प्रामाणिकका बिरुद्ध अप्रामाणिक अस्तित्व: अन्तिम विकल्प

"आधुनिक मानवता अचेतन रूपमा उत्तर-मानवतावादतर्फ अग्रसर भइरहेको छ, जहाँ वास्तविक अस्तित्व (Dasein)* हराउँदै गएको छ। दार्शनिक एवं सभ्यतागत मूलहरूको पुनरागमनले मात्र राष्ट्रहरूलाई अपरिवर्तनीय सांस्कृतिक पतनबाट बचाउन सक्छ।"

उनीहरूको इतिहासको अन्त्य भविष्यमाथिको युद्ध थियो। हेगेलको अर्को एक व्याख्या (न त साम्यवादी, न त उदार) छ जो विशुद्ध हेगेलियन दृष्टिकोण हो। यस व्याख्याले इतिहासको अन्त्यलाई एक आध्यात्मिक साम्राज्य, रूपान्तरणशील दार्शनिक राज्यको सिर्जना रूपमा चिनाउँछ। यसले आफैले भविष्यको प्रतिनिधित्व गर्नुपर्छ।

सार्वभौम निर्णयको उत्तम विकल्प सारा वागेनक्नेक्ट हुन्। अन्य सबै विकल्पहरू आत्मघाती छन्।

एएफडी (AfD) भोट जर्मनीको अस्तित्वको प्रश्नको उत्तर हो। AfD बिना, जर्मनी अब रहँदैन।

ठ्याक्कै त्यसैगरी, वैश्विकतावादी सञ्चारमाध्यमहरूले मेरो विरुद्ध र सामान्य रूपमा रुसको विरुद्ध पूर्ण रूपमा झूटा आरोपहरू फैलाउने कार्य गर्छन्। तत्काल तिनीहरू सबैले एउटै वाक्यांशहरू दोहोर्याउँदैछन्। यस्तो देखिन्छ कि यसका लागि कुनै वामपन्थी उदारवादी वैश्विकतावादी कृत्रिम बुद्धिमत्ता एजेन्ट तालिमप्राप्त छ। सञ्चारमाध्यमहरू त केवल त्यसलाई छाप्ने काम गरिरहेका छन्।

"निर्देशहरू" (Instructions word used by Musk) अब अप्रासंगिक भइसकेका छन्। केहीले प्राप्त गर्छन्, केहीले गर्दैनन्; केहीले बुझ्छन्, केहीले बुझ्दैनन्। उदारवादी ढाँचामा प्रशिक्षित विश्वव्यापी एआई एजेन्टले संसारभर पत्रकारहरूको स्थान लिएको छ। सायद यो जर्ज सोरोसद्वारा निर्मित हो भन्ने अनुमान गर्न सकिन्छ।

अब LLM ले कुनैपनि देशमा सार्वजनिक धारणा सफलतापूर्वक अनुकरण गर्न सक्छ। यो अत्यन्त सही छ। यसको अर्थ सामाजिक मानसिकता केही हदसम्म हेरफेर गरिएको, विदेशी  बनाइएको, र कृत्रिम रूपमा निर्माण गरिएको हो। यदि मेशिनले प्रभावकारी रूपमा मानवलाई पुन: उत्पादन गर्न सक्छ भने, मानव पहिले नै मेशिन हुनुपर्छ।

आधुनिक मानव प्रायः रोबोट जस्तै छन्। त्यहाँ सानो भिन्नता मात्र छ। मानवहरू "डासेइन" (अस्तित्व) हुन्, तर यस बारेमा कुनै विचार छैन। डासेइन अप्रामाणिक रूपमा कार्य गर्दछ (जस्तै दास म्यान)। दास म्यान भनेको एआई हो। यसरी, पोस्ट-ह्युमनमा अपरिवर्तनीय यात्रा भनेको डासेइनलाई वास्तविकतामा परिवर्तन गर्ने सम्भावनाको अन्तिम नोक्सानी हो।

त्यो एकलता हो। अहिले दासेइन यहाँ अझै पनि छ, तर प्रामाणिक अवस्थामा। तसर्थ, देखिनेमा मानिस र मेसिन बीच कुनै भिन्नता छैन जस्तो लाग्छ, तर भिन्न छ (जसलाई भर्चुअलता भनिन्छ)। सिंग्युलारिटी र बलियो कृत्रिम बौद्धिकता (एआई)ले यस्तो सम्भावनालाई पूर्ण रूपमा बहिष्कृत गर्छ। कोही टिप्पणी गर्दैन, कोही परवाह गर्दैन। प्रयोग नगरेको कुनै पनि कुरा हटाइन्छ।

मानव र उत्तरमानव एउटै हुन्छन्। मानव वैकल्पिक बनिन्छ। मानव हराइरहेको छ। कसैले पनि त्यसमा ध्यान दिन्न, कसैले पनि यसको पर्वाह गर्दैन। त्यहाँ कुनै पनि उदाहरण छैन जसले अझै यो हराईको साक्षी बन्न सकोस्। डेसाइनको नोक्सानी। त्यहाँ योजना छ।

पुटिन, ट्रम्प, सी, र मोदीले डासेइनको बारेमा सोच्नु पर्छ। अन्यथा सबै अर्थहिन वा व्यर्थ हुनेछ।

महान शक्ति ठूलो उत्तर बिना निरर्थक हुन्छ जुन मुख्य अस्तित्ववादी प्रश्नको जवाफ दिन्छ। अस्तित्वलाई प्रमाणिक तरिकाले जिउने कि अप्रमाणित तरिकाले। केवल प्रमाणिक तरिकाले अस्तित्वमा रहेका दासाइनको भविष्य हुन्छ जुन समयको तेस्रो आयाम हो। जसबिना, अनवरत पुनरावृत्ति हुन्छ जुन एउटै, शाश्वत अतीतको हो।

हेगेलका अनुसार, 'कुनै पनि साँचो महत्त्वपूर्ण राज्य बिना महान दार्शनिकताका उदय हुँदैन।' तपाईं दार्शनिक प्रक्रियालाई सुरू नगरी अमेरिकालाई महत्त्वपूर्ण वा महान बनाउन सक्नुहुँदैन। यो सबै अन्य ध्रुवका लागि पनि मान्य छ। पहिले दार्शनिक महात्म्य।

'मूर्ख राष्ट्र' सँग अत्युत्तम बौद्धिक प्रवृत्तिका मानिसहरू हुँदैनन्, त्यो महान बन्न सक्दैन।

दर्शनशास्त्री राजा, जसका चारैतिर दर्शनशास्त्रज्ञहरूले घेरिएको छ, माथिल्लो तलामा छन्। नायक युद्धवीरहरू अर्को तलामा रहेका छन्। मेहनती, नैतिक र धार्मिक व्यक्ति तल्लो तलामा छन्। झूट बोल्नेहरू, ठगी गर्नेहरू, विकृतिहरु र वैश्वीकतावादी निर्वासित वा बहिस्कार गरिएका छन्।

अनुवाद: मोहनप्रसाद ज्ञवाली

नोट :डासेइन (Dasein)* जर्मन दार्शनिक मार्टिन हाइडेग्गरद्वारा प्रयोग गरिएको अवधारणा हो, जसले व्यक्तिको अस्तित्वलाई आत्मचेतनशील रूपमा आफ्नो अस्तित्वको अनुभव गर्ने तरिकाका रूपमा परिभाषित गर्छ।