मागा, जीओपी र ट्रम्प: संप्रभुताको लागि अन्तिम सङ्घर्ष
Primary tabs

दुगिनको तर्क अनुसार, 'मेक अमेरिका ग्रेट अगेन' (MAGA) आन्दोलन डिप स्टेट विरुद्ध उभिएको वास्तविक तेस्रो शक्ति हो, तर अहिले यसको एकता भंग गरि रिपब्लिकन पार्टी भित्रको नव–संरक्षणवादी केन्द्रद्वारा कमजोर पारिएको छ। दुवै पक्षको दबाबबीच रहेका ट्रम्पले, सम्भवतः अलास्का वार्तालाई संप्रभुता पुनःस्थापना गर्ने र आफ्नो आधारभूत समर्थकसँग पुनःसम्पर्क स्थापित गर्ने अन्तिम अवसरका रूपमा प्रयोग गर्न सक्छन्।
'मागा' वास्तवमै एक महत्वपूर्ण राजनीतिक तथा वैचारिक घटनाक्रम हो। यसले ट्रम्पको दोस्रो चुनावी विजयमा अत्यावश्यक र महत्त्वपूर्ण भूमिका खेलेको थियो। तर ट्रम्प GOP र मागा बीचको एक प्रकारको सम्झौताका प्रतिरुपका रूपमा उभिएका छन्। मागाबाट प्रेरित भएर ट्रम्पले निर्वाचन जिते, तर त्यसपछि उनले आफ्नो नीतिलाई GOP भित्रको नव–कन्जर्भेटिभ (neocon) मूलतर्फ मोडिदिएका छन्।
रिपब्लिकन पार्टीका नव–कन्जर्भेटिभहरूले ट्रम्पलाई स्थायी रूपमा 'मागा' परित्याग गराउन र पूर्णरूपमा नियो–कन्स बन्न प्रेरित गरिरहेका छन्। मेरो विचारमा मागा भित्रका आन्तरिक विवादहरूलाई रिपब्लिकन पार्टीद्वारा नै कुनै न कुनै रूपमा उत्प्रेरित र प्रयोग गरिएका छन्। यसरी अहिले उनीहरुसँग तीन वटा शक्ति–केन्द्र रहेका छन्; नियो–कन्स रिपब्लिकन, पूर्ण अव्यवस्थित अवस्थामा रहेको मागा र दुवैको माथि ‘सार्वभौम तानाशाह' को रूपमा प्रस्तुत भइरहेका व्यक्ति ट्रम्प।
वास्तवमा 'मागा' एउटा तेस्रो शक्ति हो, जुन डीप स्टेट = नियो–कन्स = वैश्विकतावादिहरूको संयुक्त पार्टी (Uniparty) को समानान्तर खडा भएको छ र यो त्यसको कट्टर विपक्षमा उभिएको छ। अहिले मागाका विभिन्न नेताहरू एक-आपसमा लडिरहेका छन्। जसलाई एकीकृत शक्तिले यसमा ठूलो प्रभाव पार्नुको साथै उनीहरुको लागी गम्भीर चुनौतीका रूपमा खडा भएको मागालाई क्रमशः विघटन गर्दैछ।
जे.डी. भान्सलाई ट्रम्पको कदम पछ्याउने दोस्रो ब्यक्ति मानिन्छ: MAGA र GOP बीच सम्झौता। तर GOP (नियोकोन्स) केन्द्र अहिले आफूलाई यति शक्तिशाली महसुस गर्छ कि त्यसले भान्सलाई सहन सक्दैन। भान्स सम्भवतः मागाको मुख्य व्यक्ति बन्नेछन्, तर निराश र कमजोर मागाद्वारा उनीमाथि कडा आलोचना पनि हुनेछ।
मलाई लाग्छ कि मागा र GOP सम्झौता टुटाउने व्यक्ति थिएल थिए, जाँहा ट्रम्पको हस्ताक्षर अन्तिम मोहरको रूपमा थियो। कुनै समयमा GOP ले सम्झौता तोड्याे (ग्रेटर इजरायल / एप्स्टिन सूचीको कारण)। ट्रम्पले मागा छोडेर स्वतन्त्र शक्ति बन्न कदम बढाए। यो कमिसारी अधिनायकवादबाट सार्वभौम शासनमा जाने कदम हो, जसबारे कि श्मितले बताएका थिए।
अब ट्रम्पले मागा मात्र नभई GOP माथि पनि आफ्नो सर्वोच्च स्थिति कायम राख्न चाहन्छन् जस्तो देखिन्छ। डिप स्टेटको ध्रुव प्रभावशाली छ तर यसले ट्रम्पको संप्रभुता खतरामा पार्छ। अलास्का वार्ता डिप स्टेट (यूनिपार्टी) द्वारा चाहिएको थिएन। त्यसैले मागा यसबारे अत्यन्त उत्साहित छ।
ट्रम्पले पछिल्ला महिनाहरूमा डीप स्टेट विरुद्ध ठूला कदम उठाएका छन्। त्यसमा यो कदम अत्यन्तै ठूलो छ। अब यो परिस्थितिलाई सुधार गर्ने अन्तिम मौका हो। डीप स्टेटले हाल ट्रम्पमाथि धेरै खुल्ला र क्रूर नियन्त्रण गर्दैछ। तर ट्रम्पलाई नियन्त्रीत हुन मन पर्दैन। त्यसैले अलास्का वार्ताले सन्तुलन पुनःस्थापना गर्ने अवसर प्रदान गर्छ।
युक्रेनको मामिला AIPAC (अमेरिकन इजरायल पब्लिक अफेयर्स कमिटी)का लागि इजरायलको तुलनामा कम महत्वपूर्ण छ। त्यसैले ट्रम्पमाथि मुख्य रूपमा दबाब विश्वव्यापी युद्धपक्षिय समूहबाट आएको हो। यो पनि डीप स्टेटको एउटा हिस्सा हो। तर यो सायोनिस्ट ध्रुबसँग अलिक फरक छ। नेतन्याहुले पुतिनलाई अस्तित्वगत शत्रु मान्दैनन् र उनको स्थितिको सम्मान गर्छन्।
सैद्धान्तिक रूपमा, ट्रम्पले अलास्का वार्तालाई सायोनिस्ट GOP सँग प्रत्यक्ष टकराव नगरी मागा आधारलाई फेरि आकर्षित गर्न महत्वपूर्ण उपकरणको रूपमा प्रयोग गर्न सक्छन्।उनको
एकमात्र अवरोध भनेको उनी पुतिनलाई यस्तो प्रस्ताव दिन सक्दैनन् जसले साँच्चै उनी (हामीलाई) सन्तुष्ट होउन्। यहाँ म सम्भावित असफलताका सीमाहरू र कारणहरू देख्छु।
अलास्का वार्ताको सफलता वास्तविक रुपमा तब हुनेछ जब पुतिन र ट्रम्पले युक्रेनको कुरा बिल्कुल पनि उल्लेख गर्ने छैनन्। किनकि त्यहाँ अरु धेरै महत्वपूर्ण मुद्दाहरू छन्।
अनुवाद: मोहनप्रसाद ज्ञवाली