हेगेलको दृष्टिकोणबाट, भविष्यमा रूसी जनता र राज्य अलेक्जेन्डर दुगिन

हेगेलको राजनीतिक दर्शनमा आधारभूत रूपमा एक महत्त्वपूर्ण संक्रमण छ। जुन राज्यको स्थापनासँग सम्बन्धित छ (डेर स्टाट)। हाइडेगरले हेगेलको एक कोर्सको लागि आफ्नो स्केचमा स्टाट-स्टेटो-स्टेटसको शब्दावलीमा ध्यान केन्द्रित गरेका छन्। ल्याटिन भाषामा यसको यी शब्दको अर्थ खडा हुनु, स्थापित हुनु र सेट हुन हो। रूसी भाषामा राज्य शब्द (gosudarstvo) हो, यो गासुदार государь (gosudar) बाट आएको हो जसको अर्थ हुन्छ स्वामी वा प्रभु। जबकि ल्याटिन र यसको व्युत्पन्न स्थापनाको कार्यलाई जोड दिइन्छ । राज्य केही (कृत्रिम रूपमा) स्थापित, निर्माण, सिर्जना र खडा गरिएको छ । स्लाभिक भाषामा यसले प्रभुको सर्वोच्च शक्तिको तथ्यलाई मात्र संकेत गर्दछ। शासक स्लाभ परम्पराअनुसार न्यायाधीश पनि थिए। यसकारण शब्द निर्माणका प्रक्रिया गो-सुद-आर (go-sud-ar) बाट व्युत्पन्न भएको हो। जसमा विनम्र रुसी सम्बोधन  'सर''сударь (सुदार)' भन्ने हुन्छ। शक्तिले न्याय गर्छ, जसले न्याय गर्छ त्यो शक्ति हो। राज्य उसको  प्रभुत्वको क्षेत्र हो। उसको शक्तिमा के निहित छ, जुन उसले निरंकुशको रूपमा धारण गर्दछ र कायम राख्छ । यसैले डेरझावा (शक्ति) शब्द हो।

हेगेलको अवधारणाहरूमा धेरै भिन्नताहरु छन् : "पुरानो राज्य"( अपूर्ण राज्य'-अनवोल्कमेन) र  नयाँ राज्य अर्थात 'प्रामाणिक राज्य' धेरै गहिरो भिन्नतासँग मेल खान्छ । पुरानो राज्य वास्तवमा कब्जा,  प्रभुत्व र नकारात्मकताको उत्कर्स र  अत्याचारको बारेमा हो। यो शक्तिको वास्तविक तत्व, आदेश, आज्ञापालन र आज्ञाकारिताको ठाडो अक्षको वरिपरि बनाइएको छ। यद्यपि यहाँ केही सूक्ष्मताहरू छन् ।

"पुरानो राज्यहरू" मध्ये उनले धेरै प्रकारहरू छुट्याएका छन् :
१. प्राच्य (पूर्वीय) प्रकार (कठोर निरंकुशता, पेट्रिफिकेशन 'अस्थिभंग');
२. ग्रीक प्रकार (अलेक्जेन्डरको साम्राज्यमा शक्तिलाई दार्शनिक एकीकृत अर्थ दिने पहिलो प्रयास तर अझै पनि निरंकुशतातर्फ अग्रसर);
३. रोमन प्रकार (निजी कानूनको अन्तिम औपचारिकता, शक्तिहरूको पृथकीरण, निरंकुशता, शक्तिहरु र भीडको निरंकुशताको बैकल्पिक चक्र)।

सहि अर्थमा 'राज्य' अर्कै कुरा हो । यो नयाँ राज्य हो । यस आधारभूत कुरा यसको स्थापना, यसको संविधान र यसको सिर्जनाको तथ्य  हो । स्टेट आत्माको एक क्षण हो अनि पूर्णरुपमा सचेत र आत्म-जागरूकता हो । अर्को परिभाषा यो हो कि "राज्य संसारमा परमेश्वरको जुलूस हो" (डेर ग्यांग गोट्स इन डेर वेल्ट)।

हेगेलियन प्रणालीमा राज्यको कल्पना आत्मा चेतना उत्पादनको गरिएको छ। स्टेटको रूपमा राज्य चेतनाको एकाग्रताको डिग्रीको अभिव्यक्ति हो। अर्थात् यो एक दार्शनिक घटना हो। यहाँ तपाईं प्लेटोको गणतन्त्रको अनुरूपता देख्न सक्नुहुन्छ। स्टेट प्लेटोनिक- ग्रीक शब्द πολιτεία (राज्य) हो। तर त्यहाँ कुनै रेस पब्लिका हैन। राज्य केवल दार्शनिकहरूद्वारा स्थापित हुन्छ अर्थात् जसद्वारा समाजको आत्म-चेतना यसको चरमोत्कर्षमा पुग्छ। तर दार्शनिकहरूले संसारमा ईश्वरको गतिलाई अभिव्यक्त गर्छन् जुन द्वन्द्वात्मक सम्बन्धहरूको शृङ्खलाको माध्यमबाट प्रकट हुन्छ । जसमा मानिसहरूको आत्म-चेतनाको क्षणहरूसहित द्वन्द्वात्मक सम्बन्धको एक श्रृङ्खलाको माध्यमद्वारा प्रकट हुने गर्दछ।

हेगेलका अनुसार राज्य नैतिक जीवन (सिटलिचकेइट) क्षेत्रसँग सम्बन्धित छ। समग्रमा यो क्षेत्र द्वन्द्वात्मक क्षणहरूको दुई शृङ्खलामा विभाजित हुन्छ:

थीसिस: परिवार, Antithesis: नागरिक समाज  Synthesis:  राज्य।
थीसिस: राज्य Antithesis: अन्तर्रास्ट्रिय सम्बन्ध Synthesis: विश्व साम्राज्य ।

राज्य दुवै श्रृंखलाको लागि एक सामान्य तत्व हो, उनीहरूको केन्द्र हो। पहिलो शृङ्खलामा यो संश्लेषणसँग मेल खान्छ र दोस्रोमा थेसिससँग मेल खान्छ।  दोस्रो शृङ्खलाको संश्लेषण सुपर-राज्य साम्राज्य हो जहाँ आत्मा निरपेक्ष (सार्वभौम, विश्वविचार) को चरणमा पुग्छ। यस बिन्दुमा, इतिहास-आत्माको प्रकट हुने र आफ्नै लागि बन्ने क्रमको रूपमा समाप्त हुन्छ । यस प्रकार राज्य परिवार र "इतिहासको अन्त" बीचको मध्यस्थता हो।

द फिलोसोफी अफ राइटमा यो भन्दा पहिले दुई थप श्रृंखलाहरू छन्; पहिलो अमूर्त कानूनमा र अर्को नैतिकता हुन् । कानूनले व्यक्तिको विचार र धारणा स्थापित गर्दछ र विषयको नैतिकता। जवकी मानिस नैतिकताको क्षेत्रमा मात्र नै आत्ध्यात्मिक प्राणी बन्छ।
आध्यात्मिक विषयले परिवारको सिद्धान्त र व्यवहारको माध्यमबाट आफूलाई महसुस गर्दछ। परिवारमा सबैभन्दा पहिले सचेत आत्मा आफै बन्छ। एक परिवारमा एक व्यक्ति एक ठोस विचारको अभिव्यक्तिको रूपमा प्रकट हुन्छ। उ एक व्यक्तिभन्दा धेरै माथी हुन्छ । उसको नैतिकता (जसलाई  हेगेलले औपचारिक कानूनबाट स्वयंलाई औपचारिक रूपमा टाढा राख्ने क्षमताको रूपमा बुझ्छन्।) सम्पूर्णको लागि चिन्तामा व्यवहारमा व्यक्त गरिएको छ जुन परिवार हो । तर देखिँदा ब्यक्ति देखिन्छ।

तर एकसमाज जो परिवार (कृषिप्रधान, पितृसत्तात्मक) मा आधारित छ त्यो अझै हेगेलियन परिभाषामा जनता अथवा राज्य हैन । परिवारलाई परिवारको परिवार अर्थात् राज्यसँग रैखिक रूपले मापन गर्न सकिँदैन जबसम्म यो सबै द्वन्दात्मक पुरै बाटो पार गर्दैन। केवल "पुरानो राज्य" मा (स्टाटमा होइन) त्यहाँ परिवारहरूको समाज छ । तिनीहरू सामान्यतया जीवन-संसारको परिस्थितिमा निम्न वर्गहरू हुन् । तर यो जीवन संसार पशुको संसार होइन तर नैतिक संसार हो किनकि परिवार आत्माद्वारा प्रेरित हुन्छ र यसमा यसले आफूलाई अभिव्यक्त गर्दछ। सत्ताको सम्बन्ध परिवारको माथिको प्रक्षेपणसँग सम्बन्धित छैन तर अभिजात वर्गका प्रतिनिधिहरूसँग सम्बन्धित छ। अभिजात वर्गका प्रतिनिधिहरूले आफूलाई पूर्णरूपमा फरक तर्कअनुसार आफ्नो स्थितिमा पाए। लुडविग गुम्प्लोविचले यसलाई 'नस्लीय संघर्ष' को परिणामको रूपमा वर्णन गर्दछन् । जसको अर्थ "नस्लका" विभिन्न जातीय संस्कृतिका वाहकहरू हुन् । बलियोले कमजोरलाई अधीनमा राख्छ । यसरी नै पुराना राज्यहरू, निरंकुशताहरू र रियासतहरू (स्टाट होइन) को गठन हुन्छ । यस प्रणालीहरू परिवार र शासकहरू  समानान्तर दुनियाँमा रहन्छन् तर एकअर्काको भिन्नतालाई बुझ्दैनन्।

व्यवहारमा परिवार र शक्तिबीचको यो भिन्नता विशेषगरी पूर्वी युरोपको विशेषता हो र अझ धेरै हदसम्म जारवादी रूसको विशेषता हो । अर्नेस्ट गेल्नरले यस प्रकारको समाजलाई सशर्त देश "कृषि" को नामले सामान्यीकृत गरे । आधुनिक समयमा पश्चिमी युरोपमा सन्तुलन परिवर्तन हुन थालेको छ। हेगेलले परिवर्तनको प्रकृतिलाई "प्रबुद्धता" (औफक्लारुङ) शब्दको साथ सारांशित गर्दछ । यो उनको द्वन्द्ववादको सबैभन्दा महत्त्वपूर्ण विन्दु हो ।

प्रबुद्धताको युगको दौडानमा नागरिक समाजको एक नयाँ रूप (बुर्जर्लिच गेसेलशाफ्ट) ले पश्चिमी युरोपमा आकार लियो । यो घटना बुर्जुवा जनवाद र पुँजीवादसँग मिल्दोजुल्दो छ । गेल्नरले यस देशलाई सामान्य रूपमा "उद्योग" भन्छन् । हेगेलका अनुसार यस घटनाको मुख्य कारण परिवारको विघटन, व्यक्तिवाद र तीव्र सामाजिक आत्म-जागरूकताको अधिग्रहण हो । यो एन्टिथिसिसको चरण हो र परिवारको निष्कासन हो । नागरिक समाज आफैमा दुष्ट हो तर आत्माको प्रकटीकरणको द्वन्द्वात्मक संरचनामा यो आवश्यक छ। आत्मा अर्को स्तरमा पुग्नको लागि यस चरणबाट गुज्रनुपर्छ । परिवार एक सामूहिक इकाईको रूपमा विघटित हुन्छ र नागरिकलाई बाटो दिन्छ। यसमा अमूर्त व्यवस्थाका अनुहार नैतिक विषय र पारिवारिक मानिस उपस्थित छन् । तर उनीहरू हटाइएको रूपमा उपस्थित छन् । तिनीहरूले यसलाई परिभाषित गर्दैनन् र यो यसको सामाजिक-राजनीतिक अधिकार र स्वतन्त्रताद्वारा निर्धारित हुन्छ। यो उदारवाद हो ।

अब मात्र हामी "नयाँ राज्य" अर्थात् हेगेलले बुझेजस्तै स्टेटमा आइपुग्छौं । हेगेलका अनुसार सबैभन्दा महत्त्वपूर्ण कुरा राज्य भनेको नागरिक समाजलाई हटाउने क्षण हो। वास्तविक राज्य बुर्जुवा हुन सक्दैन तर यो जहिले पनि सुपर-बुर्जुवा हुन्छ। यसको उद्देश्य नागरिक समाजका व्यक्तिहरूको सेवा गर्न वा उनीहरूको कल्याण वा स्वतन्त्रतालाई सुरक्षित वा संरक्षण गर्न यसको उद्देश्य हुनुहुँदैन।

हेगेल लेख्छन्:
स्वतन्त्रतामा व्यक्ति विलक्षणताबाट र एकवचन आत्म-चेतनाबाट अगाडि बढ्ने होइन तर यसको सारबाट मात्र अगाडि बढ्नु पर्दछ। किनकि यो सार चाहे मानिस यसको बारेमा सचेत छ वा छैन भन्रे  हो । स्वतन्त्रता एक स्वतन्त्र शक्तिको रूपमा महसुस गरिएको छ जसमा व्यक्तिगतरूपमा मानिसहरू क्षणिकभन्दा देखिदैँनन् ।

राज्य आफै बन्छ जब नागरिक समाज पूर्ण रूपमा पराजित वा समाप्त  हुन्छ (उच्चरुपमा दुखिन्छ)। र नागरिक (बुर्गर) अन्ततः अपरिवर्तनीय रूपमा समाप्त हुन्छ र अर्को चीजमा रूपान्तरित हुन्छ। ऐतिहासिक रूपमा राज्यको निर्माण  परिवार वा बुर्जुवा वर्ग (औद्योगिक वा व्यावसायिक वा यसको प्रोटोटाइप) द्वारा सिर्जना गरिएको थिएन । तर हेगेलले भने जस्तै एक विशेष सम्पत्ति र  साहसको सम्पत्ति (डेर स्ट्यान्ड डेर टफर्किट) द्वारा सिर्जना भएको थियो ।

पुरानो राज्यहरूको उदयविपरीत यो हुन सक्दैन किनभने एउटा धेरै शक्तिशाली शैन्य शक्तिले अर्को कमजोर र अधिक शान्ति-प्रेमी मानिसहरूलाई अधिनमा राख्दछ। तानाशाह वा कुलीन समूहद्वारा सत्ता हडप्ने कुनै अन्य तरिकाको परिणामस्वरुप हुन्छ। तर नागरिक समाजका सदस्यहरू जसमा आत्म-ज्ञान आत्माको आन्दोलन स्थापित भइसकेको हुन्छ । उदारवादको गतिरोधको पहिचान गर्न सक्षम भईसकेको हुन्छ। तर उनीहरु केवल परिवारमा (थेसिसमा) फर्केका हुँदैनन्। तिनीहरूले संश्लेषणको माध्यमबाट विरोधाभाष (स्वयंलाई उदारवादीको रूपमा) लाई नियन्त्रण गर्नेछन्। यस्तो संश्लेषण भनेको स्टेटको रूपमा राज्यको स्थापना हो। यहाँ परिवारमा जस्तै मानिसले उच्च नैतिकताको नाममा आफ्नो औपचारिक र नैतिक स्वतन्त्रतात्याग गर्दछन। तर अहिले उनी न केवल परिवारसाथ रहन्छन्, उनीहरु राज्यसँग एकाकार हुन्छन। जुन उनको मिशन, अस्तित्व र उनको भाग्य हो।

यस बिन्दुमा नागरिक समाज एक जनता बन्छ (भोल्क)। परिवारहरूको बहुलता अझै पनि एक राष्ट्र होइन। न व्यक्तिबाट बनेको  नागरिक समाज जनता (यो एकडेमो) हो। समाज तब व्यक्ति बन्छ जब उसमा रहेको भावना उदारवादमाथि विजय प्राप्त गर्ने स्थितिमा पुग्छ र राज्य (स्टेट) स्थापना गर्न तयार हुन्छ।

यो ध्यान दिनु महत्त्वपूर्ण छ कि हेगेलको यसबारेको बुझाइमा मानिसहरूको श्रेणी (भोल्क λαός) शब्दसँग धेरै नजिक छ। जुन मैले नृवंशविज्ञानमा प्रयोग गर्दछु। भोल्क एक तर्कसङ्गत आदेशमा निर्मित मानिसहरू हो। यो भीड नभइ सेना हो । यसैले स्लाभिक शब्द полк (पोल्क) जर्मन भाषाको वोल्कबाट व्युत्पन्न हो। नागरिक समाज व्यक्तिगत लाभको खोजीमा रहेको बुर्जुवा वर्गको अराजक आन्दोलनमा रहन सक्दैन। व्यापारीहरूको समाज नायकहरूको समाजमा परिणत हुन्छ (सोम्बार्टका अनुसार  बहादुरीको वर्गमा जनता नायकहरूको समाजको रूपमा राज्यको निर्माण गर्दछ। हेगेलले विशेष गरी राज्य फेला पार्ने नायकहरूको अधिकार (दास हेरोनरेक्ट जुर स्टिफटुंग भोन स्टाटेन) मा जोड दिएका छन् ।

यदि हामीले हेगेललाई ढृढता साथ अनुसरण गर्यौं भने हामी रोचक निष्कर्षमा पुग्छौं। उनको अर्थमा अहिलेसम्म एक वास्तविक राज्य कहिल्यै सिर्जना भएको छैन। हामीले इतिहासमा व्यवहार गरेका सबै कुराहरू स्ट्याटको अनुमानित स्तरको भिन्नता मात्र हुन् । प्रायः अत्याचार वा तानाशाही वा विपरित अराजक गणतन्त्रहरू नागरिक समाज डेमोहरूद्वारा छरिएका शक्तिको आध्यात्मिक प्रकृतिको बारेमा केही पनि प्रकट गर्दैन ।

तसर्थ राज्य भविष्यसँग सम्बन्धित छ। आउनुहोस् यस मोडेललाई हामी रूसी इतिहासमा लागू गरौं। निसन्देह स्पष्टरूपमा कठोर हेगेलियन अर्थमा रुसीहरूसँग वास्तवमा राज्य कहिल्यै थिएन (स्टाटको अर्थमा)। ऐतिहासिक रूपमा त्यहाँ एक स्लाभिक परिवारहरूको संसार थियो र एक राजनीतिक अभिजात वर्ग (लगभग सधैं विदेशी-सरमाटियन, सिथियन, वारंगियन, मंगोलियन, युरोपेली, यहूदीआदि) जसले स्लाभहरूको परिवारमाथि शक्ति प्रयोग गर्यो । रूसमा पनि वास्तवमा नागरिक समाज थिएन।

तथापी हामीले उन्नाइसौं शताब्दीदेखि नै यस्तो नागरिक समाज निर्माण गर्ने केही प्रयासहरू भएका देखेका छौं । यो परियोजना रूसमा युरोपेली प्रबुद्धताको प्रवेशको साथ सुरु भयो । तर  १९ औं शताब्दीसम्म यसले केवल कुलीनवर्गलाई मात्र प्रभावित गर्यो। उन्नाइसौं शताब्दीमा पश्चिमाहरू र स्लाभोफाइलहरू दुवै यस परियोजनामा सामेल भए। धेरै सन्दर्भमा स्लाभोफाइलहरू जस्तै :रूसी पश्चिमाहरू, मार्क्सवादी र उदारवादीहरू हेगेलद्वारा निर्देशित थिए। यसैले नागरिक मानसिकताको मान्यता पनि छ। यद्यपि जब रुसी भाषामा अनुवाद गरियो तब जर्मन बर्गरलिचकीटले पूँजीवादसँग दृढताका साथ सम्बन्ध राख्न छोड्यो जुन अर्थ र व्युत्पत्तिमा समान छ र अझ बढी 'उच्च' तर कम सटीक अर्थ प्राप्त गर्‍यो। प्रबुद्धताको लक्ष्य भनेको परिवारको संसारलाई अलग्गै व्यक्तिवादी पुँजीवादीमा रूपान्तरण गर्नु थियो र व्यापारीहरूको समाज निर्माण गर्नु थियो । परिवार र किसानहरू (कम्युनहरू) को क्षेत्रको रूपमा नष्ट हुनुपऱ्यो र परमाणुकृत सर्वहारामा परिणत गर्नुपऱ्यो। हेगेलवादी– मार्क्सदीहरूको विचार यही थियो । रुसी उदारवादीहरूको विश्वास थियो कि किसानहरूको मुक्तिले रूसको जनसंख्यालाई मध्यम वर्गमा बदल्नेछ। र स्लाभोफाइलहरूले विश्वास गरे कि रूसी मानिसहरूले आफ्नो निष्ठा,उनीहरूको आध्यात्मिक र नैतिक आत्म-चेतना घोषणा गर्नुपर्छ। यो प्रबुद्धता पनि हो तर यो रूसी हो।

हेगेलियन योजनाका अनुसार:
रुसी मार्क्सवादीहरूले वर्गीय व्याख्याका लागि समायोजन गरिएको नागरिक समाजको आकांक्षा राखेका थिए।
-रूसी उदारवादीहरू केवल नागरिक समाजको लागि मात्र;
स्लाभोफाइलहरू सीधै अर्को चरणमा - जनताको स्थिति (भोल्क) ठ्याक्कै जहाँ Staat को रूपमा राज्य सिर्जना गर्नुपर्छ (केही स्लाभोफाइलहरू - Golokhvastov र Aksakov - अलेक्ज्याण्डर द्वितीय र त्यसपछि अलेक्ज्याण्डरलाई Zemsky Sobor1 को दीक्षान्त समारोहमार्फत  रूसी राज्यको पुन: स्थापना गर्न प्रस्ताव गरे। 

उदारवादीहरूले हेगेलको क्लासिक विरोधाभास अर्थात् परिवार (समुदाय) को विनाश र पुँजीवादको प्रवर्द्धनको आकांक्षा राखेका थिए। मार्सवादीहरू पुँजीवाद पहिलेदेखि नै अस्तित्वमा रहेको र यसलाई सर्वहारा क्रान्तिमार्फत परास्त गर्नुपर्छ भन्ने मान्यता राख्थे । अर्कोतर्फ स्लाभोफाइलहरूले विश्वास गरे कि एन्टिथिसिस तुरुन्तै संश्लेषणसँग सम्बन्धित हुनुपर्दछ किनभने  रूसी जनता पहिले नै प्रबुद्धताको उदार विचारहरूबाट पर्याप्त रूपमा प्रेरित भए । स्लाभोफाइलहरू राज्यको निर्माण गर्न सकेसम्म चाँडो तेस्रो चरणमा अगाडि बढ्नुपर्छ भन्ने विचार राख्थे ।

हामीलाई थाहा छ रूसी इतिहासमा सबै कुरा कसरी भयो।  उदारवादी विचारहरू शुद्धरूपमा लामो समयसम्म टिकेनन् तर तिनीहरूको जनतामा विजयी हुनुको सट्टा (भोल्क) अक्टोबर क्रान्ति भयो जुन सुरुमा विश्व साम्यवादमा संक्रमणको पहिलो चरणको रूपमा हेरिएको थियो अर्थात् 'इतिहासको अन्त्य'। मार्क्सवादी (बाम-हेगेलियन) बुझाइमा राज्यबिना शुद्ध सर्वहारा अन्तर्राष्ट्रियवादमा हेरिएको थियो ।

जब क्रान्ति एउटा देशमा भयो र कृषिप्रधान गैर-पुँजीवादी रूसमा (न्यूनतम नागरिक समाज भएको) लेनिन र ट्रोट्स्कीले यसलाई स्वीकार गरे । तर मार्क्सवादी रूढिवादी रहन प्रयासरत पश्चिमी मार्क्सवादीहरूले त्यसो गरेनन् ।

यहाँ एक रोचक ट्विस्ट आउँछ। धेरै सर्वहारा वर्ग नभएको देशमा सर्वहारा क्रान्ति गर्नु एउटा कुरा थियो र त्यसपछि लेनिन र ट्रोट्स्कीको झुकाव भएको युरोप र विश्वभरका मजदुर आन्दोलनलाई समर्थन गर्न प्राप्त पदहरूबाट सुरु गर्नु एउटा कुरा थियो । तर एउटा देशमा समाजवाद निर्माण गर्नु अर्कै कुरा थियो । यो मार्क्सवादको बिल्कुल विपरीत थियो । तपाईं यसलाई कसरी व्याख्या गर्नुहुन्छ कुनै फरक पर्दैन। तर स्टालिनले त्यही बाटो समाते, यहाँ यो हेगेल र स्वयं हेगेलको साथ धेरै व्यञ्जनात्मक भयो । न कि उनको मार्क्सवादी व्याख्याको साथ व्यवहारमा स्टालिनले नागरिक समाजको विजयमा रूसी राज्य निर्माण गर्न थाले (जुन नाममात्रको रूपमा अस्तित्वमा थियो) । व्यवहारमा स्टालिनले नागरिक समाज (जुन नाममात्रको अस्तित्वमा थियो) माथि विजय हासिल गरेर रूसी राज्य निर्माण गर्न थाले। र इतिहासको यो क्षण एक नयाँ अस्तित्वको उदयसँग मेल खायो ।  धेरै किसान परिवार र समुदायहरूसँग भने मेल खाएको होइन तर सोभियत जनता जो राज्यसँग घनिष्ठ रूपमा  एकताबद्ध थिए। मार्क्सका अनुसार हेगेलको नयाँ राज्य (स्टाट) अस्तित्वमा हुनु हुँदैन र यदि यो हुन्छ भने यो गेलनरको उद्योगको ढाँचाभित्र अस्थायी राष्ट्रहरूको निर्माण गर्ने प्रारम्भिक पुँजीवादी समाजहरूको उप-उत्पादनको रूपमा मात्र हो। लेनिनले पनि बुर्जुवा राज्यहरू साम्राज्यवादको चरणमा प्रवेश गर्दैछन् र लोप हुने छन् भन्ने विश्वास गर्थे। पूँजीवाद एक सार्वभौमिक र ग्रहीय घटना हो। साथै इतिहासको अन्त विश्वभरि साम्यवादको विजयको रूपमा राज्यहरूको निर्माण र उनीहरूबीच अन्तर्राष्ट्रिय सम्बन्धहरूको उदयबाहेक हुनेछ। जुन थोरै महत्त्वका छन् र केवल यसमा अर्थहीन विवरण छन्।

यसमा कम्युनिष्टहरू उदारवादीहरूसँग सहमत भए । फरक यति थियो कि उदारवादीहरू विश्व पूँजीवादको चरणमा सबै कुराको अन्त्य हुनेछ भन्ने कुरामा विश्वस्त थिए। जबकि कम्युनिस्टहरूले यसपछि विश्वव्यापी सर्वहारा क्रान्ति हुनेछ भन्ने विश्वास गरेका थिए । जुन बुर्जुवा अन्तर्राष्ट्रियवादमा आधारित थियो र जसले सर्वहारा अन्तर्राष्ट्रियताको पुष्टि गर्‍यो।

तर स्टालिन र उनले निर्माण गरेको सोभियत राज्य यो योजना (साम्यवादी र उदारवादी दुवै) बाट अलग भयो। संक्षेपमा सोभियत संघ हेगेलको स्टाट जस्तै केहि थियो जबकि सोभियत जनता (अर्थात् सोभियत रूसी होइन पारिवारिक संसारको रूपमा) हेगेलको भोल्क थिए। एक राज्यको रूपमा सोभियत संघमा नागरिक समाज (बुर्जुवा पहिचान) माथि विजय प्राप्त भएको थियो भन्ने विश्वास थियो।

यस अवस्थामा अन्तर्राष्ट्रिय सम्बन्धले वास्तवमा हेगेलियन चरित्र प्राप्त गर्यो किनकि यो सोभियत संघ र पश्चिमी देशहरू बीचको टकराव थियो जसले विश्व साम्राज्य (रीच) कम्युनिस्ट, नाजी वा उदारवादी अवस्था  के हुनेछ भनेर निर्धारण गर्यो ।

हेगेलियन सबटेक्स्ट इटालियन फासीवादमा अझ स्पष्ट छ जहाँ यसलाई यसको एक सिद्धान्तकार, जियोभन्नी जेनटाइल र जर्मन राष्ट्रिय समाजवाद (जुलियस बाइन्डर, कार्ल लारेन्ज, गेर्हार्ट डल्केट) द्वारा यस अवधारणा प्रतिपादन  गरिएको थियो। हेगेलको फिलोसोफी अफ राइटको चश्माबाट मार्टिन हाइडेगरले राष्ट्रिय समाजवादलाई बुझेका थिए ।

उदारवादी शिविरमा केन्सको विचार र रुजवेल्टको राजनीतिको अमेरिकी अनुभव नयाँ सम्झौताको प्रभावसँगै राज्यको उदय भयो । तर यसले सैद्धान्तिक विकास प्राप्त गर्न सकेन (ओस्वाल्ड मोस्ले जस्ता ब्रिटिश फासिस्टहरू गनिएका छैनन्)। पछि शीतयुद्धको युगमा उदारवादी हेगेलियन अलेक्जेन्ड्रे कोजेभले इतिहासको अन्त्यलाई विश्व नागरिक समाजको विजयको सिद्धान्तको रुप दिए। र सोभियत संघको पतनपछि अमेरिकी राजनीतिक दार्शनिक फ्रान्सिस फुकुयामाले कोजेभका विचारलाई विकास गर्दै इतिहासको अन्त्य र उदारवादको ग्रहीय विजयको बारेमा एक कार्यक्रमिक घोषणापत्र लेखे । तर यसको हेगेलको राज्यसँग कुनै सम्बन्ध छैन जुन नागरिक समाज अर्थात् पूँजीवादलाई पराजित गर्नमा स्थापित हुनुपर्छ भन्ने विचार हो ।

स्टालिनका अनुसार नागरिक समाजलाई पूर्णतया परास्त गर्नुपर्ने सोभियत समाजको नियति पत्ता लगाउनु महत्त्वपूर्ण छ । यो सोभियत राज्यको अर्थ थियो (यदि हामी यसलाई हेगेलियन प्रकाशिकीबाट हेर्छौं भने)। तर सोभियत संघको पतन र कम्युनिस्ट विचारधाराको अस्वीकृतिले यो कुरा देखायो कि यो विजय एक भ्रम थियो । एकातर्फ स्टालिनले वास्तवमै सर्वहारा वर्गको खोलमा सोभियत संघमा नागरिक समाजको गठनमा योगदान पुर्याए । किसानहरूको संसार र परिवारहरूको एक्युमिनलाई मौलिकरूपमा कमजोर पारियो र बहुसंख्यक जनसंख्यालाई शहरहरूमा सारियो अर्थात् नगरवासी बन्न थाले नागरिकहरु। र अर्कोतर्फ यो नागरिक समाज जुन क्रान्तिअघि जारवादी रूसमा लगभग अस्तित्वहीन थियो, त्यो राज्यमा पराजित भएको भने थिएन । यो अर्को पालोमा (हेगेलका अनुसार) हुनुपर्दछ। अहिलेका लागि सोभियत समाज सीधा पुँजीवादमा पतन भयो; १९९० को दशकमा राज्य अधिकतम रूपमा कमजोर र लगभग हराएको थियो र उदारवादी विचारहरू पोस्ट-सोभियत रूसमा विजयी भए।

स्टालिनवादी राज्य वास्तविकरुपमा पुँजीवादमाथि साँचो विजयी थिएन। यो उदारवादी तहबाट फेरि सुरु गर्नुपूर्वको विशुद्ध शून्यवादी उदारवादी चरणमा फर्किन बाध्य भयो। तर यो आधारभूतरूपमा महत्त्वपूर्ण छ । सामान्य उदारवादी भूमण्डलवादी सन्दर्भमा सोभियत पछिको रूसको समावेश र सोभियत पछिको नागरिक समाजमा यसको रूपान्तरण हेगेलियन परिदृश्यको कार्यान्वयनमा सबैभन्दा महत्त्वपूर्ण तत्व बन्यो । अहिले मात्र रुसी समाज साँच्चिकै बुर्जुवा भएको छ जसको अर्थ अब स्टाटको स्थापनाको पक्षमा बुर्जुवावर्गमाथि विजय प्राप्त गर्ने ऐतिहासिक क्षण हो ।

एकै समयमा सबै कुराको बावजुद रूसले आफ्नो राजनीतिक सार्वभौमिकता कायम राख्यो । उदाहरणका लागि, जुन जर्मनीले पहिले नै पूर्णविकसित हेगेलियन राज्य सिर्जना गर्ने आधार दोस्रो विश्वयुद्धपछि गुमाएको दाबी गर्यो।

यसमा अन्तरनिहित अर्थले यो बुझ्न सकिन्छ हेगेलियन भोल्कको रूपमा रूसी जनता भविष्यमा मात्र वास्तविकता बन्न सक्छ। जसको हामी नजिकबाट आउँदैछौं।  विश्ववादी नागरिक समाजको चरम संस्करणको अन्तिम चरणमा परिवारहरूलाई विघटन गर्दै राज्य र जनता बन्ने (कम्तीमा अहिलेको लागि) इरादा नगर्ने उदारवादी पश्चिमको विरोधले रुसीहरूलाई आन्तरिक आध्यात्मिक ऊर्जा थप्छ।

हेगेल आफैं विश्वास गर्थे कि 'इतिहासको अन्त्यमा' विश्वव्यापी मानव विचारको अभिव्यक्ति बन्ने लक्ष्य अर्थात् विश्व साम्राज्य जर्मनहरूको हो। उनले प्रशियाली राज्यको आधारमा जर्मन संवैधानिक राजतन्त्रको निर्माण गर्ने अनुमान गरेका थिए जुन बिस्मार्क र होहेन्जोलेर्नहरूको अधीनमा भएको थियो । र त्यसपछि अन्य तथ्याङ्कहरूसँग अन्तर्राष्ट्रिय सम्बन्धको प्रणालीमार्फत र सम्भवतः युद्धको तत्वज्ञानको माध्यमबाट जर्मनहरू चार ऐतिहासिक साम्राज्यहरूको श्रृंखलाको अन्त्यमा 'विश्व-ऐतिहासिक मानिसहरू' बन्ने नियतिमा छन् (जसको बारेमा हामीले पहिले नै चर्चा गरिसकेका छौं:पूर्वी, ग्रीक र रोमन)। जर्मनी र यसको आत्माको विश्व-ऐतिहासिक महत्व, विश्व इतिहासमा यसको भौगोलिक र मानवशास्त्रीय स्थानको यो विचार पछि बीसौं शताब्दीमा रूढिवादी क्रान्तिकारी आर्थर मोलर भान डेन ब्रुक र फ्रेडरिक हिल्स्चरद्वारा विकसित गरिएको थियो। तथापि दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको पराजयपछि यो सम्भावना कार्यसूचीबाट हटाइयो वा अनिश्चितकालका लागि स्थगित गरियो । सन् १९४५ पछि जर्मनहरू फेरि नागरिक समाजमा फ्याँकिएका थिए । मूलतः राजनीतिमा संलग्न हुने अधिकारबिना नागरिक समाजमा फ्याँकिएका थिए। तिनीहरूको मामलामा राज्यको कुनै पनि वीरतापूर्ण स्थापनाको प्रश्न उठ्न सक्दैन । यसको अर्थ यो हो कि जर्मनी विश्व-ऐतिहासिक अर्थको लागि संसारमा परमेश्वरको मार्गको लागि संघर्षको हेगेलियन क्षितिजबाट बाहिर निस्कियो।

पूँजीवादी विचारधारा, पुँजीवाद र नागरिक समाजप्रतिको कट्टरपन्थी समर्पणका कारण उदारवादी पश्चिमका देशहरूले पनि 'स्टाट' स्थापना गर्न र आत्मालाई मूर्त रूप दिनको लागि कुनै पूर्वशर्त राख्दैनन् भन्ने स्पष्ट छ।

तसर्थ विश्वव्यापी स्तरमा यो भूमिकाका लागि दावेदारहरूमध्ये हाल रूस र चीनलाई मात्र विचार गर्न सकिन्छ । यी देशहरूमा नागरिक समाजलाई पूर्णतया परास्त गर्ने इच्छाशक्ति नयाँ राज्य संस्था (स्टाट) को आवश्यकताको बारेमा जागरूकता साथै त्यसो गर्ने क्षमता र साहसको वर्गको आलोचनात्मक जनसमूहको उपस्थिति निर्णायक हुनेछ। समाज जनता बन्छ । बढ्दै गएको पूँजीवादी नियमहरू दैनिक चेतनाको संरचना सेनामा परिणत हुँदै रेजिमेन्ट (भोल्क) मा परिणत हुन्छ।

चिनियाँ समाजमा यसको वैचारिक समर्थन नैतिक राज्यको कन्फ्युसियस परम्परा र पुँजीवादलाई अस्वीकार गर्ने माओवाद हुन सक्छ। रूसमा क्याटेचेटिक साम्राज्यको तत्वज्ञान र सोभियत स्टालिनवादको एक निश्चित अनुभव एक ठोस गैर-बुर्जुवा र अनुदार राज्यको निर्माणमा एक महान व्यक्ति बन्नको लागि एक पूर्वशर्त मान्न सकिन्छ। जसले यसो गर्न सफल हुन्छ उसले सार्वभौमिक आत्मापोत बन्ने अद्वितीय ऐतिहासिक अवसर पाउँछ। रुसीहरूले जहिले पनि आफू संसारमा परमेश्वरको मार्ग भाग हो भनी संदिग्धनता प्रकट गर्ने गरेका छन्। यसैले रूसीहरूको विचारलाई 'भगवान-वाहक मानिसहरू' भनेर चिनिन्छ। अब यसलाई पूर्णरूपमा पहिचान गर्ने र तदनुसार कार्य गर्ने समय हो ।

१. जेम्स्की सोबोर जारवादी रूसमा सोह्रौं शताब्दीको उत्तरार्धदेखि सत्रौं शताब्दीसम्मको एउटा महत्त्वपूर्ण विचार-विमर्शात्मक सभा थियो । जुन संसदीय निकाय जस्तै थियो । यसमा विभिन्न सामाजिक वर्गका प्रतिनिधिहरू थिए । जसमा कुलीन, पादरी र व्यापारीहरू थिए । उनीलाई जारले कानून निर्माण, युद्ध, शान्ति र नयाँ जारहरूको चुनाव जस्ता महत्त्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा छलफल गर्न बोलाएको थियो। यसको सबैभन्दा उल्लेखनीय सत्र सन् १६१३ मा थियो । यस समयमा माइकल रोमानोभलाई चुनेर रोमानोभ राजवंश स्थापना गरिएको थियो । यद्यपि जारहरूले शक्ति केन्द्रीकृत गरेपछि सोबोरको प्रभाव घट्यो र अन्ततः अप्रचलित भयो।
अनुवादक: मोहनप्रसाद ज्ञवाली
[1] Gegel G.F.V. Filosofiya prava [Philosophy of Law]. Moscow, Azbuka Publ., 2023.

[2] Heidegger M. Seminare: Hegel – Schelling.  2011, Frankfurt am Main: Vittorio Klostermann, 2011.

[3] Gegel G.F.V. Filosofiya prava [Philosophy of Law]. § 258. p. 284

[4] Gumplowicz L.  Der Rassenkampf: Sociologische Untersuchungen. Innsbruck: Wagner'sche Univer-Buchhandlung^ 1883

[5] Gellner E. Nations and Nationalism. Mu: Progress, 1991.

[6] Gegel G.F.V. Filosofiya prava [Philosophy of Law]. § 258. P. 284.

[7] Gegel G.F.V. Filosofiya prava [Philosophy of Law]. § 325. P. 361.

[8] Dugin A.G. Etnoosotsiologiya [Ethnosociology]. Moscow, Akademicheskiy proekt Publ., 2011.

[9] Sombart V. Collected Works: V 3 t. - St. Petersburg: Vladimir Dal, 2005.

[10] Gegel G.F.V. Filosofiya prava [Philosophy of Law]. § 350. P. 373.

[11] Gentile J. Selected Philosophical Works. Krasnodar, KGUKiI Publ., 2008.

[12] Binder J. Der deutsche Volksstaat, Tübingen:  Mohr,  1934.

[13] Larenz K. Hegelianismus und preußische Staatsidee. Die Staatsphilosophie Joh. Ed. Erdmanns und das Hegelbild des 19. Jahrhunderts. Hamburg: Hanseatische Verlagsanstalt,  1940.

[14] Dulckeit G. Rechtsbegriff und Rechtsgestalt. Untersuchungen zu Hegels Philosophie des Rechts und ihrer Gegenwartsbedeutung. Berlin: Junker u. Dünnhaupt, 1936.

[15] Kojève A. Iz Vvedenie v prochteniya Gegelya [From the Introduction to the Reading of Hegel]. The End of History//Thanatography of Eros, St. Petersburg: Mithril, 1994.

[16] Fukuyama F. Konts' istorii i posledniy chelovek [The End of History and the Last Man]. Moscow: ACT; Polygraphizdat, 2010.

[17] Möller van den Broek A. Myth of the Eternal Empire and the Third Reich. Moscow, Veche Publ., 2009.

[18] Hilsher F. Derzhava. St. Petersburg: Vladimir Dal, 2023.