोस्, यस विषयलाई नजिकबाट नियालौं।
निस्सन्देह एक विचारधारा बोकेका त्यहाँ त्यस्ता व्यक्तिहरू थिए जो पहिले नै स्वेच्छाले र सचेत रूपमा युद्धमा संलग्न भए । त्यहाँ विश्वस्त दक्षिणपन्थीहरू (अर्थोडक्स, साम्राज्यवादीहरू, सार्वभौमवादीहरू) छन् । त्यहाँ वामपन्थीहरू (स्टालिनवादीहरू, वैश्विकवाद विरोधीहरू)छन् । त्यहाँ एक बाम वा दक्षिणपन्थ एक राष्ट्रिय -बोल्शेविक छ। जे होस् प्रिगोजिनले धेरै हदसम्म बाम वा दक्षिणपन्थले प्रवचन-न्याय र शक्तिको आवाज उठाइरहेका थिए। त्यहाँ बाम वा दक्षिणपन्थी युरेशियनवादीहरू छन् । त्यहाँ कुनै पनि प्रकारको उदारवादीहरू छैनन् ।
सन् २०२४ को पूर्वसन्ध्यामा विश्वको समग्र तस्वीर र मुख्य भूराजनीतिक प्रवृत्तिलाई एक नजर राख्न उपयुक्त छ । सामान्यतया हामी एकध्रुवीयताबाट बहुध्रुवीयतामा संक्रमणको क्षणमा छौं। यसवर्ष ब्रिक्स-१० मा बहुध्रुवीयताले थप संरचना प्राप्त गरेको छ (अर्जेन्टिना जुन भर्खरै यस संगठनमा सामेल भएको थियो,अर्को भूमण्डलवादी जोकर जेभियर माइलीद्वारा हतारमा त्यहाँबाट हटाइयो)।
नेपाल दुई ठूला उदयीमान विश्वशक्ति चीन र भारतका बीचमा रहेको भू-रणनीतिक हिसाबले अति संवेदनशील देश हो। भारत र चीन बीचको सामिप्यता र परस्पर सहकार्यले Asia Pacific region को मात्र हैन,विश्वको शान्ति,स्थायित्व र विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। अहिलेसम्म अमेरिकाले विश्वमा लोकतन्त्र,शान्ति र मानवअधिकारको नाममा द्वन्द्व सृजना गर्ने, हतियार बिक्री गर्ने र कमजोर राजनैतिक परिस्थितिमा द्वन्द्वग्रस्त देशको प्राकृतिक स्रोतसाधन आफ्नो अनुकूल दोहन गरी अस्थिरता कायम गर्ने कार्य गरेको छ। यो कुरा अफ्रिकी र अरब देशहरुले महसुस गरिसकेका छन् जसको कारण यी क्षेत्रमा अमेरिकी उपस्थिति कमजोर बन्दै गएको छ साथै अमेरिकाको विरोधमा आवाज बढ्दै गएको छ।
हरेक राष्ट्रका आ–आफ्ना विचारकहरु हुन्छन्, जसले ती देशका नीतिलाई प्रभावित गरिरहेका हुन्छन्। वाङ्ग हुनिमको विचारले चीनका राष्ट्रपति सी जिन्पिङलाई गहिरोसँग प्रभावित गरेको देखिन्छ । फ्रान्सिस फुकायामाको विचारले अमेरिकालाई केही दशकसम्म दोहोर्याएको थियो। उनीहरुजस्तै अलेक्जेण्डर डुगीनलाई चाहिँ रुसका राष्ट्रपति भ्लादमिर पुटिनलाई वैचारिक रुपमा दिशानिर्देश गर्ने दार्शनिक मानिन्छ। डुगीनको विचारबाट पुटिन अत्याधिक प्रभवित देखिन्छन्।
प्रसिद्ध दार्शनिक अलेक्जेन्डर दुगिनले एङ्ग्लो–स्याक्सन उदारवादविरुद्ध आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । विश्व रूसी जन परिषद्ले आयोजना गरेको 'वैचारिक विश्लेषण' विषयक कार्यक्रममा दार्शनिक दुगिनले भने, 'रूसी विचारधारालाई एङ्ग्लो–स्याक्सन विश्वव्यापी उदारवादसँग तुलना गर्न आवश्यक छ ।'
अलेक्जेन्डर दुगिनले उदीयमान बहुध्रुवीय विश्वको चर्चा गर्दै पश्चिमी उदारवादी प्रतिमानको विरोधमा विभिन्न विश्वव्यापी क्षेत्रहरूको विशिष्ट वैचारिक र सभ्यतागत मार्गहरूलाई उजागर गरेका छन् ।
'रुसको हारमा जादुको प्रतिबिम्ब',जसको बारेमा पश्चिमाहरूले प्रत्यक्ष रूपमा बोल्न थाले, साथै आफै यसलाई रोक्न सल्लाह दिए। मानवशास्त्रको सफा र एकदम उपयुक्त सन्दर्भको साथ सैन्य-राजनीतिकमा 'प्रोपोगान्डा' अर्को नाम हो। प्रोपोगान्डा युद्धको जादु हो । वास्तविकतामा पनि जादू एकदम प्रभावकारी हुन्छ। जादूगरले एक सूत्र उच्चारण गर्दछ जसले दर्शकहरूलाई यो वा त्यो गरेर वास्तविकता जस्तै विश्वास दिलाउँछ र दर्शकले विश्वास गर्छन् । र... बाँच्न र काम गर्न थाल्छन् मानौं जादुगरद्वारा घोषणा गरिएको यो वास्तविकता मात्र एक थियो। र चरण-चरण गरेर,साना कार्यहरूको अभिसरण मार्फत,वास्तविकता वास्तवमा यसले प्रतिनिधित्व गर्ने कुराको नजिक हुन्छ। जादुगर (वैचारिक कार्यकर्ता, कमिसार, विशेषज्ञ, टिप्पणीकार, पत्रकार, शमन) ले वर्णन गरेअनुसार मानिसहरूले वास्तविकता निर्माण गर्छन्। कुनै पनि विचारधाराले यसरी नै काम गर्छ ।
'डीपीआरके' सँग रूसको सम्बन्ध सुमधुर हुनु भनेको एक अद्भुत पहल हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका वंशाणुगत प्रमुख किम जोङ–उनबीच भएको भेटघाट र वार्ताले WEF (विश्व आर्थिक मञ्च) मा हलचल मच्चाएको थियो । पश्चिमा देशहरूले कुनै पनि हालतमा यो सम्बन्ध रोक्नुपर्छ तथा रूस र उत्तर कोरिया एक अर्का बीच कुनै पनि गतिविधिमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने टिप्पणी गरे ।
२० औं शताब्दीको दर्शन र राजनीति शास्त्रको इतिहासमा अस्तित्ववादसँग गाँसिएका सबै कुरा राजनीतिको विरोधमा छन् । यो सार्त्रे, क्यामस, वामपन्थी अस्तित्ववादको अस्तित्ववाद हो, जसले राजनीतिक संरचना र राजनीतिक प्रणालीको आलोचना गर्ने आधारको रूपमा काम गर्दछ, किनकि यो हाइडेगरको दूरगामी प्रतिक्रिया हो।
रूसका सहरहरूमा आज राति पश्चिमका आतंकारी शक्तिहरूको यूएभी आक्रमण (नेटोद्वारा हामीविरुद्ध लडेको युद्धको छायाँमा युक्रेन बढ्दो छ) विशेष गरी तीव्र थियो । आवाजहरू अन्ततः मौनमा रुपान्तरण भएका छन् । कसरी आउँछन्? कसले निगरानी गरेन ? अझ हामीले गतिलो तरिकाले हेर्नुपर्दथ्यो । सबैले अब के गर्ने भनेर सोच्न थालेका छन् ।
१५ औं ब्रिक्स शिखर सम्मेलनले अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स गरी थप ६ देशहरुलाई संगठनमा प्रवेश गराउने ऐतिहासिक निर्णय गर्यो। सम्मेलनले प्रभावकारीरूपमा बहुध्रुवीय विश्वव्यवस्थाको गठन कार्य पूरा गर्यो ।
मेरो (दिवंगत) साथी मिखाइल युरिभ जो महान देशभक्त व्यापारी हुन्। उनले एकपटक मलाई एउटा प्रश्न सोधेः किन शून्य वैदेशिक व्यापार सन्तुलन नमुना हो, उदाहरणका लागि जुन देशले जति किन्छ उति बेच्छ (अर्थात आयातको मात्रा जुन परिमाणमा हुन्छ निर्यातको मात्रा पनि सोही परिमाणमा हुन्छ ? यो बाहिर जान्छ, उनले निष्कर्ष निकाले कि नमुना व्यापार (आदर्श) भनेको विदेशी व्यापारलाई शून्यमा झार्नु हो, यो धेरै राम्रो विषय भइ दियो कि जसका कारण उनले आफ्नो चासोको किताव 'Fortress Russia' रचना गरे । मुख्य विचार यो छः रूसले संसारबाट आफूलाई बन्द गर्नुपर्छ र हाम्रो परम्परागत रूसी मूल्यमान्यताहरूको आधारमा एक स्वायत्त समाज निर्माण गर्नुपर्छ । यदि तपाईं एक पूर्णरुपमा संतुलित वैदेशिक व्यापार चाहनुहुन्छ भने, यो गर्नुहोस् । त्यो चाहिँ सोचाईको एकदमै फलदायी मार्ग हो ।
२० अगस्त २०२२ मा मेरी प्रिय छोरी दारियालाई युक्रेनी आतंकवादी महिलाले निर्ममतापूर्वक हत्या गरेको दुःखद दिनको सम्झना गर्नुहुने सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु । साथै दारियाको सम्झनामा समवेदना र गहिरो दुःख व्यक्त गर्नुहुने दारिया र मेरा शुभचिन्तकलाई हार्दिक धन्यवाद टक्राउँदछु ।