ट्रम्पको विजय: एक वैश्विक परम्परावादी क्रान्ति
Primary tabs
अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पको विजय विश्वव्यापी महत्वको ऐतिहासिक घटना हो। जसलाई १९१७ वा १९४५ का घटनाहरूको तुलनामा राख्न सकिन्छ। यसले विश्व व्यवस्थामा एउटा मौलिक परिवर्तनको सुरुवातलाई प्रतीत गर्छ। जसमा गहिरो विश्लेषण र व्याख्याको आवश्यकता छ। हो, रूसमा धेरैले यी चुनावको महत्त्वलाई सानो देखाउने प्रयास गरे। यद्यपि, यो "नजर नलागोस्" भनेर गरिएको थियो। किनकि रुसका मानिसहरू आफ्ना शब्दप्रति सचेत हुन्छन् र सोचिएका सबै कुरा नभन्न नै मन पराउँछन्। कहिलेकाहीँ त उनीहरू यसलाई लुकाउन निकै प्रयाससमेत गर्छन्।
"पुटिन जस्तो कोही"
हामी ट्रम्पको विजयको प्रतीक्षा गरिरहेका थियौं। त्यसको आशा गर्दै थियौं, यद्यपि हामीले यसलाई प्राय: खुलेर स्वीकृति दिएका थिएनौं। यसको विपरीत, हामीले हाम्रो अपेक्षाहरूलाई विभिन्न तरिकामा लुकाएका थियौं। जसमा ट्रम्पलाई नै नोक्सान नहोस् भन्ने प्रयास पनि समावेश थियो।
म विश्वास गर्छु, यसले हाम्रो राष्ट्रपतिको ह्यारिसलाई समर्थन गर्ने भनाइले पनि स्पष्ट पार्छ। उनले "कसैले दियो नकटोस् वा कसैको नजर नलागोस" भन्दै सम्भावित असफलता टार्नका लागि विपरीत कुरा भने । यसले हाम्रो लागि पश्चिम, अमेरिका र विश्वको शक्ति सन्तुलनमा नयाँ दृष्टिकोण र परिवर्तनको सम्भावना दिने उम्मेदवारलाई खुला रूपमा उजागर नगर्न समेत मद्दत गर्यो।
ट्रम्प मात्र रिपब्लिकन पार्टीका उम्मेदवार होइनन् (र उनी अमेरिका, रिपब्लिकनहरूको लागि, वा विश्व राजनीति को लागि सामान्य उम्मेदवारबाट धेरै टाढा छन्)। ट्रम्प एउटा विश्वव्यापी क्रान्ति हुन्। एक रुढीबादी वा परम्परावादी क्रान्ति। तथ्य यो छ कि उनले एकपटक सत्तामा पुग्न सफल भए, त्यसपछि बाइडेनको राष्ट्रपतिकालमा सबै आघातहरूलाई सामना गर्न सके, र अहिले फेरि राष्ट्रपतिको चुनावमा विजयी भएर फेरी आए। यो कुनै संयोग होइन भन्ने प्रमाणित गर्छ। अब, कसैले पनि यसलाई "प्रणालीको गल्ती मात्र हो" भनेर अस्वीकार गर्न सक्दैन। होइन, यो एक प्रवृत्ति हो, एक आधारभूत रेखा हो।
ट्रम्पले आफ्नो उपराष्ट्रपतिका रूपमा जे. डी. भान्सलाई छनोट गरेर यस प्रवृत्तिलाई थप बलियो बनाएका छन्। अमेरिकी राजनीतिमा यो स्तरमा कुनै व्यक्तिले खुलेआम आफूलाई "उत्तर-उदारवादी दक्षिणपन्थ" को अनुयायी भनेर घोषणा गरेको यो पहिलो पटक हो। भान्सको यो भनाइभन्दा महत्त्वपूर्ण अरू केही छैन। "उत्तर-उदारवादी दक्षिणपन्थ" भनेको वास्तविक दक्षिणपन्थ हो, जसले परम्परागत मूल्यहरूको समर्थन गर्छ, ठूला पुँजीको होइन। यी दक्षिणपन्थीहरू गहिरो रूपमा परम्परावादी दक्षिणपन्थ हुन्, जसलाई "अ-उदारवादी" दक्षिणपन्थ वा भान्सकै शब्दमा "उत्तर-उदारवादी" भनिन्छ। ट्रम्प भान्ससँगै विजयी हुनु, जो युवा र परम्परावादी क्रान्तिका लागि वैचारिक रूपमा प्रतिबद्ध छन्, यस प्रवृत्ति दीर्घकालसम्म कायम रहने सङ्केत हो।
घटनाहरू संयोग मात्र होइनन्, विशेष गरी जब ट्रम्पलाई वर्षौंसम्म जेलमा राखिएन, मारेन, वा नष्ट गरिएन — यद्यपि उनलाई आठ वर्षसम्म लोकतान्त्रिक उग्रपन्थीहरूले लगातार रूपमा "फासिस्ट" र "पुटिनवादी" भनेर आरोप लगाए। आज, हामी आत्मविश्वासका साथ भन्न सक्छौं कि "पुटिनवाद" संयुक्त राज्य अमेरिका मा विजयी भएको छ। अमेरिकाले भोट गर्यो… "हामी पुटिनजस्तै कसैलाई चाहन्छौं।"
चमत्कारको आशा नगर्नुहोस्, तर किभ कब्जा गर्नैपर्छ
रूसले ट्रम्प र उनको नयाँ प्रशासनबाट चमत्कारको आशा गर्नु हुँदैन। हामीले युक्रेनमा युद्ध जित्नैपर्छ। त्यस पूर्व देशको सम्पूर्ण भूभागलाई नाजी शासनबाट मुक्त गर्नुपर्छ। ट्रम्पको विजय वा अरू कुनै कारणले गर्दा यो महत्वपूर्ण कार्य अपरिवर्तित रहन्छ। जस्तै प्राचीन रोमन कौंसुल काटो द एल्डरले भनेका थिए, "कार्थेज नष्ट गरिनुपर्छ"; हाम्रो मामलामा: "किभ कब्जा गर्नैपर्छ।" हाम्रो सेनाले लभिभसम्म पुग्नुपर्छ र युक्रेनको सम्पूर्ण पूर्व भूभागलाई नाजी शासनबाट मुक्त गर्नुपर्छ।
अवश्य पनि, ट्रम्पले हामीलाई प्रस्ताव गर्ने सर्तहरू पनि निकै महत्त्वपूर्ण छन्। तर, यो अझै पनि हाम्रो दोस्रो प्राथमिकताको विषय हो। जसले हाम्रो विजयतर्फको थप प्रगति कसरी औपचारिक रूपमा अघि बढाउँछ भन्ने कुरा समेट्छ। यहाँ, हामीलाई सूक्ष्म रूपमा, चतुर र बुद्धिमानीपूर्वक काम गर्नु आवश्यक छ। यसका साथै, विजयलाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरा बुझ्नुपर्छ।
हामीले ट्रम्पलाई कीभमा कसरी हेरिएको छ भन्ने कुरामा पनि ध्यान आवश्यक छ। आखिर, ट्रम्पका छोरा डोनाल्ड जुनियर, साथै भान्से, एलन मस्क, र विशेषगरी टकर कार्लसन — ट्रम्पलाई समर्थन गर्ने केही प्रमुख व्यक्तित्वहरू — खुलेआम युक्रेनी नाजी शासनलाई घृणा गर्छन्। उनीहरूले उचित रूपमा यो विश्वास गर्छन् कि जेलेन्स्की र उनको जुन्डा पूर्ण रूपमा डेमोक्र्याटिक प्रशासनद्वारा सिर्जना गरिएका थिए। र उनीहरू पछाडि उभिएका वैश्विकतावादी हुन् । जसले पश्चिम र अमेरिका दुवैलाई युक्रेनमा असफल दुस्साहसपुर्ण कार्यमा हेलिदियका थिय।
र किभ पनि त्यसैगरी जवाफ दिन्छ।
किभले तिनीहरूलाई त्यस्तै तरिकामा जवाफ दिन्छ। उल्लिखित धेरै व्यक्तिहरू “मायरोत्वोरेत्स” डाटाबेसमा सूचीबद्ध छन्। जुन रूसमा प्रतिबन्धित छ। जहाँ किभका नाजीहरूले आफ्नो दुश्मनहरूको बारेमा जानकारी प्रकाशित गर्दै शारीरिक रूपले उन्मूलनको लागि आतंकवादी विधिहरूसँग आह्वान गर्न रमाउँछन्। डोनाल्ड ट्रम्प ज्युनियर र टकर कार्लसन पहिले नै त्यहाँ सूचीबद्ध छन्। यसको मतलब किभको नाजी शासनको दृष्टिकोणबाट, ट्रम्पको भविष्यको प्रशासनको एक महत्वपूर्ण भाग उन्मूलनको लागि लक्षित छ।
म विश्वास गर्छु कि सबै कुरा चाँडै समाप्त हुनेछ। होइन, यो कीवको लागि समर्थनको पूर्ण रुपमा निष्कासन हुने छैन। सम्भव छैन कि ट्रम्प तुरुन्तै सबै कुरा रोक्नेछन् र रूसीलाई यो फोहोरलाई जसरी चहानुहुन्छ त्यसरी नै समाप्त गर्नुहोस् भन्नेछन्। तर, जो रिपब्लिकनहरू सत्तामा आउनेछन्, तिनीहरूले युक्रेनी युद्धलाई कम्तीमा अस्थायी रूपमा — र सायद स्थायी रूपमा — बिर्सनेछन्। तिनीहरूले भन्नेछन्, "हामीसँग घरमा अन्य, धेरै महत्त्वपूर्ण मुद्दाहरू छन्: अमेरिकन समाजको विघटन, शासक वर्गको अवमूल्यन, व्याप्त भ्रष्टाचार, र परम्परागत अमेरिकी मान्यताहरूको आक्रमण।"
यसै बीच, ट्रम्पले सम्भवत: नेतन्याहू र मिडल इस्टमा उनका आक्रामक क्रियाकलापहरूको समर्थन गर्न जारी राख्नेछन्। जुन त्यहाँका अरब जनसंख्याका लागि दुर्भाग्यपूर्ण छ। अमेरिकाले चीनसँगको व्यापार युद्धलाई अझ तीव्र बनाउनेछ र दक्षिण कोरियालाई उत्तर कोरियासँगको टकरावमा थप सक्रिय रूपमा समर्थन गर्न सक्छ। त्यसैले, ट्रम्पको जितले सबै समस्याहरूको समाधान हुने कुरा होइन। तर, यो स्पष्ट छ कि उनले युक्रेन द्वन्द्वमा ध्यान केन्द्रित गर्न बन्द गर्नेछन्, केवल आधारभूत व्यवहारिक विचारका कारण, किनकि यसले अमेरिका वा ट्रम्प स्वयंलाई कुनै लाभ दिँदैन।
ट्रम्पले स्पष्ट रूपमा अहिलेसम्मका घटेका सबै घटना र त्यसको दोष बाइडनमाथि लगाउनेछन्। यो सम्भव छ कि बाइडन, क्यामला ह्यारिस, र युक्रेनमा रगतको नाङ्गो नरसंहारको लागि उक्साउने तिनीहरूको सम्पूर्ण गिरोहलाई अदालती कारवाहीमा समातिनेछ। या त उनीहरूलाई बचाइनेछ। तर त्यो अर्को कुरा हो। ट्रम्प र भ्यान्सको अधीनमा, युक्रेन ह्वाइटहाउसको नीति अनुसार लगभग पन्ध्रौं प्राथमिकतामा पुग्नेछ। यसले हामीलाई एक अवसर दिन्छ जुन हामीले समात्नुपर्छ।
सङ्कल्पनात्मक रूपमा, ट्रम्पले मस्कोलाई तुरुन्त विशेष सैन्य अपरेशन रोक्नका लागि कडा अल्टिमेटम दिन सक्छ। तर यो सम्भावना कम छ, किनकि एक यथार्थवादी र व्यावहारिक व्यक्ति भएर उनीलाई राम्रोसँग थाहा छ कि पुटिनले यो पालना गर्ने छैनन्। अनि त्यसपछि के हुनेछ? उनले युद्ध रोक्ने वचन दिएका थिए, तर उनले त्यो पुरा गरेनन्। त्यसैले हाम्रो जितसम्म यस्ता वचनहरूलाई बिर्सनु राम्रो हुनेछ।
ट्रम्प "उन्मत्त कीव शासनका दानवहरू" लाई बाहिर निकाल्नमा ध्यान केन्द्रित हुने छैनन्। हामीले आफैं यस वास्तविक नाजीवादसँग लड्नु पर्छ। यो हाम्रो जिम्मेवारी, हाम्रो भाग्य, हाम्रो परिक्षा र हाम्रो दुःख हो। यसलाई हामी आफैं समाधान गर्नुपर्छ। संसारको सन्दर्भमा, ट्रम्पको शक्ति सम्हाल्नु भनेको विश्वयुद्ध, आणविक सर्वनाशबाट बच्ने मात्र उपाय हो, र पश्चिमी प्रभुत्वसँग प्रत्यक्ष संघर्ष नगरी बहुध्रुवीय विश्व निर्माणको दिशा तर्फ अघि बढ्नु हो। ट्रम्पसँग अमेरिकालाई पुनः महान बनाउनको लागि आफ्नै दृष्टिकोण छ — यो विश्वव्यापिकरण, लोकतान्त्रिक साम्राज्यवाद, वा सबै जनतालाई एउटै मोडेल थोपर्नु मात्र होइन। जसलाई उदारवादी र लोकतान्त्रिकहरूले पहिले नै अमेरिकन समाजमा लागू गर्न चाहेका थिए।
"डिप स्टेट" मा विभाजन
ट्रम्पले जित्न सक्थेनन्, वा ठीक भन्दा भन्नुपर्दा, कोही पनि उनका विजयलाई स्वीकृत गर्न सक्दैनथे। यदि अमेरिकाको "डिप स्टेट" भित्र विभाजन हुन्थेन भने। चुनावको अघिल्लो साँझ, यस विभाजन बारे मेरो लेख प्रख्यात अमेरिकी सञ्जाल म्यागजिन "म्यान्स वर्ल्ड" मा प्रकाशित भएको थियो। मैले चर्चा गरें कि कसरी विश्वव्यापीवादीहरुको "प्लान ए", जसलाई सबै अघिल्लो डेमोक्रेटिक र रिपब्लिकन उम्मेदवारहरूले पछ्याए र मृत अन्तमा पुगेका छन् ।
अब, ट्रम्पसँग "प्लान बी" कार्यान्वयन गर्ने एक विशिष्ट अवसर छ। जुन एक उचित बहुपक्षीय विश्व व्यवस्थासँग सम्बन्धित छ। काजानमा हालै सम्पन्न सफल ब्रिक्स सम्मेलन केवल एक उत्कृष्ट इशारा मात्र होइन, अमेरिकाको चुनावमा एक प्रभावकारी हस्तक्षेप पनि थियो। ट्रम्पले "डीप स्टेट" बाट अमेरिकाको वैश्विक नेतृत्व कायम राख्नका लागि वैकल्पिक रणनीति प्रयास गर्नको लागि शुन्य चेक प्राप्त गरेका छन्। जसमा बहुपक्षीय विश्वसँग प्रत्यक्ष टक्कर समावेश छैन।
ट्रम्प न त एक उदारवादी हुन् न त एक वैश्वीकतावादी; उनी आजको वैश्विक पश्चिमद्वारा पछ्याइने प्रवृत्तिको विरोधमा छन्: LGBT+, पोस्ट-ह्युमानिज्म, नैतिकताको अभाव, र पूर्ण पतन। यस पोस्ट-ह्युमानिस्ट, पोस्ट-लिङ्गीय वास्तविकतामा लगानी गरिएका शक्तिशाली वैचारिक, आर्थिक, वित्तीय, र सांस्कृतिक केन्द्रहरू छन्। बर्नार्ड-हेनरी लेवी, युवाल हरारी, क्लाउस श्वाब जस्ता व्यक्तिहरू, र केवल अमेरिकी डेमोक्र्याटहरू मात्र होइन, अपितु सबै देशका वैश्वीकतावादी उदारवादी एलिट पनि यसलाई अघि बढाइरहेका छन्। यो संयोग होइन कि युवाल हरारीले भनेका थिए कि ट्रम्पको विजयले “सबैको अन्त्य” हुने कुरा जनाउँछ। उदारवादीहरूको लागि, यो एक वैश्विक विपत्ति हुनेछ, किनकि उनीहरू यसलाई विकासको एकमात्र मार्गको रूपमा हेर्दछन्। र यो विपत्ति पहिले नै सुरू भइसकेको छ — शैतानी मार्ग पछ्याउनेहरूको लागि विनाश।
यसको अर्थ के हुन्छ?
यी परिस्थितिहरूमा, हामीले आफूलाई नबिर्सनु, हाम्रो सार्वभौमिकता सुदृढ पार्नु र विश्वव्यापी उदारवादी विकासका समर्थकहरूको “छैठौं स्तम्भ”लाई निर्णायक रूपमा समाप्त गर्नु महत्त्वपूर्ण छ। हामीले हाम्रा मूल्यहरूको रक्षा गर्न र सभ्यतागत राज्यहरूको सार्वभौमिकतामा आधारित बहुध्रुवीय संसार निर्माण गर्नका लागि हाम्रो प्रयासलाई दिगो बनाउनु पर्छ।
रुसले आफूलाई ढिलो वा चाँडो,एक पोलको रूपमा दृढ रूपमा स्थापित गर्न आवश्यक छ। र त्यसपछि, यथार्थवादी ट्रम्पसँग यसलाई स्वीकृति दिनु बाहेक कुनै विकल्प हुनेछैन। यो हाम्रो विजय हुनेछ र हाम्रो भविष्यको ग्यारेन्टी साथै एक चुनौतीपूर्ण तर सार्वभौमिक रुसको भविष्य।
सारांश: अलेक्जेन्डर दुगिनले तर्क गरेका छन् कि डोनाल्ड ट्रम्पको राष्ट्रपतिका रुपमा जितले विश्वव्यापी व्यवस्था मा एक भूकम्पीय परिवर्तनको संकेत गर्दछ। जसले लिबरल वैश्विकतासँग संघर्ष गर्ने एक सञ्जाल क्रान्तिको संकेत गर्दछ। अमेरिकाले युक्रेनको संघर्षलाई आफ्नो प्राथमिकता घटाउँछ, र बहुध्रुवीय संसारको प्रवर्द्धन गर्दछ।
अनुवाद: मोहनप्रसाद ज्ञवाली