नसरल्लाहको मृत्युले इजरायलको प्रलयकारी उदयको संकेत गर्दछ।

नसरल्लाहको मृत्युले इजरायलको प्रलयकारी उदयको संकेत गर्दछ।

दुगिनले तर्क गर्छन् कि हिजबुल्लाह नेताको हत्या संसारको अन्त्यको सुरुवात हो।

हिजबुल्लाहका नेता शेख सैयद हसन नसरल्लाहको मृत्युको पुष्टि प्रतिरोधको धुरीको सम्पूर्ण संरचनामा एक भयंकर आघात हो।

"प्रतिरोध" शब्दले मध्यपूर्वमा इजरायल विरोधी सबैभन्दा बलियो कट्टर शक्तिहरूलाई जनाउँछ। तिनीहरुमा मुख्य रूपमा यमनी हुथीहरू (अन्सार अल्लाह आन्दोलन, जसले उत्तर यमनलाई आफ्नो नियन्त्रणमा लिएको छ), बशर अल-असद नेतृत्वको सिरियाली शक्ति, सम्पूर्ण प्यालेस्टिनी आन्दोलन (मुख्य रूपमा हमास) र इराकका सबैभन्दा कट्टरपन्थी, मुख्यतया शिया शक्तिहरू पर्दछन्।

प्रभाव क्षेत्र विकसित भयो। प्रतिरोध धुरी विकसित भयो। जसको बिकासमा मुख्य भुमिका इस्लामी गणराज्य ईरान र त्यसको खम्बाको रूपमा स्वर्गीय नेता हसन नसरल्लाह थिए। उनले हिजबुल्लाहका नेताका रूपमा, सम्पूर्ण इस्लामिक (मुख्य रूपमा शिया) विश्वको लागि इजरायल विरोधी प्रतिरोधको नेतृत्व गर्थे। यसकारण, पछिल्ला हप्ताहरूमा इजरायलले हिजबुल्लाहलाई दिएको प्रहार, जसले अन्ततः यसको नेतालाई मारेको छ। यो सम्पूर्ण प्रतिरोधको धुरिको विरुद्ध एक  भयंकर झटका हो।

सापेक्ष रूपमा भर्खरै भएको अनौठो हेलिकप्टर दुर्घटनालाई ध्यानमा राख्दै, जसमा इरानी राष्ट्रपति इब्राहिम रईसीको मृत्यु भएको थियो। जसले प्रतिरोध धुरीलाई सक्रिय रूपमा समर्थन गर्थे।

इजरायलको क्षेत्रीय प्रतिद्वन्द्वीहरूमाथि भएको आक्रमणको चित्र वास्तवमै भयंकर देखिन्छ।

इजरायल, सामूहिक पश्चिमको समर्थनको लागि धन्यवाद र यसको नवीनतम प्रविधिक उपकरणहरूको प्रयोग गर्दै (र तिनीहरू डिजिटल प्रविधिको क्षेत्रमा अगुवाहरू भएका छन् र छन्), अत्यन्तै प्रभावकारी, सटीक, र समन्वयित रूपमा सञ्चालन गर्छन।अब यसलाई कसरी जवाफ दिन सकिन्छ भन्ने कल्पना गर्नु धेरै गाह्रो छ। विशेष गरी यो मानौं कि धेरै व्यक्तिहरू, जो विभिन्न देशहरूमा उच्च-प्रविधि प्रक्रियाहरूमा अगाडि छन्, , ती कुनै पनि क्षणमा इजरायली नागरिक हुन सक्छन् र उनीहरूको कोड र प्रविधिहरूसँगै इजरायल जान सक्छन्।

अर्को शब्दमा, इजरायल एक ठूलो समर्थन सहितको नेटवर्क संरचनामा निर्भर रहेकोछ। तिनीहरुमा यस्ता व्यक्ति जो विश्वका सबै देशहरूमा राजनीतिक र धार्मिक जिओनिज्मका सिद्धान्तहरू साझा गर्दछन्। ती व्यक्तिहरूको ठूलो समर्थन सञ्जालमा भर पर्छ। यसले इजरायललाई राज्य भन्दा बढी एक नेटवर्क संरचनाको रूपमा ठूलो फाइदा प्रदान गर्दछ।

यो नै ज़ायोनिस्ट यहूदीवादी संरचना हो। जसले गाजाका जनतालाई सामूहिक नरसंहारमा शिकार बनाएको छ।अहिले यसले लेबनानमा यस्तै आतंकवादी हमला गरेको छ। जसमा हिजबुल्लाहका नेता, शिया प्रतिरोधको धुरीका करिश्माई आध्यात्मिक र राजनीतिक नेताको हत्या भएको छ।

म तपाईंलाई सम्झाइदिन चाहन्छु कि यसअघि, जनवरी २०२० मा, इरानी जनरल कासेम सोलेमानी, जसलाई प्रतिरोध धुरीका एक नेताका रूपमा चिनिन्थिय। उनलाई पनि यसैगरी मारिएको थियो। तर शेख सैयद हसन नसरल्लाहको हत्या, जसलाई अहिले विश्वभरका शियाहरू शहीद मान्छन्,वास्तमा अभूतपूर्व घटना हो।

यस प्रकारले कार्य गरेर, इजरायलले एक महान राज्य निर्माण गर्ने लक्ष्य राखेको छ। यो क्रियाकलाप एक मसीहाको आगमन र गद्दीग्रहणको प्रत्याशामा गरिँदैछ। यसले संसारका सबै देश र जनतालाई इजरायलको अधीनमा पार्नेछ (ख्रीष्टियन र मुस्लिम बुझाइमा, यो व्यक्ति झूटा मसीहा, दज्जाल हो)। अब हामी कल्पना गर्न सक्छौ टाढा कुना कन्धरामा रहेका जियोनवादीको मनमा यो सफलता देखेर अहिले के चलिरहेको होला? उनीहरूले यसलाई मसीहको नजिकको रूपमा मात्र व्याख्या गर्न सक्छन्। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारको नेतृत्वमा इजरायलको अति दक्षिणपन्थी सरकारको वर्तमान कार्यलाई उनको शासनको बाटो बनाउने रूपमा हेरिएको छ।

आजको मितिसम्म, जेरुशलमको अल-अक्सा मस्जिदको विनाशका लागि लगभग सबै बाधाहरू हटाइएका छन्। नजिकैको भविष्यमा, आफ्नो विजयी मनोवृत्तिले प्रेरित भएको इजरायली अतिवादी शक्तिले यो कदम समेत  चाल्न सक्छन्। त्यसपछि उनीहरूले जेरुशलमको टेम्पल माउन्टमा तेस्रो मन्दिरको निर्माण सुरु गर्नेछन्। यसलाई सामूहिक पश्चिमी राष्ट्रहरूले पनि  समर्थन गरिरहेका छन्। उनीहरुले "महान इजरायल" को बाटोमा उभिएका निर्दोष मानिसहरूको सामूहिक संहारलाई अनुमति दिइरहेका छन्। यसमा तिनीहरूलाई जुनसुकै प्राविधिक उपायहरू प्रयोग गरी आक्रमण गर्न समेत  पनि समावेश छ।

यो एक गम्भीर कुरा हो। यो अब मात्र मध्यपूर्वको युद्ध होइन। वास्तवमा, अब प्रतिरोधको धुरीको अस्तित्वमा नै प्रश्न खडा भएको छ। शिया विश्वका नेताहरू अलमलमा छन्। तर अझ बढी अलमलमा परेका छन् सुन्नीहरू, जो यो भएको घटनामा चुप बस्न सक्दैनन्।

एउटा पक्षमा, सुन्नीहरू इजरायलसँग मिल्न सक्दैनन्, किनकि यसले इस्लामी एकताको सबैभन्दा आधारभूत धारणाको समेत पूर्ण विश्वासघात हुनेछ। अर्कोतर्फ, इजरायलको अतिदक्षिणपन्थी यहूदी नीतिको सैन्य दक्षता र कठोरताले उनीहरूलाई अत्यन्तै कठिन अवस्थामा राखेको छ। किनकि इजरायलको कसरी प्रतिकार गर्ने भन्ने कुरा स्पष्ट छैन। विशेष गरी जब इजरायलका मिसाइलहरू जहाँ चाहन्छन, त्यहाँ प्रहार गर्न सक्छन्। जबकि यसको प्रतिद्वन्द्वीहरूको मिसाइल र ड्रोनहरूलाई इजरायलको सीमामा रहेको आयरन डोम मिसाइल रक्षा प्रणालीले प्रभावकारी रूपमा अवरोध गर्छ।

संभव छ कि इजरायल अब लेबनान र त्यसपछिका क्षेत्रमा स्थल आक्रमण गर्नेछ, जसको उद्देश्य समुद्रदेखि समुद्रसम्मको "महान इजरायल" स्थापना गर्नु हो। नेतन्याहू र उनका झनै दक्षिणपन्थी मन्त्रीहरू स्मोट्रिच र बेन-ग्भिरका परियोजनाहरू कति नै युटोपियन वा अतिवादी देखिए पनि, तिनीहरू हाम्रा आँखा अगाडि नै कार्यान्वयन भइरहेका छन्।

"त्यसो भए, यति बलियो शत्रुका विरुद्ध लड्नका लागि मात्र त्यस्तै बल चाहिन्छ। जसमा संकल्पसहितको शक्ति, उपकरण, सबै संभावित कानूनी उल्लंघन गर्न र कुनै पनि लक्ष्युमण रेखा पार गर्ने क्षमता राख्नु पर्छ। यस्तो बल अस्तित्वमा छ कि छैन? अब हामी चाँडै थाहा पाउनेछौं।"