ट्रम्पले नाटो सैन्य शक्ति (युद्धका कुकुरहरू)लाई जंजिरबाट मुक्त गरे।
प्राथमिक टैब्स

कहिलेकाहीँ युद्ध केवल पराजयको मूल्यमा मात्र टार्न सकिन्छ। हामी अहिले ठीक त्यस्तै परिस्थितिमा छौं। यो अवस्था हामीले आफैंले सन् १९८० र १९९० को दशकमा गरेको आचरणमार्फत निम्त्याएका हौं। त्यतिबेला कुनै तीव्र (वा अतीव तीव्र नभएको) आवश्यकता नभएको स्थितिमा पनि हामी लडाइँ नगरी आत्मसमर्पण गर्यौं। त्यो पनि एकतर्फी रूपमा। आधुनिक रूसी राज्यसत्ताको मूल आधार यही अप्रशंसनीय यथार्थमा टेकेको छ।
सबैभन्दा भयानक कुरा यो हो कि हामीले यो असफलता, यो विपत्तिको उचित मूल्याङ्कन गरेनौँ। कसैलाई पनि दण्ड दिइएन। यदि कुनै निष्कर्ष निकालिएको भए पनि, तिनीहरू सार्वजनिक रूपमा अभिव्यक्त भएनन्।
हामीले पुनः नयाँ रूपमा रूसी राज्यको स्थापना गर्नैपर्छ। त्यो विजयको राज्यका रूपमा।
युद्ध झन् नजिकिँदै गएको छ। तथ्यहरूको संसारमा, यो धेरै समयदेखि पूर्ण रूपमा प्रज्वलित भइसकेको छ। तर समाजको मानसिक संसारमा, यो अझै खण्डित रूपमा देखिन्छ। कतै उपस्थित त कतै अनुपस्थित रुपमा।
तर, हामी एक नयाँ तनावपूर्ण चरणतर्फ अघि बढिरहेका छौं। हिजो च्यानल वान मा दिमित्री साइम्सले भने कि उनले उच्चस्तरीय अमेरिकी प्रशासनिक अधिकारी(जसको नाम उनले खुलाएनन्) बाट फोन प्राप्त गरेका थिए। सो अधिकारीले ट्रम्पको प्रत्यक्ष धम्कीपूर्ण वक्तव्यमा मस्कोले कसरी प्रतिक्रिया जनाएको भन्ने जिज्ञासा राखेका थिए। मस्कोले संयमता अपनाएको थियो। तर, हाम्रोविरुद्ध युद्धको घोषणा तथा आतंकवादी किभ शासनलाई हाम्रो भूभागमाथि आक्रमण गर्न प्रोत्साहन गरिएको कुरा, स्वाभाविक रूपमा, ध्यानमा राखिएको थियो। परिस्थिति यस्तो देखिन्छ कि ट्रम्पले पहिलो चरणमा युरोपेली नाटो समूहलाई हाम्रो विरुद्ध उचाल्नेछन्। यो समूह पहिले नै चिच्याइरहेको छ र बन्धनबाट मुक्त हुन हतारिएको छ।
त्यसपछि उनी स्वयंले परिस्थितिको प्रगतिअनुसार कससँग सम्झौता गर्नु उपयुक्त हुन्छ भन्ने निर्णय गर्नेछन्।
यो कुनै पनि दृष्टिले मैत्रीपूर्ण कदम होइन। हामीले यसलाई ठ्याक्कै त्यस्तै मौखिक आक्रमणको कार्यका रूपमा मूल्याङ्कन गर्छौँ। 'मागा' समर्थकहरू आक्रोशित छन् र यसलाई ट्रम्पका सिद्धान्तहरूको विश्वासघात तथा नव-रूढीवादी (डीप स्टेट) प्रभावको परिणामको रूपमा लिन्छन्।
हामीले बुझ्नुपर्छ कि युरोपसँगको युद्ध अत्यधिक सम्भाव्य छ। युद्धहरू त त्यतिबेला पनि हुन्छन्, जब कसैले पनि तिनको चाहना गरेको हुदैन। आज युरोपका नेताहरू स्पष्ट रूपमा युद्ध चाहन्छन् र त्यसलाई लुकाउँदैनन्। ट्रम्पको वक्तव्यले उनीहरूको हात खोलिदिएको छ।
निश्चय नै कुनै कुरामा ध्यान नदिई कोही शहरमा बसिरहन सक्छ वा पेत्रिआर्कको ताल वरिपरि निःशङ्क भएर हिंडिरहन सक्छ। तर युद्ध ढोकामै आएको छ — अझ ठ्याक्कै भन्नुपर्दा, यसले दलिन पार गरिसकेको छ।
अनुवाद: मोहनप्रसाद ज्ञवाली