बाइडेनले हामीलाई तेस्रो विश्वयुद्धमा होम्न सक्छन्। तर,के ट्रम्प केही फरक हुनेछन्?

बाइडेनले हामीलाई तेस्रो विश्वयुद्धमा होम्न सक्छन्। तर,के ट्रम्प केही फरक हुनेछन्?

डेमोक्र्याटहरूले अमेरिकी वैश्विक प्रभुत्वको संरक्षणमा ध्यान केन्द्रित गरिरहेका छन्, जसले रुस र चीनसँगको युद्धको जोखिम ल्याउन सक्छ भने ट्रम्प बहुध्रुवीयतालाई प्राथमिकता दिन्छन्। ट्रम्पको एकध्रुवीयताको अस्वीकारले रुस र चीनजस्ता बहुध्रुवीयताको समर्थकहरूलाई सहयोग मिल्नेछ।

अमेरिकामा आगामी राष्ट्रपतीय निर्वाचन ५ नोभेम्बरमा हुने छ, र यसको नतिजा अत्यन्त महत्वपूर्ण छ। किनभने यसले केवल संयुक्त राज्य अमेरिका र पश्चिमलाई मात्र नभई सम्पूर्ण मानवजातिको भाग्यलाई पनि प्रभाव पार्नेछ। यसको कारण भनेको आणविक द्वन्द्वको खतरा र रूस र नेटोको बीचको संघर्ष जसको कारण सम्भावित तेस्रो विश्वयुद्ध हो।

अर्को आउने ह्वाइट हाउसको मालिकले मानवजातिको अस्तित्व निर्धारण गर्नेछ, त्यसैले यो चुनावका प्रमुख उम्मेदवारहरूको गहन विश्लेषण गर्नु र तिनीहरूका कार्यक्रम र धारणा बुझ्नु अत्यावश्यक छ।

हालैका बर्ष र महिनाहरुमा जो बिडेनमा वयस्कता वा अन्तर्निहित चिकित्सा अवस्थासँग सम्बन्धित समस्याका कारण हुनसक्छ  उनमा ध्यानमा कमीका संकेतहरु देखिएका छन्। तथापि, यो अर्थहीन छ । किनकि उनी केवल लडाईमा राजनीतिक रुपले अभिजात वर्गको आइकन हुन् । बाइडेनले शासन गर्नका लागि बाँच्नु पनि आवश्यक छैन । जस्तो कि, हरेक वर्ष सुलावेसी टापुमा रहेका माडागास्कर जातिको परम्परामा अन्तरगत मानिने एक पर्वमा कुनै मृत मानिसको स्मरणमा उसको शवलाई वार्षिक उत्सवमा तीर्थयात्रा गराईन्छ।

विश्वव्यापीकरण प्रवक्ता

प्लस होस वा नहोस् उनको प्रशासन निरन्तर क्रियाशील रहनेछ, किनकि बाइडेनको पछाडि वैश्विकवादी भनिने एक समेकित (एकत्रित) समूह छ—जसलाई 'विश्व सरकार' वा 'नियन्त्रण वर्ग'भनिन्छ- जहा अमेरिकाको 'डिप स्टेट' का प्रमुख व्यक्तिहरू, युरोप र बाहिरका उदारवादी अधिकारीहरू सहित रहन्छन्।

बाइडेनले एक वैश्विकवादी विचारधाराको पालना गर्दछन् । जसको उद्देश्य उदार टेक्नोक्रेट्स अधिकारीको शासन अन्तर्गत मानवतालाई एकताबद्ध गर्नु, सार्बभौम राष्ट्र-राज्यहरूलाई समाप्त गर्नु, र मानिस र धर्महरू बीचकाे विविधतालाई एकीकृत गर्नु हो— एक आधुनिक बेबिलको टावर जस्तै ("एक आधुनिक बेबेलको टावर" भनेर यसले आधुनिकता, विविधता, असन्तुलन र सांस्कृतिक परिवर्तनको सिद्धान्तलाई संकेत गर्दछ)।  धेरै ख्रीष्टियनहरूले यसलाई एन्टिक्राईष्टको आगमनको पूर्वावलोकनको रूपमा हेर्छन्।

वास्तवमा, यसमा केही कुराहरू विज्ञान कथाको नजिक छन् ।  विश्वव्यापीकरणका समर्थकहरू-जस्तै युवल हरारी, क्लाउस श्वाब, रेमन्ड कुर्जविल, र मोरीस स्ट्राङ—  Artificial Intelligence (AI) र स्नायु प्रत्यारोपणलाई अगाडि बढाउनुपर्ने आवश्यकताको बारेमा खुलेर छलफल गर्छन् जुन मस्तिष्कको कोषहरूलाई हटाउन वा पुनर्जीवित गर्न योग्य छ।

यसैबीच पश्चिममा पश्चिमले लिङ्ग र जातिको उन्मूलनलाई देखिरहेको छ। बाइडेनको यस कार्यक्रममा थोरै प्रभाव छ । उनी विश्वव्यापीकरणको प्रतीकात्मक प्रतिनिधिको रूपमा कार्य गर्छन्। बाइडेनको डेमोक्रेटिक पार्टी विभिन्न दृष्टिकोण र पदहरूको घर हो, तर डेमोक्रेटिक बामपन्थीहरु (जस्तै बर्नी सैंडर्स वा रोबर्ट केनेडी) विश्वव्यापीकरणलाई पूर्ण समर्थन नगर्ने व्यक्तिहरू पनि उनको समर्थनमा एकजुट भएका छन् ।

बाइडेनको आफ्नै सीमितताहरु छन् तर तिनको कुनै अर्थ छैन, किनकि वास्तविक अधिकार अरूसँग छ । तर, यो विषय मुख्य विषय होइन । बाइडेनको पछाडि एउटा विचारधारा छ जसले विश्वव्यापी रूपमा महत्वपूर्ण समर्थन प्राप्त गरेको छ ।

लिबरल विरुद्ध (VS) कन्जर्भेटिभ

धेरैजसो विश्वव्यापी सम्भ्रान्तहरूले खुला उदारवादी विचारहरू राख्छन्, जुन विभिन्न डिग्रीहरू (अंश)मा व्यापक भएको छ।  विश्वव्यापी रूपमा उदारवादले शिक्षा, विज्ञान, संस्कृति, सूचना, अर्थतन्त्र, व्यापार, राजनीति र प्रविधिलाई प्रभाव पारेको छ। जसमा बिडेनले एक केन्द्रीय बिन्दुको रूपमा कार्य गर्दछन्। जहाँ थ्रेडहरू मिल्छन्।

युएस डेमोक्र्याटिक पार्टी उदारवादको राजनीतिक प्रतीक हो। डेमोक्र्याटहरू अब अमेरिकी हितको सट्टा विश्वव्यापी आफ्नो प्रतिष्ठा जोगाउनमा बढी केन्द्रित छन्। चाहे त्यो रुस र चीनसँगको युद्ध हुने खतरा किन नहोस। जसका कारण अमेरिका आफैं खतरामा पर्न सक्छ।

अमेरिकी नव-प्रगतिशील (न्योकॉन्सर्वेटिव्स)का एजेन्डा पनि बिडेनका समर्थकहरूले वकालत गरेको र समर्थित वैश्विक एजेन्डासँग मिल्दाजुल्दा छन्। यसमा रूसप्रति घृणा भाव राख्ने  र पश्चिमी पुँजीवादको पूर्ण विजयपछि विश्वव्यापी क्रान्तिको परिकल्पना गर्ने भूतपूर्व ट्रोट्स्कीवादीहरू पर्छन्। नयोकन्सहरूले आफूलाई एकध्रुविय विश्वका शांतिप्रिय अनुशंसक ठान्छन् र गाजामा नरसंहारको बाबजुद इजरायललाई अटल समर्थन प्रदान गर्छन्।

कतिपयले आफू डेमोक्र्याट भनेका छन् तर धेरैजसो रिपब्लिकन छन्। उनले डोनाल्ड ट्रम्पको विपरीत  ध्रुवमा भूमिका खेल्छन्। जे भए पनि, यो पाँचौं स्तम्भ हो: डेमोक्र्याट र बिडेन समर्थकहरू रिपब्लिकन पार्टीमा।

अमेरिकाको 'डिप स्टेट' एउटा समग्र उद्देश्यको संरक्षकको रूपमा कार्य गर्दछ ।

अमेरिकाको डिप स्टेट

अन्तमा,डिप स्टेट’ को उल्लेख गर्नु आवश्यक छ:  जहा गैर-पक्षीय अभिजात वर्ग, सरकारी अधिकारीहरू, वरिष्ठ नौकरशाहहरू, र सैन्य र खुफिया प्रमुखहरू समाहित रहन्छन् । उनीहरू अमेरिकी राज्यको संरक्षकको रूपमा कार्य गर्छन् ।  वुड्रो विल्सनको राष्ट्रपति काल (१९१३-२१) पछि, दुई दृष्टिकोणले डेमोक्रेट र रिपब्लिकनहरूको परम्परागत नीतिहरूको प्रतिनिधित्व गरेका छन् । डेमोक्रेटहरूले विश्वव्यापी प्रभुत्व र उदारवादको विश्वव्यापी प्रसारलाई प्राथमिकता दिन्छन्, जबकि रिपब्लिकनहरूले अमेरिकालाई महाशक्तिको रूपमा सशक्त बनाउने कुरालाई प्राथमिकता दिन्छन् ।

यी कुनै पनि विवादित एजेन्डा होइनन् ।  बरु, यीनिहरु एउटै लक्ष्य प्राप्त गर्न प्रयास गर्दछन्, बस यीनिहरुमा सूक्ष्म अन्तर निहित छ ।  अमेरिकी डिप स्टेट यी समग्र उद्देश्यको संरक्षक हो, जसले दुई मार्गहरू बीचको सन्तुलनमा कहिलेकाँही परिवर्तनको अनुमति दिन्छ ।

जर्ज डब्लु बुशको राष्ट्रपति कालमा नव-रूढ़िवादिहरुको रिपब्लिकन पार्टीमा प्रभुत्व थियो। र भूमण्डलीकरण एटलान्टिकवादी झुकाव र दक्षिणपन्थी प्रभुत्वसँगको निकटता जोडिएको थियो। सबै एकध्रुवीय विश्वव्यापी संरचनामा सहमत थिए। विश्वव्यापीकरणको एकध्रुवीय प्रकृतिलाई ध्यानमा राख्दै बिल क्लिन्टन र बराक ओबामा जस्ता वैश्विकवादी डेमोक्रेटहरू र जर्ज डब्लु बुश जस्ता नव-रूढीवादी रिपब्लिकनहरूको विदेश नीतिहरू थोरै फरक थियो ।  आज पनि डीप स्टेटले यो व्यापक दिशालाई समर्थन गर्न जारी राख्छ ।  बाइडेनको प्रशासनले अमेरिकाको उच्च स्तरको हित र मूल्यमान्यतालाई नजिकबाट प्रतिबिम्बित गर्दछ ।

बाइडेनका  प्राथमिकताहरु

बाइडेनको समर्थनमा ठूला फाइनान्स, विश्वव्यापी मिडिया र कर्पोरेट एकाधिकारिहरु आउँछन ।  उमेरको कारण कुनै पनि मानसिक र/वा शारीरिक कमजोरीको अर्थ हो कि उनीहरूका समर्थकहरूले उनीहरूलाई सत्तामा राख्न कुनै पनि उपयुक्त वा अनुपयुक्त जुनसुकै साधन प्रयोग गर्नेछन् । हालैको चुनावी भाषणमा बाइडेनले लोकतन्त्रभन्दा स्वतन्त्रतालाई प्राथमिकता दिएको बताएका छन् । यो कुनै गल्ती थिएन । यो विश्वव्यापी रणनीति हो । यदि लोकतान्त्रिक तरिकाले सत्ता कायम राख्न असम्भव भयो भने, अलोकतान्त्रिक कार्यहरू जो "स्वतन्त्रता"को नाममा गर्न उचित हुन्छन् ।

यसले, मूलतः, एक तानाशाहीको वर्णन गर्दछ, न कि यो राष्ट्रिय एक अन्तर्राष्ट्रिय तानाशाही, विश्वव्यापी संस्करण । रुससँगको द्वन्द्वमा कानुनी बहानाको रूपमा काम गर्न सक्छ । बाइडेनले  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अनुकरण गरेर चुनाव रद्द गरे गर्न सक्छन् । फ्रान्समा म्याक्रोन वा जर्मनीमा स्कोल्जले पनि त्यस्तै गर्न सक्छन् ।

पश्चिममा विश्वव्यापीकरणका समर्थकहरूले प्रत्यक्ष रूपमा तानाशाही लागू गर्ने र लोकतन्त्रलाई कमजोर पार्ने परिदृश्यहरू विचार गरिरहेका छन् । मानवताका लागि बाइडेनको विजय एउटा विपत्ति हुनेछ । वैश्विकवादीहरूको परियोजना, 'नयाँ बेबिलोन' जारी रहनेछ । वर्तमान द्वन्द्व बढ्न सक्छ, नयाँ द्वन्द्व सुरु हुन सक्छ । बाइडेन अनन्त र असीमित युद्धको प्रतीक हो ।

ट्रम्प र ट्रम्पवाद

डोनाल्ड ट्रम्पको पछाडि पूर्ण रूपमा भिन्न शक्तिहरूले काम गरिरहेका छन् ।  उनीहरूले बाइडेन र विश्वव्यापीकरणको विकल्पको प्रतिनिधित्व गर्छन्, र उनीहरूको नीति-निर्देशनहरू डेमोक्रेटिक र रिपब्लिकन पूर्ववर्तीहरूको भन्दा धेरै फरक छन् । ट्रम्पको पहिलो राष्ट्रपति कार्यकाल निरन्तर विवादले भरिएको थियो । अमेरिकी संस्थापनले उनको विरोध गर्न कुनै कसर बाँकी राखेन, जबसम्म उनलाई बाइडेनले प्रतिस्थापन गरेनन्। बाइडेनको विपरीत ट्रम्प करिश्माई (आकर्षक), नवीन र दृढ छन् ।

उमेरको वावजुत उनी स्वस्थ, उत्साही, सक्रिय र ऊर्जावान छन् । बाइडेन समूहको एक हिस्साको रूपमा काम गर्दा, ट्रम्प एक एक्लो चरित्र हो जसले आफ्नो व्यक्तिगत सफलताको माध्यमबाट अमेरिकी सपनालाई प्रतिबिम्बित गर्दछ । आफ्नो अहंकार र स्वार्थीपनका लागि प्रसिद्ध, उनी एक उच्च योग्य र समर्पित राजनीतिज्ञ पनि हुन् ।

वैचारिक रूपमा ट्रम्पको विचार वरिष्ठ वा पुरानो अमेरिकी कन्जरभेटिभ राजनीतिक (नयाँ कांग्रेस होइन) दृष्टिकोणसँग मेल खान्छ । उनीहरूले परम्परागत अलगाववादी दृष्टिकोणको रक्षा गर्छन् जुन प्रमुख रूपमा रिपब्लिकनहरुले इतिहासमा अँगालेका थिए। ट्रम्पको नारा "अमेरिका पहिलो" परिपूर्ण छ । यस विचारका प्रमुख प्रवक्ताहरू दार्शनिक-राजनीतिज्ञ प्याट्रिक बुकानन र पूर्व ट्रम्प सल्लाहकार स्टीव बेनन र एक 'टी' पार्टी कार्यकर्ता हुन् ।

प्रायः समर्पित ख्रीष्टियनहरूले, उनीहरू परिवारको वरिपरि निहित परम्परागत मूल्य र रीतिरिवाजहरूको रक्षा गर्छन् । उनको विदेश नीतिमा संयुक्त राज्य अमेरिकाको समर्थन प्रबल छ । जस्तो कि ट्रम्पको 'मेक अमेरिका ग्रेट अगेन' नाराले यसको उदाहरण हो ।  तिनीहरू विदेशी संज्ञानमा अमेरिकी हस्तक्षेपबाट असन्तुष्ट र अपरिपक्व छन्, यहासम्म कि उनिहरु संयुक्त राज्यको सुरक्षा र हितको लागि स्पष्ट खतरा महसुस गर्दछ्न।

ट्रम्प पुरानो विचारधारामा आधारित  रूढीवादीहरूसँग सम्बन्धित छन्, जसको पृथकतावादी विचारहरू 'अमेरिका पहिलो' भन्ने  नारामा सम्मिलित छन् ।

सन्देश प्रवाहमा अवरोध

वैचारिक रूपमा ट्रम्प र बाइडेनबीच धेरै भिन्नता छ । ट्रम्पले आफ्ना वैश्ववादी सामूहिक विरोधीहरूलाई 'स्वयं' ले उपहास गर्छन् । उनको विचारधारालाई अहिले 'ट्रम्पवाद'भनिन्छ । यो अमेरिकी जनताको ठूलो खण्डबाट महत्वपूर्ण समर्थन प्राप्त विचार हो। जो विशेष गरी अमेरिकाको पूर्वी र पश्चिमी तटहरूको बीचमा अवस्थित 'फ्लाईओभर जोन' राज्यहरु हुन्, उनलाई समर्थन गर्ने धेरै मानिसहरूले रूढिवादी र परम्परागत मुल्यलाई महत्त्व दिन्छन् ।

अमेरिकी संस्कृति व्यक्तिवादी छ। जसले सत्तामा रहेकाहरू सहित अरू फरक विचारप्रति उदासीनतालाई प्रोत्साहित गर्दछ । यसले प्रायः संघीय सरकारप्रति शंका उत्पन्न गर्छ, जसलाई धेरै अमेरिकीहरूले स्वतन्त्रतालाई सीमित गर्ने शक्ति हुनु हुँदैन भन्ने विश्वास गर्छन् । यी साधारण अमेरिकीहरूलाई ट्रम्पको प्रत्यक्ष अपीलका कारण —राजनीतिक, वित्तीय र मिडिया अभिजात वर्गलाई बेवास्ता गर्दै—२०१६ मा राष्ट्रपतिमा उनको जीत  चुनावमा महत्वपूर्ण थियो ।

२०२४ को रिपब्लिकन पार्टीमा परम्परावादी रूढीवादी र नव रूढीवादीहरू छन्, जुन  विभाजनको कारण बनिरहेको छ । नयाँ रूढीवादीहरू धेरै बाइडेन वा वैश्ववादी विचारधाराको निकट छन् र ट्रम्पवाद आधारभूतरुपमा त्यो  सिद्धान्तहरूसँग टकराउँछ।  तर ट्रम्पको अमेरिकी महानतालाई बढावा दिने रणनीतिक, सैन्य र आर्थिक क्षेत्रमा आफ्नो शक्ति बढाउने लक्ष्यले उनीहबीच एकताकायम गरेको छ ।

रिपब्लिकनका दुई रुपहरु

दशकौंदेखि, पूर्व ट्रट्स्कीवादीहरूले प्रभावशाली बौद्धिक संस्थाहरू (जस्तै थिंक ट्यांक र अनुसन्धान केन्द्रहरू) स्थापना गरेका छन् र ती संस्थामा तालिम लिएका आफ्ना एजेन्टहरूलाई स्थापित संस्थाहरूमा प्रवेश गराएका छन् । यसको विपरीत, परम्परागत रूढीवादीहरूले समकालीन प्रवचनलाई निर्देशित गर्न 'बौद्धिक कारखाना' को श्रृंखला राख्दैनन् वा स्थापना गर्दैनन्।

सन् १९९० को दशकमा बुकाननले नयाँ कन्जरभेटिभहरूले रिपब्लिकन पार्टीलाई निर्देशन दिँदै गरेको र यसका कन्सर्भेटिभ नेताहरूलाई पछाडि पार्दै गरेकोमा दुःख व्यक्त गरेका थिए । यो तनाव अहिले ट्रम्पको शासनकालमा पनि कायम छ । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले आफूलाई नव-कन्जरभेटिभहरू नियुक्त गर्न बाध्य भए जस्तोकि  उत्साही र आक्रामक जोन बोल्टन (जसलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा चयन गरिएको थियो)। बोल्टनले सम्भव भएसम्म ट्रम्पको नीतिलाई कमजोर बनाए र त्यसपछि अन्ततः व्यक्तिगत रूपमा ट्रम्पको विरुद्धमा गए ।

रिपब्लिकनका लागि चुनाव निकै महत्वपूर्ण छ। कांग्रेसका सदस्य, सिनेट सदस्य र गभर्नरहरू लगायतका राजनीतिज्ञहरूले मतदाताहरूबीच ट्रम्पको लोकप्रियतालाई स्वीकार गर्छन् र व्यावहारिक कारणहरूले गर्दा उनलाई समर्थन गर्न बाध्य महसुस गर्छन् । यो रिपब्लिकन पार्टीमा उनको प्रभावलाई प्रतिबिम्बित गर्दछ । उनीहरूले परम्परागत रूढिवादीहरूका लागि मात्र नभई जित्न चाहने व्यावहारिक नेताहरूका लागि पनि सत्ताको मार्ग  प्रसस्त गर्छन् । पार्टीभित्रका नयाँ कन्जरभेटिभहरू सक्रिय रहिरहनेछन्, तर पनि ट्रम्पले उनीहरूसँग सम्बन्ध तोड्ने जोखिम लिन सक्ने सम्भावना छैन ।

ट्रम्पसँग सम्झौता

माथि उल्लेखित 'डिप राज्य' ट्रम्पप्रति चिसो रहन्छ। उनिहरुको नजरमा उनी अहंकारी छन् र उनी विशेषज्ञ दृष्टिकोणका साथै लोकप्रिय र परम्परागत विचारहरूको छेउमा छन् । सीआईए जस्ता संस्थाहरूसँगको उनको मतभेद वा समस्या राम्रोसँग दस्तावेजीकरण भैसकेको थियो, फेरि पनि डिप राज्यको दृष्टिकोणमा उनीहरु ट्रम्पलाई समर्थन गर्दैनन्, तर उनको लोकप्रियतालाई पनि बेवास्ता गर्न सक्दैनन् ।

यदि उनी चाहन्थे भने ट्रम्पले संस्थागत समर्थनको आधार निर्माण गर्न सक्थे, तर उनको स्वभावले त्यो असम्भाव्य छ । उनी स्वतन्त्र र आवेगशील छन्, आफ्नै शक्तिमा निर्भर वा विश्वास गर्दछन् । यसले मतदाताहरूसँग द्वन्द्व निम्त्याउँछ जसलाई उनीहरू सांस्कृतिक रूपमा परिचित अमेरिकी आदर्शको रूपमा हेर्छन् । यदि ट्रम्पले नोभेम्बरमा जिते भने, अधिकांश सर्वेक्षणहरूले अपेक्षा गरे अनुसार, ह्वाइट हाउस र डिप राज्यबीचको सम्बन्ध निश्चित रूपमा परिवर्तन हुनेछ । त्यससँगैं व्यवस्थित सम्बन्ध स्थापित गर्ने प्रयास गरिनेछ।

यो सम्भव छ कि बाइडेनका समर्थकहरूले ट्रम्पको विजयलाई कुनै पनि मूल्यमा रोक्न प्रयास गर्नेछन् ।  उनीहरूले हत्या, कैद, दंगा, आप्रवासी द्वन्द्व सुरु गर्न, वा विदेशी सैन्य द्वन्द्वलाई बढाएर व्यापक युद्ध सुरु गर्न सक्छन्, सायद विश्वयुद्ध ।  विश्वव्यापीकरणका समर्थकहरूले डिप राज्यबाट महत्त्वपूर्ण समर्थन प्राप्त गर्छन्, त्यसैले सबै कुरा सम्भव छ ।  यदि ट्रम्प विजयी भए, यसले विश्व राजनीतिमा गहिरो प्रभाव पार्नेछ। संसारका सबै देशले तुरुन्तै रीक्यालिब्रेट काम गर्नुपर्नेछ।

ट्रम्पको एकाधिपत्य अस्वीकृतिले रूस र चीन जस्ता बहुधुर्वियता पक्षधरबाट  समर्थन पाउनेछ ।

बहुध्रुवीय युग

ट्रम्पको एकध्रुवीयको विश्व र भूमण्डलीकरणको अस्वीकृतिका कारण  रुस र चीन जस्ता बहुध्रुवीय पक्षधर रास्ट्रहरुको समर्थन पाउनेछन्, अमेरिकामा मात्र नभयर अझ  भित्र पनि । त्यहाँ धेरै मानिसहरू पनि छन् जो एक वैश्विक उदारवादी शीर्ष वर्गले टेलिस्कोपद्वारा हेर्न चाहन्छन्। ट्रम्पको उत्प्रेरकको रूपमा, कुनै पनि नयाँ बहुध्रुवीय विश्वले संयुक्त राज्य अमेरिकामा महत्त्वपूर्ण भूमिका खेल्न जारी राख्नेछ, केवल एक प्रमुख होइन । 'अमेरिकालाई महान बनाउनुहोस्' भन्ने उद्देश्य अझै पनि लागू गरिनेछ, तर फरक तरिकाले ।

यसैबीच, वैश्विकवादीहरूले बढाएको द्वन्द्वको सरलरूपमा अन्त्य हुँदैन। रुसले युक्रेनमा युद्ध अन्त्य गर्ने ट्रम्पको माग व्यावहारिक रूपमा सम्भव छ तर अत्यन्तै चुनौतीपूर्ण छ । गाजामाथी इजरायलको आक्रमणमा ट्रम्पको समर्थन बाइडेनको जस्तै बलियो छ । ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई दक्षिण-मध्य राजनीतिक सहयोगी मान्दछन् । त्यस्तै, ट्रम्पको चीनप्रतिको दृष्टिकोण कठिन हुनेछ, विशेष गरी सम्बन्धित अमेरिकी कम्पनीहरूको सञ्चालनको सन्दर्भमा।

प्रैग्मेटिज़्म विरुद्ध (VS)  डोगमेटिज़्म

ट्रम्प र बाइडेनबीचको मुख्य भिन्नता उनीहरूको प्राथमिकतामा छ । ट्रम्प विशेष गरी अमेरिकी राष्ट्रिय हितको मूल्य निर्धारणमा रुचि राख्छन् (जसलाई यथार्थवाद भनिन्छ) । यो एउटा व्यावहारिक दृष्टिकोण हो जुन कुनै देशको शक्ति र स्रोतको मूल्यांकनमा आधारित हुन्छ । यसको विपरीत बाइडेनको दृष्टिकोण हठधर्मी र असम्बद्ध छ; जो अमेरिकी नेतृत्वको वैश्विकतावाद ईश्वरको सामु पनि  झुक्न चाहँदैन। उसले निरन्तर प्रतिवन्ध र संभावित निर्देशात्मक हस्तक्षेपको पनि  सामना गर्नुपर्ने हुन सक्छ, जसले अन्तर्राष्ट्रिय सम्बन्धमा उदार दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ ।

ट्रम्पका लागि मानवताको अन्त्य गर्ने परमाणु आँधी कुनै पनि परिस्थितिमा स्वीकार्य छैन। यो उनको मूल्यमान्यता होइन । बाइडेन र 'नयाँ बेबिलोन' को नियम अनुसार, सबै कुरा टेबलमा छ । उनीहरूले के गर्नका लागि तयार हुनेछन् भन्ने कुरा अज्ञात छ।  ट्रम्प एक अनुभवी र साहसी खेलाडी हुन्, तर उनका निर्णयहरू तर्कशीलता र लागत-लाभ विश्लेषणद्वारा निर्देशित हुन्छन् । उनलाई मनाउन कठिन हुन सक्छ, तर उनीसँग वार्ता सम्भव छ । यो बिडेन र उनका समर्थकहरूको मामला लागू हुँदैन जो अराजक अभिनेताहरू हुन् ।

नोभेम्बरमा हुने अमेरिकी निर्वाचनले अन्ततः मानवजातिको जीवन बचाउने कुनै सम्भावना छ कि छैन भन्ने कुरा निर्धारण गर्नेछ । ट्रम्पको विजयले यो संकेत गर्नेछ ।

स्रोत: https://en.majalla.com/