तेस्रो विश्वयुद्ध आधिकारिक रूपमा सुरु भएको छ।

इजरायलले गाजालाई बरबाद गरिसके पछि, अर्थात् संसारको आँखा अगाडि सामूहिक नरसंहार गरिसके पछि, उसले लेबनानसँग पूर्ण युद्ध सुरु गरेको छ। जसरी इजरायलले गाजामा पुरै प्यालेस्टिनीहरू विरुद्ध होइन, हमाससँग लडिरहेको दाबी गर्यो (यद्यपि वास्तवमा सत्य त्यस्तो थिएन), त्यसैगरी अब 

नेतान्याहुले सान्दर्भिक रुपमा हेजबोल्लाहलाई सामना गर्ने भन्दै सार्वभौम देश लेबनामा सर्वसाधारणको विरुद्ध सामूहिक रकेट आक्रमण र कार्पेट बमबारी सुरु गरेको छ। यो जुनसुकै अर्थमा पनि याे एक युद्ध हो। साथै पश्चिमले इजरायलको आक्रमणलाई पूर्ण समर्थन गरेको छ।

युक्रेनी मोर्चापछि एकध्रुवीय वर्चस्व विरुद्ध बहुध्रुवीयताको सुदृढिकरणको बीच दोस्रो मोर्चा खुला भएको मान्न सकिन्छ।

पश्चिमले युक्रेनी नाजीहरूको माध्यमबाट रूससँग, र इजरायली नाजीहरूको माध्यमबाट शिया मुस्लिमसँग युद्ध गरिरहेको छ। साथै  ताइवानका नाजीहरूको माध्यमबाट चीनसँग युद्ध सुरु गर्न तयार छ। नाटोले रूस विरुद्ध थप युरोपेली सेनाहरू, इरान र लेबनान विरुद्ध सुन्नी सेनाहरू पठाउने, र ताइवानलाई भारत, जापान, र दक्षिण कोरिया गठबन्धनको समर्थनमा राख्न लागेको छ।

यदि यो तेस्रो विश्वयुद्ध होइन भने, के हो?