जब प्रविधिले नै हत्याको सुरुवात गर्दछ!

लेबनानमा पेजर, रेडियो, फोनहरू र यहाँसम्म कि घरेलु उपकरणहरू समेत विस्फोट हुने अवस्थाका धेरै आयामहरू छन्। जसमा म यहाँ तीनवटा सबैभन्दा महत्त्वपूर्ण पक्षहरूमा ध्यान केन्द्रित गर्नेछु।
सबभन्दा पहिलो, जे भएको छ त्यो मात्र  इजरायलले गरेको सामूहिक आतंकवादको मामिला हो। इजरायलले गाजामा जे गरिरहेको छ, त्यस पछि, यस्तो लाग्न सक्छ कि अरू कुनै कुराले हामीलाई अब आश्चर्यचकित गर्न सक्दैन । तर होइन, हामी फेरि चकित भयौं। यो सामूहिक आतंकको कार्य मात्र हिजबुल्लाह विरुद्ध थिएन, समग्रमा लेबननी जनताविरुद्ध लक्षित गरिएको थियो। हजारौं पेजर, रेडियो र फोनहरू, जून प्रविधिमा बच्चाहरूको पनि पहुँच थियो, त्यहाँ पनि विस्फोट भयो।

अब, इजरायललाई एक आतंकवादी राज्य रूपमा बाहेक अरू भन्न गाह्रो छ। त्यस्तै, अमेरिकालाई र त्यहाँको डेमोक्र्याटिक शक्तिलाई पनि भन्नुपर्छ, जसले इजरायलको आतंकवादी क्रियाकलापलाई पूर्ण समर्थन गर्छन्। यो स्पष्ट सङ्केत हो कि जो अहिले पनि बुझ्दैनन्, जहाँ हत्यारा र पागलहरूले नियन्त्रित वैश्विक अधिनायकवादी शक्तिको युगमा बाँचिरहेका छौं। यी मानिसहरू मानव-विरोधी विचारधारा बोकेका छन्। एक थप टिप्पणीका रूपमा, यस विचारधाराका प्रतिपादक मध्ये एक स्रष्टा, इजरायली दार्शनिक युभल हरारीले खुला रूपमै घोषणा गरेका छन्;

"सत्ता कृत्रिम बुद्धिमत्तामा हस्तान्तरण गरिनुपर्छ, प्रविधिले संसारलाई शासित गर्नुपर्छ, र त्यसैअनुसार मानवता विनाश गरिनुपर्छ।"

यो कुनै संयोग मात्रै होइन कि इजरायल र युक्रेन, दुई आतंककारी राष्ट्रहरूलाई मुख्य आतंककारी राष्ट्र संयुक्त राज्य अमेरिकाले संरक्षण र समर्थन गर्दछ।

दोस्रो अत्यन्त महत्त्वपूर्ण पक्ष प्रविधि हो। जब हामी प्रविधिको विकास र डिजिटलिकरण भएकोमा खुसी हुन्छौं, तर हामी अर्को पाटोबारे सोच्दैनौं: कि प्रविधि हत्या गर्न सक्ने उपकरण बन्न सक्छ, यसले हामीलाई दास बनाउन सक्छ, र हामीलाई यसमा व्यावहारिक रूपमा नै लत लाग्न सक्छ। प्रविधिl हाम्रो जासुसी गर्न, नियन्त्रण गर्न प्रयोग हुन सक्छ। साथै यदि प्रविधिका मालिकहरूलाईहामी प्रति केही चित्त बुझेन भने, त्यस प्रविधिलाई हामीलाई नष्ट गर्न प्रयोग गर्न सक्दछ।

लेबनानमा वितरण गरिएका यति ठूलो संख्यामा रहेका उपकरणहरू कसरी एकसाथ विस्फोट भए भन्ने विषय अझै अनुसन्धान भइरहेको छ। एउटा अनुमानले कुनै पनि विस्फोटक पदार्थ प्रयोग गरिएको थिएन — उपकरणहरूलाई टाढाबाट कुनै निश्चित सङ्केतहरूको माध्यमबाट विस्फोट गराइएको थियो।

प्रविधिले मार्छ। यो एक अत्यन्त महत्वपूर्ण बुँदा हो। हामी अनियन्त्रित रूपमा डिजिटलाइजेसनमा प्रवेश गर्छौं, कृत्रिम बुद्धिमत्तामा निश्चिन्त भएर विश्वास गर्छौं। जबकि सामान्य इलेक्ट्रोनिक उपकरणहरू पनि हत्या गर्ने साधन बन्न सक्छन्। यसप्रति हामी पूर्ण रूपमा निरिह छौं।

यदि अझैसम्म पनि हामीले साधारण प्रविधिको अँध्यारो पक्षसँग सामना गरेका छैनौं भने, हामीले कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को बारेमा के भन्न सक्छौं? जसलाई हामी निसंकोचरूपमा हाम्रो जीवनमा समावेश गर्दैछौं। जब कसैले प्रविधिको अँध्यारो वा भित्री गुदि पक्षको बारेमा चर्चा  गर्छ, कसैले सुन्दैन। तर अब, यो अँध्यारो पक्षले आफूलाई प्रकट गरिसकेको छ। साथै यो त केवल सुरुवात हो। प्रविधि जति अगाडि बढ्दै जान्छ — कृत्रिम बुद्धिमत्ता र न्यूरल नेटवर्कहरू समेत — यसले मानवजातिमा उत्पन्न गर्ने खतराहरू र घातक धम्कीहरू त्यति नै धेरै हुन्छन्।

अन्त्यमा, तेस्रो बुँदा पनि प्राविधिक हो। दुश्मनका ड्रोनहरूले आक्रमण गरेपछि र तोरोपेट्सको सैनिक गोदाममा विस्फोट भएकोपछि, धेरै टेलिग्राम च्यानलहरूले यस गोदामको गूगल म्याप प्रकाशित गरे, जहाँ यसको सबै समन्वयहरू स्पष्ट रूपमा देख्न सकिन्थ्यो। यो गोप्य जानकारी होइन; यो त गूगलको नक्शा मात्र हो।

हामीले आफैं गूगललाई भित्र आउन दिएर सोचेका थियौं, "उनीहरूले हामीलाई नक्सामा देखून्, ताकि हिप्स्टरहरू नजिकैको आरामदायी क्याफे सजिलै भेटून्।" र गूगलले हाम्रा सबै सैन्य स्थानहरू ट्र्याक गरेर कीभका आतंककारीहरूलाई सुम्पियो। हामीले आफैंले हाम्रो खोज इन्जिन यान्डेक्स बनाउन पनि नोसिक र भोलोज नामका यहुदीहरूसमक्ष सुम्पियौं। पछिल्लो व्यक्ति, ठूलो संख्यामा आईटी विशेषज्ञहरूसँगै, महत्वपूर्ण समयमा रूसबाट भागे र सम्भवतः हाम्रो प्रणालीका कुञ्जीहरू र कोडहरू हाम्रा दुश्मनहरूलाई सुम्पिए।

अर्को शब्दमा भन्नुपर्दा, हामीले स्याललाई कुखुराको खोरभित्र छिर्न दिइरहेका छौं, ट्रोजन घोडालाई हाम्रो शहरमा अनुमति दिइरहेका छौं। के हामीले इलियडबाट केही सिकेका छैनौं? जसरी भनिएको छ, "उपहार ल्याउने ग्रीकहरूबाट सावधान रहो।"

प्रत्येक रूसी स्कूली विद्यार्थीले कुनै समय यो सूत्र जान्दथ्यो। अहिले, हामीमध्ये धेरैलाई होमर को हुन् वा ट्रोजन घोडा — त्यो "ग्रीक उपहार" — वास्तवमा के थियो भन्ने कुरा पनि थाहा छैन।
अब, ट्रोजन घोडा, यो ग्रीक उपहारको खतरा सामना गर्दा, हामी पूर्ण रूपमा असहाय छौं किनभने हामीले हाम्रो सबैभन्दा आधारभूत सांस्कृतिक चेतनाहरु गुमाएका छौं: बाहिरबाट आउनेहरूप्रति शंका गर्नु। आदिवासीहरू जस्तै, जङ्गलीहरू जस्तै, जब तिनीहरूले हामीलाई नयाँ प्राविधिक उपकरणहरू ल्याउँछन्, हामी चकित हुँदै हेरिरहेका हुन्छौं, यसबारे विचार नगर्नु वा ध्यान नदिनु  यो हाम्रो समाजको पतनको सङ्केत हो।

सौभाग्यले ती पेजर, रेडियो, र फोनहरू लेबनानमा विस्फोटित भए तर रूसमा भयनन। तर, यो वर्तमानको लागि मात्र हो, भोलिको लागि होइन। हामी प्रविधिहरूको नक्कल र समायोजनमा गर्व गर्न जारी छौं, पूर्ण रूपमा यी उच्च-प्रविधि उपकरणहरूको आपूर्तिकर्ताहरूमा निर्भर गर्दै, जुन हामी आफैं उत्पादन गर्न सक्दैनौं। जसको परिणाम हामीलाई थाहा छैन, कि यी उपकरणहरूमा के छ?  वा तिनीहरूको निर्माण प्रक्रिया (घटकहरू) के के हुन्?

लेबनानमा भएको घटनाले "अन्तिम चेतावनी" दिएको छ। डिजिटलाइजेसनका समर्थकहरूले हाम्रो नेताहरूको मनमा चम्किला, आशावादी प्रस्तुतीकरणहरूसँग हिप्नोटाइज गरेर, यो सबै प्रविधिगत प्रगतिको कुरा हो भनेर गैर-जिम्मेवार दावी गर्ने नाइभ आशावादलाई रोक्न आवश्यक छ।

लेबनानमा भएको घटनापछि, हामीले यस सबैलाई अत्यन्त सावधानीका साथ ग्रहण गर्नुपर्छ र कुनै पनि प्रविधिक नवाचारहरूलाई मात्र गहिरो सुरक्षा समीक्षापछि स्वीकृति दिनुपर्छ, हाम्रो रूसी संप्रभुताको सन्दर्भमा समेत।

सार:

अलेक्जेन्डर डुगिनले तर्क गर्छन् कि इजरायलद्वारा निर्देशित लेबनानमा प्राविधिक विस्फोटहरू समावेश भएको सामूहिक आतंकले अनियन्त्रित डिजिटलाइजेशन र कृत्रिम बुद्धि (AI) को खतरालाई उजागर गर्दछन्, उनी चेतावनी दिँदै भन्छन्; रुसले पनि यस्तै खतराहरूको सामना गर्नु पर्ने हुन सक्छ । किनकि प्रविधिले मानवतामा बढ्दो तवरले जोखिम निम्त्याउँछ ।।

अनुवादक: मोहनप्रसाद ज्ञवाली