जेलेन्स्कीको पतन
Primary tabs

रियाध वार्ता निस्सन्देह एक महत्वपूर्ण सफलता हो। वार्ताकारहरूको संरचनाले नै धेरै कुरा स्पष्ट गर्छ। उदाहरणका लागि, अमेरिकी पक्षका वार्ताकारहरूमा अलि कठोर र कठिन केलोगको अनुपस्थिति उल्लेखनीय छ। ट्रम्पले वार्तामा त्यस्ता व्यक्तिहरू पठाए, जो रसियाको दृष्टिकोणलाई बुझ्न र सुन्न सबैभन्दा सक्षम तथा योग्य छन्। र त्यसपछि उक्त सन्देशलाई व्यक्तिगत रूपमा उनिसम्म पुर्याउन सक्ने क्षमता राख्छन्।
ट्रम्प स्वयं वार्ताको प्रारम्भिक परिणामहरूबाट अत्यन्तै सन्तुष्ट देखिन्छन्। रूसी पक्षले भने सावधानीपूर्वक आशावाद व्यक्त गरिरहेको छ। स्पष्ट रूपमा, हालसम्म युक्रेनी समस्या समाधान गर्ने कुनै निश्चित योजनाबारे छलफल गरिएको छैन। तथापि, हाम्रो उत्कृष्ट टोली, उशाकोभ र लावरोभको नेतृत्वमा, पहिलोपटक वस्तुगत रूपमा, शान्तिपूर्वक र तर्कसंगत ढंगले अमेरिकी पक्षलाई रूसी दृष्टिकोण स्पष्ट रूपमा प्रस्तुत गर्न सफल भएको देखिन्छ। वास्तवमा, यो एक नवीनता हो, किनकि विगतमा कुनै गम्भीर वार्ता भएको थिएन, र अमेरिकामा रूसको धारणा पूर्ण रूपमा विकृत तरिकाले चित्रण गरिएको थियो। त्यसैले, यो केवल एक उपलब्धि मात्र नभई ऐतिहासिक रूपमा महत्त्वपूर्ण उपलब्धि हो।
यो कुरालाई ध्यानमा राख्न जरुरी छ कि हामी एकदमै फरक अमेरिकासँग छलफलमा छौं। जुन विचारधाराका दृष्टिकोणले अघिल्लो अमेरिकी प्रशासन ओबामा, यहाँसम्म कि बुश जुनियर र क्लिन्टनको विचारधारासँग पूर्ण रूपले फरक र त्यसको यसले विरोध गर्दछ। दशकोंमा, सायद अझ बढी समयपछि, अमेरिकाले एकदमै फरक मार्गमा यात्रा सुरु गरेको छ। यी वार्ताहरूले स्पष्ट रूपमा देखाएको छ कि रूस र पुटिनको अमेरिकासँग धेरै समानता छन, जुन अत्यन्त महत्त्वपूर्ण कुरा हो।
अतः, म पहिलो वार्ताका परिणामहरू अत्यन्त सकारात्मक रहेको विश्वास गर्दछु। रूसी पक्षले विभिन्न दृष्टिकोणहरूमध्ये स्पष्ट रूपमा यो कुरा उल्लेख गर्यो कि ज़ेलेन्स्की वार्ताका लागि तर्कसहित अनुपयुक्त छन्। किनभने उनी पूर्णतः अवैध र अप्रभावी छन् । ट्रम्पले पहिलो वार्तापछि नै स्पष्ट रूपमा समर्थन गर्दै भने युक्रेनमा जेलेन्स्कीको समर्थन ४% भन्दा बढी छैन। त्यसको परिणामस्वरूप, रूससँगको वार्तामा उनको सहभागिता सम्भव वा आवश्यक छैन। परिणामस्वरूप, रूससँगको वार्तामा उनकोसहभागिता सम्भव छैन। यसको अर्थ, ज़ेलेन्स्कीलाई अमेरिकाले अस्वीकार गरिसकेको छ, र अब युक्रेनमा निर्वाचनहरू हुनेछन्।
स्वाभाविक रूपमा अहिले ज़ेलेन्स्की आत्तिन थाले। उनले डेमोक्र्याटहरूमा विश्वास गरे, कमला ह्यारिसको अभियानमा परोक्ष रूपमा संलग्न भए, तर ट्रम्प समर्थकहरूले यो यथार्थ न त भुल्नेछन्, न त उनलाई माफ गर्नेछन्। तदनुसार, उनी अहिले सबैभन्दा आक्रामक रुसविरोधी युरोपेली नेताहरूसँग हातेमालो गर्दैछन् । जो आफैंमा आत्तिएका छन्, किनभने अमेरिकी वैश्वीकतावादीहरूको प्रमुख समर्थन कमजोर भइसकेको छ। अब उनीहरू अन्योलमा परेका छन् र चरम सीमाबीच डुलिरहेका छन्। कहिले त युक्रेनमा सेना पठाएर रूसविरुद्ध लड्ने योजना बनाउँछन्, जसरी स्टार्मर र माक्रोंले भनेका थिए, तर फेरी कहिले आफ्नै कुरको खण्डन गर्छन्, जस्तै अहिले माक्रों हैन भन्दैछन्।
यसैका परिणामस्वरूप, युरोपेली वैश्विकतावादी अहिले एक प्रकारको उन्मादी- निराशाजनक मानसिक विकार, आतंक र भयंकर पीडा भोगिरहेका छन्। उनीहरूलाई थाहा छ कि अब उनीहरूलाई दुई मोर्चामा लड्नुपर्नेछ। यकातर्फ हामीसँग र अर्कोतर्फ ट्रम्पवादी अमेरिकासँग। जसका कारण युरोपमा विचारधारात्मक युद्धको घोषणा गरेको छ। अब, तिनीहरूले कि त आफ्नो राजनीतिक नेतृत्व परिवर्तन गर्नुपर्छ वा आफूलाई नै दोषी करार गर्नुपर्छ। तिनीहरूको कठपुतली जेलेन्स्कीको जनतामाझ समर्थन ठूलो मात्रामा खस्सिएको छ, उनको स्थिति वास्तवमै प्रलयको नजिक छ।
मलाई लाग्दैछ जेलेंस्की आफैंमा मानसिक रूपमा असन्तुलित छन्। अवश्य, यो मेरो मूल्याङ्कन विषय हैन, तर यहाँ उनको पूर्ण मानसिक परीक्षण आवश्यक छ। जब उनी हाम्रा हातमा पर्छन् (र उनले पक्कै हाम्रा हातमा पर्नु पर्ने छ) तब रूस र युक्रेनी जनताको विरुद्ध युद्ध अपराध गरेको मुद्दामा उनिमाथी छानबिन गरिन्छ, तब मात्र हामी थाहा पाउनेछौं कि उनी बिरामी छन् कि नशा समस्याबाट पीडित हुनभनेर। उदाहरणको लागि, अहिले साखाश्विलीको बारेमा निर्धारण गर्न सकिन्छ।
हालका दिनहरूमा, मैले जेलेन्स्कीका शब्द र क्रियाकलापहरूमा त्यस्तो व्यक्तिको तार्किक व्यवहार देखेँ, जसलाई लेखेर हटाइयो। उनले आफ्नो भूमिका एक संप्रभु शासकको रूपमा साँच्चै विश्वास गरेका थिए र आजसम्म पनि त्यसैको पालन गर्दै आएका छन्। यद्यपि, उनलाई कहिल्यै साँच्चिकै संप्रभु शासकको रूपमा मानिएको थिएन। तर, यो भूमिका अब समाप्त भएको छ। अब उनले यसलाई निभाउन सक्दैनन्—जस्तो कि, कुनै कलाकारलाई अभिनयबाट बर्खास्त गरियो। हो, उनी केही नाटकीय इशाराहरू गर्नको लागि प्रयास गर्छन्, आफ्ना हात मिच्दै, भनिरहेका छन् कि उनी रियाध जान्छन् र यी वार्तालापहरूमा आफैं प्रवेश गर्छन्। त्यसपछि उनी भन्छन्: "होइन, केहि गलत भयो, मलाई प्रवेश गर्न दिइने छैन।" र यद्यपि उनी संकटको फाइदा व्यक्तिगत लाभको लागि उठाउँदैछन्, यो सबैलाई अब स्पष्ट भईसकेकोछ, जेलेन्स्की समाप्त भइसकेका छन्।
यूक्रेनको भविष्यको बारेमा कुरा गर्नको लागि अहिले नै बेला भएको छैन। वार्ता केवल सुरु भएको छ, यद्यपि यो पहिले नै स्पष्ट छ कि यूक्रेनमा चुनाव हुनुपर्नेछ। चुनावहरू कसरि सञ्चालन गरिनेछन् भन्ने कुरा अझै अस्पष्ट छ, विशेष गरी ट्रम्पको ४% समर्थनको दाबी भन्दा पर, जेलन्स्कीको लोकप्रियता कृत्रिम रूपमा बढाउनु महँगो साबित हुन सक्छ। त्यसैले, मलाई लाग्छ कि यूक्रेनी ओलिगार्क र राजनीतिकर्मीहरू पहिले नै ट्रम्पसँग सम्पर्क गरेर उनलाई कुनै पनि शर्तमा यूक्रेनको प्रबन्धन गर्नको लागि प्रमाणपत्र दिनको लागि आग्रह गरिरहेका छन् र उनलाई खुसी तुल्याउन केहि प्रतिवध्ता समेत जाहेर गरेकाछन्।
अनुवाद: मोहनप्रसाद ज्ञवाली
सारांस
अलेक्जेन्डर दुगिनले यस लेखमा रियाध वार्तालाई महत्वपूर्ण सफलता भन्दै वर्णन गरेका छन्, जसमा उनले नयाँ अमेरिकी प्रशासनको खुलापनले रूसलाई युक्रेनमा आफ्नो दृष्टिकोण स्पष्ट रूपमा प्रस्तुत गर्न अवसर दिएको बताएका छन्, जसको परिणामस्वरूप अन्ततः जेलेन्स्कीको राजनीति समाप्त भएको छ।