प्लेटो, अरस्तु र पश्चिमी सभ्यताको नियति

रूसी सभ्यता र पश्चिमी परम्परागत सभ्यताका लागि प्लेटो भारतका लागि वेद, उपनिषद् वा चीनका लागि कन्फ्यूसियस जत्तिकै महत्त्वपूर्ण छन्। क्रिश्चियन धर्मशास्त्र पनि प्लेटोमा आधारित छ। उनका सिद्धान्तहरू, परिभाषाहरू, भाषा र अवधारणाहरू बिना हाम्रो विरासतलाई बुझ्न असम्भव छ।

यसमा पनि, इस्लामी दर्शन, सूफीवाद (अरबी र अन्य सबै भाषाहरूमा) र शिया सिद्धान्त (विशेष गरी रातो शियावाद) प्लेटोमा आधारित छन्। केहीलाई पेरीपटेटिक्स भनिन्थ्यो, तर वास्तवमा तिनीहरू नव-प्लेटोवादमा निर्भर थिए। इस्लामी बौद्धिक परम्पराको उच्चतम बिन्दुमा वा केन्द्रमा  प्लेटो छन्।

यहूदी कब्बालाह मध्ययुगमा यहूदी धर्ममा प्रवेश गराइएको नवप्लेटोनिक सिद्धान्त बाहेक अरू केही होइन। शोलमले तर्क गर्छन् कि यो परम्परागत यहूदी धर्मका लागि पराई अवधारणा थियो। जहाँ उत्सर्जन (इमेनेसन) सिद्धान्तको चिन्ह केही रहस्यवादी समूहहरू बाहेक (सायद पहिले नै प्रभावित भएका हुन सक्छन्) अन्यमा लगभग कही भेटिँदैन।

प्लेटो हाम्रो सभ्यताको दार्शनिक आधारशिला हुन्। तर यसको अर्थ एरिस्टोटललाई त्याग्नुपर्छ भन्ने हुँदैन। प्रोकलस, सिम्प्लिसियस तथा अन्य नव-प्लेटोनिक दार्शनिकहरूले एरिस्टोटललाई प्लेटोनिक सन्दर्भमा समावेश गरेका छन्। एरिस्टोटलको सही व्याख्या अफ्रोडिसियसका अलेक्जेन्डर र ब्रेन्टानोको हुन्।

यसर्थ, अरस्तु हाम्रो बौद्धिक सम्पदाको दोस्रो सबैभन्दा महत्त्वपूर्ण स्तम्भ हुन्। यी दुईमध्ये कुनैको पनि गहिरो ज्ञान र समझ गुमाउनु भनेको हाम्रो सभ्यतागत पहिचानका जरा छोड्नु हो। दर्शन, धर्म, र जीवन स्वयंको कुनै पनि पक्ष यी दुईबिना सही रूपमा बुझ्न सकिँदैन।

हाम्रा एकेश्वरवादी धर्महरू—तीनवटैमा—शुद्ध सेमेटिक तत्वहरूको कुनै धारणा नै छैन। प्राचीन समयमा नै सेमेटिकता ग्रीकवाद (जहाँ प्लेटोनिज्म र एरिस्टोटलवादले महत्त्वपूर्ण भूमिका खेले) द्वारा गहिरो रूपले पुनःसंरचित गरिएको थियो। हामी जान्ने सेमेटिक भावना भनेको ग्रीककरण गरिएको संस्करण मात्र हो।

आधुनिकता र पश्चिमको पतन प्लेटो र अरस्तुको साथै तिनको विरासत परित्याग गर्दा सुरु भयो। त्यहीँ डेमोक्रिटस पुनःप्रकट भए। परमाणुवाद र बाह्यकरण, अर्थात् भौतिकवाद, पूर्व-सोक्रेटिक विगतका पुनरुत्थान गरिएका ग्रीक दार्शनिक विधर्महरू थिए।

आधुनिकीकरण प्लेटो र अरस्तुका विरुद्धमा छ। तर, यो डेमोक्रिटसको पक्षमा छ। डेमोक्रिटस नै साम्यवाद र उदारवादको साझा मूल हो। त्यसैले, साम्यवाद र उदारवादको विकल्प केवल प्लेटो र अरस्तुतर्फ पुनरागमन हुन सक्छ। यही कारणले गर्दा राजनीतिक प्लेटोनिज्म अत्यन्त महत्वपूर्ण छ।

ब्रिटेन पश्चिमको गहिरो विषाक्त सड्दै गएको एक टुक्रा हो। यो मृत्युशैयामा रहेको राक्षस हो। पहिले जस्तै जेष्ठ र कमजोर भए पनि अझै गुस्साएको, आक्रामक, हिंसात्मक, मूर्ख र जंगली छ। जस्तो पुराना नराम्रा मानिसहरू हुने गर्दथे।

नयाँ १७७६ मात्र समाधान हो। मैले भनेको अमेरिकाको लागि हो।

संयुक्त अधिराज्यले MAGA लाई गर्तमा तान्ने प्रयास गरिरहेको छ। म तिनीहरूमा विश्वास गर्दिन।

टेस्लाफोबिक महामारी प्रायः MI6 को आविष्कार हो। जसलाई सोरोस र उनको नेटवर्कहरूले कार्यान्वयन गरेका छन्।

पश्चिमको आधुनिकता र गिरावट प्लेटो र अरिस्टोटल र तिनीहरूको धरोहरलाई परित्याग गर्दा सुरु भएको थियो। त्यहाँबाट डेमोकृटस पुनः उदित भएका थिए। परमाणुवाद र बाह्यतावाद अर्थात भौतिकवाद, पिरि-सोक्रेटिक अतीतका ग्रीक दार्शनिक विधर्महरू पुनर्जीवित भएका थिए।

बाह्यवाद (Externalism) त्यो दृष्टिकोण हो जसमा हामी यो कुरा स्वीकार गर्छौं कि वास्तविकता चेतनाभित्र नभएर चेतनाबाट बाहिर स्थित छ। प्लेटो र अरस्तु (यसलाई सही रूपमा व्याख्या गरिएको) ले वास्तविकता आन्तरिक मानेका थिय। शुद्ध बाह्य भनेको केवल पदार्थ हो, जसमा कुनै गुण छैन र यसैले यो केहीको समान हुन्छ।

आधुनिकताले आन्तरिकवादलाई अस्वीकार गरी बाह्यवादलाई पुष्टि गर्दै नामवादको साथ आरम्भ गर्यो। त्यसैले, आधुनिकता पूर्ण रूपमा गलत छ। यो उपचारयोग्य छैन।

अनुवाद: मोहनप्रसाद ज्ञवाली