अन्तर्राष्ट्रिय अनिश्चितता २०२५
Primary tabs
अलेक्जेन्डर दुगिन तर्क गर्छन्, २०२५ मा विकसित हुँदै गरेको अशान्ति पतनउन्मुख एकध्रुवीयता, विकासोन्मुख बहुध्रुवीयताको सैद्धान्तिक अस्पष्टता र ट्रम्पवादको अप्रत्याशित रूढिवादको त्रिकोणात्मक अनिश्चिततामा निहित छ। जहाँ नयाँ वैश्विक व्यवस्थाले नविन ओन्टोलजीक दृष्टिकोणको माग गर्दछ।
यो आलेख प्रोफेसरको मस्को स्टेट इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसन्समा आयोजित "अन्तर्राष्ट्रिय अनिश्चितता २०२५" सम्मेलनमा प्रस्तुत गरिएको भाषणको सार हो।
वर्तमान विश्व व्यवस्थामा, विभिन्न स्तरका अनिश्चितता छन्:
१)एकध्रुवीयताबाट बहुध्रुवीयतामा परिवर्तन चरणको अनिश्चितता
सबैभन्दा पहिले हामी यो निश्चिति रूपमा भन्न सकिरहेका छैनौकी, अहिले हामी बहुध्रुवीय विश्वब्यवस्थामा छौं कि अझै एकध्रुवीयता विश्वब्यवस्थामा छौं। हाइडेगरको नोच निख्ट (“अझै छैन”) ले यहाँ गहिरो दार्शनिक प्रश्न उठाउँछ।
बहुध्रुवीयता उदाउँदै छ। साथै एकध्रुवीयता पतनउन्मुख छ — तर यस संकटको परिणाम घातक साबित हुन सक्छ।
हालैका दिनमा हताश वैश्वीकतावादीहरूले रूसविरुद्ध गरेका केही स्थानका सफल आक्रमणहरू जस्तो कि युक्रेन, जर्जिया, मोल्दोभा, रोमानिया, सिरियाका घटनाहरुले एकध्रुवीयताको अन्त्य भयो भनि लेख्न नसकिने देखिन्छ। वैश्विकतावादी अजिङ्गर गहिरो घाइते भए तापनि अझै जीवित छ।
अन्तर्राष्ट्रिय सम्बन्धमा, दुईध्रुवीयताका अवधारणा केनेथ वाल्ट्जले प्रस्तुत गरेका थिए। सोभियत संघको पतनपछि पनि उनले चीनलाई दोस्रो ध्रुव मानिरहेका थिए। एकध्रुवीयतालाई रोबर्ट गिल्पिनले सम्बोधन गरेका थिए। बहुध्रुवीयताको परिभाषा भने स्यामुएल हन्टिङ्गटन र फाबियो पेटिटोले दिएका छन्।
२) बहुध्रुवीयताको सैद्धान्तिक वर्णनमा अनिश्चितता
"ध्रुव" भन्नाले के बुझिन्छ? के यो सम्प्रभु राष्ट्र हो (जस्तै वेस्टफेलियन प्रणाली र शास्त्रीय यथार्थवादमा)? वा यो कुनै सभ्यता हो? यदि यो सभ्यता हो भने, यस्तो सांस्कृतिक-धार्मिक अवधारणाको राजनीतिक अवस्था के हो?
यसको उत्कृष्ट उत्तर चिनियाँ अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञ झाङ वेइवेइले दिएका छन्, जसले "सभ्यतागत-राज्य" को अवधारणा प्रस्तुत गरेका छन्। राष्ट्रपति पुटिन र रसियाली विदेशमन्त्री लावरोभले यसै अवधारणाको प्रयोग गरेका छन्।
सभ्यतागत-राज्य भनेको एउटा यस्तो सभ्यता हो (जहाँ परम्परागत मान्यतामा विकसित प्रणाली र पृथक पहिचान रहेको छ) जसलाई एक महा-राज्यको रूपमा व्यवस्थित गरिएको हुन्छ। जसले साझा सभ्यतागत दृष्टिकोण बोकेका विभिन्न जनसमूह र राज्यहरूलाई आकर्षित गर्छ।
तर, आजको समयमा “ध्रुव” वा “केन्द्र” (बहुध्रुवीयताका सन्दर्भमा) जस्ता शब्दअन्तर्गत विभिन्न अर्थहरू सहअस्तित्वमा छन् — साधारणतया ठूलो र स्वतन्त्र राज्यहरूदेखि लिएर सभ्यताहरू (राजनीतिक रूपमा असंलग्न) सम्म र पूर्णरूपले विकसित सभ्यतागत-राज्यहरूसम्म।
हाल, पूर्ण रूपमा एकीकृत सभ्यतागत राष्ट्रहरू केवल चार मात्र छन्:
१.सामूहिक पश्चिम (NATO भूमि),
२. रूस
३.चीन
४.भारत।
यसका अतिरिक्त, अझ धेरै सभ्यताहरू छन्: माथि उल्लिखित चार सभ्यताहरूको अतिरिक्त, इस्लामिक, अफ्रिकी, र ल्याटिन अमेरिकी सभ्यताहरू पनि छन्। यी सभ्यताहरू अझै सुपर-राज्यका रूपमा एकीकृत हुन बाँकी छ।
यसैबीच, पश्चिम आफैं उत्तर अमेरिका र युरोपमा विभाजित हुन सक्छ। सम्भावित बौद्ध सभ्यताको विकास पनि सम्भव छ।
यो अवधारणात्मक अनिश्चितता, सभ्यता र राज्यहरू सभ्यतागत-राज्यहरूमा रूपान्तरण हुने प्रक्रियाको खुलापनसँगै, सीमाको मुद्दाले झन् जटिल बनाएको छ।
सीमा क्षेत्रहरू ती स्थानहरू हुन् जहाँ दुई वा दुईभन्दा बढी सभ्यताहरू एक-अर्कासँग ओगटिन्छन्, साना स्वतन्त्र राज्यहरूको उपस्थिति भए पनि नभए पनि। यी सीमाहरू बहुध्रुवीय विश्वको सिद्धान्त विकास गर्न महत्त्वपूर्ण पक्ष हुन् र यी दोस्रो अनिश्चितताको अन्तर्गत पर्छन्।
३) तेस्रो अनिश्चितता: ट्रम्प र उनको रणनीति
ट्रम्प बहुध्रुवीयताको समर्थन गर्न सम्भवतः इच्छुक छैनन्। उनी अमेरिकी प्रभुत्वका समर्थक हुन्। यद्यपि, उनले यो प्रभुत्वलाई पछिल्ला दशकहरूमा अमेरिकी शक्तिमा हावी वैश्वीकतावादीहरूको दृष्टिकोण भन्दा पूर्णतया फरक ढंगले हेर्छन् (चाहे तिनीहरू डेमोक्र्याट्स हुन् वा रिपब्लिकनहरू)।
वैश्वीकतावादीहरू सैन्य-राजनीतिक वर्चस्व र आर्थिक श्रेष्ठतालाई एउटा उदारवादी विचारधारासँग जोड्छन्। जुन विश्वभर परम्परा विरोधी मूल्यहरू लागू गर्ने कुरामा केन्द्रित हुन्छ (अमेरिकाभित्र समेनत)। उनीहरूको लागि प्रभुत्व भनेको कुनै देशको प्रभुत्व होइन, बरु एउटा अन्तर्राष्ट्रिय उदारवादी विचारधारात्मक प्रणालीको वर्चस्व हो।
ट्रम्प, राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ भन्ने कुरामा विश्वास राख्छन्। जसको आधार परम्परागत अमेरिकी मूल्यहरूमा छ। अर्कोतर्फ, यो दक्षिणपन्थी रूढिवादी वर्चस्व हो। जसले वाम-उदारवादी दृष्टिकोण (क्लिन्टन, बुश जूनियर, ओबामा, बाइडेन) को वैचारिक रूपमा विरोध गर्दछ।
ट्रम्पवाद अन्तर्राष्ट्रिय सम्बन्धमा कसरी प्रकट हुने हो, यो अझै स्पष्ट छैन। यसले वस्तुगत रूपमा बहुध्रुवीयतामा संक्रमणलाई तीव्र बनाउन सक्छ वा मन्द गराउन सक्छ अनिश्चित छ।
निष्कर्ष
२०२५ मा, हामीलाई सबै तीन अनिश्चितताहरू एकसाथ सामना गर्नुपर्नेछ। त्यसैले, "अनिश्चितता" शब्दलाई एक स्वतन्त्र र बहुआयामी अवधारणाको रूपमा मान्यता दिनु आवश्यक छ — जुन वैश्विक प्रक्रियाहरूलाई सही रूपमा बुझ्नको लागि मुख्य तत्व हो।
अनुवाद: मोहनप्रसाद ज्ञवाली