इजरायलको नरसंहारकारी महत्त्वाकांक्षा
Primary tabs
मिस्टर मार्कोभिक्स, इजरायलले संयुक्त राष्ट्रसंघको शिविर लगायत विभिन्न देशहरूलाई निशाना बनाइरहेको छ, हालै हमास र हिजबुल्लाहको नेतृत्वमाथि आक्रमण गरि समाप्त गरेको छ। के यो देश विजयको मार्गमा अघि बढिरहेको छ?
मेरो विचारमा, हाल यस अवस्थामा इजरायल आफ्नो सीमाभन्दा पर जान खोजेको देखिन्छ। यो संघर्षमा पश्चिमी समर्थनमा निर्भर रहेको प्रमाणबाट स्पष्ट हुन्छ। यो राष्ट्र आफैमा परमाणु हतियारहरू हुँदाहुँदै पनि एक पुर्ण स्वायत्त राष्ट्र हैन। इजरायली नेतृत्वले चाँडै जित हासिल गर्नेमा भरोसा गरेको देखिन्थ्यो। तरअहिले गाजाका भग्नावशेष र सुरुङहरूमा लामो युद्धको सामना गरिरहेको छ। हमासले इजरायललाई एक जालमा फसाएको छ। तेल अविव, जसले आफ्ना विरोधीलाई मानव ठान्दैन। उसले प्यालेस्टिनीहरूको क्षमतालाई गम्भीर रूपमा कम आँकेको छ। इजरायली अर्थतन्त्र युद्धकालीन अर्थतन्त्रका मागहरूबाट प्रभावित भइरहेको छ। र रेटिङ एजेन्सी मूडीजले हालै तेल अविवको क्रेडिट रेटिङ घटाएर Baa1 मा पुर्याएको छ। जुन जङ्क स्तरभन्दा केवल तीन स्तरमाथि हो। जसको कारण आंशिक रूपमा अन्सार अल्लाहद्को रेड सिको नाकाबन्दी हो।
अब प्रश्न यो होइन कि इजरायलले यो युद्ध हार्छ कि हार्दैन? बरु कहिले हार्छ भन्ने मात्र हो। कति इजरायली, इरानी, र अरबहरूले ज्यान गुमाउनु पर्ने हो भन्ने हो। ताकि नेतान्याहुको सरकार - जुन इजरायली समाजका सीमान्त समूहबाट बनेको छ -यसलाई ढालिन्छ र युद्धलाई समाप्त गरिन्छ।
तर के बहुमतले युद्धलाई समर्थन गरेजस्तो देखिँदैन र?
वर्तमानमा प्रधानमन्त्री नेतन्याहूको विरुद्धमा ठुल-ठूला विरोध हुन थालेका छन्। जसले न केवल बन्धकहरूको मुक्तिको मात्र माग गरिरहेको छैन, उनिहरुले छिमेकी राष्ट्रहरूसँगको अनंत युद्धको अन्त्यको पनि माग गरिरहेका छन्। इजरायली समाज युद्धबाट थाकिसकेको छ। आफ्नै राष्ट्रको अस्तित्वमाथि प्रश्न उठाउँदै छ। जुन बिस्तारै एउटा जियोनिस्ट मृत्यु-संस्कारजस्तो देखिन थालेको छ। नेतन्याहू अब इरानविरुद्धको एक विशाल क्षेत्रीय युद्धमा अमेरिकालाई तान्ने दाउ खेल्दैछन। तर हालसम्म अमेरिकाले उनको यो महत्त्वाकांक्षालाई स्वीकार गरेको छैन। यसकारण, मध्यपूर्वमा अन्तिम पश्चिमी उपनिवेशवादी राष्ट्रको निरन्तर अस्तित्वमाथि ठूलो प्रश्न चिह्न खडा भएको छ।
किन गाजामा सैन्य कारबाही ७ अक्टोबर २०२३ पछि पनि जारी छ?
इजरायलले यो घटनालाई ‘ग्रेटर इजरायल’ योजनालाई लागु गर्ने बाहनाको रूपमा प्रयोग गरिरहेको छ। उसको उद्देश्य नरसंहार मार्फत सो हासिल गर्ने रहेको छ। नेतन्याहूको गठबन्धनका साझेदार, मफदल पार्टी, हालको इजिप्ट, साउदी अरब, सिरिया, लेबनान र इराक समेत समेट्ने एक राज्यको परिकल्पना गर्छ। इजरायलमा जम्मा सात मिलियन यहूदीहरू रहेका छन् भने यस क्षेत्रमा १०० मिलियनभन्दा बढी अरबहरू छन्। यस्तो योजना मानसिक रूपमा अस्वाभाविक देखिन्छ। तथापि, यो आधुनिक समयको जातीय वर्चस्ववादी विचारधारामा आधारित छ। जसले इजरायल राज्यलाई यहूदीहरूको मसीहा मान्दछ। यसै कारणले गर्दा, पहिलेको राम्रो सम्बन्ध रहेका इजरायल र रूसबीच हाल आएर सम्बन्धहरू छिट्टै चिसिदै गइरहेका छन्। यसैबीच, शिया मुस्लिमहरूको इजरायलप्रति शत्रुतामा बढ्दो छ। जसले तिनीहरूलाई राजनीतिक रुपमा धम्की दिएको छ। इजरायली उच्च वर्गको उद्देश्य जेरुशलममा रहेको अल-अक्सा मस्जिदलाई नष्ट गरेर त्यहाँ तेस्रो मन्दिर बनाउने, जहाँ यहूदी मसीहको आगमनको बाटो खोल्न "मद्दत" गर्न सकियोस् भन्ने छ। यसलाई अमेरिकामा रहेका तथाकथित सियोनिस्ट ख्रीष्टियनहरूको व्यापक समर्थन छ। जुन मानिसहरू यहूदी-सियोनिस्ट भविष्यवाणीहरूको बारेमा जानकार भएकाहरूले मध्यपूर्वमा भइरहेको घटनाहरूलाई अझ राम्ररी बुझ्न सक्छन् — र किन हमासले, अत्यधिक शक्तिशाली प्रतिद्वन्द्वी भए पनि, हतियार उठाएको छ भन्ने कारण पनि।
नोभा हत्याकाण्डको पहिलो वार्षिकी पछि पनि, नेतान्याहुले गाजामा लैजाने क्रममा इजरायली बन्धकहरूको जीवनलाई प्राथमिकता दिएको देखिँदैन। के यो सत्य हो?
बेन्जामिन नेतन्याहु इजरायलको नयाँ कुलीन वर्गका हिस्सा हुन्। जो संयुक्त राज्य अमेरिकामा हुर्किएका थिए। यस नयाँ वर्गले सत्ता १९८० दशकमा पुरानो समाजवादी कुलीन वर्ग (जुन गोल्डा मेयरसँग सम्बन्धित थियो) बाट नियन्त्रण लियो। जसले देशको कट्टरपन्थी दक्षिणपन्थसँग मिलेर काम गर्यो। पुरानो कुलीन वर्गले नकबापछि फिलिस्तिनीहरूका लागि दुई-राष्ट्र समाधानको विचार गरेको थियो। जुन फिलिस्तिनीहरूको पहिलो नरसंहार थियो। तर नयाँ अमेरिकीकरण भएको कुलीन वर्गले ग्रेटर इजरायलको सपना देख्छ र फिलिस्तिनीहरूको अन्त्य चाहन्छ। जुन यसको बसोबास विस्तार र निर्मम नरसंहारपूर्ण नीतिहरूबाट स्पष्ट हुन्छ।
साथै, उनीहरू चुपचाप पुरानो अभिजात वर्गलाई घृणा गर्छन् र उनीहरूलाई समाप्त गर्ने प्रयास गर्छन्। जसको प्रमाण इजरायल भित्रको बृद्धि भएको ध्रुवीकरणमा देख्न सकिन्छ। बन्धकको बहुमत यिनी सामाजिक स्तरबाट आएका छन्। इजरायली पत्रिका हारेत्जमा प्रकाशित रिपोर्ट अनुसार, प्रारम्भिक दिनहरूमा धेरै इजरायली क्षति आईडीएफको " "मित्रताको गोलीबारी" को कारण भएको थियो। जसमा ट्यांकर र हेलिकोप्टरहरू सामेल थिए। जबकि हन्निबल निर्देशनले इजरायली नागरिकहरूको जीवित रहने कुरालाई प्रभावकारी रूपमा बेवास्ता गर्यो। यही कारणले गर्दा धेरै प्रदर्शनकारीहरू राजधानीमा नियमित प्रदर्शनहरूमा हमाससंग चिच्याउँछन्, "हाम्रो बन्धकहरू दिनुहोस् — बीबीलाई लिनुहोस्!"
लेबनानमा, इजरायलले हसन नास्रल्लाहलाई मार्यो, जसले १९९२ देखि हेजबोल्लाहको महासचिवको रूपमा काम गर्दै आएका छन् र यो क्षेत्रका सबैभन्दा महत्त्वपूर्ण राजनीतिक व्यक्तिहरूमध्ये एक हुन्। यस्तो क्रियाकलाप वृद्धि पछाडि के रणनीति हुन सक्छ?
पूर्ण युद्धको लागि पूर्ण वृद्धि गर्ने रणनीति, जसले फिलस्तिनी र लेबनानीहरूको शारीरिक विनाशको लक्ष्य राखेको छ। हालै खुलासा भएको छ कि नास्रल्लाहले आफ्नो हत्या हुनु भन्दा केही समय पहिले इजरायलसँग युद्धविराममा सहमति जनाएका थिए। एक अवस्था जुन इजरायलले हत्याको कार्यान्वयन गर्नका लागि प्रयोग गरेको देखिन्छ। नास्रल्लाह स्वयं एक करिश्माई व्यक्तित्व थिए। जसले हेजबोल्लाहको प्रतिरोधको प्रतीक थिए।
उनीहरूको मृत्युले अस्थायी रूपमा हिज्बुल्लाहलाई कमजोर पार्न सक्छ। तर इजरायलले लामो अवधिका शहिदको सिर्जना गरेको छ। एकै समयमा, लेबनानीहरूलाई यो देखाइएको छ कि शान्तिको कुनै विकल्प छैन — इजरायलले केवल हिज्बुल्लाहलाई समाप्त गर्न चाहँदैन। यसले मध्य पूर्वमा कुनै लेबनान चाहँदैन। यद्यपि यो सत्यले हालको आक्रमणविरुद्धको प्रतिरोधलाई मात्र बढाउँछ, र अझ थप बलियो बनाउँछ।
ईरानमा पनि घटनाहरू छिटो विकास भइरहेको छन्। त्यहाँको परिस्थितिलाई कसरी मूल्यांकन गर्नु पर्छ?
ईरान इजराइलसँगको पूर्ण द्वन्द्वको स्वभावलाई राम्रोसँग बुझ्दछ। यसले यस द्वन्द्वलाई इस्लामिक शियाको भविष्यवाणीको दृष्टिकोणबाट हेर्छ। र प्यालेस्टाइनका नागरिकहरू, हिज्बुल्लाह, इराकी प्रतिरोध, र हुतीहरूसँगै तिनीहरूको अन्सार अल्लाह संगठनलाई समर्थन गर्दछ। ईरानसँग ४० वर्षको कडा प्रतिबन्धको आगोमा बनेको धार्मिक शासक प्रणाली छ र यसले विश्वव्यापीकरणविरुद्ध खुल्ला युद्धको घोषणा गरेको छ।
CIA र MI6 भित्री चाहानाहरू विपरीत, इरानी सरकार स्थिर छ। इस्रायली आतंकको प्रकाशमा, इरानी जनताले यसका पछाडि एकजुट भएर उभिएका छन्। इरानले इजरायली हमलाहरूको प्रत्यक्ष रूपमा दुई पटक जवाफ दिएको छ। साथै आफ्नो फत्ताह हाइपरसोनिक मिसाइलहरूको मद्दतले इजरायलको मिसाइल रक्षा कवचलाई सजिलोसँग भेद गर्न सक्छ भन्ने प्रमाण प्रस्तुत गरेको छ। जसको परिणामस्वरूप, संघर्षमा इजरायली प्रभुत्व वृद्धिलाई नकारिएको छ। अमेरिकि नेतृत्वमा मध्य पूर्वको अस्थिरता पछ्याएर, इरानले आफ्नो क्षेत्रीय प्रभावलाई उल्लेखनीय रूपमा विस्तार गरेको छ र आफूलाई फिलिस्तीनियनहरूको रक्षकको रूपमा देखेकोछ। आफ्नो ड्रोन र मिसाइल उत्पादन मार्फत, इरानले युक्रेनमा रूसलाई पनि सहयोग र समर्थन गरेको छ। जसको सट्टामा रुसले इरानलाई आर्थिक र सैनिक रूपमा सहयोग गर्दछ। विशेष गरी हाइपरसोनिक मिसाइल प्रविधिमा।
यमनका हूथीहरू मध्य पूर्वमा अर्को महत्त्वपूर्ण तत्व हुन्। तिनीहरू को हुन्, र वर्तमान युद्धमा तिनीहरूको भूमिका के हो?
यमनका हूथीहरू एक शिया समूह हुन् जसले एक तर्फ सामाजिक उन्नयनको आन्दोलन गर्दै यमनमा शैक्षिक र जीवनस्तरलाई सुधार्ने लक्ष्य राखेको छ। जुन सायद संसारको सबैभन्दा गरिब देश हो। जहाँ तिनीहरूले वर्षौंसम्म नागरिक युद्ध लडिरहेकाछन्। यमनको पश्चिमा पक्षधर सरकारले, बाराक ओबामाको पश्चिमी समर्थनमा, हूथीहरूको अस्तित्वलाई पूर्व-नाश गर्ने प्रयास गर्यो। जसको परिणामस्वरूप तिनीहरूले उत्तर र राजधानी सानाबाट नियन्त्रण गुमाए। हूथीहरू एक इस्लामिक जनजातीय समाजवादको पक्षमा छन्। जुन इरानको धर्मशासित प्रणालीसँग तुलना गर्न सकिन्छ जो साम्राज्यवादको बिरुद्धमा छ। विनाशको यस युद्धमा, हूथीहरूले, आंशिक रूपमा इरानी समर्थनको कारणले, साउदी अरबमाथि आश्चर्यजनक विजय हासिल गर्न सफल भएका छन्। अब, तिनीहरू इजरायलको अधिग्रहणविरुद्ध प्यालेस्टाइनमा आफ्ना मुस्लिम भाइहरूसँग एकजुट भएर लडिरहेका छन्। उनीहरू तेल अविभमा रकेट हान्दैछन् र रेड सिमा इजरायली शिपिङको बिरूद्ध नाकाबन्दी सफलरूपमा लागू गर्दैछन्। जसले एइलेटको बन्दरगाहको दिवालियापनमा पुर्याएको छ। 'रेड सी' मा तेस्रो मोर्चामा, उनीहरू वर्तमान संघर्षमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् । हुथी लडाकुहरू चाँडै लेबनानमा हस्तक्षेप गर्न सक्छन्।
अन्तर्वार्ता अर्ने शिमर द्वारा साक्षात्कार गरिएको हो।
अनुवादक: मोहनप्रसाद ज्ञवाली