डिप स्टेट
Primary tabs
अलेक्जेन्डर दुगिनले डिप स्टेट (गुप्त वा छदम राज्य)लाई भ्रष्ट पश्चिमी गठबन्धनको रूपमा खुलासा गरेका छन्। जसले, संयुक्त राज्य अमेरिका र युरोपमा घुसपैठ गरेर चुनावहरूमा हस्तक्षेप गरिरहेको छ। डोनाल्ड ट्रम्पजस्ता लोकप्रिय नेताहरूलाई दबाउने प्रयास गरिरहेको छ। र उदार-वैश्विकवादी एजेन्डालाई लोकतन्त्रको रक्षकको रूपमा छलपूर्वक प्रस्तुत गरेर जनताको इच्छालाई निर्दयतापूर्वक दमन तथा अपमान गरिरहेको छ।
“डिप स्टेट” भन्ने शब्द आजकल राजनीतिक भाषामा धेरै प्रयोग हुन थालेको छ। जुन शब्द पत्रकारिता हुँदै सामान्य राजनीतिक भाषामा स्थानान्तरित भएको हो। यद्यपि, यो शब्द आफैँ अलि अस्पष्ट बन्दै गएको छ। विभिन्न व्याख्याहरू देखा पर्न थालेका छन्। त्यसैले, "डिप स्टेट" भनेर चिनिने यस राजनीतिक परिघटनालाई नजिकबाट हेरिएको छ। त्यसैले यस अवधारणाको पहिलो प्रयोग कहिले र कहाँ भएको थियो भन्ने कुरा बुझ्नु अत्यावश्यक छ।
यो वाक्यांश पहिलो पटक १९९० को दशकमा टर्कीको राजनीतिमा देखा परेको थियो। जसले टर्कीको एक विशेष परिस्थिति वर्णन गर्छ। टर्कीस भाषामा, “डिप स्टेट” लाई देरीन देभलेट भनिन्छ। यो महत्त्वपूर्ण छ यस अवधारणाको पछिल्ला सबै प्रयोगहरू कुनै न कुनै रूपमा टर्कीको मूल अर्थसँग जोडिएको छ।
केमाल अतातुर्कको युगदेखि नै, टर्कीमा केमालवादको नामले चिनिने एक विशेष राजनीतिक-वैचारिक आन्दोलन विकसित भयो। यसको केन्द्रमा अतातुर्कको पूजा (शाब्दिक रूपमा "टर्कहरूका पिता"), कडा धर्मनिरपेक्षता (राजनीतिमा मात्र होइन, सार्वजनिक जीवनमा पनि धार्मिक पक्षलाई अस्वीकार गर्ने), राष्ट्रवाद (टर्कीको जातीय रूपमा विविध राजनीतिक परिदृश्यमा सार्वभौमिकता र सबै नागरिकहरूको एकतालाई जोड दिने), आधुनिकता, युरोपेलीकरण, र प्रगतिवाद रहेको छ। केमालवाद धेरै हिसाबले धार्मिक र परम्परावादी ओटोमन साम्राज्यमा हावी भएको विश्वदृष्टिकोणको साथै संस्कृतिको प्रत्यक्ष प्रतिवादको रूपमा प्रस्तुत गरियो। टर्कीको निर्माणदेखि नै केमालवाद आधुनिक टर्की राजनीतिमा प्रमुख ढाँचाको रूपमा रहँदै आएको छ। यी विचारहरूमा आधारित रहेर टर्की राज्य ओटोमन साम्राज्यको भग्नावशेषमा स्थापित गरिएको थियो।
अटातुर्कको शासनकालमा खुला रूपमा केमालवाद हावी थियो। त्यसपछि यो विरासत उनका राजनीतिक उत्तराधिकारीहरूलाई हस्तान्तरण गरियो। केमालवादको विचारधारामा युरोपेली शैलीको दलिय लोकतन्त्र समावेश थियो। तर वास्तविक देशको शक्ति विशेष गरी राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) मा सैनिक नेतृत्वको हातमा केन्द्रित थियो। अटातुर्कको मृत्युपछि, सैनिक अभिजात वर्ग केमालवादको विचारधारात्मक शुद्धताको संरक्षक बन्यो। टर्की एनएससी सन् १९६० मा सैनिक 'कू' पछि स्थापना गरिएको थियो। र यसको भूमिका १९८० को अर्को 'कू' पछि उल्लेखनीय रूपमा बढ्यो।
यो ध्यान दिनु महत्वपूर्ण छ कि धेरैजसो वरिष्ठ टर्की सैनिक अधिकारीहरू र गुप्तचर अधिकारीहरू मैसोनिक लॉजहरूका सदस्य थिए। जसले केमालवादलाई सैनिक फ्री मासनरीसँग गाँसेको थियो। जब-जब टर्कीको लोकतन्त्र केमालवादबाट — चाहे दायाँतर्फ होस् वा बायाँतर्फ — विचलित भयो, सैनिकले चुनाव परिणामहरू खारेज गर्यो र दमन सुरु गर्यो।
"देरीन देभलेट " भन्ने शब्द सन् १९९० को दशकमा मात्र देखा पर्यो। खास गरी जब राजनीतिक इस्लामवाद टर्कीमा बढ्दै थियो। यहाँ टर्कीको इतिहासमा पहिलो पटक, डिप स्टेट विचारधारा र राजनीतिक लोकतन्त्रबीच द्वन्द्व थियो। समस्या तब उत्पन्न भयो जब इस्लामवादीहरू, जस्तै नेच्मेतिन एर्बाकान र उनका अनुयायी रेसेप तैय्यप एर्दोआनहरुले एक वैकल्पिक राजनीतिक विचारधारालाई अगाडि बढाउँदै थिए। जसले सिधै कमालवादलाई चुनौती दियो। यस परिवर्तनले सबै कुरा समेटेको थियो। इस्लामले धर्मनिरपेक्षतालाई विस्थापित गर्यो। पश्चिमको साटो पूर्वसँग वृहत् सम्बन्ध स्थपित गर्यो। र तुर्की राष्ट्रवादको साटो मुस्लिम ऐक्यबद्धता धारणाको विकास भयो। समग्रमा, सलाफिज्म र नव-ओटोमानीवादले कमालवादलाई विस्थापित गर्यो। एर्बाकानको विशेष गरी एन्टि-मासोनिक भनाइले धर्मनिरपेक्ष सैनिक मासनिक सर्कलहरूको प्रभावलाई पारंपरिक सूफी आदेशहरू र फेथुल्लाह गुलेनको नुर आन्दोलनजस्ता मध्यम इस्लामिक संगठनहरूसँग प्रतिस्थापित भयो।
यस बिन्दुमा, डिप स्टेट (derin devlet) को विचार टर्कीमा सैनिक-राजनीतिक केमालिस्ट प्रमुख वर्णनात्मक छविको रूपमा उत्पन्न भयो। जसले आफूलाई राजनीतिक लोकतन्त्रभन्दा माथि रहेको देख्थ्यो। चुनावहरू रद्द गर्ने, राजनीतिक र धार्मिक व्यक्तिहरूलाई गिरफ्तार गर्ने, र आफूलाई युरोपेली शैलीको राजनीतिक र कानुनी प्रक्रियाहरूभन्दा माथि राख्थ्यो। चुनावी लोकतन्त्र केवल केमालिस्ट सेनाको दृष्टिकोणसँग मिल्दा मात्र काम गर्थ्यो। जब इस्लामवादीहरू जस्तासँग केही अवस्थामा आलोचनात्मक दूरी उत्पन्न भयो। तब, चुनाव जितेको र सरकारको नेतृत्व गरेको पार्टीलाई कुनै स्पष्टीकरण बिना नै विघटन गर्न सक्दथ्यो। यस्तो अवस्थामा, "लोकतन्त्रको स्थगन" को कुनै संवैधानिक आधार थिएन — निर्वाचित नभएको सेनाले केमालिस्ट टर्कीलाई बचाउन "क्रान्तिकारी उपयुक्तता" को आधारमा काम गर्थ्यो।
डिप स्टेटका मुख्य विशेषताहरू;
आधुनिक टर्कीको राजनीतिक इतिहासबाट हामी केही सामान्य निष्कर्षहरू निकाल्न सक्छौं। डिप स्टेट यहाँ पनि अस्तित्वमा हुन सक्छ जहाँ यसको सार्थकता स्थपित हुन्छ:
-
एउटा लोकतान्त्रिक निर्वाचन प्रणाली हुन्छ;
-
यस प्रणालीमाथि, एक निर्वाचित नभएको सैन्य-राजनीतिक निकाय हुन्छ जुन विशेष विचारधारासँग बाँधिएको हुन्छ (कुनै विशिष्ट पार्टीको विजयबाट स्वतन्त्र);
-
त्यहाँ एक गोप्य समाज हुन्छ (जस्तै मेसोनिक प्रकारको) जसले सैन्य-राजनीतिक उच्च वर्गलाई एकीकृत गर्ने गर्दछ।
डिप स्टेट तब प्रकट हुन्छ जब औपचारिक लोकतान्त्रिक मान्यताहरू र यस अभिजात वर्गको शक्तिबीच विरोधाभासहरू देखा पर्छन् (अन्यथा, गुप्त राज्यको अस्तित्व अस्पष्ट रहन्छ)। डिप स्टेट केवल उदार लोकतन्त्रहरूमा सम्भव छ। चाहे त्यो नाममात्रको किन नहोस्। खुला अधिनायकवादी राजनीतिक प्रणालीहरूमा, जस्तै फासिवाद वा साम्यवादमा, डिप स्टेटको आवश्यता पर्दैन। यहाँ, एक कडा वैचारिक समूहले आफूलाई सर्वोच्च अधिकारको रूपमा खुलस्त रूपमा स्वीकार गर्दछ। आफुलाइ औपचारिक कानुनहरूभन्दा माथि राख्छ। एकदलीय प्रणालीहरूले यस शासकीय मोडललाई जोड दिन्छन्। जसले वैचारिक र राजनीतिक विरोधको कुनै ठाउँ छोड्दैन। केवल लोकतान्त्रिक समाजहरूमा, जहाँ कुनै पनि शासक विचारधाराको अस्तित्व हुनु हुँदैन भन्ने मानिन्छ। त्यहाँ डिप स्टेट "लुकेको अधिनायकवाद" को रूपमा देखा पर्छ। जसले लोकतन्त्र र बहु-पार्टी प्रणालीलाई आफ्नो इच्छाअनुसार हेरफेर गर्दछ।
कम्युनिष्ट र फासिष्टले शासकीय विचारधाराको आवश्यकतालाई खुल्ला रूपमा स्वीकार गर्छन्। जसले उनीहरूको राजनीतिक र विचारधारात्मक शक्तिलाई प्रत्यक्ष र पारदर्शी बनाउँछ (जसलाई कार्ल श्मिटले potestas directa भनेका छन्)। उदारवादीहरू आफूलाई विचारधाराविहीन भएको भनी अस्वीकार गर्छन्। तर, उनीहरू पनि एउटा विचारधारामा आधारित हुन्छन्। त्यसैले, उनीहरूले उदारवादको सिद्धान्तका आधारमा राजनीतिक प्रक्रियामा प्रभाव पार्छन्। तर प्रत्यक्ष रूपमा होइन, अप्रत्यक्ष रूपमा, अर्थात् चलाखीपूर्ण (manipulation) र अप्रत्यक्ष र अपारदर्शी (pesetas indirecta) तवरमा। जब यसमा लोकतान्त्रिक राजनीतिक प्रक्रियाबीच विरोधाभास उत्पन्न हुन्छ। तब, उदारवादले आफ्नो पूर्णतावादी विचारधारात्मक प्रकृतिलाई मात्र खुलस्त देखाउँछ।
टर्कीमा, जहाँ उदार लोकतन्त्र पश्चिमबाट उधारो लिइएको थियो। त्यहाँको समाजको राजनीतिक र सामाजिक मनोविज्ञानसँग त्यति मेल खाँदैनथ्यो। त्यसैले डिप स्टेटलाई त्यहा सजिलै चिनिन्थ्यो र नामाकरण गरियो। तर अन्य लोकतान्त्रिक प्रणालीहरूमा, यो सर्वसत्तावादी-वैचारिक अस्तित्व, अवैध र औपचारिक रूपमा "अवस्थित नभएको", रुपमा पछि प्रकट भयो। तथापि, यो घटना बुझ्नका लागि टर्कीको उदाहरण अत्यन्त महत्त्वपूर्ण छ। यहाँ सबै कुरा क्रिस्टल-सा प्रस्ट छ — खुला किताब जस्तै।
ट्रम्प र अमेरिकामा डिप स्टेटको खोजी
अब हामी "डीप स्टेट" भन्ने शब्द अमेरिकी पत्रकार, विश्लेषक, र राजनीतिज्ञहरूको भाषामा डोनाल्ड ट्रम्पको राष्ट्रपति कालमा कसरी देखा परेको थियो ध्यान दियौं। एक पटक फेरि, ऐतिहासिक सन्दर्भले निर्णायक भूमिका खेल्दछ। ट्रम्पका समर्थक, जस्तै स्टीव बन्नन र अरूले, ट्रम्पले निर्वाचित राष्ट्रपति भएर अमेरिकी राजनीतिको दिशा निर्धारण गर्नको लागि संवैधानिक अधिकार पाएको हुँदा, कसरी अनपेक्षित अवरोधहरूको सामना गर्नु परेको बारेमा कुरा गर्न थाले। जुनकुरालाई सरल रूपमा डेमोक्रेटिक पार्टीको विपक्षीकरण वा प्रशासनिक जडतासँगमात्र जोड्न सकिँदैन। विस्तारै- विस्तारै जसरी यो प्रतिरोध तीव्र हुँदै गयो, ट्रम्प र उनका समर्थकहरूले आफूलाई केवल रिपब्लिकन एजेन्डाका प्रतिनिधिहरूको रूपमा मात्र होइन, बरु त्यसभन्दा बढिकाे रूपमा हेर्न थाले। परम्परागत मान्यता र विश्वव्यापी एजेन्डाको आलोचनामा उनीहरूको ध्यानले केवल उनका प्रत्यक्ष राजनीतिक विरोधीहरू, “प्रगतिशीलहरू” र डेमोक्र्याट पार्टीलाई मात्र होइन, अमेरिकी राजनीतिमा सबै प्रमुख प्रक्रियाहरूलाई प्रभाव पार्न सक्षम एक अदृश्य र असंवैधानिक तत्वलाई पनि छुन पुग्यो। वित्त, ठूला व्यापार, मिडिया, खुफिया एजेन्सीहरू, न्यायपालिका, प्रमुख सांस्कृतिक संस्थानहरू, शीर्ष शैक्षिक संस्थानहरू, र यस्ता अन्य कुराहरू — एक समन्वित र लक्षित तरिकामा।
संपूर्ण सरकारको क्रियाकलापले संयुक्त राज्य अमेरिकाको कानूनी रूपमा निर्वाचित राष्ट्रपतिको मार्ग र निर्णयहरूलाई अनुसरण गर्नुपर्छ जस्तो लाग्छ। तर, यो बिल्कुलै यथार्थमा भएन। ट्रम्पको बाहेक, "छायाँ शक्तिको" उच्च स्तरमा नियन्त्रण भन्दा बाहिरका प्रक्रियाहरु चलिरहेकरका थिए। यसर्थ, अमेरिका भित्रै डीप स्टेट पत्ता लगाइयो।
अमेरिकामा, जस्तै तुर्कीमा, निस्सन्देह एक उदार लोकतन्त्र छ। तर, कुनै विशेष पार्टीको विजयको स्वतन्त्रता बिना, विशिष्ट विचारधाराबाट बाँधिएको एक अज्ञात सैनिक-राजनीतिक निकायको अस्तित्व र सम्भवतः एक गुप्त समाजको भाग (जस्तै मासनिक प्रकारको संगठन) अमेरिकी जनताका लागि पूर्ण रूपमा अप्रत्याशित थियो। त्यसैले, त्यस समयमा डीप स्टेटको बारेमा गरिएको संवाद धेरैका लागि खुला र स्पष्ट भएको, "षड्यन्त्रको सिद्धान्त" बाट एक देखिने राजनीतिक वास्तविकतामा परिवर्तन भएको थियो।
पक्कै पनि, जोन एफ. केनेडीको अनसुल्झिएको हत्याका घटनाक्रम, उनका परिवारका अन्य सदस्यहरूको संभावित उन्मूलन, ९/११ का दुःखद घटनासँग सम्बन्धित धेरै अनिश्चितताहरू, र अमेरिकी राजनीतिमा अन्य धेरै नसुल्झिएका रहस्यहरूले अमेरिकनहरूलाई अमेरिकी समाजमा कुनै न कुनै “लुकेका शक्ति”को अस्तित्वमा शंका गर्न प्रेरित गर्यो। लोकप्रिय साजिश सिद्धान्तहरूले सबैभन्दा असंभव उम्मेदवारहरू प्रस्ताव गरे — क्रिप्टो-कम्युनिस्टहरूदेखि लिएर रिभ्योल्स र एनुन्नाकीसम्म। तर ट्रम्पको अध्यक्षताको कथा, र विशेषगरी बाइडेनसँग हार्नु पछि उनको उत्पीडन र २०२४ को चुनावी अभियानमा भएका दुई हत्याको प्रयासले अमेरिका भित्रको गहिरो राज्यलाई गम्भीरतापूर्वक लिन आवश्यक बनाउँछ। यो अब बेवास्ता गर्न सकिने कुरा होइन। यो निश्चित रूपमा अस्तित्वमा छ, यो क्रियाशील छ, यो सक्रिय छ, र यो… शासन गर्छ।
विदेश सम्बन्ध परिषद: विश्व सरकारको स्थापनतर्फ
यस घटनाको व्याख्याको खोजीमा, सबैभन्दा पहिले 20औं शताब्दीको अमेरिकामा रहेका राजनीतिक संगठनहरू तर्फ फर्कनुपर्छ। जुन संगठनहरू सबैभन्दा बढी विचारधाराबाट प्रेरित थिए। उनिहरु पार्टीका सीमाहरूभन्दा बाहिर काम गर्न खोज्दै थिए। यदि हामी सेनामा, गुप्तचर एजेन्सीहरूमा, वाल स्ट्रिटका ठूला व्यवसायीहरूमा, प्राविधिका धनीहरूमा, र अन्यहरूमा डिप स्टेटको आधार पत्ता प्रयास गरिरहेका छौं भने हामी सन्तोषजनक निष्कर्षमा पुग्न असमर्थ हुनेछौं। त्यहाँको स्थिति धेरै व्यक्तिवादी र बिग्रेको छ। हामीले सबैभन्दा पहिला, विचारधारामा ध्यान दिनुपर्छ।
षड्यन्त्र सिद्धान्तहरूलाई छोडेर, दुई संस्थाहरू यस भूमिकाको लागि सबैभन्दा उपयुक्त रूपमा देखिन्छन्। सीएफआर (काउन्सिल अन फरेन रिलेसन्स), जुन १९२० को दशकमा राष्ट्रपति वुडरो विल्सनका समर्थकहरूद्वारा स्थापना गरिएको थियो। जो लोकतान्त्रिक वैश्विकिकरणका कट्टर समर्थक थिए। धेरै पछि अमेरिकन नियो कनजरभेटिभहरूको आन्दोलन, जो जहिल्यै परिधीय ट्रोट्स्कीवादी वातावरणबाट उदय भयो र क्रमशः संयुक्त राज्य अमेरिकामा महत्वपूर्ण प्रभाव छोड्यो। सीएफआर र नियोकनजरभेटिभहरू कुनै एक पार्टीबाट स्वतन्त्र छन्। तिनीहरूको उद्देश्य अमेरिकी नीतिको समग्र रणनीतिक मार्गदर्शन गर्नु हो। जसले कुनै पनि समयमा सत्तामा रहेको पार्टीको पर्वाह गर्दैन। साथै, यी दुबै संस्थाहरू राम्रो संरचित र स्पष्ट विचारधारा भएका छन् । सीएफआरको सन्दर्भमा- वामपन्थी उदारवादी वैश्वीकरण र नियोकनहरूको सन्दर्भमा - आक्रामक अमेरिकी आधिपत्य। सीएफआरलाई वामपन्थी वैश्विकवादीहरू मान्न सकिन्छ र नियोकनलाई दक्षिणपन्थी वैश्विकवादीहरू।
यसको स्थापना देखि नै, सीएफआर (CFR) ले संयुक्त राज्यलाई राष्ट्र-राज्यबाट विश्वव्यापी लोकतान्त्रिक "साम्राज्य" मा रूपान्तरण गर्ने लक्ष्य राख्यो। एकान्तवादीहरूको विरुद्धमा, सीएफआरले यो तर्क अघि सारेको थियो कि संयुक्त राज्यले सारा संसारलाई उदारवादी र लोकतान्त्रिक बनाउने सामर्थ्य राख्छ। उदारवादी प्रजातन्त्र, पुँजीवाद, र व्यक्तिवादका आदर्श र मूल्यहरूलाई राष्ट्रिय चासोहरूभन्दा माथि राखियो। २०औं शताब्दीभरि — दोस्रो विश्वयुद्धको क्रममा छोटो विश्रामबाहेक — राजनीतिज्ञहरू, विज्ञहरू, बौद्धिकहरू, र अन्तर्राष्ट्रिय निगमका प्रतिनिधिहरूको यस सञ्जालले प्रथम राष्ट्रसंघ, त्यसपछि संयुक्त राष्ट्रसंघ, बिल्डरबर्ग क्लब, त्रिपक्षीय आयोग र अन्य यस्ता अन्तर्राष्ट्रिय संगठनहरू बनाउन काम गर्यो। उनीहरूको कार्य भनेको विश्वव्यापी उदारवादी अभिजात वर्गको सिर्जना गर्नु थियो। जसले दार्शनिक, सांस्कृतिक, वैज्ञानिक, आर्थिक, राजनीतिक आदि सबैक्षेत्रमा वैश्वीकतावादी विचारधारा साझा गर्थे। CFR भित्रका विश्ववादीहरूको गतिविधिहरूले विश्व सरकार स्थापनाको उद्देश्य राख्यो। जसले राष्ट्र-राज्यहरूको क्रमिक समाप्ति र पूर्व सार्वभौम संस्थाहरूबाट सत्ताको हस्तान्तरणलाई विश्वव्यापी उदारवादी अभिजात वर्गको हातमा दिन्थ्यो। जुन पश्चिमी मोडेलहरू अनुसार प्रशिक्षित हुन्छ।
यसमा युरोपेली नेटवर्कहरूको माध्यमबाट, सीएफआरले युरोपियन युनियनको निर्माणमा सक्रिय भूमिका खेलेको थियो (विश्व सरकारतर्फको ठोस कदम)। यसको प्रतिनिधिहरू — विशेषगरी हेनरी किसिङ्गर, संस्थाको दीर्घकालीन बौद्धिक नेता —ले चीनलाई विश्व बजारमा एकीकृत गर्न महत्त्वपूर्ण भूमिका खेले। जुन समाजवादी ब्लकलाई कमजोर पार्ने प्रभावकारी कदम थियो। सीएफआरले अभिसरणको सिद्धान्तलाई पनि सक्रिय रूपमा प्रवर्द्धन गर्यो। गोर्बाचेभसहित सोभियत नेतृत्वमा प्रभाव पार्न सफल भयो। सीएफआरका भू-राजनीतिक रणनीतिहरूको प्रभावमा, सोभियत विचारकहरूले "वैश्विक समुदायको शासन क्षमता" को बारेमा लेख्न थाले।
अमेरिकामा रहेको सीएफआर (Council on Foreign Relations) पूर्णरूपमा गैर-पक्षपाती छ र यसमा डेमोक्र्याट र रिपब्लिकन दुवै संलग्न छन्। जसमा केही हदसम्म यसले डेमोक्र्याटहरूसँग नजिकको सम्बन्ध राख्छ। यसको मुख्य उद्देश्य वैश्विकताको लागि सामान्य कर्मचारीको रूपमा काम गर्नु हो। यस्तै युरोपेली पहलहरू — जस्तै क्लाउस श्वाबको डाभोस फोरम — यसको शाखाहरूको रूपमा क्रियाशील छन्। सोभियत संघको पतनको पूर्वसन्ध्यामा, सीएफआरले मस्कोमा सिस्टमिक स्टडिज इन्स्टिच्युटमा एक शाखा स्थापना गर्यो। जुन एकेडिमिसियन ग्विशियानीको नेतृत्वमा थियो। त्यहाँबाट १९९० को दशकका रुसका उदारवादीहरूको मूल समूह र विचारधारात्मक रूपमा प्रेरित पहिला चरणका धनाढ्यहरू (ओलिगार्कहरू) उदाए।
यो प्रष्ट छ कि ट्रम्पले पनि त्यही संस्था भेटे, जुन संयुक्त राज्य अमेरिका र विश्वभरि "स्वतन्त्र" विशेषज्ञहरूले राय साटासाट गर्ने एक हानिरहित र प्रतिष्ठित मञ्चको रूपमा प्रस्तुत गरिएको थियो। तर वास्तविकतामा, यो एक साँचो वैचारिक मुख्यालय हो। ट्रम्प, आफ्नो पुरानो-रूढिवादी एजेन्डा, अमेरिकी हितहरूमा जोड, वैश्वीकरणको आलोचना, यससँग प्रत्यक्ष र खुला द्वन्द्वमा आए। ट्रम्प छोटो समयका लागि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति हुन सक्थे। तर सीएफआरले अमेरिकी परराष्ट्र नीतिको दिशा निर्धारण गर्ने शताब्दी लामो इतिहास बोकेको छ। अवश्य पनि, सय वर्षभन्दा बढी समयसम्म सत्तामा रहँदा र यसको वरिपरि, सीएफआरले प्रभावको विस्तृत सञ्जाल निर्माण गरेको छ। जसले आफ्नो विचारहरू सैन्य, अधिकारीहरू, सांस्कृतिक व्यक्तित्वहरू र कलाकारहरूमा फैलाएको छ। तर मुख्यतया अमेरिकी विश्वविद्यालयहरूमा, जसले समयसँगै थप वैचारिकता प्राप्त गरेका छन्। औपचारिक रूपमा, संयुक्त राज्यले कुनै वैचारिक प्रभुत्वलाई मान्यता दिदैन। तर सीएफआर सञ्जाल अत्यधिक वैचारिक छ। लोकतन्त्रको विश्वव्यापी विजय, विश्व सरकारको स्थापन, व्यक्तिवाद र लिङ्गको राजनीतिमा पूर्णरूपमा विजयी हुनु—यी उच्चतम लक्ष्यहरू हुन्। जसबाट विचलन स्वीकार्य छैन।
ट्रम्पको राष्ट्रवाद, उनको "अमेरिका फर्स्ट" एजेन्डा, र " वैश्विक दलदललाई सुकाउने" उनको धम्कीले यस संस्थालाई प्रत्यक्ष चुनौती प्रस्तुत गरेको थियो। जुन अधिनायकवादी (जस्तो कि कुनै पनि विचारधारा) उदारवादको नियमहरूको रक्षक थियो।
पुटिन र ट्रम्पलाई मार्न
CFR लाई गोप्य समाजको रूपमा विचार गर्न सकिन्छ? मुश्किल छ। यद्यपि यसले विवेकशीलतामा प्राथमिकता दिन्छ। यसले सामान्यतया खुलेआम काम गर्दछ। उदाहरणको लागि, रूसी विशेष सैन्य अभियानको सुरुवातपछि, CFR का नेताहरू (रिचर्ड हास, फियोना हिल, र सेलेस्ट वालेंडर) ले राष्ट्रपति पुटिनको हत्या गर्न सकिने सम्भावनालाई खुला रूपमा छलफल गरे (यो छलफलको प्रतिलिपि CFR को आधिकारिक वेबसाइटमा पोस्ट गरिएको थियो)। अमेरिकी डिप स्टेट, टर्कीको विपरीत, विश्वव्यापी रूपमा सोच्दछ। त्यसैले, रूस वा चीनमा हुने घटनाहरूलाई उनीहरू जसले आफूलाई भविष्यको विश्व सरकारको रूपमा देख्छन्। उनीहरूको “आन्तरिक मामिला” को रूपमा लिन्छन्। उनीहरुलाई ट्रम्पलाई मार्न अझ सजिलो हुनेछ - यदि उनीहरू उसलाई जेलमा हाल्न वा चुनावबाट हटाउन सक्दैनन् भने।
महत्त्वपूर्ण कुरा के हो भने मासनिक लजहरूले अमेरिकी राजनीतिक प्रणालीमा अमेरिकी स्वतन्त्रता संग्रामदेखि नै महत्त्वपूर्ण भूमिका खेलेका छन्। यसको परिणामस्वरूप, मासनिक सञ्जालहरू CFR (Council on Foreign Relations) संग गाँसिएका छन् र तिनीहरूका लागि भर्ती निकायको रूपमा काम गर्दछन्। आज, उदारवादी ग्लोबलिस्टहरूलाई लुक्न आवश्यक छैन। उनीहरूको कार्यक्रमलाई अमेरिकी र सामूहिक पश्चिमले पूर्ण रूपमा अँगालेको छ। जब "गोप्य शक्ति" बलियो बन्दै जान्छ, यो क्रमशः गोप्य रहँदैन। जुन कुनै समय मासनिक गोप्यता द्वारा सुरक्षित गर्नुपर्थ्यो। त्यो अब खुला विश्वव्यापी एजेन्डा बनेको छ। फ्रिमेसनहरूले आफ्नो शत्रुहरूको शारीरिक रूपमा अन्त्य गर्न पनि पछि परेनन्, यद्यपि यसबारे खुलेर बोलेनन्। आज, उनीहरू यसबारे खुलेर बोल्छन्। फरक केवल यति मात्र हो।
निओकन्स: ट्रोट्स्कीवादीहरू देखि साम्राज्यवादीसम्म
डिप स्टेटको दोस्रो केन्द्र निओ-कन्जरभेटिभ हो। मूलतः, तिनीहरू ट्रोट्स्कीवादीहरू थिए। जसले सोभियत संघ र स्टालिनको आलोचना गर्थे। किनभने तिनीहरूको दृष्टिमा, रसियाले अन्तर्राष्ट्रिय होइन, "राष्ट्रिय" समाजवाद बनाएको थियो। जसको अर्थ एक देशमा समाजवाद हो। परिणामस्वरूप, उनीहरूको अनुसार, वास्तविक समाजवादी समाज कहिल्यै सिर्जना भएको छैन। न त पूँजीवाद पूर्ण रूपमा प्रकट भएको छ। ट्रोट्स्कीवादीहरूले विश्वास गर्छन् कि वास्तविक समाजवाद केवल त्यतिबेलाका पूँजीवाद ग्रहणका रूपमा स्थापित र प्रत्येक ठाउँमा विजय हासिल गरेपछि मात्र उत्पन्न हुन सक्छ। जसले सबै जातीय समूहहरू, जनताहरू, र संस्कृतिहरूलाई अमिश्रित रूपमा मिलाएर परम्पराहरू र धर्महरूलाई समाप्त गर्दछ। मात्र त्यतिबेला (र त्यसको एक क्षण अघि होइन) विश्व क्रान्तिको समय आउनेछ।
त्यसैले, अमेरिकन ट्रोट्स्कीवादीहरूले निष्कर्ष निकाले कि तिनीहरूले वैश्विक पूँजीवाद र यसको झन्डा देश अमेरिकालाई मद्दत गर्नुपर्छ। त्यससँगै सोभियत संघ (र पछि यसको उत्तराधिकारीको रूपमा रूस) र सबै संप्रभु राज्यहरूलाई नष्ट गर्ने प्रयास गर्नुपर्छ। तिनीहरूको विश्वास थियो कि समाजवाद केवल अन्तर्राष्ट्रिय हुन सक्छ। जसको अर्थ अमेरिकाले आफ्नो वर्चस्वलाई बलियो बनाउनुपर्छ र आफ्नो विरोधीहरूलाई समाप्त गर्नुपर्छ। केवल धनी उत्तरले गरिब दक्षिणमा पूर्ण अधिग्रहण स्थापित गरेपछि र अन्तर्राष्ट्रिय पूँजीवादले सर्वत्र शासन गरेपछि मात्र ऐतिहासिक विकासको अर्को चरणमा जानको लागि अवस्था अनुकूल हुनेछ।
यस दुष्ट योजनालाई कार्यान्वयन गर्नका लागि, अमेरिकन ट्रोट्स्कीवादीहरूले ठूलो राजनीतिमा प्रवेश गर्ने रणनीतिक निर्णय गरे - तर प्रत्यक्ष रूपमा होइन किनकि अमेरिकामा कोहीले तिनीहरूका लागि मतदान गरेनन्। यसको सट्टा, तिनीहरूले प्रमुख दलहरूमा घुसपैठ (infiltrate) गरे, पहिले डेमोक्र्याटहरूमा, र पछि गति प्राप्त गरेपछि, रिपब्लिकनहरूमा पनि।
ट्रोट्स्कीवादीहरूले विचारधाराको आवश्यकतालाई खुला रूपमा स्वीकार गरे र संसदीय लोकतन्त्रलाई तिरस्कार गरे। यसलाई ठूलो पूँजीको लागि मात्र एउटा आवरणको रूपमा देखे। यसरी, CFR सँगै, अमेरिकामा डिप स्टेटको अर्को रूप गठन भयो। निओकन्सले आफ्नो ट्रोट्स्कीवादलाई प्रदर्शन गरेनन्, बरु परम्परागत अमेरिकी सैनिक, साम्राज्यवादी, र विश्व प्रभुत्वका समर्थकहरूलाई मोहित गरे। यी व्यक्तिहरूसँग, जसले ट्रम्पसम्म रिपब्लिकन पार्टीमाथि व्यावहारिक रूपमा अधिकार प्राप्त गरिरहेका थिए जोसँग ट्रम्पले सामना गर्नुपर्ने थियो।
लोकतन्त्र भनेको तानाशाही हो
कुनै न कुनै अर्थमा, अमेरिकी डिप स्टेट दुईध्रुवीय छ, जसको अर्थ यसमा दुई ध्रुव छन्:
१) वायाँ-वैश्विक ध्रुव (CFR)
२) दायाँ-वैश्विक ध्रुव (नियोकोन)।
दुवै संगठन गैर-पार्टी, निर्वाचित नभएका, र आक्रामक, सक्रिय विचारधारा धारण गर्छन्। जुन मूलतः खुला तानाशाही हो। धेरै कुरामा, उनीहरू मिल्दछन्, केवल भाषाशैलीमा मात्र भिन्नता देखिन्छ। दुवै पुटिनको रूस र शि जिनपिङको चीनलाई कडा विरोध गर्छन्। र तिनीहरू सामान्यतया बहुध्रुवीयताको विरोधी छन्। अमेरिका भित्र, दुवै ट्रम्पको विरोधी छन्। किनकि उनी र उनका समर्थकहरूले वैश्विकतासँग अलग र घरेलु मुद्दाहरूमा केन्द्रित अमेरिकाको पुरानो राजनीतिक संस्करणको प्रतिनिधित्व गर्छन्। ट्रम्पको यस्तो दृष्टिकोण प्रणालीविरुद्धको वास्तविक विद्रोह हो, जुन टर्कीमा केमालवादको चुनौती दिइरहेको एरबाकान र एर्दोगानको इस्लामवादी नीतिहरूसँग तुलनात्मक छ।
यसले यस कुरा स्पष्ट पार्छ कि डिप स्टेटको विषयवस्तु ट्रम्पको राष्ट्रपतिको अवधिमा किन उभिएको हो। ट्रम्प र उनका नीतिहरूले अमेरिकी मतदाताको महत्वपूर्ण समूहको समर्थन पाएका थिए। तर, यो दृष्टिकोण गहिरो राज्यका विचारहरूसँग मेल खाँदैन भन्ने कुरा प्रकट भयो। जसले ट्रम्पविरुद्ध कठोर क्रियाकलाप गर्दै कानुनी ढाँचा र लोकतन्त्रका मापदण्डहरूमा स्वयं आफ्नो स्थिति प्रकट गर्यो। लोकतन्त्र भनेको हामी हौं। अमेरिकी डिप स्टेटले मौलिक रूपमा घोषणा गर्यो। धेरै आलोचकहरूले कू सम्मको कुरा गर्न थाले। र यो मौलिक रूपमा त्यस्तै थियो। अमेरिका भित्रको छायाँ शक्ति लोकतान्त्रिक आवरणसँग टकरायो र निरंकुशता — बढ्दो रूपमा उदार र वैश्विकतावादी देखिन थाल्यो।
युरोपेली डिप स्टेट
अब हामीले युरोपेली देशहरूको सन्दर्भमा डिप स्टेटले के अर्थ राख्न सक्छ भनेर विचार गरौं। भर्खर भर्खर, युरोपेलीहरूले आफ्ना देशहरूमा लोकतन्त्रसँग सम्बन्धित असामान्य घटनाहरू भइरहेको कुरामा ध्यान दिन थालेका छन्। जनसंख्याले आफ्ना रुचिहरूअनुसार मतदान गर्छ। जसमा विभिन्न लोकप्रियतावादीहरू, विशेष गरी दक्षिणपन्थीहरू, बढ्दो समर्थन प्राप्त गर्छन्। तर, राज्यभित्र कुनै निकायले तुरुन्तै विजेताहरूलाई दमन गर्छ। उनीहरूलाई दमनको शिकार बनाउँछ, बदनाम गर्छ, र बल प्रयोग गरेर सत्ताबाट हटाउँछ। हामीले यो कुरा म्याक्रोनको फ्रान्समा मरीन ले पेनको पार्टीसँग, अस्ट्रियामा फ्रिडम पार्टीसँग, जर्मनीमा अल्टरनेटिभ फर जर्मनीसँग र साहरा वागेनक्नेक्टको पार्टीसँग, र नेदरल्यान्ड्समा गेर्ट विल्डर्ससँग देख्छौं। उनीहरूले लोकतान्त्रिक चुनाव जित्छन् तर त्यसपछि सत्ताबाट अलग गरिन्छन्।
के यो परिचितको स्थिति हो? हो, यो धेरै हदसम्म टर्की र केमालिस्ट सेनासँग मिल्दोजुल्दो देखिन्छ। यसले हामीलाई यो स्पष्ट पार्छ कि, हामी युरोपमा पनि डिप स्टेटसँग सामना गरिरहेकाछौं।
यसबाट तुरुन्तै स्पष्ट हुन्छ कि सबै युरोपेली देशहरूमा यो संस्था राष्ट्रिय होइन र एउटै ढाँचाअनुसार सञ्चालन हुने गर्छ। यो फ्रान्सेली डिप स्टेट मात्र होइन, न कि जर्मन, अस्ट्रियन र डच पनि। यो एक प्यान-युरोपियन डिप स्टेट हो, जुन एकीकृत वैश्वीकताबादीहरुको सञ्जालको भाग हो। यस सञ्जालको केन्द्र अमेरिकी गहिरो राज्यमा अवस्थित छ। मुख्यत: CFR मा, तर यो सञ्जालले युरोपलाई पनि कसिलो गरी घेरिएको छ। यहाँ, आर्थिक कुलीनतन्त्र र उत्तरआधुनिक बौद्धिकहरूसँग नजिकको गठबन्धनमा बायाँ-उदारवादी शक्तिहरूले युरोपमा निर्वाचित नभए पनि अधिनायकवादी शासक वर्ग बनाउँछन्। प्रायः ट्रोट्स्कीबादी पृष्ठभूमिबाट। यस वर्गले आफूलाई एकीकृत एटलान्टिक समुदायको भागको रूपमा देख्छ। सारमा, उनीहरू NATO का कुलीन हुन्। फेरि, हामी टर्किश सैन्यलाई सम्झन सक्छौं। NATO सम्पूर्ण ग्लोबलिस्ट प्रणालीको संरचनात्मक ढाँचा हो, सामूहिक पश्चिम डिप स्टेटको सैन्य आयाम हो।
युरोपेली गोप्य शक्तिलाई CFR जस्ता संरचनाहरूमा पत्ता लगाउन गाह्रो छैन। जस्तै त्रिलाटेरल आयोगको युरोपेली शाखा, क्लाउस श्वाबको डाभोस फोरम, र अन्य। यो त्यही प्राधिकरण हो जसको सामना गर्दा युरोपेली प्रजातन्त्र ठोक्किन्छ, जब, संयुक्त राज्य अमेरिकामा ट्रम्पले जस्तै, यसले यस्ता निर्णयहरू लिन प्रयास गर्छ। जुन युरोपेली उच्च वर्गहरूले "गलत," "अस्वीकार्य," र "निन्दनीय" ठान्छन्। यो केवल युरोपेली संघका औपचारिक संरचनाहरूको कुरा मात्र होइन। समस्या अझ शक्तिशाली र प्रभावकारी शक्तिमा छ। जसको कुनै कानूनी रूप हुँदैन। यी नै हुन् वैचारिक कोडका वाहकहरू, जसले लोकतान्त्रका औपचारिक कानुनअनुसार कुनै अस्तित्वमा आउनै हुँदैन। उनीहरू डिप उदारवादका रक्षक हुन्, जो सधैं प्रजातान्त्रिक प्रणालीभित्रै उत्पन्न हुने कुनै पनि खतरामा कठोर प्रतिक्रिया दिन्छन्।
संयुक्त राज्य अमेरिकाको मामिलामा जस्तै, मासनिक लजहरूले आधुनिक युरोपको राजनीतिक इतिहासमा महत्त्वपूर्ण भूमिका खेले। सामाजिक सुधार र धर्मनिरपेक्ष परिवर्तनहरूको मुख्यालयको रूपमा सेवा गरे। आज, गोप्य समाजहरूको ठूलो आवश्यकता छैन। किनकि तिनीहरूले लामो समयदेखि खुलेर काम गरिरहेका छन्। तर मासनिक परम्पराहरूलाई कायम राख्नु युरोपको सांस्कृतिक पहिचानको हिस्सा हो।
यसरी, हामी एउटा निरंकुशतावादी, गहिरो विचारधारात्मक निकायको उच्चतम स्तरमा पुग्छौं। जसले सबै कानुनी नियम र मापदण्डको उल्लङ्घन गरि सञ्चालन गर्छ। यसले युरोपमा आफ्नो पूर्ण शक्ति कायम राख्छ। यो अप्रत्यक्ष शक्ति, वा लुकेकोनिरंकुशतावाद हो। - युरोपेली डिप स्टेट, सामूहिक पश्चिमको एकीकृत प्रणालीको अभिन्न हिस्सा हो, जुन NATO द्वारा बाँधिएको छ।
सन् १९९० को दशकमा रूसमा ‘डिप स्टेट’
अन्त्यमा, ‘डिप स्टेट’ को अवधारणालाई रूसमा लागू गर्नु मात्र बाँकी छ। यो उल्लेखनीय छ कि रूसी सन्दर्भमा यो शब्द निकै कम मात्र प्रयोग गरिएको छ। यदि प्रयोग गरिएको छ भने पनि। यसको अर्थ यो होइन कि रूसमा ‘डिप स्टेट’ सँग मिल्दोजुल्दो केही छैन। बरु, यसले के संकेत गर्दछ भने जनतामा महत्वपूर्ण समर्थन भएको कुनै ठुलो राजनीतिक शक्ति अझै यससँग मुठभेड गर्न आएको छैन। तथापि, हामी एउटा यस्तो निकायको वर्णन गर्न सक्छौं, जुन केही हदसम्म 'रूसी डिप स्टेट' भनेर चिनिन सक्छ।
रूसी संघमा, सोभियत संघको पतनपछि, राज्य विचारधारालाई प्रतिबन्ध गरिएको थियो। यस सन्दर्भमा, रूसी संविधानले अन्य नाममात्रका उदार-लोकतान्त्रिक शासनसँग पूर्ण रूपमा मेल खाँन्छ। चुनावहरू बहुदलीय छन्। अर्थतन्त्र बजार-आधारित छ। समाज धर्मनिरपेक्ष छ र मानव अधिकारहरूको सम्मान गरिन्छ। औपचारिक दृष्टिकोणबाट, आधुनिक रूस युरोप, अमेरिका, वा टर्कीका देशहरू भन्दा मौलिक रूपमा फरक छैन।
यद्यपि, रूसमा केही किसिमको अप्रत्यक्ष, गैर-पक्षीय संस्था अवश्य नै थियो। विशेष गरी येल्त्सिन युगमा। त्यस समयमा, यस संस्थालाई सामान्यत: "परिवार" भनेर चिनिन्थ्यो। परिवारले एक गहिरो राज्यको कार्य सम्पादन गथ्र्यो। येल्त्सिन स्वयं वैध (यद्यपि फराकिलो अर्थमा सधैं वैध थिएन) राष्ट्रपति थिए। तर यस संस्थाका अन्य सदस्यहरू कसैद्वारा निर्वाचित थिएनन् र तिनीहरूको कुनै कानूनी अधिकार थिएन। १९९० को दशकमा परिवार येल्त्सिनका नातेदार, ओलिगार्कहरू, वफादार सुरक्षा अधिकारीहरू, पत्रकारहरू, र प्रतिबद्ध उदारवादी पश्चिमीकरणकर्ताहरूबाट बनेको थियो। यी मानिसहरूले देशमा मुख्य पूँजीवादी सुधारहरू कार्यान्वयन गर्दै थिए। कानूनी नियमको परवाह नगरी, आफ्नो इच्छाअनुसार परिवर्तन गर्दै या केवल यसलाई नकार्दै। उनीहरूले केवल कबीला स्वार्थका लागि मात्र होइन, वास्तविक डिप स्टेटको रूपमा कार्य गरे जस्तो कि केहि पार्टीहरूलाई प्रतिबन्ध लगाए। कृत्रिम रूपमा अन्यलाई समर्थन गरे। विजेताहरूलाई (जस्तै कम्युनिस्ट पार्टी र एलडिपीआर) शक्ति अस्वीकृत गरे। र अनजान र सामान्य व्यक्तिहरूलाई शक्ति सम्पन्न बनाए। मिडिया र शिक्षा प्रणालीलाई नियन्त्रण गरे। सम्पूर्ण उद्योगहरूमा वफादार व्यक्तिहरूलाई पुनः अनुबन्ध गरे। र जुन कुराले तिनीहरूप्रति चासो दियन त्यसलाई समाप्त गरे।
त्यस समयमा, "डिप स्टेट" शब्द रूसमा परिचित थिएन, तर यो घटनाक्रम स्पष्ट रूपमा उपस्थित थियो।
तर, यो ध्यान दिनु पर्छ कि स्पष्ट रूपमा अधिनायकवादी विचारधारामा आधारित एक-पार्टी प्रणालीको पतन पछि यति छोटो अवधिमा, रूसमा पूर्ण विकसित डिप स्टेट स्वतन्त्र रूपमा गठन हुन सक्दैन। स्वाभाविक रूपमा, नयाँ उदार अभिजात वर्गले विश्वव्यापी पश्चिमी नेटवर्कमा समाहित गरे। जसबाट विचारधारा र अप्रत्यक्ष शक्तिको कार्यविधि (पोटेस्टास अप्रत्यक्ष) प्राप्त गरेका थिए - दबाब, भ्रष्टाचार, मिडिया अभियान, शिक्षा माथि नियन्त्रण, र के फाइदा र के हानिकारक, के अनुमेय र के प्रतिबन्धित हुनुपर्छ भन्ने मापदण्ड सेट गरेर। येल्तसिन युगको डिप स्टेटले आफ्ना विपक्षीहरूलाई "रातो-भूरा" भनेर नामाकरण गर्यो। दायाँ र बाँया दुबैबाट गम्भीर चुनौतीहरूलाई पूर्वनिर्धारित रूपमा रोक्यो। यसले यो संकेत गर्दछ कि के सही र गलत हो भन्ने निर्णयहरूको आधारका लागि केही प्रकारको विचारधारा (संविधान द्वारा औपचारिक रूपमा मान्यता प्राप्त छैन) थियो। त्यो विचारधारा उदारवाद थियो।
उदारवादी तानाशाही
डिप स्टेट केवल लोकतान्त्रिक व्यवस्थामा मात्र प्रकट हुन्छ। जसले एक वैचारिक संस्थाको रूपमा कार्य गर्दछ।यसले तिनीहरूलाई सुधार र नियन्त्रण गर्दछ। यो छायाँ शक्ति रासायनिक स्पष्टीकरणमा आधारित छ। यस्तो सुपर-लोकतान्त्रिक नियामक बिना, लिबरल राजनीतिक प्रणाली परिवर्तन हुन सक्छ। किनभने यो सुनिश्चित गर्ने कुनै ग्यारेन्टी छैन कि मानिसहरूले समाजका लागि वैकल्पिक मार्गको प्रस्ताव गर्ने शक्तिलाई चयन गर्नेछन्।
यसले ठ्याक्कै के गर्यो भने टर्कीमा एर्डोगान, अमेरिकामा ट्रम्प, र युरोपमा जनतावादीहरूले गरेको प्रयास आंशिक रूपमा सफल भएको कुरा हो। यद्यपि, लोकतान्त्रवादीहरूसँगको द्वन्द्वले गहिरो राज्यलाई छायाबाट बाहिर निस्कन बाध्य पार्छ। टर्कीमा, यो अपेक्षाकृत सजिलो थियो। किनभने केमालिस्ट सैनिक शक्तिहरूको वर्चस्व ऐतिहासिक परंपरासँग बडो मिल्दोजुल्दो थियो। तर अमेरिकामा र युरोपमा, दमन, समग्रतावादी विधिहरू, र कानूनको बारम्बार उल्लंघन गर्दै कार्य गर्ने विचारधारात्मक मुख्यालयको पत्ता लगाउनु — जुन कुनै पनि निर्वाचनको वैधता बिना — एक घोटाला जस्तै देखिन्छ। किनभने यसले लोकतन्त्रको मिथ्यामा बुझ्नै नसकिने विश्वासलाई गम्भीर चोट पुर्याउँछ।
डिप स्टेट एक नकारात्मक सिद्धान्तमा आधारित छ। जुन ओर्वेलको "एनिमल फार्म" को आत्मामा छ; "केही लोकतान्त्रिकहरू अरूसँग भन्दा बढी लोकतान्त्रिक हुन्छन्।" तर साधारण नागरिकहरूले यसलाई तानाशाही र पूर्णतन्त्रको रूपमा देख्न सक्छन्। र उनीहरू सही हुनेछन्। एक मात्र भिन्नता यो हो कि एक-पार्टी पूर्णतन्त्र खुल्ला रूपमा कार्य गर्छ। जबकि बहु-पार्टी प्रणालीको माथि रहेको छायाशक्ति आफ्नो अस्तित्वलाई लुकाउन बाध्य छ।
अब यसलाई लुकाउन सकिँदैन। हामी एक यस्तो संसारमा बाँचिरहेका छौं जहाँ डिप स्टेट एक षड्यन्त्रको सिद्धान्तबाट एक स्पष्ट र सजिलै पहिचान गर्न सकिने राजनीतिक, सामाजिक, र वैचारिक वास्तविकतामा परिवर्तन भएको छ।
साँचो कुरालाई सिधा आँखामा हेर्नु राम्रो हो। डिप स्टेट वास्तविक छ, र यो गम्भीर छ।
अनुवादक: मोहनप्रसाद ज्ञवाली