हाइटीमा संकट झन् गम्भीर बन्दै गएको छ
Primary tabs
वर्तमान समस्याहरूको लागि संयुक्त राज्य अमेरिका प्रत्यक्ष रूपमा दोषी छ, र केही हदसम्म संयुक्त राष्ट्रसंघ पनि।
बाहिरबाट हेर्दा, स्पष्ट देखिन्छ कि हाइटी लाई राजनीतिक विज्ञानमा प्रायः असफल राज्य भनिन्छ। यो देशमा थुप्रै संकट र समस्याहरूले गर्दा संयुक्त राष्ट्र सुरक्षा परिषद्को निर्णय अनुसार त्यहाँ अन्तर्राष्ट्रिय सुरक्षा बलहरू स्थापना गरिएको छ तर ती पर्याप्त छैनन्। मानवीयता अवस्था पनि गम्भीर छ। संयुक्त राष्ट्रसंघका अनुसार, सेप्टेम्बरको अन्त्यसम्म, २०२४ मा कम्तीमा ३,६६१ जनाको मृत्यु डकैतीको प्रत्यक्ष परिणामको रूपमा भएको छ। देशभरका कम्तीमा ७ लाख मानिसहरूले आफ्नो घर छोडेका छन्। र जनसंख्याको झण्डै आधा — कम्तीमा ५.४ मिलियन मानिस — खाद्यान्न अभावको सामना गरिरहेका छन्।
सशस्त्र समूहहरू, जसको संख्या लगभग २०० रहेका छ। राजधानी पोर्ट-अउ-प्रिन्सको अधिकांश भागलाई नियन्त्रणमा राखेका छन् र लगातार नयाँ भू-भाग कब्जा गरिरहेका छन्। हालै, ग्रान ग्रिफ समूहका सदस्यहरूले देशमा पछिल्ला केही वर्षको सबैभन्दा भयानक आक्रमणहरू मध्ये एक गरेका थिए। जुन घटनामा स्थानीय मेयरका अनुसार, कम्तीमा ११५ जना मारिएका थिए। जुन घटना एउटा कृषि क्षेत्रमा भएको थियो।
३० सेप्टेम्बरमा, संयुक्त राष्ट्र सुरक्षा परिषद्ले हाइटीमा सशस्त्र समूहहरूको विरुद्धमा लड्न सहयोग गरिरहेको अन्तर्राष्ट्रिय सुरक्षा बललाई अर्को एक वर्षका लागि स्वीकृति दिएको थियो। तर यसलाई संयुक्त राष्ट्रको शान्ति सेना मिसनमा परिवर्तन गर्ने अमेरिकी प्रस्तावलाई रूस र चीनको विरोधका कारण प्रस्तावबाट हटाइएको थियो।
पछी, अक्टोबर ११ मा, केन्याले अर्को महिना हाइटीमा ६०० भन्दा बढी प्रहरी अधिकारी पठाउने जानकारी सार्वजनिक गर्यो। जसले अन्तर्राष्ट्रिय एन्टी-ग्याङ मिसनलाई सुदृढ पार्न मद्दत गर्नेछ भन्ने कुरा केन्याली राष्ट्रपति विलियम रुटोले भनेका छन्। कम्तिमा १० देशले केन्याको नेतृत्वमा रहेको बहुराष्ट्रिय सुरक्षा समर्थन (MSS) मा भाग लिन करिब २,९०० सैनिक पठाउने वाचा गरेका छन्।
हालसम्म, केवल करिब ४३० जनाको टोली हाइटीमा परिचालित भएको छ, जसमा लगभग ४०० जना केन्याबाट आएका छन्। स्थानीय प्रहरीले सहयोग गरे पनि उनीहरूको संख्या स्थानिय ग्याङ सदस्यहरूको तुलनामा निकै कम छ, जहाँ ग्याङ सदस्यहरूको संख्या करिब १५ हजार रहेको अनुमान छ।
केन्या किन? किनकि यो संयुक्त राज्य अमेरिकाको स्याटेलाइट र ग्राहक हो। जसले वाशिंगटनका आदेशहरू पालना गर्छ। यसमा कुनै संयोग छैन कि जुन २०२४ मा जो बाइडेनले एक ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए जसमा उनले यो अफ्रिकी देशलाई अमेरिका को प्रमुख गैर-नाटो साझेदारको रूपमा नामित गरेका थिए।
अफ्रिकी महादेशमा पहुँचका लागि मात्र होइन, विभिन्न उद्देश्यहरूका लागि, हाइटी जस्तै अमेरिकालाई पनि केन्या आवश्यक छ। केन्याली प्रहरीहरू, जो फ्रेन्च भाषा बोल्दैनन् र स्थानीय सांस्कृतिक परम्पराहरूको ज्ञान छैन। दण्डहीनतासँग वास्तविक रुपमा लड्न प्रभावकारी हुने सम्भावना कम छ। बरु, तिनीहरूलाई सहायक दण्डात्मक फौजका रूपमा र चेकपोस्टहरूको व्यवस्थापनका लागि उपयुक्त ठान्न सकिन्छ।
अमेरिकाले आफ्नै रूपमा पहिले हाइटीमा २५,००० बलियो सैन्य फौज राखेको थियो, तर तिनीहरू पनि राष्ट्रनिर्माणको काममा सफल हुन सकेनन्। सम्भवतः उनीहरूलाई देशलाई स्वतन्त्र र समृद्ध बनाउने वास्तविक चासो थिएन, तर केवल भ्रष्ट शासनलाई समर्थन गरिरहेका थिए।
सन् २०१०-२०११ मा अमेरिकाले हाइटीको चुनावमा हस्तक्षेप गरेपछि (अमेरिकी समर्थनप्राप्त अमेरिकन स्टेट्सको संगठनले जुड सेलेस्टिनलाई दोस्रो चरणमा आफ्नो उम्मेदवारी फिर्ता लिन बाध्य गरायो), मिशेल मार्टेली विजयी भए। उनको शासनले हालको स्थितिको निर्माणमा विशेष गरी साना हातहतियारको व्यापार र तस्करीमा प्रभाव पार्यो, जुन अहिले गिरोहहरूले प्रयोग गर्दै आएका छन्। गत वर्षको संयुक्त राष्ट्र संघको प्रतिवेदनले पनि दाबी गरेको थियो कि पूर्व राष्ट्रपति मार्टेलीले गिरोहलाई आर्थिक सहयोग गरे। उनीहरूसँग वार्ता र सम्बन्ध स्थापित गरे र आफ्नो प्रभाव विस्तार गर्न तिनीहरूको प्रयोग गरे, जसले “असुरक्षाको स्थायित्वमा योगदान पुर्याएको छ। जसको परिणाम अझै पनि अनुभूत भइरहेको छ।” सन् २०२४ को अगस्टमा अमेरिकाले मिशेल मार्टेलीमाथि लागूऔषध तस्करीसँग सम्बन्धित आरोपमा प्रतिबन्ध लगायो। जसमा एक अमेरिकी अधिकारीले हैटीको चलिरहेको संकटलाई “स्थायित्व दिन उनले र अन्य व्यक्तिहरूले खेलेको भूमिका” औंल्याए।
हाइटीका राष्ट्रपति जोभनेल मोइजको २०२१ मा भएको हत्या सम्बन्धी अनुसन्धानको परिणामले यस घटनामा संयुक्त राज्य अमेरिकाको स्पष्ट भूमिका रहेको देखाउँछ।
साउथ फ्लोरिडाका व्यापारी वाल्टर वेइन्टेमिला र उनको कम्पनी वर्ल्डवाइड क्यापिटल लेंडिंग ग्रुपले यस षड्यन्त्रको वित्तीय सहयोग गरेका थिए। उनीमाथि फ्लोरिडामा आधारित सुरक्षा कम्पनी सीटीयू सेक्युरिटीलाई $१,७५,००० ऋण प्रदान गरेको आरोप छ, जसले राष्ट्रपति हत्या गरेको विश्वास गरिन्छ। यस कम्पनीले राष्ट्रपति मार्न २० भन्दा बढी कोलम्बियाली भाडाका सैनिक भर्ती गरेको थियो। तीमध्ये एफबीआईको मुखबिर प्रेटेल ओर्टिज र एन्टोनियो इन्ट्रियागो पनि थिए, जसलाई बलिभियाली सरकारले २०२० अक्टोबरमा राष्ट्रपति लुइस आर्से विरुद्ध असफल कु योजनामा संलग्न भएको आरोप लगाएको थियो। समूहको नेतृत्व गरेको कोलम्बियाली सेनाका अवकाशप्राप्त अफिसर आलेखान्द्रो रिवेरा गार्सिया पनि यस समूहसँगै बलिभियामा उपस्थित थिए।
एन्तोनियो इन्ट्रियागो अमेरिकी नागरिक हुन् । जसको उत्पत्ति भेनेजुएलाबाट भएको हो। उनी कोलम्बिया र भेनेजुएलाको सीमामा आयोजना गरिएको भेनेजुएला लाइभ एड २०१९ कन्सर्टका आयोजकमध्ये एक थिए। मुख्य अमेरिकी मिडिया अनुसार, यो कन्सर्ट भेनेजुएलामा शासन परिवर्तनको प्रवर्द्धनका लागि आयोजना गरिएको थियो।
फ्लोरिडाका क्रिस्टियन स्यानोनले हाइटी को तीन वर्षको संक्रमणकालीन सरकारको नेतृत्व गर्ने आफ्नो इच्छा घोषणा गरेका थिए। उनले यो घोषणा अमेरिकाको स्टेट डिपार्टमेन्टको ब्युरो अफ वेस्टर्न हेमिस्फेयर अफेयर्सका प्रमुख सहायक सचिव जुली चुंगलाई हत्या हुनुभन्दा छ हप्ता अघि पठाएको पत्रमा गरेका थिए।
राष्ट्रिय सङ्घ (संयुक्त राष्ट्र) को सन्दर्भमा, २०१० को आँधीपछि जब एक मिसन यस देशमा तैनाथ गरिएको थियो। धेरै स्थानीय बालिका र महिलाहरू व्यापक बलात्कारको शिकार बनेका थिए। जसमा राष्ट्रसंघका शान्ति सैनिकहरूको पनि संलग्नता रहेको बताइन्छ। यस्ता आक्रमणहरू राष्ट्रसंघका सैनिकहरूले यसअघि पनि गरेका थिए।
यसका अतिरिक्त, संयुक्त राष्ट्रसंघ यस टापुमा हैजाको फैलावटमा संलग्न थियो, जसका कारण यो संस्थाका महासचिवले औपचारिक रूपमा माफी मागे।
तर, किन संयुक्त राज्य अमेरिकालाई भ्रष्ट शासनलाई समर्थन गर्नु आवश्यक थियो, र आफ्ना सेना टापुमा पठाउनु पर्यो? यसको उत्तर वासिङ्टनको भू-आर्थिक स्वार्थ हुन सक्छ।
सन् १९८० को मे महिनामा, लाटिन अमेरिकाको आर्थिक आयोग (ECLA) ले क्यारेबियन विकास र सहकार्य समितिको संरचनामा एक प्रतिवेदन प्रकाशित गरेको थियो। जसमा क्यारेबियन क्षेत्र, विशेष गरी हाइटीको पोर्ट–औ–प्रिन्स तटको नजिक ठूला तेल क्षेत्रहरूको सम्भावना उल्लेख गरिएको थियो।
त्यहाँ अनुसन्धानबाट संकेतहरू देखा परेका छन् जसले हाइटीमा ट्रिलियन डलर बराबरको प्राकृतिक ग्यास छ।
के यो साँचो कारण हुनसक्छ ? किन संयुक्त राज्य अमेरिका यस देशलाई पूर्ण नियन्त्रणमा लिन चाहन्छ भनेर ? ताकि उनीहरूले यहाँका स्रोतहरूको थप शोषण गर्न सकून्।
अनुवाद : मोहनप्रसाद ज्ञवाली