डिप स्टेटको पर्दाफास : USAID का गोप्य अभिलेखहरू
Primary tabs

एउटा मौन गृहयुद्ध उजागर हुँदैछ। अमेरिकाभित्रको लडाइँ हतियारद्वारा होइन, शक्ति सङ्घर्षमार्फत लडिन्छ। जहाँ USAID विश्वव्यापी नियन्त्रणको केन्द्रमा रहेको छ।
अहिले संयुक्त राज्य अमेरिका (US) मा जे भइरहेको छ त्यो वास्तवमै एक गृहयुद्ध हो। कहिँ गोली हानेको छैन, तर पनि युद्ध यहीँ नै छ। हिजो मस्कको DOGE स्क्वाड द्वारा USAID मुख्यालयमा गरिएको आक्रमण एक ऐतिहासिक छापा थियो। जसले अत्यन्त शक्तिशाली शत्रुविरुद्ध विजय हासिल गर्दै त्यसको नियन्त्रण ग्रहण गर्यो। यो साँच्चै नै अविश्वसनीय छ।
तर यो मात्र अमेरिकी गृहयुद्ध होइन। यो एक वैश्विक गृहयुद्ध हो। किनभने USAID विश्वशक्तिको केन्द्र हो। जसका प्रभावहरू संसारभरिका सबै देशहरूमा फैलिएका छन्। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (USAID) को बचाउ गर्न सडकमा आउने डेमोक्र्याटहरू रंगीन क्रान्तिहरूको सञ्जालको मात्र एउटा शाखा हुन्।
USAID लाई ध्वस्त पार्नु भनेको वैश्वीकरणलाई ध्वस्त पार्नु सरह हो। यसका दाउ जीवनभन्दा धेरै उच्च छन्।
USAID का अभिलेखहरूले विगत दशकहरूको विश्व इतिहासको सङ्केत समेटेका छन्—ती व्यक्तिहरूका नामहरू, जसले आफ्नो राष्ट्रलाई कमजोर पार्दै र आफ्नै जनतालाई धोका दिँदै, वैश्वीकतावादी एजेन्टका रूपमा सहकार्य गरे। ट्रम्पपन्थीहरूले यो विशाल अस्त्र आफ्नो नियन्त्रणमा लिएका छन्। अब तिनीहरू कुनै पनि राष्ट्रहरुमा के भईरहेको थियो र छ भनी वास्तविकता देख्न सक्षम छन्।
USAID का एजेन्टहरू साधारण अमेरिकी जासुसहरू भन्दा केही विशेष र केही भिन्न छन्। तिनीहरू भिन्न अन्तर्राष्ट्रिय निर्णय-निर्माण केन्द्रप्रति निष्ठावान छन्। तिनीहरू मात्र CIA का एजेन्टहरू नभई, मात्र CIA भित्रका एजेन्टहरू हुन्।
अब हामी यसले कसरी काम गर्दछ भनेर हेर्छौं। विभिन्न देशहरूमा साधारण अमेरिकी गुप्तचरहरू नयाँ प्रशासनका आदेश र प्राथमिकताहरूअनुसार आफ्नो काम परिवर्तन गर्छन्। त्यस्तै अमेरिकी प्रभावका एजेण्टहरू पनि गर्छन्। तर USAID, सोरोस र रोकेफेलरका मानिसहरू भने यो गर्दैनन्। तिनीहरू ओबामा र बाइडनको सेवा गर्छन्।
मानौँ केही न भएको जस्तो।
अमेरिका अब ग्लोबलिस्ट हाइपरपावरसँग समान छैन र यो त्यो स्थान पनि होइन, जहाँ विश्व सरकारको केन्द्र स्थित छ। अमेरिका यसलाई पार गर्दै नयाँ आकाशहरूमा प्रक्षिप्त भइरहेको छ। ठूलो शक्तिहरूको विश्वव्यवस्था उदाउँदै छ। नयाँ दार्शनिकतासँग र नयाँ रणनीतिहरूसँग। तीमाथि दुखः आउनेछ जसले यसलाई रोक्नको प्रयास गर्छन्।
सत्य यो हो कि USAID २०२० को चुनावहरूको चोरीमा र ट्रम्प र उनका अनुयायीहरूको उत्पीडनमा एक आवश्यक तत्व थियो। यसको एउटा प्रमाण भनेको Belling Cat समूह हो।
जुन USAID द्वारा प्रायोजित थियो र जसलाई ६/१ को घटनाको अनुसन्धान गर्न र ट्रम्प समर्थकहरू विरुद्ध झूठा आरोपहरू बनाउने काममा लगाइएको थियो।
उही बेलिङ क्याटका केटाहरू रूसको विपक्षमा पनि संलग्न थिए साथै युक्रेनी नाजी समूहहरूलाई वित्तीय सहायता र प्रवर्धन गरिरहेका थिए। उनीहरूले नाभल्नीलाई रूस फर्कन बाध्य पार्दै उसलाई समर्थन दिने वाचा गरे। जुन उसले कहिल्यै प्राप्त गरेन। तिनीहरूले आफूहरू, रूसी र अमेरिकी "फासिबाद" विरुद्ध लडिरहेको ढोंग गरे।
तर वास्तविकतामा, उनीहरूले युक्रेनी नाजीवादको रक्षा गरे। USAID का फाइलहरूले पुरा कथा भन्न सक्छ। र त्यस्तो प्रकारका हजारौं कथाहरू छन्। यसैले उद्देश्यपूर्ण अडिटको आवश्यकता छ। साथै दोषीहरूको कडा सजायको कार्यान्वयन पनि।
अनुवाद: मोहनप्रसाद ज्ञवाली