युद्धमा गति

गति आधुनिक युद्धमा एक महत्वपूर्ण तत्व हो। जसलाई अक्सर "ड्रोमोक्रेसी" वा गतिको शासन भनिन्छ। हमासको "अल-अक्सा तूफान" नामक अपरेसन पछि, गाजामा हमासको सेना थियो। कल्पना गर्नुहोस्, जब आईडीएफ (इजरायली रक्षा बल) ले आफ्नो आक्रमण सुरु गर्यो, त्यतिबेला हिजबुल्लाह, यमन (हौतीहरू), सिरिया, र इरान (विशेषगरी शिया समूहहरू, किनभने अन्य मुस्लिम पक्षलाई तिनको निष्क्रियताका लागि आलोचना गरिएको थियो) एकसाथ सबै  युद्धमा सामेल भएका भए युद्धको स्थिति फरक हुनेथियो। इजरायल धेरै जटिल स्थितिमा पुग्ने  थियो। यदि फतहले, संलग्न नहुनुको सट्टा (जसको अर्थ थिएन किनभने उनीहरूलाई कुनै न कुनै रूपमा लक्षित गरिने नै थियो), एेक्यवद्धता जाहेर गरेर संयुक्त  कारबाही गरेको भए, इजरायलको लागि स्थिति अझ चुनौतीपूर्ण हुन सक्थ्यो। तर पश्चिमको चलाखिले इजरायल बाहेक सबै पक्षलाई यथास्थितिमा राखेर अाफ्ना जटिलताहरु रोक्न सफल भए।

यसपछि गाजामा रहेका प्यालेस्टिनी जनसङ्ख्याको योजनाबद्ध रुपमा नरसंहार गरियो। जसको कारण हमासका धेरै संरचनाहरुलाई ध्वस्त गरियो । त्यसपछि, इजरायलले लेबनानमा आक्रमण गर्‍यो र इरानमा पनि आक्रमण गर्‍यो, आफ्ना शत्रुहरूको एकता रोक्न र पहिले हान्ने अनि तिनीहरूलाई बिभाजन गरि एक-एक गरी सामना गर्न उ सफल रह्यो। युद्धको समयमा समयको महत्त्व केवल हुथिहरूले बुझे।  त्यसैले तिनीहरूलाई सम्मान र डर छ। अन्यहरू सुस्त र अनिणर्यको बन्धक थिए।  जसले गर्दा इजरायल र पश्चिमले आफ्नो लक्ष्यहरू स्थिर रुपमा हासिल गर्न सक्षम भए।

हाम्रो अवस्थामा, हामी पनि प्राय: हिचकिचायौं र महत्वपूर्ण अवसरहरू गुमायौं। तर अन्तिम क्षणमा, हामीले निर्णायक रूपमा कार्य गर्यौं र पहिले नै प्रहार गर्यौं। यसमा भएको तीव्रता, आश्चर्य, र छिटो कार्यले हामीलाई हाम्रो क्षेत्रीय लाभ सुरक्षित गर्‍यो। जुन युक्रेनमा द्वन्द्वको क्रममा अत्यावश्यक थियो। तर, जब हामीले हाम्रो गति गुमायौं, प्रगति रोकियो र हामीले पछाडि हट्न समेत पर्‍यो। आधुनिक युद्धहरू छिटो जितिन्छन् वा बिलकुल जितिदैनन।

जसरी हामासको कुरा छ, उनीहरुले "अल-अक्सा स्टोर्म" अपरेशन सुरु गर्दा के सोचिरहेका थिए भन्ने कुरा स्पष्ट छैन। यो छिटो अपरेशन थियो तर सीमित बल र व्यापक मुस्लिम समुदायको ठुलो समर्थन बिना नै थियो, जसले गर्दा यो असफल प्रयास जस्तै देखिन्थ्यो। जबसम्म, पक्कै पनि, कुनै अनपेक्षित कारक छिट्टै देखा पर्दैन।

अनुवादक: मोहन ज्ञवाली