रूस, बेलारुस र इरान बीच सङ्घीय राज्य गठन : वर्तमान संकटलाई मुक्त गर्ने ऐतिहासिक रणनीतिक कदम
Primary tabs

अमेरिका र इरानबीचको द्वन्द्व चर्कँदै गएको तथ्य झन्-झन् स्पष्ट हुँदैगइरहेको छ। ट्रम्पले अमेरिकी परराष्ट्र नीतिका प्राथमिकताहरू परिवर्तन गरिरहेका छन्। अघिल्लो बाइडेन प्रशासनको वैश्वीकतावादी विचारधाराका समर्थकहरूका लागि प्राथमिकता युक्रेनमा रुससँगको युद्ध थियो। तर ट्रम्पका लागि इजरायलको महत्व अझ बढी छ। जसका कारण इजरायल र इरानबीचको द्वन्द्व केन्द्रमा आएको छ। अमेरिका क्रमशः यो युद्धमा तानिँदै गएको छ। जसले गर्दा वाशिंगटन र तेहरानबीचको तनाव तीव्र हुँदै गएको छ।
हाललाई यो कुरा एकअर्कालाई धम्की दिनलाई सीमित छ। विशेषतः ट्रम्पको तर्फबाट यो कार्य भइरहेको छ। उनले पहिले नै इरानमाथि बमबारी गर्ने र त्यस देशलाई सिधै नष्ट गर्ने धम्की दिइरहेका छन्। तर इरान न अफगानिस्तान हो, न त इराक। यो एक अत्यधिक एकीकृत समाज हो। इजरायलले जुन प्रत्यक्ष युद्ध चाहन्छ र जसतर्फ नेतन्याहुले ट्रम्पलाई उक्साइरहेका छन्। त्यस्तो युद्धको सुरुवात ट्रम्पका लागि घातक जाल बन्न सक्छ।
यो परिस्थितिले ट्रम्पको स्थिति (विशेष गरी उनका समर्थकहरूबीच) अचानक कमजोर बनाउन सक्छ। ट्रम्पको "अमेरिकालाई पुनः महान बनाउने" (MAGA) विचारका धेरै समर्थकहरूले उनलाई एक शान्तिप्रिय नेताको रूपमा समर्थन गरेका थिए। जसले आफ्ना मतदाताहरूलाई आक्रामक युद्धहरू अन्त्य गर्ने वाचा गरेका थिए। पक्कै पनि यी सबै समर्थकहरू होइनन्, तर मेरो विचारमा ट्रम्पका आधाभन्दा बढी मतदाताहरू यस्तो सोच राख्छन्। यदि उनले नयाँ आक्रामक युद्ध सुरु गरेभने जुन युद्ध सम्भवत: जित्न सकिँदैन। त्यसले उनलाई राजनीतिक आत्महत्या पुर्याउन सक्छ।
पक्कै पनि, अमेरिका ईरानमाथि गम्भीर र अत्यन्तै पीडादायी आक्रमण गर्न सक्छ। तर उनीहरूले यो युद्ध जित्न सक्ने छैनन्। यो लामो, जटिल र समाधानविहीन संघर्ष हुनेछ। यसै कारण, ट्रम्पको वरिपरि बाँकी रहेका नव–रूढिवादी र अमेरिकी–इजरायली पक्षधर शक्तिशाली प्रतिनिधिहरू उनलाई यो द्वन्द्वतर्फ धकेलिरहेका छन्।उनीहरूको उद्देश्य ट्रम्पको भित्री समर्थनलाई कमजोर पार्दै उनलाई राजनीतिक रूपमा समाप्त पार्नु हो। र यो स्थिति अत्यन्तै खतरनाक हुनेछ।
हालको समयमा तेहरानले शान्त र सन्तुलित तरिकाले आफ्नो प्रतिक्रिया जनाइरहेको छ। एकातिर उसले सार्वभौम राष्ट्रमाथि सैनिक दबाब दिने कार्य अस्वीकार्य रहेको स्पष्ट पारेको छ भने अर्कोतर्फ उसले अमेरिकालाई अनावश्यक रूपमा उत्तेजित नगरी परमाणु विषयमा वार्ताका लागि सहमति जनाइरहेको छ। यस्तो अवस्थामा सबैलाई यो थाहा छ कि इरानको प्रमुख क्षेत्रीय प्रतिद्वन्द्वी इजरायलसँग लामो समयदेखि नै परमाणु हतियार छन्। प्रश्न उठ्छ—ईरानसँग किन नहुनु? यो कुनै पनि रूपमा तर्कसंगत देखिँदैन।
यद्यपि इरानी अधिकारीहरूले वर्षौंदेखि आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गर्दै आएका छन्। इरानीहरूसँग आणविक हतियारसम्बन्धी केही धारणा अवश्य छन्। विशेषतः त्यस्तो अवस्था, जब उनीहरूमाथि आणविक आक्रामण गर्ने धम्की मध्यपूर्वी राष्ट्र इजरायलबाट दिइन्छ र जसलाई अमेरिकाले समर्थन गरिरहेको छ। यो अवस्थामा उनीहरूको आणविक हतियारसम्बन्धी धारण केहिहदसम्म उचित पनि हो।
यस्तो परिस्थितिमा इरानले कसमा भर गर्ने त? यदि पक्कै पनि इरानले बेलारुस जस्तै हाम्रो संघीय राज्यको मोडलमा रुससँग संयुक्त राज्य गठन गर्ने विचार स्वीकारेको भए धेरै कुरा समाधान हुनेथिए। तर, इरानी अधिकारीहरू त्यसका लागि अहिलेसम्म तयार छैनन्। यद्यपि सम्भवतः त्यो नै युद्ध टार्ने एकमात्र उपाय हुनसक्छ। जुनसुकै हालतमा पनि, यस्तो परिस्थितिमा अग्रगामी रूपमा कार्य गर्न आवश्यक छ। र जसले सुस्त र अग्रगामी रूपमा काम गर्दैन उसले हार्ने सम्भावना बढी हुन्छ।
त्यसैले, यदि म इरानको त्यस स्थानमा हुन्थें भने, म आफूमाथि मडारिएको खतरालाई अत्यन्त गम्भीरतापूर्वक लिने थिएँ। यो युद्ध सम्भाव्य मात्र होइन, यो त झन् छिट्टै भड्कन पनि सक्छ। त्यसैले यसका लागि रूस र इरानले हालै हस्ताक्षर गरेको रणनीतिक सम्झौता मात्र पर्याप्त छैन, बरु हाम्रो साझा संघीय राज्य निर्माणको अवधारणा आवश्यक छ। यही अवधारणा निर्णायक कदम बन्न सक्छ। अब समयमै पहलकदमी गर्न आवश्यक छ।
अनुवाद: मोहनप्रसाद ज्ञवाली