२४ अक्टोबर २०२४ मा जो बाइडेनले लामो शीर्षकसहितको एक ज्ञापनपत्रमा हस्ताक्षर गरे त्यसमा: "…अमेरिकाले कृत्रिम बौद्धिकता (AI) मा नेतृत्वको प्रवर्द्धन गर्ने, राष्ट्रिय सुरक्षाका उद्देश्यहरू पुरा गर्न कृत्रिम बौद्धिकतालाई प्रयोग गर्ने, साथै कृत्रिम बौद्धिकताको सुरक्षालाई प्रोत्साहित गर्ने।"
अलेक्जेन्डर दुगिनले दाबी गर्छन् कि युक्रेनलाई आफ्नो प्रभाव क्षेत्रमा पूर्ण रूपमा एकीकृत गर्ने रूसको अडान विस्तारवादी महत्वाकांक्षा भन्दा पनि अस्तित्वगत आवश्यकता हो। यो एउटा भू-राजनीतिक अपरिहार्यता भएकोले, यो कुरा पश्चिमी नेताहरू, जस्तै डोनाल्ड ट्रम्पलाई स्पष्ट रूपमा बुझाउनु आवश्यक छ। अन्यथा गम्भीर भ्रमपुर्ण बुझाईको कारण विनाशकारी परिणाम निम्तिन सक्छ।
आज भ्लादिमिर पुटिनको भलदाय क्लबको बैठकमा गरेको भाषणलाई सगाैरव भन्न सकिन्छ कि याे एक इतिहासकै महत्वपूर्ण घटनाको रूपमा लिन सकिन्छ। कुनै समयमा, चर्चिलको फुल्टन भाषणले शीतयुद्धको सुरुवात गर्यो र इतिहासमा एउटा घटनाका रूपमा चिनियो। उनले त्यहाँ एक राष्ट्रको नेताले मानवताको भविष्यको बारेमा वर्णन गरेका थिए। तर त्यो भविष्य द्वन्द्व, कडा प्रतिस्पर्धा र दुई विचारधारात्मक शिविरहरूको टकरावको भविष्य थियो। आज हाम्रो राष्ट्रपतिले भने एउटा बिल्कुलै फरक भविष्यको वर्णन गरेका छन्। उनले नयाँ विश्व व्यवस्थाको संरचना, वा उनकै शब्दमा भन्नुपर्दा, नयाँ सृष्टि वर्णन गरे। जसलाई सिङ्गो मानवजातिले निर्माण गर्नुपर्ने छ। र यस सृष्टिका प्रमुख मापदण्डहरूको सूची तयार गर्नुपर्नेछ ।
भू-राजनीतिले अमेरिकाको हालैको राष्ट्रपतिको चुनावमा मुख्य भूमिका खेल्यो। डोनाल्ड ट्रम्प र कमला ह्यारिसले केवल एकअर्काले देशको सामाजिक-आर्थिक संगठनको दृष्टिकोणविरुद्ध मात्र प्रतिस्पर्धा गरेका थिएनन्, उनीहरूको विश्व दृष्टिकोण नै फरक थियो। अहिले विश्व एक प्रमुख शक्ति संघर्षको संघारमा छ।
अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पको विजय विश्वव्यापी महत्वको ऐतिहासिक घटना हो। जसलाई १९१७ वा १९४५ का घटनाहरूको तुलनामा राख्न सकिन्छ। यसले विश्व व्यवस्थामा एउटा मौलिक परिवर्तनको सुरुवातलाई प्रतीत गर्छ। जसमा गहिरो विश्लेषण र व्याख्याको आवश्यकता छ।
पश्चिमको सामूहिक सञ्चारमाध्यम वा वैश्विकतावादीहरूको सञ्चारमाध्यमले संसारभरका विभिन्न देशहरूमा विभिन्न भाषामा एउटै मन्त्र दोहोर्याइरहेछन्, यी अमेरिकी चुनावहरू "संसारकै सबैभन्दा महत्वपूर्ण चुनावहरू हुन्", र ती चुनावहरूले विश्वको भविष्यलाई डिजाइन गर्नेछन्। अर्को शब्दमा, उनीहरू यी चुनावहरू संसारकै सबैभन्दा महत्वपूर्ण हुन् भन्ने दाबी गर्छन्। किनभने यी चुनावहरूको भूमिका तथाकथित वैश्विकतावादी एजेन्डालाई विश्वव्यापी रूपमा पुष्टि गर्न, न्यायोचित स्थापित गर्न र कायम राख्नमा महत्त्वपूर्ण छ।
मिस्टर मार्कोभिक्स, इजरायलले संयुक्त राष्ट्रसंघको शिविर लगायत विभिन्न देशहरूलाई निशाना बनाइरहेको छ, हालै हमास र हिजबुल्लाहको नेतृत्वमाथि आक्रमण गरि समाप्त गरेको छ। के यो देश विजयको मार्गमा अघि बढिरहेको छ?
अलेक्जेन्डर दुगिनले डिप स्टेट (गुप्त वा छदम राज्य)लाई भ्रष्ट पश्चिमी गठबन्धनको रूपमा खुलासा गरेका छन्। जसले, संयुक्त राज्य अमेरिका र युरोपमा घुसपैठ गरेर चुनावहरूमा हस्तक्षेप गरिरहेको छ। डोनाल्ड ट्रम्पजस्ता लोकप्रिय नेताहरूलाई दबाउने प्रयास गरिरहेको छ। र उदार-वैश्विकवादी एजेन्डालाई लोकतन्त्रको रक्षकको रूपमा छलपूर्वक प्रस्तुत गरेर जनताको इच्छालाई निर्दयतापूर्वक दमन तथा अपमान गरिरहेको छ।
अक्टोबर १ मा, शिगेरु इशिबाले जापानको नयाँ प्रधानमन्त्रीको रूपमा सपथ लिए। तत्कालीन सरकारले पूर्ण रूपमा राजीनामा दियो र नयाँ प्रमुखले तुरुन्तै आफ्नो क्याबिनेट गठन गर्न थाले। यी परिवर्तनहरू अपेक्षित थिए। किनकि त्यसकाे अघिल्लो दिन इशिबाले लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को प्रमुखको निर्वाचन जितेका थिए। जसले, कोमितो पार्टीसँग मिलेर संसदको दुवै सदनमा बहुमत प्राप्त गरेको छ।
"गहिरो राज्य" भन्ने अभिव्यक्ति आज राजनीतिक क्षेत्रमा झन् झन् बढी प्रयोग भइरहेको छ। याे शब्द बिस्तारै पत्रकारिताबाट आम-राजनीतिक भाषामा प्रवेश गरिरहेको छ। यससँगै, यस शब्दको अर्थ झन् झन् अस्पष्ट हुँदै गएको छ । र यसलाई प्रत्येकले आफ्नै तरिकाले बुझ्न थालेका छन्। यो अवधारणालाई नजिकबाट अध्ययन गर्ने समय आएको छ। यो शब्द कहिले र कहाँबाट चलनचल्तीमा आयो भनेर पत्ता लगाउनु अत्यन्त महत्त्वपूर्ण छ।
अलेक्जेण्डर दुगिनको तर्क यो छ कि मध्यपूर्वमा बढ्दो द्वन्द्वले एक ठूलो विश्वयुद्धको सुरुवात गरेको छ। किनकि इरान र यसका सहयोगीहरूले इजरायल र पश्चिमी प्रभुत्वको सामना गरिरहेकाछन्। युक्रेन पछि मध्यपूर्वमा दोस्रो मोर्चा खुलेको छ।
यो स्वीकार्न अप्रिय छ, तर अाफ्ना दुश्मनहरुलाई निःसन्देह निर्दयतापूर्वक नष्ट गर्ने कुरामा इजरायली कट्टरपन्थी निर्णायकता, न केवल ती शत्रुहरूको व्यवहारसँग विपरीत छ। तर कीभ शासनसँग हामीले गरेको व्यवहार र दृष्टिकोणसँग पूर्ण रूपमा फरक छ। इजरायल अतिसक्रिय(proactively) रूपमा कार्य गर्छ,। अहिले स्पष्ट भएको छ कि तिनीहरूले हमासलाई आक्रमण गर्न उकासे, जसबाट प्रतिरोधलाई कुनै परिणाम हासिल भएन। यसैबीच, इजरायलले मध्यपूर्वमा आफूसँग विरोध गर्ने शक्तिहरूको नेतृत्वलाई समाप्त गर्यो । अनि सजिलैसँग गाजाका प्यालेस्टिनीहरूको भयकंर नरसंहार गर्यो।
हिजोको रूसी सुरक्षा परिषदको स्थाइ समितिको बैठकको सत्रको क्रममा रास्ट्रपति भ्लादिमिर पुटिनले हाम्रो देशको आणविक सिद्धान्त ("आणविक प्रतिरोधको क्षेत्रमा राज्य नीतिका आधारहरू") मा संशोधनहरूको घोषणा गरे। यो अत्यन्तै महत्वपूर्ण घटना हो। यसमा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको आणविक सिद्धान्तमा निम्न नयाँ कुरा समावेश गरिएको छ: कुनै पनि गैर-आणविक राष्ट्रद्वारा रूसमाथि गरिने आक्रमण, यदि कुनै आणविक राष्ट्रद्वारा समर्थन गरिएको छ भने, यो रूस संघमाथिको संयुक्त आक्रमण मानिनेछ।
इजरायलले गाजालाई बरबाद गरिसके पछि, अर्थात् संसारको आँखा अगाडि सामूहिक नरसंहार गरिसके पछि, उसले लेबनानसँग पूर्ण युद्ध सुरु गरेको छ। जसरी इजरायलले गाजामा पुरै प्यालेस्टिनीहरू विरुद्ध होइन, हमाससँग लडिरहेको दाबी गर्यो (यद्यपि वास्तवमा सत्य त्यस्तो थिएन), त्यसैगरी अब
(अलेक्ज्याण्डर दुगिनले अमेरिकी राजनीतिमा लाकानका तीन क्रमहरूलाई लागू गर्दै भनेका छन् कि कमला ह्यारिस र डेमोक्र्याटहरूले परम्परागत संरचनाहरूलाई ध्वस्त पार्न खोजिरहेका छन्। "सायकेडेलिक ट्रम्पिज्म," जसलाई कर्टिस यार्विन, पीटर थिल, र जे.डी. भान्स जस्ता व्यक्तित्वहरू तथा अल्ट-राइटद्वारा प्रभाव पारिएको छ, दायाँबाट यसको विरोध गरिरहेको छ। दुगिनले चेतावनी दिएका छन् कि ह्यारिसको विजय मानवताको अन्त्यको कारण बन्न सक्छ।)