युरोपेली संघविरुद्धको पुटिन–ट्रम्प गठबन्धन
Primary tabs

पुटिन र ट्रम्पबीचको प्रत्येक टेलिफोन संवाद विश्वको नयाँ विश्वव्यवस्थाको स्पष्टताको दिशाका लागि एक अति महत्वपूर्ण कदम हो। तर, युक्रेनसम्बन्धी मुद्दा स्वाभाविक रुपमा न त हिजोको टेलिफोन वार्ताबाट समाधान हुन्छ, न त भविष्यमा हाम्रा राष्ट्रपतिहरूबीच सम्भावित भेटघाटहरूले सजिलैसँग समाधान गर्न सकिन्छ। यो सम्पूर्ण चित्रमा एक अति आवश्यक तत्वको अभाव छ, त्यो हो हाम्रो सैन्य वर्चस्व।
हालसालैमा हाम्रो सफल सैन्य कारबाहीको बावजुद पनि हामीले अहिलेसम्म पनि शत्रुमाथि स्पष्ट रूपमा वर्चस्व जमाउन सकेका छैनौं। हो, हामी सम्पूर्ण पश्चिमी शक्तिसँग जुधिरहेका छौं र यसले वर्तमान अवस्थालाई स्पष्ट पार्छ।तर तथ्य के हो भने, हामीले अझै त्यस्तो बलियो स्थिति हासिल गरिसकेका छैनौँ जहाँबाट हामी भन्न सकौँ, "हामी सन्तुष्ट छौँ, यो हाम्रो विजय हो। यो हाम्रो भूमि हो, र यो सुरक्षित बफर क्षेत्र हो।"
यस्तो अवस्थामा, हामीले शत्रुलाई आत्मसमर्पणका सर्तहरू प्रस्ताव गर्न सक्थ्यौं। संभवत: केही हदसम्म सम्झौता पनि गर्न सक्थ्यौं। उदाहरणका लागि, यदि हामीले पहिले नै युक्रेनका पश्चिमी क्षेत्रहरूमा नियन्त्रण स्थापित गरिसकेको भए, ती क्षेत्रमा अधिकार सुम्पने प्रस्तावसमेत सम्भव हुन्थ्यो।
तर वर्तमान परिस्थितिलाई हेर्दा, हाम्रो पक्षबाट शान्ति वार्ताका लागि आवश्यक पूर्वसर्तहरु तयार भैसकेका छैनन्। अहिलेको परिदृश्यमा, यस्ता वार्ताबाट कुनै सार्थक नतिजा निस्कने सम्भावना छैन।र ट्रम्प स्वयंले ती सैन्य–रणनीतिक उपलब्धिहरू हामीलाई सजिलै उपहारस्वरूप दिन्छन् भन्ने कुनै कारण देखिँदैन। यो एउटा भ्रम हो। त्यो सम्भावनाको परिधिभन्दा बाहिर कुरा हो। त्यसैले निकट भविष्यमा पुटिन र ट्रम्पबीच हुने वार्ताहरूले युक्रेनबारे कुनै परिणाम दिनेछन् भन्ने कुराको संभावना छैन। त्यसैले, नजिकको भविष्यमै पुटिन र ट्रम्पबीच हुने हाम्रा वार्ताहरू पूर्णतः अन्य विषयवस्तुहरूमा केन्द्रित हुनेछन्।
ट्रम्प साँच्चै नै यो युद्धको अन्त्य चाहन्छन्। तर यस युद्धको निष्कर्षका लागि आवश्यक सर्तहरू अहिले प्रस्तुत गरिएका प्रस्तावहरूभन्दा पूर्णतः भिन्न हुनुपर्छ। ती सर्तहरूको आधार हाम्रो 'कीभ' शासनमाथिको सैनिक विजय र चारवटा मुक्त गरिएका क्षेत्रहरूका साथै पूर्वी युक्रेनका थप चार वा पाँच क्षेत्रहरूमा नियन्त्रण स्थापनामा गर्न आवश्यक छ। वास्तवमा, त्यसपछि मात्र वास्तविक शान्ति वार्ताहरू प्रारम्भ हुनसक्नेछन। तर हामी त्यो चरणसम्म अझै टाढा छौँ, त्यसैले युद्ध हाम्रो लागि समाप्त भएको छैन, किनभने अझैसम्म पनि वास्तविक विजय प्राप्त भएको छैन। यस्तो अवस्थामा कुनै पनि प्रकारको युद्धविराम भनेको पराजयको स्वीकारोक्ति हो। जुन हाम्रो देशका लागि घातक हुनेछ।
निसन्देह, धेरैले यस कुरालाई गहिरो रूपमा बुझेका छन् र पहिलो नम्बरमा राष्ट्रपति पुटिन स्वयं यसबारे जानकार हुनुहुन्छ। तर ट्रम्प यो युद्धलाई सकेसम्म चाँडो समाप्त गर्न चाहन्छन्। जुन समाप्ति “तटस्थ” आधारहरूमा सम्पन्न होस् भन्ने उनी सोच्दछन्। तर यस्ता “तटस्थ” सर्तहरू हामीलाई पूर्ण रूपमा अस्वीकार्य छन्। अवश्य पनि हामीले ट्रम्पको युद्ध अन्त्य गर्ने सद्भावनालाई हामीले प्रशंसा गर्दछौं र त्यो सद्भावनालाई उपेक्षा गर्न सक्दैनौं। अझ त्योभन्दा महत्वपूर्ण कुरा के छ भने, हामीले युक्रेनमा जसको देशसँग लडिरहेका छौं वा लडिसकेका छौं ट्रम्प स्वयंले “यो मेरो युद्ध होइन,” भन्यो। जसका कारण थुप्रै अड्किएका विषयहरूलाई गति प्रदान गरेको छ।
हो, ट्रम्पलाई यो बुझाउन कठिन हुन सक्छ कि रूसलाई केवल विजय चाहिएको हो। तर, हाम्रो राष्ट्रपति एक महान ऐतिहासिक नेताका रूपमा परिचितहुनुहुन्छ, त्यसैले हामी आशा गर्छौ कि उहाँले यो कुरालाई ट्रम्पसँग सिधा टकरावमा नगई प्रस्तुत गर्न सक्षम हुनुहुनेछ। विशेषतः अहिले हामी पूर्णतः नयाँ विश्वव्यवस्थाको सामना गरिरहेका छौं, जुन विषयमाथि संवाद अनिवार्य र सम्भव दुवै छ। त्यसैले ट्रम्पलाई एक अत्यन्त महत्वपूर्ण विचार बुझाउनु अति आवश्यक छ त्यो हो उनका शत्रुहरू नै हाम्रा शत्रुहरू हुन् र त्यसको विपरीत पनि सत्य हो। किनकि वास्तवमा, ती शक्ति–समूहहरू जसले युक्रेनमा हाम्रो विरुद्ध युद्ध सुरु गरे, उनीहरूनै हुन् जसले अमेरिका भित्र ट्रम्प र उनका समर्थकहरू विरुद्ध पनि युद्ध छेडेका छन्।
यसै सन्दर्भमा, युरोपेली संघ (EU) युरोपभित्रका वैश्वीकतावादीहरूको अन्तिम किल्ला बनेको छ। युरोपका सबै राष्ट्रहरूमा हुने प्रत्येक निर्वाचनमा उसले एकसाथ भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्प विरुद्ध संघर्ष गरिरहेको छ। उदाहरणस्वरूप, रोमानियामा सम्पन्न निर्वाचनमा सार्वभौमिकता समर्थक उम्मेदवार जोर्जे सिमिओन (जो प्रायः रूस समर्थकभन्दा पनि ट्रम्प समर्थक मानिन्छन्) को जित लुटिएको छ, जुन व्यापक धाँधली र अन्य अनियमित उपायहरूको प्रयोगमार्फत सम्पन्न गरियो।
यसका साथै, वैश्वीकतावादीहरूले जहिल्यैझैँ अत्यन्त धूर्तता र कपटपूर्ण ढंगले ट्रम्पलाई युक्रेनमा रूसविरुद्धको युद्ध जारी राख्न बाध्य पार्न चाल चाहिरहेका छन्। उनीहरू चाहन्छन् कि ट्रम्पकै हातबाट रूसलाई रणनीतिक पराजय दिइयोस्। ताकि उनी यस घातक र विनाशकारी द्वन्द्वमा संलग्न भएर आफ्नै राजनीतिक आधार कमजोर बनाऊन् र अन्ततः आफ्ना समर्थकहरूको बीचमा समर्थन गुमाएर सत्ताच्युत बनुन्।
मलाई लाग्छ, यी सबै कुराहरू ट्रम्पले गम्भीरता पुर्वक आत्मसमिक्षा गर्न जरुरी छ। र मलाई आशा छ कि पुटिनले ती सबै कुराहरू प्रस्ट र तर्कसहित उनलाई लाई बुझाउन सक्नुहुनेछ। किनभने रुसका शत्रुहरू ट्रम्पका पनि शत्रु हुन् र ट्रम्पका शत्रुहरू रुसका शत्रु हुन्। वास्तवमा, यिनै विश्वव्यापीकरणको अस्वीकृतिमा आधारित भएर हामीबीचको नयाँ सम्बन्धको निर्माण हुनुपर्छ। साथै सम्भवतः हाम्रो नयाँ गठबन्धन पनि यसैका आधार निर्माण हुनेछ।
(यस लेखमा अलेक्जेन्डर दुगिनले पुटिन र ट्रम्पबीच भएको टेलिफोन वार्ताको मुख्य उद्देश्यमाथि विचार प्रस्तुत गरेकाछन्।)
मोहनप्रसाद ज्ञवाली