तेस्रो विश्वयुद्धका धुरीहरु
प्राथमिक टैब्स

नेतन्याहु/ ट्रम्प ध्रुव मुख्यतः इरानतर्फ केन्द्रित छ। यदि उनीहरु इरानमा सफल भए र इरान पतन भयो भने सम्भवतः उनीहरूको सम्पुर्ण ध्यान युक्रेनलाई समर्थन गरि रुसलाई लक्ष्यित गर्नतर्फ मोड्नेछन्। तर अहिले इरानको कठोर प्रतिरोधले उनीहरूको मुख्य लक्ष्यलाई विचलित गरिदिएको छ। हालको परिस्थितिमा, उनीहरूको प्राथमिकता रुस होइन। इरान नै हो। निस्सन्देह, अब ट्रम्पलाई “शान्ति स्थापना” प्रति कुनै चासो र चिन्ता छैन भन्न सकिन्छ। त्यसैले, रुससँग हुने कुनै पनि सम्झौताको कुनै अर्थ रह्यो भने, त्यो पूर्ण रूपमा औपचारिक मात्र हुनेछ। अब उनको युद्ध भनेको इरानसँगको युद्ध हो। इजरायलले यस युद्धलाई ट्रम्पको युद्ध बनाइदिएको छ। ट्रम्प यसबाट पछि हट्न सक्ने अवस्थामा छैनन्।
यसरी अर्को धुरीको निर्माण भएको छ: अमेरिका/इजरायल विरुद्ध इरान। अन्य क्षेत्रीय शक्तिहरूका लागि एउटा अत्यन्तै कठोर विकल्प प्रस्तुत गरिएको छ, या त अमेरिकी–इजरायली गठबन्धनमा सामेल होऊ, अथवा इरान (प्रतिरोध) को पक्षमा उभिऊ। यहाँ कुनै मध्यम मार्गको कल्पना गरिएको छैन। यदि कसैले तटस्थता अपनाउने प्रयास गर्यो भने, दुवै पक्षको आक्रमण र बमबारीको सामना गर्नुपर्नेछ। यस परिदृश्यमा तटस्थताको कुनै गुञ्जायस छैन। रेलगाडी स्टेसनबाट पहिले नै छुटिसकेको छ। समय धेरै अगाडि बढिसकेको छ।
दोस्रो धुरी: ईयू/बेलायत/अमेरिका लगायतका वैश्विकतावादीहरू (मुख्यतः डेमोक्रेटिक पार्टी) रूसविरुद्ध र कीभ शासनको समर्थनमा रहेका छन्। यो एक वास्तविक तथा भयंकर युद्ध हो, जहाँ अधिकांश युरोपेली देशहरू (हंगेरी र स्लोभाकिया बाहेक) प्रत्यक्ष सहभागि नका लागि तयारी गरिरहेका छन्। अमेरिकाको डेमोक्रेटिक पार्टीले यो युद्धलाई सक्रियता पुर्वक प्रवर्द्धन गरिरहेको छ। यो ध्रुवका लागि युक्रेन पहिलो प्राथमिकता हो।
यी दुई ध्रुवहरूको मुख्य लक्ष्य इरान र रुसबीच दरार उत्पन्न गर्नु हो, ताकि उनीहरूले एउटै शत्रुविरुद्ध लडिरहेको महसुस नै गर्न नपाऊन्। अमेरिका र इजरायलको युरोपेली सङ्घ (EU) तथा वैश्विकतावादीहरूसँग मुख्य गुनासो के छ भने, उनीहरू एप्स्टाइन सभ्यताका दुई विपक्षी शक्तिहरूसँग एकैसाथ दुई युद्ध लडिरहेका छन्। एकपछि अर्को गरी होइन, एकै समयमा। यही गुनासो युरोपेली सङ्घ र वैश्विकतावादीहरूको पनि अमेरिका र इजरायलप्रति रहेको छ।
इरानसँगको युद्ध लम्बिँदै जाँदा इजरायल बिस्तारै गाजाको अवस्थामा परिणत हुँदैछ। होर्मुज जलडमरू बन्द भएकाले (केही देशहरूका लागी ऊर्जा प्रतिबन्धहरू पहिले नै लागू भइसकेका छन्) विश्व अर्थतन्त्रमा गम्भीर समस्या पैदाभइ पतनको संघारमा पुगेको छ। यस परिस्थितिमा, वैश्विकतावादी शक्तिहरू ट्रम्पका विरुद्ध उभिएका छन्। किनकि उनीहरूको दृष्टिमा ट्रम्पले “युक्रेनलाई धोका दिइरहेका छन्” र उनीहरुको मुख्य शत्रु—रूसबाट आफ्नो ध्यान अरुतिर मोडिरहेका छन्।
यो धारणा जर्ज सोरोसका सञ्जालहरूद्वारा तीव्र रूपमा फैलाइँदैछ। उनीहरु जसले सामान्यत: ट्रम्प र नेतान्याहूलाई घृणा गर्छन्। तर, निम्न कुरा स्मरणीय छ: जो व्यक्तिहरू ट्रम्प र इजरायललाई इरानसँगको युद्धका लागि सबैभन्दा कडा रूपमा आलोचना गरिरहेका छन्, तिनीहरू सामान्य रूपमा युद्धविरोधी होइनन्। बरु उनीहरु रूससँगको युद्धका समर्थक हुन्। युरोपका प्रायः सबै शक्तिहरू र नेतान्याहूमाथि आक्रामक रूपमा उत्रिएका देशहरू वास्तवमा जेलेन्स्कीको शासनलाई प्राथमिकता दिनुपर्ने माग गरिरहेका छन्। अमेरिकामा डेमोक्र्याटहरू यस विषयमा अत्यन्तै चर्को स्वरमा बोलिरहेका छन्।
इरान र रूसले यो स्पष्ट रूपमा बुझिसकेका छन् कि यहाँ पश्चिमभित्र कसले युद्धको पक्ष वा विपक्ष लिइरहेको छ भन्ने प्रश्न मुख्य होइन। बरु, पश्चिले पहिले कसलाई निसाना बनाउँछ र त्यसपछि कसरी अर्कोतिर ध्यान केन्द्रित गर्दै जान्छ भन्ने विषय नै वास्तविक मुद्दा हो। यस विषयलाई लिएर कसैले पनि कुनै किसिमको भ्रम पालेको छैन। निस्सन्देह, रूस र इरान एउटै पक्षमा छन् र एउटै शत्रुको विरुद्धमा लडिरहेका छन्। सतहमा देखिने गतिविधिहरूले तेस्रो विश्वयुद्धको वास्तविक सारलाई कुनै किसिमले परिवर्तन गर्दैनन्। युद्धको अन्योलता, वार्ता, ध्यान भंग, भ्रम र छल यी सबै गौण मात्र हुन्।
अबको मुख्य कुरा भनेको हामीलाई हाम्रो प्रमुख शत्रु (सामूहिक पश्चिम, एप्स्टाइनको सभ्यता) बाट एक–एक गरेर पराजित हुनबाट रोक्नु वा उनीहरुमाथि विजय पाउनु हो। हामीले सकेसम्म छिटो र सकेसम्म कठोर रूपमा युद्धमा प्रवेश गर्नुपर्छ। मित्र र सहयोगीहरूलाई समर्थन गर्नुपर्छ, डगमगाइरहेकाहरूलाई पुर्ण रुपमा विश्वस्त पार्नुपर्छ र समाजलाई संभावित आपतकालीन अवस्थाका लागि तयार पार्नुपर्छ। यसको एक ज्वलन्त उदाहरण इरानको सूचना युद्ध हो। जहाँ उनीहरूले उत्कृष्ट रूपमा विजय हासिल गरिरहेका छन्। यो केवल एउटा सानो अनुभव हो।
धेरै कुरा चीनमा निर्भर हुनेछ। अहिलेसम्म उसले प्रतीक्षा गरिरहेको छ। तर, उसले आफ्नो नवीनतम मनोवैज्ञानिक अस्त्र (प्रोफेसर जियाङ स्युएछिन)लाई पहिले नै प्रयोगमा ल्याइसकेको छ। उनले आफ्ना भविष्यवाणीहरूद्वारा विश्वव्यापी विश्लेषकहरूको चेतनामाथि आक्रमण गरिरहेका छन्। नराम्रो होइन। पहिलो पटक चिनियाँ बौद्धिकहरूले जियोनिस्ट षड्यन्त्र, अन्तकालसम्बन्धी चिन्तन, सब्बाताइ जेवी, जेकब फ्र्याङ्क, इलुमिनाटी, महान् भू–राजनीति र विश्वव्यापी पूँजीवादी अभिजात वर्गबारे कुरा गर्न थालेका छन्। चीनको रणनीतिक सोच अब स्पष्ट हुँदै गइरहेको छ। यी अब ती सतही “विन–विन” वा पाण्डा रणनीतिहरू होइनन्। अब कुराहरूलाई तिनैको वास्तविक नामले सम्बोधन गर्न थालिएको छ।
बेइजिङले ताइवानमाथि आक्रमण गर्नेछ, तर त्यो कहिले हुनेछ भन्ने स्पष्ट छैन। यदि उसले बहुध्रुवीय शक्तिहरू कमजोर हुने (भगवान् नहोस्) पतन हुने समयसम्म पर्खन्छ भने, चीन एक्लो उभिनुपर्नेछ। त्यसकारण, अहिले नै तेस्रो मोर्चा खोलेर आक्रमण गर्नु उपयुक्त हुन्छ। ठीक यसै क्षण, शत्रुविरुद्ध पूर्ण र प्रत्यक्ष रूपमा आक्रमण गर्नुपर्छ।
अहिले शत्रु तयारी गर्दैछ, तर अझैसम्म एकैपटक तीनवटा युद्ध लड्न पूर्ण रूपमा सक्षम छैन। यदि बहुध्रुवीय विश्वबाट अरू कसैले थप मोर्चा खोल्छ भने, शत्रुका शक्तिहरू विभाजित हुनेछ र शत्रु कमजोर हुनेछ। बाअलको तानाशाहीविरुद्ध विश्वव्यापी, संसारभरि विद्रोह सुरु गर्ने समय आइसकेको छ। स्वयंले आफ्नो वास्तविक हैसियत उजागर गरिसकेको छ।
यो कुनै संयोग होइन कि पिटर थिएल, जसले ट्रम्पलाई सत्तामा ल्याए, अहिले विश्वभर घुम्दै “एन्टीक्राइस्ट” बारे व्याख्यान दिइरहेका छन्। सबैले पश्चिमको वास्तविक अनुहार देखिसकेका छन्। त्यो एपस्टिन हो। त्यो इरानी विद्यालयकी छात्राहरूको हत्या हो। त्यो गाजामा रहेका हजारौँ शिशुहरूको कत्लेआम हो। अब कसैले पनि भन्न सक्दैन: “मलाई थाहा थिएन, मैले देखिनँ, म सचेत थिइनँ।” यस्तो बहाना अब काम गर्दैन। सबैले देखेका छन् र सबैलाई थाहा छ र यदि उनीहरू अझै पनि हाम्रो पक्षमा लडिरहेका छैनन् भने, मूलतः उनीहरू हाम्रो शत्रु पक्षमा छन्। र उनीहरू वैध निशाना बन्छन्। बनाईनुपर्छ।
हाल ल्याटिन अमेरिका स्पष्ट रूपमा कमजोर कडीजस्तो देखिन्छ। भेनेजुएलाको सरकारमा रहेका कमजोर र डरपोक व्यक्तिहरूले क्रान्तिका विचारहरू र चाभेजको विरासतलाई लज्जाजनक रूपमा त्याग्नु निराशाजनक छ। अब शताब्दीयौँसम्म कसैले आफ्ना छोरीहरूको नाम “डेल्सी” राख्ने छैन। “रोड्रिगेज” उपनाम पनि गम्भीर रूपमा प्रभावित भएको छ। लुला र ब्राजिल, साथै मेक्सिको र कोलम्बियाले क्युबालाई केही सहयोग गरिरहेका छन्, तर उनीहरू प्रत्यक्ष रूपमा संयुक्त राज्य अमेरिकालाई चुनौती दिन साहस गर्दैनन्। उनीहरू डराएका छन्। तर अब डराएर बस्नुको कुनै अर्थ छैन। अब धेरै ढिला भइसकेको छ।
बुर्किना फासो, नाइजर, मालीजस्ता साहेल संघका देशदेखि गौरवशाली इथियोपिया, मध्य अफ्रिकी गणतन्त्र र आंशिक रूपमा दक्षिण अफ्रिकासम्मका राष्ट्रहरू अफ्रिकामा उज्ज्वल वीरहरूका राष्ट्रको रूपमा उभिएका छन्। जसले अविकसित पश्चिमा सभ्यताको सामु घुँडा टेकेनन्। यश उदाहरणले हामीलाई सतर्क आशावादी बन्न प्रेरित गर्दछ।
सुन्नी इस्लामिक विश्व विभाजित छ। यसको उच्च तहहरू भ्रष्ट छन् र एप्स्टिन संरचनासँग एकीकृत भएका छन्। जनसाधारण मूर्खतापूर्ण सलाफीवाद र वहाबीवादद्वारा विकृत भएका छन्। जसले मुसलमानहरूलाई निर्दोषहरूमाथि आक्रोश पोख्न र अमेरिका तथा इजरायलका हितहरूको रक्षा गर्न प्रेरित गर्छ। तुलनात्मक रूपमा सार्वभौम स्थिति पाकिस्तान (यद्यपि यसले तालिबान–पश्तुनहरूसँग आफ्नै द्वन्द्व भोगिरहेको छ) र इन्डोनेसियाले कायम राखेका छन्। जहाँसम्म जियोनिस्टहरूको प्रश्न छ त्यसको अर्को निशानामा एर्दोआन छन्। तर उनी सधैंझैँ डगमगाउनेछन्।
भारत, बहुध्रुवीयताको एक स्तम्भ र एक सभ्यतागत राष्ट्र (State-Civilization) भएता पनि, हाल आफैमा कठिन परिस्थितिबाट गुज्रिरहेको छ। नयाँ दिल्लीले चीनलाई आफ्नो प्रमुख क्षेत्रीय प्रतिस्पर्धीको रूपमा हेर्छ र मोदी तथा वरिपरि रहेका हिन्दुत्व विचारधाराले इस्लामप्रति गहिरो शङ्काको दृष्टिकोण राख्छन्। यसले भारतलाई अमेरिका र इजरायलसँगको गठबन्धनतर्फ धकेलिरहेकोछ। यद्यपि यस मोर्चामा भारतको सक्रिय नीति त्यति धेरै अपेक्षित देखिँदैन।
उत्तर कोरिया सबैभन्दा उपयुक्त देशजस्तो देखिन्छ भने जापान सबैभन्दा अनुपयुक्त।
तेस्रो विश्वयुद्ध एउटातर्फ ती शक्तिहरू जसले कुनै पनि मूल्यमा सामूहिक पश्चिमको वर्चस्वलाई जोगाउन र सुदृढ पार्न चाहन्छन्। चाहे त्यो उग्र ट्रम्पवादी–जियोनिस्ट संस्करण होस् वा विश्वव्यापी युरो मोडेल र अर्कोतर्फ बहुध्रुवीय मानवता, अर्थात् हामी, बीच लडिइरहेको छ। यो युद्ध पहिले नै सुरु भइसकेको छ र पूर्ण रूपमा चलिरहेको अवस्थामा छ।
निस्सन्देह, मानिसहरू अझै पनि यस्तो केही हुँदैछ भन्ने वास्तविकतालाई बेवास्ता गर्दै, ‘केही भएको छैन’ को बहाना बनाउन सक्छन्। तर, यस्तो आँखा चिम्लने प्रवृत्ति किन?
अनुवाद: मोहनप्रसाद ज्ञवाली
