महान इजरायल र विजयी मसीहा

इजरायल र यहूदी समुदायलाई सम्भवतः समग्रमा हेर्ने विश्वव्यापी दृष्टिकोणमा गम्भीर परिवर्तन हुँदैछ। दोस्रो विश्वयुद्धका क्रममा हिटलरको शासनमा युरोपेली यहूदीहरूले भोगेको विपत्तिपश्चात् उनीहरूले विश्वव्यापी रूपमा सहानुभूति, करुणा, र गहिरो संवेदनाको भाव उत्पन्न गरे। यही नैतिक आधारले इजरायल राज्यको स्थापना सम्भव बनायो। यहूदीहरूले भोगेका दुःख र अत्याचारलाई जनाउने "होलोकास्ट" वा "शोआ" ले यो सार्वभौमिक सहमतिको जग बसायो। यति ठूलो पीडापछि यहूदीहरूले आफ्नै राज्य पाउनुपर्छ भन्ने कुरामा प्रश्न उठ्न सक्दैन। होलोकास्टको यो पवित्र मान्यता यहूदी पहिचान र नैतिक सम्पत्तिको मुख्य आधार बन्यो।

फ्रान्कफर्ट स्कूलका दार्शनिकहरूले घोषणा गरे: अबदेखि "आउस्विट्जबाट सोच्नुपर्छ।" यसको अर्थ थियो कि दर्शन, राजनीति, र नैतिकताले युरोपेली (मुख्यतः जर्मन)हरूले यहूदीहरूविरुद्ध गरेका अपराधहरूको मापनलाई ध्यानमा राख्नुपर्छ। पश्चिमी सभ्यता र समग्र मानवतालाई आत्मानुशोचन (आत्म-प्रायश्चित) गर्न आह्वान गरियो।

यो ढाँचा यहूदीहरूलाई पीडितको रूपमा चित्रण गर्ने छविमा आधारित थियो। जसले उनीहरूलाई एक पवित्र जातिका रूपमा उठायो। अरूलाई आफ्ना दोषका लागि पश्चाताप गर्न र कहिल्यै बिर्सन नदिने आग्रह गरिएको थियो। यहूदीहरूको पवित्र स्थिति वा होलोकस्टको दर्शनलाई परिवर्तन गर्ने प्रयास मात्र होइन, कुनै पनि प्रकारको यहूदी विरोधी भावनालाई कानूनी परिणामहरूको सामना गर्नुपर्थ्यो।

तर, इजरायलका प्यालेस्टिनी र छिमेकी मुस्लिम जनसंख्याप्रति बढ्दो कडा नीतिहरूले यो छविलाई क्रमशः कमजोर बनायो। विशेष गरी तिनीहरूका दृष्टिमा जसले युरोपेली नाजीहरूको अपराधको कुनै जिम्मेवारी वहन गरेका थिएनन्। यसको विपरीत, स्थानीय जनसंख्याप्रति जिओनिस्टहरूको उपेक्षापूर्ण दृष्टिकोणले प्रत्यक्ष विरोध र अन्ततः विरोध आन्दोलन (इन्टिफादा) निम्त्यायो।

इजरायलीहरू र प्रवासी यहूदीहरूको आत्म-धारणा पनि परिवर्तन हुन थालेको थियो। शक्ति, सामर्थ्य, र "ग्रेटर इजरायल" निर्माण गर्ने महत्वाकांक्षा प्रदर्शन गर्ने प्रवृत्ति बढ्दै गयो। सँगै, मसीहाको आगमनको निकट प्रतिक्षा, तेस्रो मन्दिर पुनर्निर्माणको योजना (जसले मुस्लिम पवित्र स्थल अल-अक्सा मस्जिदको विध्वंस गर्ने आवश्यकता पर्नेछ), इजरायलको भौगोलिक विस्तार “समुद्रदेखि समुद्रसम्म,” र फिलिस्तिनी समस्या समाधान (यहाँसम्म कि फिलिस्तिनीहरूको निर्वासन र नरसंहारको आह्वानसमेत) जस्ता मसीही अवधारणाहरू तीव्र भए। यी विचारहरूलाई बेन्जामिन नेतान्याहु र इटामार बेन-ग्भिर तथा बेजालेल स्मोत्रिचजस्ता मन्त्रीहरूले समर्थन गरे। यित्झाक शापिराको द किङ्स टोरा जस्ता कृतिहरूमा, र कूक, मेयर काहाने, र डोभ लिओरजस्ता रब्बीहरूका प्रवचनहरूमा खुलेर प्रस्तुत गरिएका थिए। रणनीतिक रूपमा, यी योजनाहरू १९८० दशकमै एरियल शेरोनका सल्लाहकार जनरल ओडेड यिनोनले लेखेको लेखमा उल्लेखित थिए। यिनोनको योजनाले सबै स्थापित अरब शासनहरूलाई, विशेष गरी राष्ट्रवादी बाथिस्ट विचारधाराका शासनहरूलाई, हटाउने, अरब विश्वलाई रक्तपातपूर्ण अराजकतामा डुबाउने, र ग्रेटर इजरायल स्थापना गर्ने प्रस्ताव राखेको थियो।

अरब वसन्तको एक दशकपछि, विशेष गरी अक्टोबर २०२३ मा हमासले इजरायलमाथि गरेको आतंकवादी आक्रमणपछि, यी योजनाहरू तीव्र गतिमा साकार भइरहेको देखिन्छ।

नेतान्याहुले गाजालाई तहसनहस बनाउँदै निर्दयतापूर्वक लाखौँ सर्वसाधारणको हत्या गरे। यसपछि लेबनानमाथि आक्रमण र हिजबुल्लाहको नेतृत्वको समाप्ति भयो। त्यसपछि इरानसँग मिसाइल आक्रमणहरूको आदानप्रदान भयो र युद्धको तयारी गर्दै इरानी परमाणु केन्द्रहरूमा आक्रमण गरियो। त्यसपश्चात् बाँकी गोलान हाइट्सको कब्जा र सिरियामाथि आक्रमण गरियो। एक महिना अगाडि, बेजालेल स्मोट्रिचले दमास्कसलाई इजरायलको हिस्सा बनाउने घोषणा गरे र बेन-ग्भिरले अल-अक्साको विध्वंसको खुला संकेत गरे। बशर अल-असदको पतनसँगै अन्तिम बाथवादी शासन ढलेको छ। जसले अरब विश्वलाई अराजकतामा धकेल्यो।

यहाँ मुख्य कुरा के छ भने, दक्षिणपन्थी जिओनिस्टहरूको नीतिहरूले होलोकस्टको अध्यायलाई प्रभावकारी रूपमा समाप्त गर्दैछन्। पीडितको नैतिक पुँजी पूरै समाप्त भएको छ। इजरायलले यसलाई आफ्नो शक्ति र उदयका लागि प्रयोग गर्‍यो। यसको वर्तमान शक्तिशाली र निर्दयी स्थान छ जसले पुरानो नियमको भव्यतालाई झल्काउँछ। यहूदीहरू अब दया गर्न लायक पात्र छैनन्। बरु, तिनीहरूलाई डराउने, घृणा गर्ने, इर्ष्या गर्ने, वा प्रशंसा गर्ने रूपमा हेरिन्छ। तर, जुनसुकै अवस्थामा पनि, तिनीहरूलाई शक्तिशाली र निर्दयी शक्ति रूपमा स्वीकारिएको छ।

यहूदीको पहिचानमा रूपान्तरण भएको छ।

अब अपमान र दुःखको प्रतीकको रूपमा होइन, यहूदीहरूलाई अब प्रभुत्व र विजयी सफलताको उदाहरणको रूपमा हेरिन्छ।

"अउसविट्जबाट सोच्ने" कुरा अब आवश्यक छैन। अहिले, "गाजाबाट सोच्न" आवश्यक छ।

यहूदी परम्परामा दुई प्रकारका मसीहाको भविष्यवाणी पाइन्छ; दुःख सहने मसीहा (मसीहा बेन योसेफ) र विजय प्राप्त गर्ने मसीहा (मसीहा बेन डेविड)। युरोपेली होलोकास्टपछि, पीडितको रूपमा बलिदान गरिएको दुःख सहने मसीहालाई विशेष महत्त्व दिइएको थियो। तर अहिले यो आधारभूत धारणा परिवर्तन हुँदैछ, र विजय प्राप्त गर्ने, आक्रमणकारी र विजयी मसीहा केन्द्रबिन्दुमा आउँदैछन्।

यो परिवर्तन सबभन्दा स्पष्ट रूपमा इजरायलमा देखिन्छ। तर यो परिवर्तन इजरायलमा मात्र सीमित छैन। विश्वभरका यहूदीहरूमा पनि मसीहाको स्वरूप परिवर्तन हुँदैछ।

यस सन्दर्भमा, डोनाल्ड ट्रम्प — जो दक्षिणपन्थी यहूदी राष्ट्रवादका प्रबल समर्थक र नेतन्याहूका निकट सहयोगी हुन्। ऊनी अब अमेरिकाको सत्तामा आउँछन्। उनको प्रशासनको ठूलो हिस्सा क्रिश्चियन यहूदी राष्ट्रवादीहरू छन्। जसले इजरायललाई अडिग समर्थन प्रदान गर्न तयार छन्। एक पटक फेरि, करुणाको राजधानी आक्रामकताको राजधानीमा रूपान्तरण भएको छ।

यो अत्यन्त महत्वपूर्ण छ। साथै यो झन् बढी महत्त्वपूर्ण बन्दै जानेछ।

तर, छिटो निष्कर्षमा पुग्नु, प्रतिक्रिया जनाउनु, वा निर्णय लिनुबाट जोगिनुपर्छ। पहिलो काम भनेको यो अवस्थालाई बुझ्नु हो, असंख्य तथ्य, घटना, र घटनाक्रमलाई एकीकृत र गैरविरोधाभासी कथामा बुन्नु हो।

सारांश:

अलेक्जेन्डर दुगिनले यहूदी पहिचानको रूपान्तरणलाई होलोकास्टका पीडितहरूबाट शक्तिशाली विजयकर्तामा परिणत भएको तर्क गर्छन्। जसलाई इजरायलको आक्रामक नीतिहरू र मसीही विजयवादतर्फको विश्वव्यापी सिफ्टले पहिचान दियको छ। यो होलोकास्ट केन्द्रित नैतिक पूँजीको समाप्ति र प्रभुत्व र डरको नयाँ युगको उदयलाई सङ्केत गर्दछ।

अनुवाद: मोहन ज्ञवाली