दुष्टभावी ओलम्पिक
Primary tabs

पेरिसमा सन् २०२४ मा उद्घाटन भएको ओलम्पिक खेलकुद आधुनिक पश्चिमी सभ्यतामा अन्तिम निर्णय हो। पश्चिम श्रापित छ । र यो स्वयंसिद्ध छ। जो कोहीले यो जब्बर शैतानी सभ्यतालाई नष्ट गर्न तुरुन्तै हातहतियार नउठाउँने हो भने यसलाई समर्थन वा सहयोग गरेको ठहरिन्छ।
तर अर्को पक्ष पनि महत्त्वपूर्ण छ। त्यो ध्रुवमा, पश्चिम र यसको निर्लज्ज जागृत शैतानवाद छ। हाम्रो ध्रुवमा हामीसँग के छ? अलि बढी सभ्यता, अन्तिम विसौनि भन्दा एक कदम अघिको ठाउँ, तर उही बाटो, उही मार्गमा। गन्तव्य नजिकै देखापरेपछि हामीले तीव्र गतिमा ब्रेक लगाइदियौं, जहाँ पेल राइडरको विशालकाय आकृति थियो, उदार विकृतिहरू र शारीरिक रूपमा बलिया राक्षसहरूको समूहले घेरेको थियो। तर अहिले पनि हामी जडताका कारण अझै पनि सोही दिशामा अगाडि बढिरहेका छौं। अवश्य पनि हामीले हाम्रो इतिहासको अघिल्ला चरणवारे प्रश्न गर्दैनौं — के हामी सहि बाटोमा छौ ? यदि यस मार्गको अन्तिम स्टेसन फ्रान्सेली ओलम्पिक २०२४ हो भने हामी सही ट्रेनमा छौं। पश्चिम शैतान हो भने हामी को हौं? एकातिर यसले हामीलाई आतंकित बनाउँछ, र हामीलाई यसको अपवित्र भोजबाट बाहिर फालिदिन्छ। तर अर्कोतर्फ, यो अझै पनि हामी भित्रै छ; हामीले यसलाई पूर्ण रूपमा आफैँबाट निकालेका छैनौं। हाम्रो संस्कृतिमा शैतानले क्रोध र उपद्रो मच्चाएको छ। मात्र दशकहरू होइन त्योभन्दा पहिलेका शताब्दीहरूमा नै यसलाई भित्र छिर्न दिइएको थियो।
रूसी इतिहासको अध्ययन गर्दा रुसमा १७ औं शताब्दीमा नै पश्चिमी (शैतानी)को प्रभाव प्रवेशका कारण महत्वपूर्ण रूपमा प्रभावित भएको थियो। १९ औं शताब्दीमा स्लाभोफाइलहरूले यसलाई पहिचान गरे र सचेत गराए। यद्यपि यसले केही प्रभाव पारेता पनि, यसले रूसको पतन रोक्न सकेन। वर्तमानमा हामीले पुनः अवरोध गर्न थालेका छौं। यस कार्यमा सफलता पाउन, केवल भगवानको साथ आवश्यक छ। अरू कुनै उपायले काम गर्दैन। यसको लागि, रूस भगवानको हुनु पर्छ; हामीले उहाँका मानिसहरू, उहाँका अनुयायीहरू, सच्चा रूसी ईसाईहरू बन्नु पर्छ। हामी केवल प्रार्थना र संघर्ष गर्न सक्छौं। प्रार्थनाको साथ संघर्ष गरौं र मृत्युको पूर्वजस्तै अन्तिम पटक प्रार्थना गरौं।
विशेष सैन्य अभियान भनेको शैतान, पश्चिम, ओलम्पिक खेलहरू विरुद्धको युद्ध हो, जहाँ विद्रोही टार्टारसका टाइटानहरूले देवताहरूलाई विस्थापित गरी आफ्नो ठाउँ लिएका छन्। पश्चिम ध्वस्त हुनुपर्छ।
अनुवाद: मोहन ज्ञवाली