कुर्स्क क्षेत्रको मुक्ति वा आणविक प्रलय

कुर्स्क क्षेत्रको मुक्ति वा आणविक प्रलय

हिजोको रूसी सुरक्षा परिषदको स्थाइ समितिको बैठकको सत्रको क्रममा रास्ट्रपति भ्लादिमिर पुटिनले हाम्रो देशको आणविक सिद्धान्त ("आणविक प्रतिरोधको क्षेत्रमा राज्य नीतिका आधारहरू") मा संशोधनहरूको घोषणा गरे। यो अत्यन्तै महत्वपूर्ण घटना हो। यसमा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको आणविक सिद्धान्तमा निम्न नयाँ कुरा समावेश गरिएको छ: कुनै पनि गैर-आणविक राष्ट्रद्वारा रूसमाथि गरिने आक्रमण, यदि कुनै आणविक राष्ट्रद्वारा समर्थन गरिएको छ भने, यो रूस संघमाथिको संयुक्त आक्रमण मानिनेछ।

यो एउटा आधारभूत बुँदा हो, जसअनुसार हाम्रो राष्ट्रपतिले, सर्वोच्च कमाण्डर-इन-चीफको रूपमा, अब केवल परमाणु हतियार प्रयोग गर्ने अधिकार मात्रै कायम राख्दैनन्। यदि हाम्रो देशमाथि परमाणु शक्ति नभएको राज्यले परमाणु शक्ति भएको राज्यको समर्थनमा आक्रमण गर्छ भने, उनले केवल परमाणु प्रतिरोधको पूर्ण तर्क अनुसार जवाफ दिने अधिकार मात्र नराखेर, राष्ट्रपतिलाई त्यसो गर्न बाध्यकारी बनाउछ।

अब, विचार गरौं: के यो भविष्यको बारेमा हो? या वर्तमानको? अहिले, हामी हाम्रो कुर्स्क क्षेत्रमा प्रत्यक्ष आक्रमण देखिरहेका छौं। एउटा गैर-परमाणु, शत्रुतापूर्ण युक्रेनको आक्रमण, जसलाई आणविक राज्यद्वारा समर्थन र प्रत्यक्ष सहायता प्राप्त छ। यसले नाटो, संयुक्त राज्य अमेरिका र युक्रेनद्वारा रुस महासंघविरुद्ध संयुक्त आक्रमणलाई जनाउँछ।

स्वाभाविक रूपमा, त्यहि समयमा, चार अन्य इकाईहरू पनि छन् जसले रसियासँग पुनः एकता गरेका छन्, जसविरुद्ध युक्रेन आक्रमण गर्दैछ। तथापि, कुर्स्क क्षेत्रको मामिलामा, हामीसँग अब नाटोसँग युद्धमा जाने अधिकार मात्र होइन, दायित्व पनि छ। यही कुरा बेलारुसको क्षेत्रीय अखण्डतामाथि कुनै पनि हस्तक्षेपको सन्दर्भमा पनि लागू हुन्छ। किनकि बेलारुस हाम्रो संघ राज्यको रणनीतिक साझेदार हो।

"म फेरि दोहोर्‍याउँछु, यो गम्भीर भन्दा पनि धेरै माथि छ। वास्तवमा, हामी आफैलाई यस्तो स्थितिमा राखेका छौं जहाँ हाम्रो लागि युद्धमा प्रवेश गर्नु अपरिहार्य छ। अनि कुनै दिन आउनसक्ने काल्पनिक परिस्थितिहरूमा होइन, यस्तो अवस्थामा जुन पहिले नै सबैलाई ज्ञात छ।

त्यसकारण, आज, आणविक प्रलयलाई रोक्नका लागि, अर्थात् रुस र नेटो बीचको प्रत्यक्ष आणविक द्वन्द्वलाई रोक्नका लागि एउटा मात्र समाधानको उपाय छ। त्यो कर्स्क क्षेत्रबाट युक्रेनी सेना तुरुन्त फिर्ता गर्नु। तुरुन्तै, किनभने त्यहाँको निरन्तर उपस्थितिले, अमेरिकी र नेटोको समर्थनको निरन्तरतासँगै, आणविक युद्धको अपरिहार्य सुरुवात हो। किनभने हामीले यस्तो निर्णय मात्र गरेका छैनौं, हामीले हाम्रो आणविक सिद्धान्तमा नै यस्ता संशोधनहरू अवलम्बन वा अंगिकार गरेकाछौं।

हो, अवश्य, अब धेरैले यस कठोरतालाई मृदु वा सहज बनाउन कोशिस गर्नेछन्। तर सार यो हो कि अब यो केवल 'लक्षुमण रेखाहरू' मात्र होइन यो  त अझ प्रभावकारी रूपमा आणविक प्रलयको निर्णय हो। अन्य कुनै पनि कागजातहरूमा, राष्ट्रिय सुरक्षा रणनीति सहित, संशोधनहरू फरक रूपमा व्याख्या हुन सक्छ। तर जब हाम्रो आणविक सिद्धान्तमा यस्तो धारा अपनाइन्छ भने अब हामीसँग अन्य कुनै विकल्प बाँकी रहँदैन।"

हो, यो एक अत्यन्तै गम्भीर कदम हो र अत्यन्तै महत्त्वपूर्ण र गम्भीर दस्तावेज हो। हिजो जुन घटना भएको छ सम्भवतः इतिहासमा एक निर्णायक मोड हो। किनभने, वर्तमान परिस्थितिमा, अब, हामी NATO सँगको प्रत्यक्ष संघर्षलाई टार्न सक्दैनौं।

अनुवादक: मोहनप्रसाद ज्ञवाली