अमेरिका भर्सेज युएसएआईडी : ‘मेक अमेरिका ग्रेट अगेन’ (MAGA) क्रान्ति। युएसएआईडी खारेज गरेर ट्रम्पले (लगभग) विश्वलाई बचाए।

यूएसएआईडीले आधिकारिक रूपमा विश्वभरि "अधिनायकवादी" (रूढिवादी, पर्याप्त जागरूक नभएका) शासन विरुद्ध लडिरहेका अति-राष्ट्रवादी अलगाववादी (नाजी) समूहहरूलाई सहयोग गरेको छ। यसले त्यसरी नै "अधिनायकवाद विरोधी" उग्र चरमपन्थी धार्मिक समूहहरूलाई पनि सहयोग गरेको छ।

युएसएआईडीले विश्वव्यापी रूपमा प्रेस र सोशल मिडिया अभियानहरूलाई वित्तपोषण गरेको छ, जुन आलोचनात्मक रूपमा "अधिनायकवादवादी" (रूढिवादी) भनिएका शासनहरूलाई "फासिस्ट" को आरोप लगाएर उनीहरू विरुद्ध प्रचार अभियान चलाइएको थियो। यसले वास्तविक चरमपन्थी र नव-नाजी समूहहरूलाई "फासिवाद विरोधी" चित्रण गरि त्यही बहानामा सहयोग र सैन्यकरण गर्ने कार्यलाई न्यायोचित ठहर्याउथ्यो। युक्रेन यसको एउटा ज्वलन्त उदाहरण हो।  अर्को त्यसको बिपरित अमेरिकाको "म्यागा" (मेक अमेरिका ग्रेट अगेन) आन्दोलन हो।

इस्लामिक विश्वमा अमेरिकी विकास नियोग (युएसएआईडी) ले सोही रणनीति अनुरुप अरब विश्वका सार्वभौम नेताहरू (गद्धाफी, हुसेन, असद) लाई अपदस्थ गर्नका लागि अति चरमपन्थी, उग्रपन्थी, आतंककारी तथा कट्टरपन्थी समूहहरूलाई सिर्जना गरायो र त्यसको  प्रवर्द्धन गर्यो। त्यसैले युएसएआईडी एक प्रमुख विश्वव्यापी आतंककारी संस्था हो।

यूएसएआईडी रद्द गरेर  ट्रम्पले (लगभग) विश्वलाई बचाएका छन्। कृपया यसलाई नरोक्नुहोस्!

ट्रम्पले टारिफहरू लागू गरेर विश्वव्यापीकरणको अन्त्य गरे। अब  विश्वस्तरमा व्यापारवाद हावी हुनेछ। वैश्विक विच्छेदन (अलगाव) वैश्विकतावादी तानाशाहीबाट संसारलाई बचाउने अर्को कदम हो।

अमेरिका भर्सेज युएसएआईडी (US vs USAID)। यो MAGA क्रान्ति हो। 

युएसएआईडीले विश्वभरि प्रमुख परम्परागत धार्मिक सम्प्रदायहरू (जस्तै ईसाई, इस्लाम, हिन्दुत्व, आदि) विरुद्ध "असहमत" वा वैकल्पिक धार्मिक समूहहरूलाई सहयोग गर्ने गरेको साथै यहाँसम्म कि सैतानवाद र नास्तिकताजस्ता विचारहरूलाई  प्रोत्साहन गर्ने कार्य यस संस्थाका कार्यसूची भित्र पर्दथे। वास्तवमा यो संस्था के थियो? यसले कसको सेवा गर्यो? यसको पछि को थियो? अत्यन्तै आश्चर्यजनक..." रहेको छ।

नरकतर्फको बाटोमा भीड अत्यन्तै ठूलो छ। यु-टर्न लिन सकिँदैन, न त सँगसँगै चल्ने कुनै उपाय छ। केवल पछाडिका दबाबमा सिधा अगाडि बढ्नुपर्ने बाध्यता छ। गतिको तीव्रता बढ्दै जान्छ। एउटै विकल्प भनेको ट्राफिक जाम सिर्जना गर्नु हो। सम्भवतः ट्रम्पले यस्तै गर्दै छन्।

अनुवाद: मोहनप्रसाद  ज्ञवाली