वृद्धि: वर्षको समीक्षा

विशेष सैन्य अभियान - परिस्थितिको उपाय

एलेक्सी ओसिन (रेडियो स्पुतनिक): यो वर्ष हाम्रो लागि मुख्य विषय SMO (विशेष सैन्य अभियान) थियो।

अलेक्जेन्डर दुगिन: एसएमओ (विशेष सैन्य अभियान) अहिले मुख्य विषय हो। जुन हाम्रो लागि, हाम्रो जनताका लागि र हाम्रो राज्यका लागि केन्द्रीय विषय हो। दार्शनिक प्रोटागोरसले भनेका थिए,  “मानिस नै वस्तुहरूको मापदण्ड हो।” हाम्रो लागि अहिले, एसएमओ नै वस्तुहरूको मापदण्ड बनेको छ। सन् २०२४,  यो अन्त्य हुन लागेको वर्षमा एसएमओको क्षेत्रमा निर्णायक मोड आएको देखियो। युक्रेनी नाजीहरूले कुर्स्क क्षेत्रमा आक्रमण, सुजा कब्जा, र केही अन्य भूभाग कब्जाका गरेका छन् जुन क्षेत्रबाट (दुर्भाग्यवश) हामीले अझै उनीहरूलाई पूर्ण रूपमा हटाउन सकेका छैनौं। तर पनि, समग्रमा यो वर्ष एसएमओले हाम्रो पक्षमा निर्णायक परिस्थिति सृजना गर्यो। रुसले विस्तारै,  आत्मविश्वासका सहित अपरिवर्तनीय रूपमा प्रगति गर्न थाल्यो।

यस वर्ष यस कुराले स्पष्ट गरेको छ कि कोही पनि रूसको SMO (विशेष सैन्य अभियान) विजयसहित सम्पन्न गर्न र प्रारम्भिक रूपमा तोकिएका लक्ष्यहरू हासिल गर्नको दृढतामा प्रश्न उठाउन सक्दैन। र कुनै पनि त्यस्ता प्रस्तावहरू, जुन कीभको नाजी शासनको पूर्ण र बिना सर्त आत्मसमर्पणमा आधारित छैनन् ति हामीद्वारा स्वीकार गरिने छैनन। यो पूर्ण रूपमा स्पष्ट छ। हाम्रो नेतृत्व, हाम्रो जनता, हाम्रो समाज, हाम्रो सेना, हाम्रो सम्पूर्ण शक्ति र राज्य-सभ्यताको रूपमा रूसले प्रतिनिधित्व गर्ने सबै कुरा स्पष्ट रूपमा एकताबद्ध छन्।

यस वर्ष यस दिशामा आधारभूत, तर सम्भवतः धेरै उज्यालो नभए पनि, अत्यन्त महत्त्वपूर्ण पूर्वाधारगत सफलताहरू प्राप्त भएका छन्। युक्रेन अन्ततः अघि बढ्न सकेन साथै हामीलाई पर्याप्त प्रतिरोध गर्न समेत असक्षम छ। तर हामी बिस्तारै निश्चित रूपमा हाम्रो लक्ष्यतर्फ, कीभतर्फ साथै युक्रेनलाई नाजी शासनबाट पूर्णरूपले मुक्त गर्ने दिशामा अघि बढ्न थालेका छौं।

यो कठिन, रक्तरञ्जित, सबैका लागि चुनौतीपूर्ण यद्यपि विजयमय वर्ष यस्तै परिणामसहित अन्त्य भएको छ। जुन हाम्रो पक्षमा छ। हामी क्रमिक रूपमा SMO मा जीत हासिल गर्न थाल्दैछौं। र यही मुख्य उपलब्धि हो, किनभने देश भित्र र वरपर भइरहेको सबै कुरा हामीले SMO मार्फत नै मूल्याङ्कन गर्नुपर्छ।

ब्रेकथ्रूका कारणहरू: उदारवादमाथी विजय प्राप्त गर्नु
एलेक्सी ओसिन: यो विभाजन किन भयो? कुन क्षेत्रमा यो सबैभन्दा महत्त्वपूर्ण थियो?

अलेक्जेन्डर दुगिन: कुनै पनि विजयमा सधैं कुनै न कुनै तर्कसंगत पक्ष हुन्छ, सामाजिक पक्ष हुन्छ, साथै आर्थिक, मनोवैज्ञानिक, संगठनात्मक, शुद्ध सैन्य र राजनीतिक आयामहरू हुन्छन्। तर सधैं विजयमा केहि आध्यात्मिक पक्ष पनि हुन्छ। सन् २०२४ ले हाम्रो समाजको समग्रमा एक ठूलो मोड चिन्हित गर्‍यो। सम्भवतः त्यस क्षणसम्म धेरै मानिसहरूले सोच्नुभएको थियो कि विशेष सैन्य अभियान (SMO) केवल प्राविधिक कुरा हो, प्रणालीको कुनै त्रुटि हो वा कुनै स्थानीय घटना हो। पश्चिमसँगको हाम्रो द्वन्द्वलाई कुनै स्थितिजन्य घटना जस्तो मानिएको थियो। हामीले यसलाई एक वा अर्को तरिकाले समाप्त गर्नेछौं भन्ने सोचेका थियौं। अनि सबै कुरा फेरि सामान्य स्थितिमा फर्किनेछ। त्यसैले सेना, समाज, अर्थतन्त्र, राजनीतिक नेतृत्व र हाम्रा साधारण नागरिकहरू सामान्य शान्तिपूर्ण परिस्थितिमा बाँचिरहेका थिए। हाम्रो ठूलो दु:खको कुरा, युद्धरहित समय, शान्तिको युग हाम्रो समाजका लागि धेरै कठिन साबित भएका छन्। हामी प्रायः युद्ध जित्छौं, तर प्रायः शान्तिमा हार्छौं। हामी शान्तिलाई यसको सही उद्देश्यका लागि प्रयोग गर्न सक्दैनौं। यसकारण नै ह्रास, व्यापक भ्रष्टाचार उत्पन्न भयो, जसविरुद्ध हामीले पछिल्ला केही वर्षहरूमा, पछिल्लो समयमा गम्भीर रूपमा संघर्ष गर्न थालेका छौं।

सन् २०२४ मा, यी सबै तहहरूमा एक महत्वपूर्ण प्रगति भएको थियो। सबैभन्दा महत्त्वपूर्ण कुरा, यो हाम्रो आत्मामा, हाम्रो समाजको चेतनामा भएको परिवर्तन थियो। अन्ततः हामीले यो महसुस गर्यौं कि यो युद्ध हो, यो गम्भीर छ र यो आफैं समाधान हुने छैन। यसमा सबैले भाग लिनुपर्छ। मैले यी परिवर्तनहरू उच्च विद्यालयहरूमा, विद्यार्थीहरूमा, युवाहरूमा, कर्मचारीहरूमा, उच्च सरकारी अधिकारीहरूमा, व्यवसायीहरूमा, समग्रमा सबै तहहरूमा देखेको छु। हाम्रा मानिसहरूले, तीन वर्षको युद्धपछि, अन्ततः बुझेका छन् कि यो जारी छसाथै यो गम्भीर छ। यो कुनै अस्थायी असफलता होइन, बरु यो पश्चिमी सभ्यतासँगको एक घातक संघर्ष हो। र यसको अर्थ हामी त्यसको हिस्सा होइनौं। हामी केही विशेष छौं, एक अलग सभ्यता हौं, धेरै दृष्टिकोणबाट पश्चिमी सभ्यताको विपरीत छौं।

त्यसैले रूस भित्रै उदारवादी विश्वदृष्टिकोणको पूर्ण पतन भएको छ। उदारवादी हुनु अब मात्र एक आपराधिक कुरा प्रमाणित भएको छ। अब हामी यसलाई देखिरहेका छौं। केहीका लागि लिबरलिज़म एक भ्रान्ति थियो भने, अन्यका लागि यो जानबुझी गरिएको विरोध वा यहाँसम्म कि विश्वासघात थियो। यो प्रश्न वर्षौंदेखि स्पष्ट हुनेछ। हामीलाई प्रत्येक उदारवादीसँग जुध्नुपर्नेछ - उसले (उसले) उदार शिबिरमा आफूलाई कसरी पाएको छ, उदारवादी राजनीतिक प्रणालीको शिखरमा कसरी पुगेको हो, साथै यसले यस्ता विनाशकारी परिणामहरूलाई कसरी निम्त्यायो। यो केही हो जससँग हामी अझै जुध्दैछौं, तर कुनै पनि अवस्थामा यो चिरफार सामान्यतया भएको छ। उदारवादलाई पार गर्नु विजयतर्फ एक निर्णायक कदम हो, जो विजयको विचारधारातर्फ हो, रूसी विचारतर्फ हो।

सामाजिक गतिविविधिको मन्थन
अलेक्जेन्डर दुगिन: पक्कै पनि प्रविधिमा, अर्थतन्त्रमा र सरकारको कामकाजमा एक ठूलो परिवर्तन भएको छ। आन्द्रेई बेलोउसोलाई रक्षा मन्त्रीको रूपमा नियुक्ति गर्नु एक लामो प्रतीक्षित, आवश्यक र जीवनदायिनी कदम थियो। यो स्पष्ट थियो कि सेनासँग केही गडबड थियो तर देशभक्तहरूलाई सेना आलोचना गर्न अनुमति दिइनँ र हामी यसलाई आलोचना गर्न होइन, केवल महिमा गाउन र समर्थन मात्र गर्छौं। तर जुनसुकै पनि व्यक्ति, जुनसुकै नागरिक जो विशेष सैन्य अपरेसनमा भाग लिन्छ, मैदानमा रहेका मानिसहरू र पछाडीका मानिसहरूलाई यो राम्रोसँग थाहा छ कि यी कर्मचारीहरूको फेरबदल केवल कर्मचारीहरूको फेरबदल मात्र होइन। यो विशेष सैन्य अपरेसनको उद्धार मार्गमा प्रवेश गर्ने कुरा हो। यस कोर्सको परिवर्तन र सेनामा कुनै पनि भ्रष्टाचारको प्रचलनप्रति कडा असहिष्णुताले हाम्रो सशस्त्र बलको स्थितिलाई ठूलो सुधार गरेको छ।

यसै गरी, अर्थतन्त्र क्रमशः, मन्द गतिमा द्रुतहोइन, तर पनि ठिक छ। हामी प्राविधिक दृष्टिकोणबाट एक महत्वपूर्ण प्रगति गर्दैछौं। यसको उदाहरण हामीले 'ओरेशनिक'को कथामा र यसको आश्चर्यजनक प्रयोगमा देखेका छौं। सामाजिक र मानसिक दृष्टिले पनि सामान्य परिचालन भइरहेको छ।

मलाई थाहा छैन कि हामीसँग सम्पर्कको रेखामा सङ्ख्यात्मक प्रभुत्व छ। यो वर्गीकृत जानकारी हो, तर सम्भवतः हाम्रो पास ठूलो सङ्ख्यात्मक प्रभुत्व छैन। र आधुनिक युद्ध यो केवल मानव स्रोतको कुरा मात्र होइन।

तथापि, स्वयंसेवकहरू विशाल संख्यामा सेनामा सामेल हुँदैछन्। जुन कुरा राष्ट्रपति पुटिन र अन्य अधिकारीहरूले हालै भनेका छन्। हामी पूर्णरूपमा बलपूर्वक सैन्यीकरण गरिरहेका छैनौं, तर आत्माको सैन्यीकरण, स्वयंसेवकहरूको सैन्यीकरण भइरहेको छ। यस कठिन परिस्थितिमा मातृभूमिको रक्षाका लागि तयार रहेका मानिसहरूको संख्या बढ्दै गएको छ।

मलाई लाग्छ कि हामी अब यो वर्षमा त्यस बिन्दुमा पुगिसकेका छौं, जहाँ SMO प्रक्रियामा महत्वपूर्ण परिवर्तन हुनेछ। यसले एक संयोजित प्रभावलाई प्राप्त गर्नेछ।

मलाई यो लागेको छ कि २०२५ निर्णायक वर्ष हुनेवाला छ, किनकि अन्तर्राष्ट्रिय राजनीतिका धेरै कारकहरू यसतर्फ हामीलाई उन्मुख गराउँदैछन्। विशेष गरी, अमेरिकाको राष्ट्रपति निर्वाचनमा ट्रम्प र ट्रम्पिस्टहरूको जित (जो विशेष रूपमा महत्त्वपूर्ण छ!)। यसले युक्रेनयुद्धमा प्रभाव पार्ने कुरा ईन्कार गर्न सकिदैन।

हाम्रो उद्देश्य रूसी हो, अर्थात् सही कुरा
अलेक्सी ओसिन: हामीसँग जनतालाई सेनामा पठाउने योजना छ। युक्रेनमा, तिनीहरूले उनीहरूलाई समात्नुपर्ने हुन्छ। त्यहाँ जनताले सेनाबाट भागिरहेका छन्। किन?

अलेक्जेन्डर दुगिन: हामी लडिरहेको कारण र युक्रेनी समाज लडिरहेको कारणमा फरक छ। युक्रेनी पक्षले अहिले भोगिरहेको भू-भाग, राजनीतिक, आर्थिक र जनशक्ति सम्बन्धी क्षतिहरू २०१४ मा किभमा सुदृढ भएको नाजी शासनको गतिविधिहरूको परिणाम हो। वास्तवमा, उनीहरू नै युक्रेनमा आएको दुःखान्तका वास्तविक कारण हुन्। उनीहरूले जातिवाद र रूसोफोबियामा आधारित झूठा अपराधपूर्ण विचारधारा सिर्जना गरे। परिणाम चाँडै नै देखियो। २०१४ मा माईदानको कू पछि, उनीहरूले सत्तामा आएलगत्तै क्राइमिया गुमाए, नोवोरोसिया, केही क्षेत्रहरू - DPR र LPR गुमाए। र जति उनीहरू आफ्नो मार्गमा अडिग भए, त्यति नै उनीहरूले गुमाए।

यो कुरा युक्रेनका नागरिकहरूले नदेखी बस्न सक्दैनन्। अहिले युद्ध गरिरहेको र आतंकवादी, रूसविरोधी र नव-नाजी विचारधारामा भर परिरहेको सरकार नै युक्रेनले भोगिरहेको त्रासदीहरू र भौगोलिक तथा व्यक्तिगत क्षतिहरूका लागि पूर्ण जिम्मेवार र दोषी हो। हाम्रा जिम्मेवार नेताहरूले हालै मात्र हामीलाई बताए कि युक्रेनीहरूले करिब दस लाख वा दस लाखभन्दा बढी मानिस गुमाइसकेका छन्। यदि शरणार्थीहरूलाई पनि ध्यानमा राख्ने हो भने यो संख्या अत्यन्त ठूलो छ।

यसको दोषी को हो? नाजी जुन्डाका नेताहरू भन्छन्, रूस हो। तर युक्रेनीहरू बिस्तारै बुझ्दैछन् कि यो हाम्रो मात्र गल्ती हुन सक्दैन, चाहे उनीहरूलाई जे भने पनि। उनीहरूले पहिले यो रूसविरोधी मिथ्यामा विश्वास गरेका थिए। तर अब उनीहरूको आँखै अगाडि यो विस्वास भत्किँदैछ।

हामी सही कारणको लागि लड्दैछौं। हामी हाम्रो ऐतिहासिक अस्तित्वको लागि, हाम्रो पहिचानको लागि, हाम्रो सभ्यता-राज्यको लागि लड्दैछौं। र युक्रेन हाम्रो साझा सभ्यता-राज्यको एक हिस्सा हो। यो सुरुदेखि नै यस्तो थियो। यो पहिलो पटक होइन कि हामी युक्रेनलाई पश्चिमी प्रभावबाट मुक्त गराउन लड्दैछौं। हाम्रो इतिहासमा यो एक निश्चित नियमीतासँग दोहोरिएको छ। जब रूस कमजोर हुन्छ, यी सिमावर्ती क्षेत्रहरूमा, हाम्रो विपरीत एक वैकल्पिक, पश्चिमी सभ्यताले शक्ति स्थापना गर्न प्रयास गर्दछ। जब हामी सशक्त हुन्छौं, हामी ती सिमावर्ती क्षेत्रहरूमा पुनः नियन्त्रण कायम गर्छौं। जुन हाम्रो राज्यसत्ताको उद्गम स्थल थिए। हाम्रा लागि यी मूल रूसी भूमि हुन् -- पुराना भूमि, नयाँ क्षेत्र होइन। हामी हाम्रो लागि मात्र होइन, सबैका लागि हाम्रो अधिकार पुनः स्थापित गर्दैछौं।

हामी युक्रेनी राष्ट्रवादको भ्रम र नव-नाजी अपराधी विचारधाराविरुद्ध लडिरहेका छौं। हामी न्यायपूर्ण कारणको लागि लडिरहेका छौं। हामी युक्रेनीहरूका लागि पनि लडिरहेका छौं। हामी युक्रेनीहरूविरुद्ध लडिरहेका छैनौं। हामी तिनीहरूका लागि लडिरहेका छौं। हामी रूसका लागि, आर्थोडक्सका लागि, मालेरोसियनहरूका लागि, हाम्रो एकीकृत, त्रैवर्णिक राष्ट्रका हिस्सा भएका महान् रूसीहरू, मालेरोसियनहरू, बेलारूसीहरूका लागि लडिरहेका छौं। तर उनीहरू हामीविरुद्ध र आफ्नै विरुद्ध लडिरहेका छन्।

युक्रेनी र कीभको जुन्ताका आपराधिक र विनाशकारी, आत्मघाती उद्देश्यहरू बारे युक्रेनीहरू अाफैमा स्पष्ट हुँदै गइरहेको छ। त्यसैले उनीहरू कुनै पनि उपायबाट परिचालनबाट जोगिने प्रयास गरिरहेका छन्।

वास्तवमा, युक्रेनमा एक अधिनायकवादी शासन स्थापित गरिएको छ। रूसमा सबै कुरा स्वेच्छिक छ। सबै कुरा विवेकपूर्ण छ। सबै कुरा सचेत रुपमा भईरहेको छ। हामी जति अगाडि बढ्छौं, त्यति नै धेरै। हामी जति अगाडि बढ्छौं, हाम्रो शक्ति, हाम्रो सेना, हाम्रो समाज, हाम्रो जनता र विशेष सैन्य अपरेसन (SMO) को सान्दर्भिकता झन् र झन् धेरै जनसंख्याले बुझ्न थाल्दैछन्।

हाम्रो समाज पछिल्ला दशकहरूमा विचारधाराबाट विमुख भएको थियो। तर अहिले यो पुनः विचारधाराको युगमा प्रवेश गर्दैछ। अब विचारधारा प्राकृतिक, जैविक छ, यो मानवीय आत्माबाट, मानवीय हृदयबाट जन्मिएको छ। यो नै रुसी विचार हो, जसले हाम्रो इतिहासलाई मुख्य रूपमा अगाडि बढाउँछ। हामी यसलाई झन् झन् राम्रोसँग बुझ्न थालिरहेका छौं। र हाम्रा जनताले पनि यो स्पष्ट रूपमा बुझ्न थालेका छन् कि जीवनभन्दा उच्च मूल्यहरू छन्। जब जनताहरू आफ्नो जीवन दिन तयार हुन्छन्, तब कुनै विचारले सार्थकता र अर्थ प्राप्त गर्छ। यसभन्दा ठूलो मूल्य चुकाउन सकिँदैन। साथै त्यसपछि जब विचार हाम्रो जनताको रगतले धोइन्छ, उनका कर्महरूले उज्यालो पारिन्छ, यो आकर्षक बन्छ। अहिले यो हाम्रो समाजमा फैलिन थालेको छ। देशभक्तिको भावना, मातृभूमिको सार्वभौमसत्ताको महत्वको बोध, राष्ट्रपति, हाम्रो सर्वोच्च शासकप्रति विश्वास र निष्ठा, हाम्रो धार्मिक अर्थोडक्स बाइजान्टिन जरा, हाम्रो मुख्य आध्यात्मिक सम्पत्ति रुसी अर्थोडक्सीतर्फको फर्काइ - यी सबै अहिले भइरहेका छन् र अझै ठूलो जनसमूहसम्म पुग्दैछ।

यो अन्य कुराहरूसँगै यस तथ्यलाई पनि प्रभाव पार्छ कि मानिसहरू गम्भीर परीक्षाको क्षणमा मातृभूमि बचाउन, राष्ट्र बचाउन स्वेच्छाले अघि बढ्छन्।

म मेरो जनतामा विश्वास गर्छु।

एलेक्सी ओसिन: सन् १९५५ सम्म बन्देराइट्सलाई पूर्ण रूपमा समाप्त गर्न सकिएन। द्वितीय विश्वयुद्ध समाप्त भएको १० वर्षपछि पनि ३०,००० मानिसको मृत्यु भयो। चौथो वर्षमा हामीले तिनीहरूसँग सामना गर्ने आशावाद कहाँ छ?

अलेक्जेन्डर दुगिन: सबैभन्दा पहिले म हाम्रा जनतामा विश्वास गर्छु। म हाम्रो राज्यमा विश्वास गर्छु। म रूसी इतिहासमा विश्वास गर्छु। यो युद्ध कुनै संयोग होइन। सायद यो हाम्रो इतिहासको सबैभन्दा महत्वपूर्ण र पवित्र युद्ध हो। जुन हामी अहिले पश्चिमसँग युक्रेनको भूमिमा लड्दैछौं।

पश्चिम आफ्नो पतनको गम्भीर अवस्थामा पुगेको छ। यसको पतनको कारण अहिले यो पूर्ण रूपमा शैतानी सभ्यता हो। यसले हामीलाई उद्धारको जहाजको रूपमा, केटिहोन, रक्षकको रूपमा युक्रेनमा प्राणघातक चुनौती दियो। उनीहरूले हामीलाई नष्ट गर्न, हाम्रो स्वतन्त्रता, पहिचान, सार्वभौमिकता खोस्न चाहन्थे। उनीहरूको उद्देश्य रूसलाई रणनीतिकरूपमा पराजय गर्नु  थियो। उनीहरूले यो लुकाएनन्। त्यसैले यो युद्ध हाम्रो लागि पवित्र छ। हामीले जति यो कुरा बुझ्छौं, उति नै राष्ट्रिय शक्ति जागृत हुन्छ। हाम्रो जनताको आत्मा उचाइमा पुग्छ। मलाई विश्वास छ कि २०२५ सम्ममा यो जागरणले आफ्नो चरम सीमामा पुग्नेछ।

दोस्रो तर्क। युक्रेनी समाज बिस्तारै ब्यूँझन थाल्दैछ र बुझ्न थाल्दैछ कि 'खराब रूसीहरू' होइन। हामी वास्तवमा भाइहरू हौं, र केवल नाजी शीर्ष नेताहरू र यसको रूसोफोबिक आतंकवादी विचारधारा र अभ्यासको विरोध गर्नुपर्छ। हामी उनीहरूविरुद्ध होइन उनीहरूका लागि लड्दैछौं। युक्रेनी समाज बिस्तारै होशमा आउँदैछ। कोही भागिरहेका छन्। कोही लुकेका छन्। कोही प्रतिरोधमा सामेल हुँदैछन्। मलाई लाग्छ कि २०२५ ले युक्रेनको भूमिमा वास्तविक विरोधी-नाजी गुरिल्ला क्रियाकलापहरूको सुरुवात देखाउनेछ।

तेस्रो कारक भनेको विश्वमा, विशेष गरी संयुक्त राज्य अमेरिकामा, आधारभूत परिवर्तनहरू हुन्। त्यहाँ एउटा गैर-वैश्वीकतावादी वा वैश्वीकतावाद विरोधी-समूह सत्तामा आएको छ। यसले पूर्णतया फरक शैलीको परराष्ट्र नीति दिनेछ। र हामी छिट्टै यससँग सामना गर्नेछौं। अवश्य पनि, यो उपहार होइन, केही पनि सजिलै हात लाग्नेछैन। कसैले हाम्रो विजयलाई सजिलो बनाउने छैन। तर अमेरिकामा नयाँ सत्ताले युक्रेनप्रति धारणा फेरि विचार गर्नेछ। यो पक्का हो।

कीभको बिना शर्त आत्मसमर्पणसम्म

अलेक्सी ओसिन: अहिलेसम्म द्वन्द्वको समाधानका लागि कुनै पूर्वशर्त छैन। राष्ट्रपति प्रवक्ता दिमित्री पेस्कोभले यस्तै भनेका छन्।

अलेक्जेन्डर दुगिन: अहिलेको मैदानमा रहेका अवस्था कसैलाई पनि उपयुक्त छैन। हामी हाम्रो विजय, अर्थात् शत्रुको निःशर्त आत्मसमर्पणबाट अझै टाढा छौं। र यिनै प्रारम्भिक अवस्थाहरू हुन् जसबाट हामी शान्तिको बारेमा कुरा गर्न सुरु गर्न सक्छौं। कीभको वर्तमान नाजी नेतृत्वले नोवोरोसिया हामीबाट लिनु, क्राइमिया कब्जा गर्नु र रसियामाथि आक्रमण गर्ने आफ्नो उद्देश्यहरू परित्याग गरेको छैन। त्यसैले उनीहरू अहिलेको यथास्थितिलाई पनि स्वीकार्न तयार छैनन्। जुन हामीलाई पनि उपयुक्त छैन। यो उनीहरूलाई पनि उपयुक्त छैन। पश्चिममा, यो सैन्य संघर्षलाई सुरु गर्ने जिम्मेवार वैश्विकतावादी नेतृत्व, जसको उद्देश्य रसियालाई ध्वस्त पार्नु र हामीलाई रणनीतिक पराजय दिनु थियो। ऊ अझै ह्वाइट हाउसमा आफ्नो अन्तिम हप्ताहरू बिताउँदै छ। यो लक्ष्य न त निकटमै पुग्यो। बरु, युद्धले विपरीत प्रभाव पारेको छ। रसिया जाग्यो, रसिया उठ्यो, रसियाले आफूलाई चिन्यो, रसियाले आफ्नो शक्ति महसुस गर्यो र फेरि एकपटक वैश्विक सन्दर्भमा आफ्नो ऐतिहासिक भूमिका महसुस गर्यो। पश्चिमी वैश्विकवादीहरूको परिणाम हासिल भएन; बरु, पूर्णतया विपरीत भएको छ।

तसर्थ, यो स्पष्ट छ कि वर्तमान अमेरिकी प्रशासनसँग कसैले पनि वार्ता गर्नेछैन। त्यसमा विश्वास वा भरोसा छैन। तिनीहरू अपराधीहरू हुन्। के आतंककारीहरूसँग वार्ता सम्भव छ? त्यसैले, शान्तिपूर्ण वार्ताका लागि कुनै पूर्वसर्तहरू छैनन्। र अर्को कुरा, यो लामो समयसम्म पनि हुने छैन।

र यो ट्रम्पको कार्यकालमा पनि लामो समयसम्म हुने छैन। त्यो धेरै लामो समय होइन। तर पनि ट्रम्पले आफूलाई राष्ट्रपतिको कुर्सीमा बलियो बनाउनु पर्छ। आफ्ना दुश्मनहरूसँग सामना गर्न, स्वाम्पलाई सुकाउनु पर्छ र अमेरिकी विदेश नीति पुनरावलोकन गर्नुपर्छ। वर्तमान कुलीन वर्गहरूसँग सम्बन्ध राखिराख्दा उनले कहिल्यै अमेरिका महान बनाउन सक्दैनन्। उनले क्यानाडा, ग्रिनल्यान्ड, र पनामा नहर गाभ्नुपर्नेछ। चीनसँग लड्नुपर्नेछ र इजरायली अतिवादीहरुलाई सहयोग गर्नुपर्नेछ।

यसर्थ, यदि हामी यो द्वन्द्वलाई छिट्टै समाधान गर्न सकिन्छ वा रोक्न सकिन्छ वा जमाउन सकिन्छ भनेर विश्वास गर्छौं भने, यो एक गल्ती हो। यो पूर्ण रूपमा नादान धारणा हो र गलत लक्ष्य हो।

यो जहाँसम्म कुरा छ, पछिल्लो समयमा युक्रेनी नाजी प्रचारकहरूले भन्ने गरेको कुरा हो। उनीहरू जस्तै नक्कल गर्ने स्वर: हामीलाई विश्वास गर्नुहोस्, एक दिनमा युद्धविराम हुनेछ। ट्रम्पले पुटिनलाई भनेपछि पुटिनले सबै रोक्नेछन। यो पूर्ण बकवास हो, यस्तो हुँदैन। कसैले पनि पुटिनलाई केही गर्न आदेश दिन सक्दैन। हामी वास्तवमा हाम्रो देशको सार्वभौमिकता, स्वतन्त्रता र स्वतन्त्रताको लागि लडिरहेका छौं।

पूर्ण विजयसम्म, विशेष सैन्य अपरेशनका लक्ष्यहरू पूर्ण रूपमा हासिल नभएसम्म (म स्मरण गराउँछु, यो युक्रेनको पूर्ण नाजीकरणबाट मुक्त र निरस्त्रीकरण हो) हामी शान्ति वार्तालाई गम्भीरतापूर्वक लिने छैनौं। हामी ती वार्तालाई अझै पर धकेल्ने प्रयास गर्नेछौं। हो हामी वार्ताको ढोका खुला राख्दैछौं। तर मात्र हाम्रो आधारभूत र मुख्य सर्तहरू पूरा भएमा।

यदि हामीले नाजी शासनको अन्त्य गर्ने आवश्यकता सम्बन्धी हाम्रो शर्तहरूबाट (विशेष गरी अहिले युक्रेनमा यो अवैध छ) र किभको बिना सर्त आत्मसमर्पणको माग, नेटोमा सामेल नहुने प्रतिवद्धता, सैन्य उपकरणको निरस्त्रीकरण र नव-नाजी रुस विरोधी विचारधाराको अपराधीकरणबाट नगर्ने वातावरण नभएसम्म हामी एक कदम पनि पछाडि जानू भनेको हामीले आफैंलाई धोका दिनुहो, हाम्रा सम्पूर्ण बलिदान, पीडा र पराक्रमलाई शून्य बनाउनु हो। हाम्रो पूर्ण विजयको क्षणसम्म कुनै पनि वार्ता हुन सक्दैन।

कूटनीतिक रूपमा हामी मुस्कान देखाउँछौं, हामी भन्छौं हाम्रो ढोका खुला छ। तर, हाम्रो मतलब एउटै छ: आत्मसमर्पण गर, हामी तिमीलाई बचाउनेछौं। यदि तिमीले आत्मसमर्पण गरेनौ भने, हामी तिमीलाई बचाउने छैनौं।

एलेक्सी ओसिन: त्यसो भए हामीले सुरुमै अस्वीकार्य सर्तहरू अघि सारेका थियौं?

अलेक्जेन्डर दुगिन: खैर, म त्यसो भन्दिनँ। हामीले तिनीहरूका लागि निकै शानदार र तर्कपुर्ण शर्तहरू प्रस्तुत गरेका थियौं। हामीले वास्तवमा तिनीहरूलाई यस्तो केही प्रस्ताव गरिरहेका थियौं, जसको उनीहरूले कुनै पनि प्रकारले आशा गर्न सक्दैनथे। त्यो हो द्वन्द्व रोक्ने, चार क्षेत्र र क्रिमियालाई सधैंका लागि रूसमा रहने अधिकार स्वीकार्ने, साथै कहिल्यै नेटोमा सामेल नहुने। तर उनीहरू त्यसलाई स्वीकार गर्न पनि तयार छैनन्। त्यसैले, हामीले पहिले नै यो प्रस्ताव गरेका थियौं। तर अहिले परिस्थिति बदलिएको छ। त्यस बेलासम्म पनि उनीहरूले यी सार्वभौम शर्तहरूको बारेमा छलफल गर्न तयार भएनन्। हामी साँच्चै वार्ताको लागि तयार छौं र त्यसमा संलग्न हुनेछौं। तर मात्र किभको बिना शर्त आत्मसमर्पणपछि मात्र।

बितेको वर्षको मुख्य घटना: ट्रम्पको निर्वाचन
एलेक्सी ओसिन: एआई (विशेषतः ग्रोक) ले २०२४ का मुख्य घटनाहरू बारे निम्न रिपोर्ट गर्दछ:

रूसले राष्ट्रपति चुनाव सम्पन्न गर्यो जहाँ भ्लादिमिर पुटिनले पाँचौं कार्यकाल जिते।
अमेरिकामा, डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनाव जिते, ग्रोभर क्लिभल्याण्ड पछि पहिलो पटक लगातार दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित राष्ट्रपति बने।
डिसेम्बर २०२४ मा, बशर अल-असद सिरियाबाट भागे, जसले बाथ शासनको पतन गरायो।
युक्रेनमा रूसको निरन्तर आक्रमण, जसमा युद्धले रूसको पक्षमा मोड लिएको छ।
इजरायल र हमासबीचको द्वन्द्वको चर्को बढोत्तरी, जसले इजरायललाई लेबननमा आक्रमण गर्न प्रेरित गर्यो।
गाजामा इजरायलको हमाससँगको युद्धका कारण स्थिति धेरै खराब हुँदै गयो। जसले ठूलो मात्रामा नागरिक हताहती गरायो।
सायद सबैभन्दा महत्वपूर्ण कुरा अमेरिकामा ट्रम्पको निर्वाचन हो।

अलेक्जेन्डर दुगिन: हो, यो पूर्ण रूपमा सही हो। यहाँ हामीले सुरुबाटै बुझ्नुपर्ने कुरा के हो भने ट्रम्पको जितको सन्दर्भमा दुई स्पष्ट रूपमा गलत धारणा छन्।

पहिलो पूर्ण रूपमा गलत धारणा भनेको केही परिवर्तन हुनेछैन भन्ने हो, ट्रम्पले आफ्नो २०१६-२०२० को कार्यकालबाहेक, अघिल्ला ३० वर्षदेखि चल्दै आएको धारालाई जारी राख्न बाध्य हुनेछन् भन्ने हो। यो धाराले वामपन्थी वैश्वीकता, एलजीबीटी एजेन्डा, जागरुकता विचारधारा, परम्परागत मूल्यहरूको विनाश र एकीकृत अन्तर्राष्ट्रिय, अन्तरदेशीय विश्व व्यवस्थाको प्रवर्द्धनलाई प्राथमिकता दिन्छ। जसको नेतृत्वमा विश्व सरकार र वैश्विक उदारवादी अभिजात वर्ग हुनेछ। यो उदारवाद र व्यक्तिगततावादको विचारधारामा आधारित छ। ट्रम्पले यस धारालाई खुलेआम अस्वीकार गर्छन् र अब उनले यसलाई जारी राख्ने योजनामा छैनन्। यो अत्यन्तै गम्भीर कुरा हो। जब पहिलो पटक ट्रम्प ह्वाइट हाउसमा आए, वैश्वीकतावादीहरूले यसलाई केवल एक 'छोटो सर्किट,' केही प्रकारको प्राविधिक त्रुटि मात्र ठानेका थिए। तर उनको दोस्रो कार्यकालको लागि भएको निर्णयात्मक निर्वाचनले यो देखाउँछ कि होइन, यो कुनै त्रुटि होइन। यो अमेरिकाको जनताको स्पष्ट अनुमाेदन हो। यसलाई सजिलैसँग खारेज गर्न सकिँदैन।

त्यसैले आज अमेरिकामा नै गम्भीर रूपमा बढ्दो रूपमा वोक संस्कृति, उदारवाद र वैश्वीकरणको अन्त्यको कुरा भइरहेको छ। यो ट्रम्पको वैश्वीकरणवादीहरू विरुद्धको वैचारिक विजय हो। जसलाई अहिले अमेरिकी समाजको बहुमतले मान्यता दिएको छ। युरोपले सत्यलाई स्वीकार्न अस्वीकार गर्छ, त्यो बेहोसीमा जान्छ, तर अमेरिकी समाजले यसलाई स्वीकार्छ। ट्रम्प र ट्रम्पवाद एक नयाँ विचारधारा हो। यसलाई अस्वीकार गर्नु भनेको - यो वामपन्थी उदारवाद र वैश्वीकरण हो। तर यसको समर्थन गर्ने कुरा कम स्पष्ट छ।

त्यसैले - सबै कुरा उस्तै रहनेछ भन्ने मान्यता पूर्ण रूपमा गलत छ, र यस्ता साधारण योजनामा आधारित सबै भविष्यवाणि र विश्लेषण - 'केही परिवर्तन हुँदैन, यो पुरानै चलिरहन्छ, हामी हाम्रा आशाहरूमा पछुताउनेछौं' - आदिम र अवास्तविक छन्।

तर त्यहाँ दोस्रो एक अवास्तविक धारणा पनि छ। जसरी ट्रम्प हाम्रा विश्वदृष्टिकोणसँग मिल्दोजुल्दो प्रतिनिधित्व गर्छन्। यो केही हदसम्म समान हुन सक्छ, जस्तो कि वोक, एलजीबीटी, उदारवादलाई अस्वीकार गर्ने, परम्परागत मूल्यहरूतिर फर्कन चाहने, तर वास्तविकता यो हो कि तिनीहरूको मूल्यहरू हामीसँग निकै फरक छन्। अमेरिकी परम्परागत मूल्यहरू र हाम्रा मूल्यहरूबीच एकदमै अप्रत्यक्ष र टाढाको सम्बन्ध छ। हो, ट्रम्प आफ्नो विचारधारा बदल्नेछन्, आफ्नो भू-राजनीतिक प्राथमिकताहरू बदल्नेछन्, तर अमेरिकी – परम्परागत – मूल्यहरू, जुन उनले बुझ्ने तरिकाले, हाम्रा मूल्यहरूसँग केही सम्बन्ध छैन। त्यसैले ट्रम्पसँग सबै कुरा तुरुन्तै राम्रो हुनेछ भन्ने आशा गर्नु उस्तै नैवाश्लता र गलत हो।

यसो सोच्नु अधिक सही हो कि ट्रम्पको नीति बाइडेनको तुलनामा ९० डिग्रीले परिवर्तन हुनेछ। ठीक ९०, १८० होइन। यो एकातिर निकै राम्रो हो, किनकि ९० डिग्री राम्रोतिर छ, तर अर्कोतिर यो निकै नराम्रो पनि हो, किनकि केवल ९०, १८० होइन। र, अवश्य पनि, यसले हामीलाई तुरुन्त शान्तितिर लैजाने छैन। नयाँ प्रशासनसँग सम्बन्ध निर्माण गर्न निकै गाह्रो हुनेछ।

तर पनि, तपाईंले बुझ्नुपर्छ कि अमेरिकामा एउटा वास्तविक वैचारिक क्रान्ति भएको छ। अन्तिम क्षणसम्म हावी रहेको विचारधारा, जुन अतिव्यक्तिवाद, अमानवीकरण, लिङ्ग राजनीति, ‘वोक’ संस्कार, र आफ्नै जरा प्रतिको घृणामा आधारित थियो, अब त्यागिएको छ। अन्तर्राष्ट्रिय उदारवादी वैश्वीकतावादलाई ट्रम्प र उनका समर्थकहरूले दृढतापूर्वक परित्याग गरिरहेका छन्। यसको अर्थ हो कि एक उत्तर-उदारवादी विचारधारा व्हाइट हाउस र संयुक्त राज्य अमेरिका, र व्यापक रूपमा पश्चिममा आएको छ। अब धेरै कुराहरू, विचारहरू, नारा, आन्दोलनहरू र अवस्थाहरू जुन पहिले निषेधित थिए, अब अनुमति प्राप्त हुनेछन्। वास्तवमा, जसलाई वामपन्थी उदारवादीहरूले उनीहरूको वैचारिक प्रतिद्वन्द्वीहरूलाई ‘फासिस्ट’, ‘अत्यन्त दक्षिणपन्थी’ भनेर क्रूर रूपमा आरोप लगाएका थिए, ती अब जेडी भान्स, एलन मस्क, पिट हेगसेथ, टकर कार्लसन, काश पटेल, विवेक रामास्वामी, रोबर्ट केनेडी, तुलसी गबार्ड, म्याट गेट्ज, स्टिभ ब्यानन, अर्थात्, ट्रम्पवादको पूरै आन्तरिक घेराबाट हस्ताक्षरित छन्। अमेरिकी राजनीति अब उदारवाद विरोधी, उत्तर-उदारवादी दक्षिणपन्थीको हातमा पुगेको छ। उनीहरूलाई अहिले ‘वोक राइट’, ‘सतर्क दक्षिणपन्थी’ भनिन्छ। जसले उदारवादी वामपन्थीहरूसँग त्यही असहिष्णुता देखाउनेछन् जुन उदारवादी वामपन्थीहरूले विपक्षमा र हाशियामा रहेका बेला देखाएका थिए।

यो कुरा ध्यानमा नलिनु असम्भव छ। र, निश्चित रूपमा, यसले युरोपसँग, हामीसँग, रूसीहरूसँग, चीनसँग, मध्यपूर्वसँग सम्बन्धहरूमा असर पार्नेछ। र त्यो हामीले चाहेको बहुध्रुवीय विश्वको रूपमा होइन, जहाँ पश्चिमले आफ्नो स्थान ओगटेको हुन्छ र अन्य सभ्यताहरूले आफ्नो। होइन, पश्चिमी वर्चस्व जारी रहनेछ। तर यो वर्चस्वले अन्य विशेषताहरू, अन्य विचारधारात्मक रूपहरू, अन्य उपकरणहरू र प्राथमिकताहरू प्रयोग गर्नेछ। ट्रम्प र ट्रम्प समर्थकहरूका लागि मुख्य आन्तरिक शत्रुहरू भनेका उदारवादीहरू र विश्ववादीहरू हुन् - डेमोक्रेट पार्टीको आपराधिक र सडेको शीर्ष नेतृत्व, सोरोस र उनका नेटवर्कहरू, बिल गेट्स, फौसी, जसले जैविक हतियार चुहाएका र खोपहरूको माध्यमबाट आधा मानवजातिलाई विषाक्त पारेका, वोक विचारधाराका समर्थकहरू र विश्ववादी सञ्चार माध्यमहरू, आदि हुन्।

बाह्य शत्रुहरू मुख्यत: चीन र दोस्रो प्राथमिकतामा इस्लामिक विश्व, विशेष गरी इरान हुन्। ट्रम्पको नेतान्याहूप्रतिको समर्थन बिना कुनै सर्त हुनेछ। चिनियाँ अर्थतन्त्रमा कडा प्रतिरोध हुनेछ, यस हदसम्म कि ट्रम्प समर्थकहरूले अहिले जस्तै घोषणा गरिरहेका छन्, चिनियाँ उद्यमीहरूलाई संयुक्त राज्य अमेरिकामा रहेका उनीहरूको सम्पत्ति प्रायः सबै गुमाउनुपर्नेछ, जहाँ उनीहरू अर्थतन्त्रको आधा भागका मालिक छन्। ट्रम्पको सुधार, युद्ध, प्रतिस्पर्धा र सफाइका लागि अद्वितीय योजनाहरू छन्। चिनियाँहरूका लागि यी सम्भावनाहरू धेरै चिन्ताजनक छन्, इरानीहरूका लागि झन् बढी। तर हामी त्यस सूचीमा कतै तेस्रो वा चौथो स्थानमा छौं। ट्रम्पले रूसलाई राम्रोसँग व्यवहार गरेको होइन, उनी रूसप्रति अलिकति उदासीन छन्। तर यहाँ महत्त्वपूर्ण कुरा के छ भने: हामी उनका लागि प्राथमिक लक्ष्य होइनौं। हामी उनका लागि न मित्र छौं, न त शत्रु। र विशेष गरी, हामी उनका लागि मुख्य शत्रु पनि होइनौं, जस्तो कि विश्वव्यापीकरणका समर्थकहरूका लागि। यो, मलाई लाग्छ, धेरै महत्त्वपूर्ण छ।

हामीले ट्रम्पवादको नयाँ विचारधारालाई समेत ध्यानमा राख्न आवश्यक छ, जुन परम्परागत अमेरिकी पेलियो-रूढ़िवादी र राष्ट्रियतावादीहरू, जस्तै स्टीव ब्यानन (परम्परावादी दायाँ) मात्र होइन, तर आजकल भनिने ट्राड राईट' द्वारा पनि प्रतिनिधित्व गरिन्छ, अर्थात् सिलिकन भ्यालीका प्रतिष्ठित व्यक्तिहरू जस्तै एलोन मस्क वा पीटर थियल, जसले प्राविधिक उन्नतिको लागि, त्वरित विकासको लागि इच्छा प्रकट गर्छन्।

ट्रम्पवाद प्रविधि विकासको मिश्रण हो जसमा परम्परागत मूल्यहरूको रक्षा समेत गरिन्छ। जसले राजतन्त्र सम्मलाई पनि समेट्न सक्छ। यस्तो वातावरणमा नयाँ विलासी विचारधारात्मक समूहहरू उदीयमान भइरहेका छन्। यदि २० जनवरी २०२५ भन्दा अगाडि, अर्थात् ट्रम्पको पदग्रहण र कार्यभार सम्हाल्नु अघि, वैश्विकतावादीहरूले नयाँ विश्वयुद्ध सुरु नगर्ने वा कुनै अन्य विश्वव्यापी विपत्ति सिर्जना नगर्ने हो भने, हामीले नयाँ विचारधारासहितको एक पूर्ण नयाँ अमेरिका चिन्नुपर्नेछ। यसको अर्थ विश्वमा शक्ति सन्तुलन पूर्ण रूपमा नयाँ हुनेछ। किनकि वाशिंगटनको अर्को छेउमा कुनै अप्रत्याशित कुराले शासन गर्नेछ।

अहिले नै हामी देख्न सक्छौं कि कसरी एलन मस्क, ट्रम्पको टोलीको दोस्रो व्यक्ति, अफडी पार्टीलाई समर्थन गर्छन्। जुन 'अल्टरनेटिभ फर जर्मनी' हो, जसलाई युरोपमा सत्तामा रहेका वामपन्थी उदारवादीहरूले 'चरम दक्षिणपन्थी' मान्छन् र प्रतिबन्ध लगाउने प्रयास गरिरहेका छन्। यद्यपि यो पार्टीलाई मतदाताहरूको ठूलो र बढ्दो समर्थन रहेको छ। अमेरिका नयाँ शासनको समर्थनका साथ युरोपमा विभिन्न रूढीवादी लोकप्रीय शक्तिहरू सत्तामा आउन सक्ने सम्भावना छ। यसका लागि पहिले नै उदाहरणहरू छन्, जस्तै ओर्बान, फिको, आंशिक रूपमा मेलोनी, वा "जर्जियन ड्रीम"। निस्सन्देह, उनीहरू सार्वभौमवादी मात्र हुन्, र परम्परागत मूल्यहरूमा आधारित सामान्य रूढीवादी हुन्। तर वामपन्थी विश्वव्यापीहरूले आफ्नो सम्झौतारहित र चरमपन्थी रणनीतिमा उनीहरू विरुद्ध कडा अडान लिएका छन् र तिनलाई उल्ट्याउन, हटाउन, प्रतिबन्ध लगाउन, नष्ट गर्न, रंगीन क्रान्तिहरू मार्फत पनि, माग गरिरहेका छन्।

ट्रम्प निश्चित रूपमा नयाँ लहर हो। यसले पहिले नै अमेरिकामा जितिसकेको छ, जसको अर्थ यो युरोपलाई पनि असर गर्नेछ।

यी सबै कुराहरूलाई धेरै ध्यानपूर्वक विश्लेषण गरिनु पर्छ।

म हाम्रो (रूसी) विज्ञ समुदायलाई अवलोकन गर्छु - केही ट्रम्पप्रति उत्साहित छन्, अरू भन्छन् कि त्यहाँ केही पनि परिवर्तन हुनेछैन। दुवै गलत छन्। धेरै कुराहरू परिवर्तन हुनेछन्, तर अनिवार्य रूपमा हाम्रो पक्षमा होइन। यदि हामी पर्याप्त बलियो, पर्याप्त बुद्धिमान, पर्याप्त सतर्क, पर्याप्त गहन र पर्याप्त दृढ छौं भने, यो हाम्रो लागि र मानवता दुवैका लागि अवसर हुन सक्छ। तर यदि हामी बसेर मौसम पर्खिरहेका छौं भने, स्वाभाविक रूपमा परिणामहरू हाम्रो लागि र यसरी नेतृत्व गर्ने सबैका लागि अत्यन्तै दुखद हुन सक्छ। ट्रम्प एउटा अवसर हो, तर यो चुनौती पनि हो, र केही हदसम्म खतरा पनि हो।

कुनै पनि अवस्थामा रूसले सक्रियतापूर्वक काम गर्न आवश्यक छ। अमेरिकाले हामीलाई उदाहरण दिइरहेका छन्। उनीहरू अमेरिकी भ्रष्ट वैश्विकवादी ब्यूरोक्रेसीलाई चाँडै हटाउन चाहन्छन्। उनीहरू त्यो काम गर्दैछन्, जुन सिद्धान्ततः हामीले धेरै पहिले गर्नुपर्ने थियो। पुटिनले पनि यो गरिरहेका छन्, तर धेरै ढिलो, विस्तारमा र सावधानीपूर्वक। तर उनीहरू तुरुन्तै, एकैचोटि, तीव्र रूपमा अभिजात वर्गलाई परिवर्तन गर्न चाहन्छन् र व्हाइट हाउसमा पुगेपछि आफ्नो विरोधीहरूलाई तुरुन्तै कठोर सजाय दिन चाहन्छन्। यो निकै गम्भीर कुरा हो।

रूसमा सर्वोच्च शासकलाई गरिने शपथ

अलेक्सी ओसिन: यो अनुभवलाई अपनाउन हामीलाई केही हानी हुँदैन ...

अलेक्जेन्डर दुगिन: सही हो। हामीले गएको वर्षको एउटा महत्वपूर्ण घटनाबारे कुरा गरेका थियौं - रुसको संघीय राष्ट्रपति चुनाव। मलाई लाग्छ, हामी यसलाई पनि बिर्सनु हुँदैन। यो सबैभन्दा महत्वपूर्ण घटना थियो। चुनावको तथ्य मात्र होइन, तर अब चुनाव क्रमशः कुनै अन्य कुरामा परिणत हुँदै गएको छ - एक राष्ट्रव्यापी उपासना अनुष्ठानमा। जहाँ सम्राट, सर्वोच्च शासक - पुटिनको पूजा गरिन्छ। चुनावले प्रमाणित गरेको छ कि उनी अपरिवर्तनीय छन्। आखिर, पुटिन राष्ट्रपति भन्दा पनि बढी हुन्। पुटिन सामान्य शासकभन्दा पनि बढी हुन्। सबैलाई थाहा छ, एक समय त्यहाँ एक महान रोमी सेनापति, नेता, सर्वोच्च शासक गाईयस जुलियस सिजर थिए। उनको नामबाट शासकहरूलाई 'सिजर' भनिन थालियो। त्यसरी नै "पुटिन" उच्चतम कार्य, स्थिति बन्यो। यो व्यक्तिगत नाम होइन, तर यो रूसलाई बचाउने एक अद्वितीय नेताको सामूहिक नाम (कार्य) हो।

जो राष्ट्रिय नेता देशको रक्षा गर्छन्, जो संकटपूर्ण अवस्थामा यसको सार्वभौमिकताको पक्षमा उभिन्छन्, ती हुन् "पुटिन"।

यो एक अत्यन्त सूक्ष्म कुरा हो। पुटिन केवल निर्वाचित अस्थायी राष्ट्रप्रमुख मात्र होइनन्। उनी एक महान ऐतिहासिक शासक हुन्। जसलाई जनताले अपार समर्थन प्रदान गरेका छन्। जसले उनलाई कालजयी बनाएको छ। कम्तीमा त्यो समयसम्म जसले मानवीय जीवनकाललाई समेट्छ। सम्भव भएसम्मको अधिकतम शक्ति उनीसँग छ। यो हामीले उनलाई प्राप्त गरेका होइनौं, बरु उनले हामीलाई प्राप्त गरेका छन्। त्यसैले यस विशेष वर्षमा, विशेष सैन्य अभियानको बीचमा, हाम्रो राष्ट्रले एक सर्वोच्च नेताप्रति निष्ठा प्रकट गर्यो।

जो राष्ट्रिय नेता हुन् जसले देशलाई बचाउँछन्, जसले संकटको समयमा यसको सार्वभौमसत्ता स्थापित गर्छन्, उनी “पुटिन” हुन्।

वास्तवमा, २०२४ मा पुटिनलाई भोट दिनु हाम्रो शासकप्रति राष्ट्रव्यापी शपथ थियो। जनताले उनलाई शपथ खाएर भने: हामीलाई सधैं शासन गर; उस्तै शासन गर, अझ राम्रो शासन गर; उस्तै गर, अझ बढी गर; राजनीतिक षड्यन्त्र र सत्तामा रहनको चिन्ता नगर्नुहोस्। तपाईंसँग सबै शक्ति छ; तपाईं स्वतन्त्र हुनुहुन्छ। हाम्रो जनताको र राज्यको हितमा ध्यान दिनुहोस्। अरू कुनै कुरा चिन्ता नगर्नुहोस्। तपाईं हाम्रो देशको भलाइका लागि सबै गर्न सक्नुहुन्छ। तपाईंलाई कुनै कुरा धम्की दिँदैन - यो मूर्ख चार वर्षको चक्र होइन, किनभने यो केवल एक प्रतीकात्मक प्रक्रिया हो। हामीले पुटिनलाई एक पटकका लागि चयन गर्‍यौं र हाम्रो निर्णयबाट पछि हट्दैनौं।

तर यो हाम्रो ऐतिहासिक परम्पराको एक विशेषता हो। अमेरिकाले ट्रम्पलाई रोजेर अमेरिकी इतिहासको दिशा अवश्यै परिवर्तन गर्‍यो। सायद विश्व इतिहासलाई पनि। त्यहीँ चुनावको महत्त्व वास्तवमै देखिन्छ। हालका लागि त कम्तीमा पनि। यद्यपि यो सम्भव छ कि उनीहरू पनि आफूले चाहेको शासकलाई जति सक्दो लामो समयसम्म सत्तामा राख्ने प्रयास गर्नेछन्। त्यसैले ट्रम्प समर्थक कर्टिस यार्भिनले अमेरिकामा राजतन्त्र स्थापना गर्ने विषय उठाइसकेका छन्। उनीहरू स्पष्ट रूपमा सिकिरहेका छन्।

पुटिनवाद र केटेहन
एलेक्सी ओसिन: समस्या, यद्यपि, यो हो कि रूसी इतिहासमा, एक महान नेतापछि प्रायः केही ठ्याक्कै विपरीत आउने गर्दछ।

अलेक्जेन्डर दुगिन: यो सत्य हो, यो सबैभन्दा ठूलो जोखिम हो। अब यो समस्याको समाधान गर्ने समयसीमा आइपुगेको छ। रातो बत्ती पहिले नै बलिरहेको छ। यो एउटा चेतावनी संकेत हो। एकमात्र उपाय भनेको हाम्रो राष्ट्रपति भ्लादिमिर भ्लादिमिरोविच पुटिनको सिद्धान्तलाई एउटा विचारधारामा रूपान्तरण गर्नु हो। अर्थात् उनको उपदेश, रणनीति, सिद्धान्त, विचार, र विश्वासलाई मूर्त रूप दिने स्थिर वैचारिक संरचना सिर्जना गर्नु हो। हामीलाई एउटा विचारधारा आवश्यक छ। कम्तीमा राजनीतिक एलिटहरूको लागि आस्थाको प्रतीकको रूपमा, तर यसलाई जनतासम्म विस्तार गर्नु पनि उचित हुनेछ। यद्यपि यो शब्दलाई प्रायः नकारात्मक वा व्यंग्यात्मक रूपमा प्रयोग गरिन्छ। हामीले पुटिनबाट पुटिनवादमा परिवर्तन गर्न आवश्यक छ।

हामीलाई यस्तो विचारधारा आवश्यक छ। जसले व्यक्तिहरूको, राजवंशहरूको होइन, तर आत्मा, मिशन, रणनीति, र लक्ष्यको निरन्तरता सुनिश्चित गर्छ। ताकि भविष्यका शासकहरूले पुटिन र उनका विचारलाई एक नमूनाका रूपमा हेर्न र यो रेखाबाट विचलित हुन डराउँछन्—सार्वभौमिकताको सुदृढीकरणमा, परम्परागत मूल्यहरूको संरक्षणमा, सभ्यता-राज्यलाई आफ्नो शासनको सर्वोच्च र मुख्य मिशनका रूपमा। जोसुकै भए पनि, उनीहरूले पुटिनजस्तै हुनुपर्छ। जनताको सेवा गर्ने, इतिहास र राज्यको सेवा गर्ने, परम्परागत ईसाई परम्पराको अनुसरण गर्ने। उनीहरूले केटेहोनको कार्य पूरा गर्नुपर्छ। जुन कुनै पनि मानवभन्दा उच्च छ।

जर्जियाको प्रोजर्जियन सपना
एलेक्सी ओसिन: सायद केही उत्तर-सोवियत राज्यहरू रसियाकै केन्द्रीकृत प्रक्रियाहरू सुरु गर्दैछन्। के उनीहरू कुनै रूपमा हामीलाई पछ्याइरहेका छन्?

अलेक्जेन्डर दुगिन: ध्यान दिनुहोस्, जर्जियामा यति धेरै रुसी समर्थक शक्तिहरूले होइन, तर जर्जियन समर्थक शक्तिहरूले जितेका छन्। हालै सपथ लिएका नयाँ राष्ट्रपति मिखाइल काभेलाशविली, वैश्वीकतावादी कठपुतली सलोमिया जुराबिशविलीको लज्जास्पदरुपमा भागेपछिको स्थिति, जो जर्जियामा असफल बाइडेन प्रशासनलाई प्रतिनिधित्व गर्थिन्। र सम्पूर्ण जर्जियन ड्रिम पार्टी रूसप्रति मैत्रीपूर्ण वा कम्तिमा तटस्थ शक्ति बन्न सक्छन्। साथै कम्तिमा उनीहरू पनि हाम्रो जस्तै सार्वभौमसत्ताको पक्षधर छन्। यसको अलावा, हाम्रा परम्परागत मूल्यहरू धेरै नजिक छन्, हामी र उनीहरू दुवै अर्थोडक्स देशहरू, अर्थोडक्स जनहरू हौं। तर यस स्थितिमा पुग्नको लागि, हामीलाई नक्कल गर्नु वा हाम्रो उदाहरणबाट प्रेरित हुनु आवश्यक छैन। म जर्जियन ड्रिम र ट्रम्पबीच कुनै विरोधाभास देख्दिनँ। आखिरमा, ट्रम्पको लागि यस्तै एक परम्परावादी जर्जिया स्वीकार्य र चाहनायोग्य नै हो। यो पश्चिमको विकल्प होइन। यो वैश्वीकतावादीहरूको विकल्प हो, तर ट्रम्पको होइन। त्यसैले अहिले जर्जिया प्रति सबैभन्दा चिन्तितहरू प्रस्थान गर्ने अमेरिकी वैश्वीकतावादी प्रशासन र युरोपेली वैश्वीकतावादीहरू हुन्। जो अझै पुराना दिनमा बाँचेका छन्। अझै पनि त्यो उदारवादी LGBT/वोक चरणमा छन्,र। जुन आफैं अमेरिकामा अब पार गर्दैछ।

इवानिशविली, काभेलाशविली, वा युरोपका अर्बान र फिको जस्ता व्यक्तिहरू भविष्य हुन्। तिनीहरू रुसी समर्थक नेताहरू होइनन्, तिनीहरू भविष्यको विश्वका नेताहरू हुन्, जसमा युरोप पनि समावेश छ।

हो, पुटिन तिनीहरूका लागि शत्रु होइनन्। उनी एक सार्वभौम देशका प्रतिनिधि हुन्। यथार्थवादीको रूपमा तिनीहरूले आफ्ना राष्ट्रिय हितको आधारमा हामीलाई व्यवहार गर्नेछन्। यदि उनीहरूलाई कुनै कुरा निर्माण गर्नु, बनाउनु, बेच्नु, किन्नु, वा सहमतिमा पुग्नु फाइदाजनक छ वा छैन भने, उनीहरूले हामीसँग, पश्चिमसँग र पूर्वसँग पनि त्यही गर्नेछन्। उनीहरूका लागि महत्त्वपूर्ण कुरा आफूलाई, आफ्ना जनतालाई सेवा गर्नु हो, नकि वाशिङ्टन वा ब्रसेल्सका विश्वव्यापी विकृतहरूको गिरोहलाई सेवा गर्नु हो।

जर्जियामा भइरहेको घटना हंगेरी र स्लोभाकियामा पनि भइरहेको छ। तर यो संयुक्त राज्य अमेरिकामा पनि भइरहेको छ।
अब जर्जियन ड्रीमले रंगीन क्रान्तिको क्रममा त्यसलाई हटाउन खोज्ने जर्जिया-विरोधी, रुस-विरोधी, नव-नाजी समूहलाई पराजित गरिरहेको छ। र यसले यो रूसको हितमा होइन, जर्जियाको हितमा काम गरिरहेको छ। यसरी, जर्जिया संरक्षित हुनेछ र आफ्नो स्थिति बलियो बनाउनेछ। जर्जियाले आफ्नो परम्परागत मूल्यहरू जोगाउनेछ, र यी जर्जियाली जनताको मागहरू हुन्। जर्जियाली जनताले जर्जियन ड्रीमलाई भोट दिएका थिए, ठीक त्यस्तै हंगेरी जनताले अर्बानलाई र स्लोभाक जनताले फिकोलाई भोट दिएका थिए। युरोप वा पूर्व-सोवियत क्षेत्रका अन्य जनता र समाज, दुःखको कुरा, बाहिरिदैं गरेको उदारवादी नेतृत्वको क्षयकारी प्रभावमा परेका छन्।

मेरो विचारमा, यो हाम्रो ट्रम्पसँग साझा लक्ष्य हो - नयाँ प्रशासनसँग, ट्रम्पवादीहरूसँग मिलेर, जर्ज सोरोस र उनको अपराधी छोराजस्ता पात्रहरूको इतिहासको पृष्ठ बन्द गर्न, रङ्गीन क्रान्तिहरूको युग अन्त्य गर्न, सार्वभौम राष्ट्रहरूको आन्तरिक मामिलामा विश्वव्यापी हस्तक्षेप अन्त्य गर्न। हामी यथार्थवादतर्फ सर्नुपर्छ, के हाम्रो फाइदामा छ र के छैन भनेर स्पष्ट रूपमा बुझेर। यो कुनै पनि राज्यको मुख्य कार्य हुनुपर्छ र यस आधारमा हामीले नजिक र टाढाका देशहरूसँग नीति निर्माण गर्नुपर्छ। हाम्रो विश्वासमा नजिक भएका जर्जियनहरू वा विश्वासमा वा इतिहासमा नजिक नभएका, हंगेरीहरू वा अमेरिकीहरूसँग, जससँग हाम्रो भू-राजनीतिक वैमनस्य छ, तर यो वैमनस्यलाई केही हदसम्म विश्वव्यापी सहमतिको माध्यमबाट समाधान गर्न सकिन्छ। यो सजिलो छैन, तर सम्भव छ। किनकि उनीहरू र हामी परम्परागत मूल्यहरूको दिशामा केन्द्रित छौं।

मध्यपूर्वको ठूलो युद्धको आगो
अलेक्जेन्डर दुगिन: कृत्रिम बौद्धिकता (एआई) ले मध्यपूर्वका दुःखद घटनाहरूका बारेमा थप कुरा गर्यो। यो क्षेत्र पनि एक महत्वपूर्ण तनावग्रस्त क्षेत्र हो। त्यहाँ प्रतिद्वन्द्वी शक्तिहरूबीच कडा टकराव भइरहेको छ। गाजामा, लेबनानमा, यमनमा र सिरियामा मात्र होइन, तर मूलतः सारा क्षेत्र ठूलो युद्धको आगोमा फस्न लागेको छ। यसलाई टार्न निकै गाह्रो छ।

जियोनिस्ट अधिकारीहरू ‘समुद्रदेखि समुद्रसम्म’ एक महान इजरायल निर्माण गर्न दृढ छन्। यसै कारणले गोलान हाइट्स र लेबननमाथि आक्रमण र गाजामा जनसंहार भइरहेको छ। इजरायली रूढीवादीहरू आफ्ना उद्देश्यहरूमा कट्टरपन्थी र दृढ छन्। तिनीहरूले पहिले नै कति धेरै देखाइसकेका छन्। अबदेखि, विशेष गरी ट्रम्पको इजरायल समर्थक समूहको समर्थनले, उनीहरू अझ पर जान सक्छन्। र त्यही चुनौती हो। अहिले मध्यपूर्वमा साँच्चै धेरै गम्भीर घटनाहरू विकसित भइरहेका छन्। तपाईँले मध्यपूर्वमा ध्यान दिनै पर्छ। त्यहाँ परिस्थिति परिवर्तन भइरहेका छन्।

अवश्य पनि बशार अल-असदको शासनको पतन हाम्रो लागि ठूलो झट्का हो। मलाई लाग्छ, विश्ववादीहरूले साउदी अरब, टर्की र अन्य इस्लामी देशहरू, जस्तै कतारलाई समावेश गर्दै, सिरियामा संचालनको समय जानाजान मिलाएर, हाम्रो कमजोरी देखाउन प्रयास गरेका हुन्। यो हाम्रो कमजोरी होइन, उनीहरूले आफ्नो लक्ष्य प्राप्त गरेनन्। तर, हाम्रो मित्रवत शासनको पतन, जसमा हाम्रो वास्तविक लगानी थियो। न त "उपेक्षित" घटना हो न त "सकारात्मक"। यो हाम्रो लागि दुःखद घटना हो। बितेको वर्षको दुःखद परिणाम हो।

मलाई लाग्छ, २०२५ को नयाँ वर्षमा त्यहाँको अवस्था अझै तीव्र परिवर्तन हुनेछ। दुर्भाग्यवश, मध्यपूर्वले हामीलाई नजिकको भविष्यमा थप दुःखद घटनाहरू ल्याउनेछ। इजरायल र इरान बीच युद्ध सुरु हुने सम्भावनालाई म अस्वीकार गर्न सक्दिन।

एलेक्सी ओसिन: उनीहरू कसरी लड्छन्, जब उनीहरूको सीमा नै छैन?

अलेक्जेन्डर दुगिन: सिरिया, इराक मार्फत मिसाइल प्रहारहरूको माध्यमबाट। इजरायल र इरानले पहिले नै मिसाइल प्रहार एकले अर्कोलाई गरेका छन्। म यो अभियानमा अमेरिकी सशस्त्र बलहरूको संलग्नतालाई अस्वीकार गर्न सक्दिन। इरानका परमाणु केन्द्रहरू विरुद्ध आक्रमणहरू हुन सक्छन्। यमनमा सीधा हस्तक्षेप पनि हुनसक्छ। किनभने यमेनी हुथीहरू इजरायल विरुद्ध कडा, साहसी र राम्रोसँग सशस्त्र संघर्ष गरेका छन्।

यस क्षेत्रका सुन्नी र शिया समुदायहरूबीच सम्पूर्ण क्षेत्रमा ठूलो तनाव छ। विभिन्न कारणहरूले ठूलो युद्धको उत्प्रेरक बन्न सक्छ। तर, निश्चित रूपमा, मुख्य कारण ग्रेटर इजरायल हो। सन् २०२५ मा सम्भवतः इजरायली सरकारमा रहेको दक्षिणपन्थी जिओनिष्ट शक्तिहरू, जस्तै बेजालेल स्मोट्रिच, बेन ग्भिर र प्रधानमन्त्री नेतान्याहूको निकटवर्ती अन्य मन्त्रीहरूले आफ्ना योजना पूरा गर्दै तेस्रो मन्दिर निर्माण गर्न अल-अक्सा मस्जिदलाई विस्फोट गराउन सक्छन्। उनीहरूले यसबारे धेरै पटक अरबहरूलाई धम्की दिएका छन्। र वास्तवमा, अक्टोबर २०२३ मा भएको हमासको आतङ्ककारी गतिविधि मुख्यतः यसै कारणले प्रेरित थियो। जसलाई ‘अल-अक्सा बाढी’ भनिएको थियो।

यसरिदनै मध्यपूर्वमा विभिन्न प्रकारका द्वन्द्वहरू बढ्दै जानेछन्। मध्यपूर्वको नक्सालाई ध्यानपूर्वक अध्ययन गर्नुपर्छ। सम्भवतः एकभन्दा बढी देश र एकभन्दा बढी क्षेत्र ठूला युद्धमा समेटिनेछन्।

अहिले सिरियामा आफ्नो भनिएको सफलता मनाइरहेको टर्कीले पनि यस क्रममा पीडा भोग्न सक्ने सम्भावना छ। मेरो मतलब, असदको पतन एर्दोगानका लागि एउटा जाल थियो। मध्यपूर्व भनेको जालहरूको संसार हो।

तर, हामी भगवान र उहाँको कृपालाई विश्वास गरौं।

अनुवाद: मोहनप्रसाद ज्ञवाली