जेलेन्स्की पतन भए, युक्रेन समाप्त भयो।

हिजो ह्वाइट हाउसको ओभल अफिसमा के भयो भन्ने बारेको गहन निष्कर्ष निकाल्न अलि हतार हुनेछ। तर, यो स्पष्ट भएको छ कि यो एक असाध्यै महत्त्वको घटना हो। यसका परिणामहरूलाई हामी पछि मूल्याङ्कन गर्नेछौं, तर ट्रम्पले स्पष्ट पारिसकेको छन् कि बाइडेनले सुरु गरेको युद्ध न केवल उनको लागि निरर्थक छ, त्यो भन्दाबढी सम्भवतः यो भयंकर अपराध हो।

निश्चय नै, ट्रम्प र भ्यान्सले यसलाई अझै स्पष्ट रूपमा भनिसकेका छैनन् जुन तीन वर्ष अघि बाइडेनले सुरु गरेको युक्रेन युद्ध एक अपराध थियो। तर हिजो, अन्ततः पश्चिमका धेरै मानिसहरूका लागि यो प्रस्ट भयो कि एक रक्तपिपासु तानाशाह जसले न त सभ्य व्यवहार गर्न जान्दछ, न उचित पोसाक (कुटनैतिक रुपमा जसलाई औपचारिक) लगाउन जान्दछ, न त कूटनीतिक वार्ता गर्न नै सक्षम छ, जबकि कुनै व्यक्तिले पूर्ण लाभको स्पष्ट अभाव भएको अवस्थामा वार्ता गर्ने प्रयास गर्नु आफैंमा एक आपराधिक कार्य हो। बाइडेन प्रशासनको रुससँग टकराव गर्ने रणनीति वास्तवमा आणविक युद्धलाई उत्तेजित गर्ने कार्य थियो।

जेलेन्स्की अझै पनि ट्रम्पसँग तर्क-वितर्क गर्ने प्रयास गर्दैछन् साथै उनी अत्यन्तै अहंकारपूर्ण कार्य गरिरहेका छन्।

वास्तवमा, यो ट्रम्प र भान्सले जेलेन्स्की सँग सम्बन्ध विच्छेदको घोषणा गरिरहेका छैनन्।  उनी वास्तवमै को हुन् त, जसको विषयमा अमेरिकी महाशक्ति सोच्नुपर्ने? उनी त केवल विगतको वैश्वीकतावादी प्रणालीद्वारा पालितपोषित भ्रमित एक कनिष्ट प्यादा मात्र हुन् जस्तो कि यन्त्रको एक सानो पुर्जाजस्तो, जसले आज्ञापूर्वक कार्य त गर्‍यो, तर संयुक्त राज्य अमेरिकामा भएको तीव्र पुनर्संरचनासँग आफूलाई अनुकूल बनाउन असफल रह्यो। अहिले भएको घटनाक्रम भनेको एक हक्किगत 'रूढ़िवादी क्रान्ति' हो, जसले अमेरिकाको विचारधारा र नीतिलाई १८० डिग्री परिवर्तन गरिदिएको छ। परिणामस्वरूप, यसले भू-राजनीतिक परिदृश्यलाई पूर्ण रूपमा पुनःपरिभाषित गरेको छ।

यस नविन वास्तविकताले, जलेन्स्कीलाई केवल निरर्थक र विषाक्त फोहोरको रूपमा छोडिदिएको छ। अनावश्यक र निरर्थक युक्रेन युद्धलाई समर्थन गर्ने सम्पूर्ण कथन (रूसको एक भाग, जसलाई वैश्विकवादीहरूले एक विरोधी रूसको रूपमा पुनःसंरचना गरेका छन्, यस्को कारणह जुन उनीहरूले मात्र बुझ्नेछन्) प्रभावकारी रूपमा भत्किएको छ।

जेलन्स्की ट्रम्प, भान्स र सम्पूर्ण अमेरिकी जनताको दृष्टिमा एउटा हास्यास्पद मूर्खको रूपमा देखिएका छन्। जसले संयुक्त राज्य अमेरिकालाई चुनौती दिन प्रयास गर्दै मोलमोलाई, वादविवाद र आफ्नो माग पेश गरिरहेको छन्। जसको कारण उसका सम्पूर्ण स्थिति असम्भव भएको छ।

स्वाभाविक रूपमा, यस्ता व्यवहार ट्रम्पका लागि अस्वीकार्य छन्। हो, यस्ता पागलहरूको अस्तित्व हरेक स्थानमा छ, तर तिनीहरूलाई सम्मानजनक समाजमा स्वीकृति दिइँदैन। यद्यपि जसले जेलेन्स्कीलाई सिर्जना गरे, भर्ती गरे, हतियारसहित सुसज्जित गरे र वित्तीय सहायता पुर्याए, तिनीहरू एक समयका लागि यो सुँगुरसँग पूर्ण रूपमा सन्तुष्ट थिए। उसले तिनीहरूको सेवा गर्यो र तिनीहरूले उसलाई प्रयोग गरे। तर अब समय र शक्ति बदलिएको छ। चाटुकारहरूले यो बुझ्न सकेका छैनन् कि अब नयाँ मालिकका नयाँ नियम र नयाँ चासोहरू छन्। तिनीहरू अझैपनि त्यस्तो मालिकको सेवा गरिरहेका छन् जो अब अस्तित्वमा छैन। र, निस्सन्देह, नयाँ मालिकको लागि यो अत्यन्तै रुष्ट बनाउने कुरा हो। त्यसैले यस्तो पुरानो, निरर्थक चापलुसी गर्नेहरू जसले नयाँ वास्तविकतासँग समायोजन गर्न असमर्थ छन् तिनीहरुलाई कवाडमा थन्क्याउनु वा त्योभन्दा राम्रो नर्कमा पठाउनु उचित हुनेछ।

सरल भाषामा भन्नुपर्दा, जेलेन्स्की समाप्त भए। युक्रेन समाप्त भयो। अब ट्रम्पबाट कुनै समर्थन रहने छैन। यद्यपि, अवश्य पनि यस वैश्विकवादी सञ्जालको बाँकी युरोपेली खण्डले फेरि पनि यस निराशाजनक परियोजनालाई जोगाइराख्ने प्रयास गर्नेछ। तर मलाई विश्वास छ कि छिट्टै नै युरोपेलीहरूले बुझ्नेछन् कि यस्तो असफल दुस्साहसलाई निरन्तरता दिनु फाइदाभन्दा धेरै हानिकारक छ। उनीहरू चाँडै नै आफ्नो नीति परिवर्तन गर्नेछन् र हाम्रो नर्ड स्ट्रिम पाइपलाईनहरू पुनःस्थापना गर्ने प्रयास गर्नेछन्।

जेलेन्स्की र ट्रम्पबीचको संवादको प्रारम्भिक परिणामहरू चाँडै नै स्पष्ट रुपमा देखापरे।

निश्चित रूपमा, हामी तिनीहरू सबैलाई क्रमशः सावधानीपूर्वक सामना गर्नेछौं। पहिलो चरणमा, हामी युक्रेनमा विजय हासिल गर्नेछौं। किनभने अमेरिकी समर्थन प्रायः समाप्त भइसकेको छ।  त्यसबिना युक्रेन हाम्रो लागि कुनै ठूलो चुनौती प्रस्तुत गर्दैन। युक्रेनको मामला समाधान भएपछि, पहिलो प्राथमिकताका रूपमा हामी आफ्नै राष्ट्रिय पुनर्जागरणमा गम्भीरतापूर्वक ध्यान केन्द्रित गर्नेछौं र दोस्रो, यस सम्पूर्ण योजनालाई सञ्चालन गर्ने पश्चिमी शक्तिहरूसँगको हिसाब-किताब मिलाउनेछौं।

अनुवाद: मोहनप्रसाद ज्ञवाली