"युक्रेनी जनताहरू बन्धक बनाइएका छन्": दुगिनद्वारा कीभो-पेचोर्स्का लाव्रा आक्रमणबारे एक प्रतिक्रिया
Primary tabs

किभो- पेचोर्स्का लाव्राको नजिकका गुफाहरूमा भएको आक्रमणले स्पष्ट रूपमा यो देखाउँछ कि किभमा स्थापित शैतानी शासन आफ्नो अन्तिम दिनहरू गन्दै छ। यो मृत्युसैयामा छट्पटीरहेको छ। त्यसैले, तिनीहरू सकेसम्म धेरै पवित्र स्थानहरू र संस्कृतिक केन्द्रमा अपमानपूर्ण आक्रमण गर्ने, साथै धेरै जनतामाथि दुष्टता लाद्न चाहन्छ। यही कारणले यी आक्रमणहरु भएका हुन् । यसमा आश्चर्य मान्नु पर्ने कुनै कारण छैन।
तर एउटा प्रश्न, किन युक्रेनी जनताहरू यस सत्ताको विरुद्ध विद्रोह गर्दैनन्? यो बुझ्न महत्त्वपूर्ण छ। तानाशाही व्यस्थामा बाँच्नु एक बिल्कुलै फरक अनुभव हो। हामीले यो अनुभव केही हदसम्म बिर्सिसकेका छौं। किनभने, यति कठोर तानाशाहीका स्वरूपहरू हामीले धेरै दशकदेखि देखेका छैनौं। सोभियत शासनका केही कालखण्डहरू बाहेक, हामीसँग यस्तो अनुभव छैन। त्यसैले निर्दयी हत्याराहरू, पूर्णतः निरर्थक आक्रामक तानाशाहहरू, जो क्रोधित, निर्दयी, पागल दुष्टहरूको सहारामा शासन गर्छन्। तिनीहरूको अधीनमा रहेका जनतालाई दोष दिनु अत्यन्त कठिन हुन्छ।
त्यसैले जब हामी सोध्छौं, किन युक्रेनीहरूले यो सत्तालाई अपदस्थ गर्दैनन्? तब हामी बुझ्न सक्दैनौं कि युक्रेनी समाज पूर्ण रूपमा पागलहरू, उन्मादीहरूद्वारा बन्धक बनाइएको छ। ती उन्मादीहरू केवल चेनसासँगमात्र सीमित छैनन्, बरु सम्पूर्ण दमन संयन्त्रसहित शसक्त छन्। उनीहरू आफ्नो भयानक अपराधहरू गर्दैछन् र जो कोही तिनीहरूको बाटोमा आउँछ तिनीहरूलाई तुरुन्तै नष्ट गर्ने धम्की दिँदैछन्।
त्यसैले, मेरो विचारमा युक्रेनीहरू प्रति अत्यन्त आलोचनात्मक हुनु उचित हुँदैन। जो आफ्नो देशमा सत्तासीन भई तिनलाई बन्धक बनाउने शैतानका दासहरू विरुद्ध विद्रोह गर्न तयार छैनन्। किनभने, यदि हामी त्यस्तै परिस्थितिमा परेका भए, हाम्रो आचरण कस्तो हुने थियो भन्न गाह्रो छ।
कीभो-पेचेरस्की लाव्राका नजिकका गुफाहरू कब्जा गर्ने कार्यको के अर्थ छ भन्ने कुरा विश्लेषण गर्दा यो स्पष्ट हुन्छ, आफ्नै ऐतिहासिक अस्तित्वका अन्तिम क्षणहरूमा कीभको शासनले ठूलो आघात पुर्याउने प्रयास गरिरहेको छ। आज, वास्तवमा, कसैले पनि युक्रेनको सार्वभौमिकतामा विश्वास राख्दैन। चाँडै नै, मानवताविरोधी नाजी विचारधारामा आधारित आतंककारी समूहहरूले कब्जा गरेको यस क्षेत्रलाई बाह्य व्यवस्थापन अन्तर्गत ल्याइनेछ।
यही कारण मेरो विचारमा, उनीहरू सकेसम्म धेरै हानी पुर्याउने प्रयास गरिरहेका छन्। जबसम्म यो तानाशाह, लागूऔषध दुर्व्यसनी र विकृत व्यक्ति सत्तामा छ यी कुरा भईरहन्छन्। अब धेरै समय बाँकी छैन। त्यसैले ऊ क्रोधित भइरहेको छ, ठीक त्यस्तै रूपमा, जसरी कुनै दुष्ट आत्मा क्रोधित हुन्छ।
अनुवाद: मोहनप्रसाद ज्ञवाली