हामीले पश्चिमलाई गुमाएका छौं तर हामीले ‘बाँकी' विश्व खोज गरेका छौं: दुगिन
Primary tabs
सम्पादक नोट :
रूसी राजनीतिक दार्शनिक र विश्लेषक अलेक्जेन्डर दुगिन जसलाई केही पश्चिमी मिडियाले पुटिनको मस्तिष्क भन्छन् । उनी रूसमा सबैभन्दा विवादास्पद विद्वानहरूमध्ये एक हुन् । हाल उनी चीनको सोशल मिडिया प्लेटफर्महरू जस्तै सिना वेइबो र बिलिबिलीमा चिनियाँ वेब प्रयोगकर्ताहरू र विद्वानहरूसँग धेरै र गहिरो संचारको खोजीमा सामेल भएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको राजकीय भ्रमणको घोषणा गर्नुअघि ग्लोबल टाइम्स (जीटी) का संवाददाता याङ सेङले मस्कोमा दुगिनसँग एक विशेष अन्तर्वार्ता लिएका थिए । जुन अन्तर्वार्तामा उनले चीन–रुस सम्बन्धका बारेमा आफ्ना विचारहरू साझा गरेका थिए।
संक्षिप्तता र स्पष्टताका लागि केही प्रश्न र उत्तरहरू सम्पादन गरिएका छन्।
जीटी: तपाई राष्ट्रपति पुटिनको चीनको राजकीय भ्रमणको परिणाम र रसीया-चिन सम्बन्धको भविस्यबारे के अनुमान गर्नुहुन्छ?
दुगिनः कूटनीतिमा यस्ता धेरै विषयहरू छन् जसको सांकेतिक अर्थ हुन्छ । पुटिन पुनः निर्वाचित भएपछि र पदभार ग्रहण गरेपछि पुटिनको यो पहिलो विदेश भ्रमण हो । तथापि यो यात्रा अद्वितीय शान्त छ। यसको पछाडि अर्कै कुरा बहुध्रुवीय विश्व निर्माण गर्ने चाहना छ।
चीन पश्चिमी उदार पुँजीवादी, आर्थिक र राजनीतिक प्रणालीको हिस्सा मात्र थिएन कि यो प्रणालीबाट पहिले नै यश प्रणालीबाट बाहिर छ । यसमा चीन सहभागी छ । यो यससँग जोडिएको छ तर चीन पूर्ण रूपमा स्वतन्त्र ध्रुव हो । चीन एक सार्वभौम र सभ्यतागत राज्य हो। तसर्थ चीनले यस्तो सार्वभौम ध्रुव र बहुध्रुवीय विश्व व्यवस्थाको खम्बाको प्रतिनिधित्व गर्ने कुरामा कुनै शंका छैन।
दोस्रो खम्बा भनेको रुस हो । जब बहुध्रुवीय संसारका यी दुई स्तम्भहरू मिलिरहेका छन् र संवाद गरिरहेका छन् तब यस बहुध्रुवीयतालाई यसका दुई महत्त्वपूर्ण उदाहरणहरूको साथ निर्माण जारी राख्ने इच्छाशक्ति देखाउनु हो। आज विश्व एकध्रुवीय छैन । त्यसैले पश्चिमी शक्तिको आधिपत्य समाप्त भएको छ।
दुई ध्रुव वा दुई स्तम्भ (चीन र रुस) बीचको यो सञ्चार र सहयोगका लागि धन्यवाद। साथै भारत, इस्लामी विश्व, अफ्रिका र ल्याटिन अमेरिका जस्ता देश र क्षेत्रहरू पनि बहुध्रुवीय क्लबमा सामेल हुन चाहन्छन्। यसको अर्थ यो होइन कि हामी कसैको विरुद्धमा गठबन्धन निर्माण गरिरहेका छौं वा बनाइरहेका छौं । अब यदि पश्चिमले बहुध्रुवीयतालाई स्वीकार गर्दछ भने उनीहरूले यो बहुध्रुवीय संसारको निर्माणमा भाग लिन सक्दछन्। तर यदि पश्चिमले यो बहुध्रुवीयताको उदयको प्रतिरोध गरिरह्यो भने हामी यो प्रयासविरुद्ध लड्न बाध्य हुनेछौं । पश्चिमविरुद्ध होइन आधिपत्य विरुद्ध लड्न बाध्य हुनेछौं।
हामीले धेरै पटक देखिसकेका छौं कि जब पश्चिमले आफूले अनुसरण गर्ने कुनै कुराको घोषणा गर्छ तब उनीहरू नियममा आधारित विश्व व्यवस्था छ भनेर विश्वास गर्छन्। तर जब तिनीहरूको स्वार्थसित बाझिने कुरा आउँछ तब तिनीहरूले त्यो परिस्थितिलाई परिवर्तन गर्छन्।
उनीहरूले चीनलाई खुला विश्व बजारमा आमन्त्रण गरे तर जब चीनले किनारा लगाउन थाल्यो। केही पश्चिमी देशहरूले चीनविरुद्ध केही संरक्षणवादी उपायहरू लागू गर्न थाले। तिनीहरूले आफ्नो स्वार्थ पूरा गर्न नियमहरू परिवर्तन गर्छन् किनभने ती 'नियमहरू' हुन्। हामी मिलेर यो बहुध्रुवीयतालाई नष्ट गर्ने वा संसारको कुनै पनि शक्तिको आधिपत्य कायम राख्ने कुनै पनि प्रयासविरुद्ध प्रतिरक्षा गर्न चाहन्छौं।
जीटी: रूसले २०२२ मा युक्रेन संकटको प्रकोपपछि पछिल्ला दुई वर्षमा सामना गरेको कठिनाइ र चुनौतीहरूलाई कसरी पार गर्न सक्छ ? पश्चिमी संसारले रूस विरुद्ध प्रतिबन्धहरूको श्रृंखला सुरु गरेको छ तर गत वर्ष हामीले देख्यौं कि रुसी सरकारले जारी गरेको तथ्याङ्कअनुसार रूसी अर्थतन्त्रले २०२३ मा लगभग ३ दशमलब ६ प्रतिशत जीडीपी वृद्धि हासिल गरेको छ।
दुगिन: तपाईंको प्रश्नको जवाफ दिन हामीले सहभागिता र विश्वव्यापीकरण प्रक्रियाका विभिन्न संस्करणहरू अनुसन्धान गर्न आवश्यक छ। यसमा तपाईं चिनियाँहरूको विशेष अनुभव छ। तपाईं घटी वा बढीरूपमा यसको विकासमा ढिलाइ भएको देशको रूपमा विश्वव्यापीकरणमा प्रवेश गर्नुभयो। सुधारको बेला र सुधारपछि तपाईंले विश्वव्यापीकरणमा सहभागितालाई आफ्नो पक्षमा प्रयोग गर्न सफल हुनुभएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को सार्वभौमिकता र शासनको रक्षा र सुदृढीकरणका लागि तपाईंले यसका सबै सकारात्मक पक्षलाई लिनुभएको छ । यसले तपाईंको देशमा एक प्रकारको स्थिरताको ग्यारेन्टी गरेको छ।
भूमण्डलीकरणमा सहभागिताको रूसी अनुभव एकदम फरक थियो। पहिलो हामीले अर्डर गुमायौं। हामीले पूर्वी युरोपमाथिको हाम्रो नियन्त्रणसहित हाम्रो भूराजनीतिक प्रणाली गुमायौं। हामीले वार्सा सम्झौताका देशहरू गुमायौं र नेटोलाई दियौं। हामीले पश्चिमी मूल्यमान्यता, पश्चिमी प्रणाली,पश्चिमा संविधानलाई स्वीकार गर्यौं र सोभियत संघ गुमायौं ।
हामीले हाम्रो उद्योग, अर्थव्यवस्था र वित्तीय प्रणाली पनि गुमायौं। सन् १९९० को दशकमा हामीले सबै थोक गुमायौं । त्यसैले ती भूमण्डलीकरण प्रक्रियाका दुई फरक अनुभवहरू हुन्। चीनको शैली उत्कृष्ट छ। यसको स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्दै द्रुत विकासलाई महसुस गरेको छ। अब यी सबै दशकहरूमा देङ स्याओपिङ र सीपीसीको ज्ञान स्पष्ट रूपमा प्रकट भएको छ।
पुटिन सत्तामा आएपछि रुसको यो सार्वभौमिकतालाई चरणबद्ध रुपमा पुनर्स्थापित गर्न थाले । सार्वभौमिकता उनको राजनीतिको केन्द्रमा राखिएको थियो। र जब हामी विश्वव्यापी पश्चिमी अर्थव्यवस्थाबाट अलग भयौं तब हामीले केही पनि गुमाएनौं। तर हामीले लाभ उठायौं किनभने हामी आफ्नो इच्छामा बाँधिएका थियौं र यसले पनि हाम्रो केही चासो गुमाउन सक्थ्यो। र एकै समयमा हामी एक्लो थिएनौं र फेरि पत्ता लगायौं कि हामी यस संसारमा एक्लो छैनौं।
हामीसँग चीन, इस्लामी विश्व, भारत आदि धेरै साझेदारहरू छन्। हामीलाई सहयोग गर्न को इच्छुक छ भनेर पनि हामीले पत्ता लगाएका छौं। धेरै भन्दा धेरै देशहरू रूससँग आर्थिक साझेदारीमा संलग्न हुन इच्छुक छन् भन्ने हामी पाउँछौं। हामीले पश्चिमका लागि अन्य प्रतिस्थापनहरू खोजेका छौं जस्तैः अफ्रिका र ल्याटिन अमेरिकाका देशहरू । त्यसैले हामीले पश्चिमलाई गुमाएका छौं तर हामीले "बाँकी" खोजेका छौं।
जीटी: तपाईंले हालै सिना वेइबो र बिलिबिली जस्ता केही चिनियाँ सामाजिक मिडिया प्लेटफर्महरूमा आफ्नो व्यक्तिगत खाताहरू खोल्नुभएको छ। धेरै चिनियाँ वेब प्रयोगकर्ताहरूले तपाईंलाई पछ्याउनु भएको छ कि तपाईं चिनियाँ जनतालाई के भन्न जाँदै हुनुहुन्छ ।तपाईंले किन यस्तो गर्नुभयो र के तपाईं चिनियाँ नेटिजनहरूले गरेका टिप्पणीहरू पढ्नुहुन्छ?
दुगिनः पहिलो कुरा त म आधुनिक चीन र चीनको परम्पराप्रति निकै सम्मान गर्छु । मैले 'द यल्लो ड्रागन' नामक पुस्तक लेखेँ जुन सुरुदेखि आधुनिक कालसम्म चिनियाँ सभ्यताप्रति पूर्णरूपमा समर्पित छ। अहिले म चीनको आत्मा, संस्कृति र दर्शनको महिमा देख्छु । र 'द यल्लो ड्रागन' एक चीन प्रेमी र प्रशंसकको पुस्तक हो।
अब मैले यो विचार गरेको छु कि हामीले चीन–रुस मित्रताको दार्शनिक आधारलाई अझ फराकिलो बनाउनुपर्छ । यी दुई देश रणनीतिक साझेदार मात्र होइनन्,दुई महान् सभ्यताबीचको एलाइनमेन्ट पनि हुन् । यसलाई प्रवर्द्धन गर्न हामीले एकअर्कालाई अझ राम्रोसँग बुझ्न जरुरी छ
हाम्रो समाज, संस्कृति, सभ्यता, परम्परागत मूल्यमान्यताहरू धेरै फरक छन्। तिनीहरू विचलन हुन्छन् र केही तत्वहरूमा तिनीहरू एकाकार हुन्छन्। दुई सभ्यताबीचको पूर्णसंवादलाई बढावा दिनका लागि मैले चीनमा सोसल मिडिया एकाउन्ट खोल्ने र चिनियाँ जनतासँग कुरा गर्ने तथा खुला छलफल गर्ने निर्णय गरेको छु । यसमा म रुसमा र विश्वमा के भइरहेको छ,रुसीहरुले चीनको महत्वलाई कसरी हेर्छन् र हाम्रो भावी सम्बन्धको आधारमा कुन सिद्धान्तहरु राख्नुपर्छ भन्ने बारेमा आफ्नो विचार व्यक्त गरिरहेको छु।
मैले निकै नै मैत्रीपूर्ण इशाराबाट सुरु गरें र म छलफलको लागि खुला छु। तर त्यसपछि वादविवादको एक ठूलो लहर उत्पति भयो । मेरो लागि यो अनौठो र आश्चर्यजनक छ। मैले त्यस्तो अपेक्षा गरेको थिइनँ।
सन् १९९० को दशकदेखि नै केही मानिसहरूले मेरो अघिल्लो विचारका केही अंशहरू प्रयोग गर्न थाले । जब हामी रूसमा बिल्कुलै फरक परिस्थितिमा बाँचिरहेका थियौं त्यसबेला मेरा विचारहरू प्रयोग गर्न थालेका हुन्। पुटिनभन्दा पहिले देशमा हाम्रो सभ्यताका गद्दारहरूको शासन थियो। चीन भूमण्डल करणमा प्रवेश गर्दैछ तथा उसले आफ्नो सार्वभौमिकता गुमाउनेछ। उसले आफ्नो समाजवादी र साम्यवादी विचारलाई धोका दिएर विश्वव्यापी पुँजीवादको पक्षमा आफ्नो परम्परागत मूल्यमान्यतालाई धोका दिनेछ भन्ने मैले त्यतिबेला अनुमान गरेको थिएँ।
जीटी: सायद तपाईंले सोच्नुभएको कि १९९० मा चीन भूमण्डलीकरणले परिवर्तन हुनेछ र शायद रुसको लागि खतरा बन्न पश्चिममा सामेल हुनेछ। तर त्यसपछि तपाईंले आफ्नो विचार परिवर्तन गर्नुभयो किनभने चीन पनि परिवर्तन भयो र चीनको परिवर्तनले तपाईंलाई आश्चर्यचकित पार्यो किनकि तपाईंले यसको अपेक्षा गर्नुभएको थिएन र त्यसपछि तपाईंले चीनसँग मित्रता गर्नुभयो । तपाईं फेरि चीन-रूस मित्रतालाई समर्थन गर्नुहुन्छ। के त्यो सही छ?
दुग्गिन: एकदमै ! साँच्चै! तथ्य यो हो कि परिवर्तन लगभग २५ वर्ष पहिले थियो । त्यसैले यो नयाँ परिवर्तन थिएन। मेरो विचार परिवर्तन भएको छ किनभने चीन परिवर्तन भएको छ, विश्व बदलिएको छ, रूस बदलिएको छ र भूराजनीति परिवर्तन भएको छ।
सन् २० को दशकदेखि चीन भ्रमण गरेपछि बल्ल मैले आफ्नो विचार परिवर्तन गरें। मैले धेरै चिनियाँ बुद्धिजीवीहरूलाई भेटें । हामीले गम्भीर र धेरै उपयोगी छलफलहरू गर्यौं। अहिले मेरो विचार पूर्णतया भिन्न छ । म सैद्धान्तिक रुपमा मात्र होइन चीनको प्राज्ञिक समाजको जीवनस्तर उकास्ने काममा निकै संलग्न छु । चीनबारे जति धेरै जान्दछु, त्यति नै म यसको प्रशंसा गर्छु ।
अनुवादक: मोहनप्रसाद ज्ञवाली