रूसी विश्वको विजय
प्राथमिक टैब्स

अलेक्जेन्डर दुगिनले यस आलेखमा के स्पष्ट पारेका छन् भने, रुसले युक्रेनमा र आफुभित्र दुवै ठाउँमा विजय स्थापित नगरेसम्म रुसले आफ्नो सभ्यतागत उदेश्य पुनः हाँसिल गर्न सक्दैन।
हाम्रा पुराना भू-भागहरु अर्थात् युक्रेनमा हाम्रो विजय, तब संभव हुनेछ जब रूसी महासंघको पूर्व निर्धारित सीमाभित्र हामी आफैँले आफैमाथि विजय हासिल गर्नेछौं। त्यसकारण, आज हामीले यस्तो युद्ध लडिरहेका छौं जस्मा हामीले एकैपटक दुवै मोर्चामा विजय हासिल गर्नुपर्नेछ। अनि मात्र हामीले साँचो विजय हाँसिल गर्न सक्नेछौ।
युक्रेनमा हामी पश्चिमलाई पराजित गर्नेछौँ। जुन शक्ति आज हामीविरुद्ध लडिरहेको छ। ठीक त्यही समयमा हामीले अर्को शक्ति जुन हामी भित्रको पश्चिमी संसारको प्रभावलाई पराजित र निष्कासित गर्नेछौँ। यसको अर्थ हामीभित्रको उदारवादी विचारधारा र विश्वासघातलाई पराजित गर्ने हो, जसले १९९० को दशकमा हामीलाई आक्रान्त बनाएको थियो। हामीले त्यो ऐतिहासिक यथार्थलाई, ती भूलहरूलाई र ती अपराधहरूलाई न्यायको कठघरामा उभ्याउने छौं। जुन घटनामा हामीले आफैँले एउटा महान शक्तिलाई नष्ट गरेका थिर्यौं र रूसी संसारसँग विश्वासघात गरेका थिर्यौं।
यसकारण, युक्रेनी नाजी अपराधीहरूमाथि हाम्रो विजयपछि हामीले सञ्चालन गर्ने न्यायाधिकरण तेस्तो हुनेछ जस्ले हाम्रो आफ्नै इतिहासमाथिको, १९९० का दशकपछिको र यस भ्रातृहत्यात्मक, रगतले रँगिएको गृहयुद्धसम्म पुर्याउने सबै कुरामाथिको न्यायाधिकरण हुनेछ।
आज, यहाँ हाम्रो विजय निर्णयको भाग्य र हाम्रो जनताको स्वास्थलाभ, पुनर्जागरण र जागरणको भाग्य अभिभाज्य रूपमा एकअर्कामा गाँसिएका छन्। हामी तबमात्र विजयी हुन सक्छौँ जब यो युद्ध साँच्चिकै जनयुद्ध (जनताको युद्ध), रूसी युद्ध बन्नेछ र हामी आफैँले आफैँमाथि विजयी हुनेछौं। अर्थात् हामी आफ्नै कमजोरितामाथि विजय पाउन सक्नेछौँ।
हाम्रो विजयपछि, हामीले अवश्य पनि हाम्रो राज्यसत्ता पुनःस्थापना गर्नुपर्ने हुन्छ। त्यो केवल हाम्रा पुराना भूमिहरूको राज्यसत्ता मात्र होइन। त्यो त हाम्रो आफ्नै राज्यसत्ता हो। किनकि त्यो एक भिन्न राज्य, भिन्न जनसमुदाय, भिन्न समाज र भिन्न ऐतिहासिक चक्र भएको राज्यसत्ता हुनेछ।
स्वाभाविक रूपमा, जब यो संक्रमण पूरा हुनेछ, हामी आफूलाई एक नयाँ संसारमा पाउनेछौँ। हामीले केवल “युक्रेन” भनिने कुरामात्र होइन कि हामीले समग्र “रूसी महासंघ” भनिने संरचनालाई पनि व्यवस्थित गर्नुपर्नेछ।
हामीले केही बिल्कुलै फरक सिर्जना गर्न गइरहेका छौँ: त्योहो रूसी विश्व। हामीले यसलाई ठोस रूपमा प्रमाणित गर्नुपर्छ, यसको जग बसाल्नुपर्छ, यसको नयाँ संस्थाहरूको आधार परिकल्पना गर्नुपर्छ; नयाँ संविधान अंगीकार गर्नुपर्छ; र सारतः,हामीले हाम्रो राज्यलाई पुनःस्थापित गर्नुपर्छ। जो ऐतिहासिक सत्यता र त्यो ऐतिहासिक सिद्धान्तको पूर्ण पुनर्स्थापना हुनेछ।
जुन शाश्वत, महान र मंगलमय रूस हुनेछ। हाम्रो राज्यको गठन र ‘रुसको बप्तिस्मा’ को क्षणदेखि हामीलाई जे जिम्मेवारीदीएको छ, त्यसलाई पूरा गर्न हामी साँच्चिकै जागृत हुनुपर्छ।
रूसी जनता भविष्यमा बाँच्दछन्। र हामी “किनभने” होइन, “यसैका लागि” अस्तित्वमा छौँ। हाम्रो अस्तित्व हाम्रो अघि हुनुपर्छ। त्यसैले नै हामी पृथ्वीमै स्वर्ग, सार्वभौम भ्रातृत्वजस्ता
शिक्षाहरूप्रति यति सहजै आकर्षित हुन्छौँ। रूसी व्यक्तिको "गुरुत्वाकर्षण केन्द्र" भविष्यमा रहेको हुन्छ। यही भविष्यतर्फ हामी क्रमशः अझ नजिकिँदै गइरहेका छौँ। जुन भविष्यलाई “विजय” भनेर चिनिन्छ।
यही क्षण, यस विजयको योजना निर्माण भइरहेका छन: हामीले कसरी उनीहरूलाई र आफूले आफैलाई परास्त गर्नेछौँ, र कसरी उनीहरूलाई र आफूलाई पुनर्जीवित, पुनर्स्थापित र पुनरुत्थान गर्नेछौँ। एकैसाथमा एकैचाटि। किनकि “युक्रेन” को उन्मूलन (यो अत्यन्तै महत्वपूर्ण छ) ले १९९० का दशकको “रूसी महासंघ” को समग्र उन्मूलनलाई पनि संकेत गर्दछ। यी दुवै झुट्टा, कृतिम, विकृत वास्तविकताहरू एउटा जैविक सङ्गठित महान् शक्ति, एक महान साम्राज्यको (किनकि सोभियत संघले त्यसमा धेरै कुराहरूमा विकृति ल्यायो, तर पनि यसले धेरै उपलब्धिहरू पनि समेटेको थियो) विघटनको उपज हुन्।
तर अहिलेका लागि, हामीले अतीतबारे विवाद नगरी भविष्यतर्फ अग्रसर हुन आवश्यक छ। त्यस भविष्यमा न युक्रेन हुनेछ, न रूसी महासंघ हुनेछ। त्यहाँ त केबल पुनर्जन्म प्राप्त महान् रूसी संसार हुनेछ। नयाँ वैश्विक रूसी बिचार सहितको हाम्रो नयाँ विश्वशक्ति हुनेछ। जसले सबैभन्दा उत्तम, सबैभन्दा प्राचीन कुराहरू पुनर्स्थापित गर्नेछ र अन्ततः हाम्रा महान् सन्तहरू तथा हाम्रो इतिहासका वीरहरूले दिएको आदेशहरू पूरा गर्नेछ।
हामीले धेरै कुराहरू परिवर्तन गर्नुपर्छ, र निश्चित रूपमा पुरानो भूभागका बासिन्दाहरूले यसमा धेरै महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ। त्यो भूमिका कुनै पराजित भई परनिर्णयमा राखिएको आज्ञाकारी जनसमुदायको भूमिकाभन्दा धेरै महत्त्वपूर्ण हुनेछ। तर यी सबै कुरा तब वास्तविकता बन्छन् जब हाम्रो विजय वास्तविकता बन्छ। यो अरुमाथिको विजय मात्र होइन, हामी स्वयं माथि पनि।
अनुवाद : मोहनप्रसाद ज्ञवाली
