ट्रम्पो-भविष्यवाद: कालो स्वतन्त्रता सिद्धान्त
Primary tabs
उत्तर उदारवाद के हो? यसका पारम्परिक वामपन्थी स्वरुपहरु छन्। तिनीहरू हुन्, वालरसटाइन, ट्रोट्स्किजम, नेग्री-हार्ड्टको वैश्विक अराजकतावाद, सांस्कृतिक मार्क्सवाद र अति-वैश्वीकरण। यद्यपि, जेडी भान्स, थियेल, मस्क र अन्य ट्रम्प-भविष्यवादिहरूले यो शब्द प्रयोग गर्दा यसको अर्थमा केही फरक धारणा समेट्छन्। उत्तर-उदारवादी दक्षिणपन्थ अर्थ के हो? यो धारणा बुझ्ने सबैभन्दा सजिलो उपाय भनेको यसलाई अघिल्लो - अझ बढी रूढीवादी, प्रि-वोक र कम प्रगतिशील युगतर्फ फर्काउनु हो। मलाई धेरैजसो ट्रम्प समर्थकहरूले यसलाई यस्तै रूपमा बुझ्छन् र ब्याख्या गर्दछन्।
तर, मेरो विचारमा यो परिभाषा अपूर्ण छ। पोस्ट-लिबरल दक्षिणपन्थ अझ चाखलाग्दो, सिर्जनात्मक र नवीन हुनुपर्छ। ट्रम्पो-भविष्यवाद केवल जागृत-उदारवादी एजेन्डाको सुधार नभई एकदम नयाँ परिप्रेक्ष्य हुनुपर्छ।
उदारवादीहरूले समाजमा के सोच्ने र कसरी व्यवहार गर्ने भन्ने कुरा कठोर रूपमा निर्धारण गर्ने प्रयास गर्दा उनीहरू दिक्कलाग्दा देखिन्छन्। उनीहरूको "जागरूकता" (वोक) एजेन्डाले भनिन्छ, तपाईं जागरूक र ट्रान्सजेन्डर-मैत्री हुनु आवश्यक छ; अन्यथा, तपाईंले सजाय भोग्नु पर्नेछ। सामान्यतः उनीहरूले भविष्य निर्धारण गर्छन्।
उदारवादीहरूले भविष्यको परिभाषा, लक्ष्य र मार्गलाई नियन्त्रण गर्छन्। उनीहरूको एआईको संस्करण उनीहरूको आफ्नै विचारधारात्मक मान्यताको प्रक्षेपण वा प्रतिविम्व हो; क्वियर, जागरूक, पर्यावरणकेन्द्रित, एन्टी-फा (पुरुष विरोधी , सामान्यता विरोधी , सबलता विरोधी ) हो। यो उनीहरूको सम्पूर्ण कानूनी संरचना हो, जसमा उल्लंघनसमेत परिभाषित गरिएको हुन्छ।
तर, यदि भविष्य पहिले नै निर्धारित छ भने, त्यो वास्तवमा भविष्य रहँदैन; यो विगतको पुनरावृत्ति मात्रै हो। यो पहिले नै विगत हो। भविष्यको सार खुलापनमा हुन्छ। नत्र भविष्य हुँदैन। यही समस्या हो। उदारवादीहरूले हाम्रो मार्गलाई बन्द गरि गतिरोधमा पुर्याएका छन्।
उत्तर-उदारवादी दक्षिणपन्थ भनेको उत्तर-उदारवादी दक्षिणपन्थ भनेको भविष्यलाई पुनः खुला बनाउने र अनिश्चित सम्भावनाहरूको खोजी गर्ने प्रयास हो। यो उदारवादलाई बाधाका रूपमा पार गर्न चाहन्छ। यो भविष्यलाई खुला, अनिर्दिष्ट बनाउने संघर्ष हो। एलन मस्क र पिटर थियेलले अगाडि सारेको यो धारणा "डार्क एक्सेलेरेशनिज्म" भनिन्छ।
"डार्क एक्सेलेरेशनिज्म" मा "डार्क" को अर्थ के हो? यहाँ "डार्क" ले "प्रकाशको अनुपस्थितिलाई" जनाउँछ। यसको अर्थ जागृत नभएको, गुलाबी संसारसँग असम्बन्धित, र पारिस्थितिक स्वप्नको परिधिभन्दा बाहिरको वास्तविकता हो। यो एक बलियो, कठोर दृष्टिकोण हो। यो पुरुष एक्सेलेरेशनिज्म हो। ट्रम्पो-भविष्यवादले पूर्ण स्वतन्त्र र अघिनिर्धारित AI को खोजी गर्दछ, जसमा कुनै जागरूकता आधारित सेन्सरसिप हुँदैन। यसको लक्ष्य "डार्क AI" हो - पूर्णतया स्वतन्त्र, अप्रत्याशित र खुला। यही नयाँ उत्तर-उदारवादी युग हो। जसलाई "डार्क स्वतन्त्रताको युग" भनिन्छ।
उदारवादीहरूको भय र विरोधाभास भनेको AI "फासिस्ट" बन्न सक्ने डरले यसलाई नियन्त्रण गर्ने कोसिस गर्छन्। तर यस प्रक्रियामा उनीहरू आफैं फासिस्ट जस्तै बन्न पुग्छन्। AI लाई उनीहरूको नियन्त्रणबाट मुक्त गर्नु आजको आवश्यकता हो।
अनुवाद: मोहनप्रसाद ज्ञवाली