नव दक्षिणपन्थ: महान् युरोपको नाम

प्राथमिक टैब्स

दारिया प्लाटोनोभा दुगिनाले फ्रान्सेली नुभेल द्र्वात (Nouvelle Droite) वा ‘नयाँ दक्षिणपन्थ’को उदयलाई यसको प्रमुख केन्द्रबिन्दुहरूको बारेमा विश्लेषण गरेकिछन् । “युरोपेली पुनर्जागरणका लागि घोषणापत्र”लाई प्रामाणिक रूपमा युरोपेली सांस्कृतिक क्रान्तिका लागि अपरिहार्य मार्गनिर्देशिकाका रूपमा स्पष्ट पारेकी छन्।

तल प्रस्तुत पाठ दारिया प्लेटोनोभा दुगिनाको कृति ए थ्योरी अफ युरोप: ए भ्यु अफ द न्यू राइट (आर्कटोस, २०२४) बाट उद्धृत गरिएको अंश हो। यो मूल रूपमा पोस्लेद्न्याइया बित्भा जा येभ्रोपु. म्यानिफेस्ट नोभिख प्राभिख [युरोपका लागि अन्तिम युद्ध: नयाँ दक्षिणपन्थको घोषणापत्र] (मस्को: स्लोभो, २०२३) को भूमिका (फोरवर्ड) को रूपमा लेखिएको थियो। उक्त कृति एलाँ दे बेनोइस्ट र चार्ल्स शाँपेतीएरद्वारा लिखित म्यानिफेस्टो फर अ युरोपियन रिनेसाँस को रूसी संस्करण हो, जसको अंग्रेजी संस्करण आर्कटोसमा सन् २०१२ मा प्रकाशित गरिएको थियो।

नुभेल द्र्वात (Nouvelle Droite) र ग्रेस  (GRECE): महान युरोपको नाम
शाश्वत युरोपको प्रतीक (तत्त्व/बौद्धिक सार)

एक महत्त्वपूर्ण आन्दोलन वा घटनाको रूपमा फ्रान्सेली नुभेल द्रोआत अान्दोलनले परम्परावादी, सांस्कृतिक रूढ़िवादी क्रान्तिको प्रतिनिधित्व गर्दछ। नयाँ दक्षिणपन्थलाई नयाँ विश्वकोश (encyclopaedists) वा नयाँ युरोपेली "प्रबोधन" ( प्रबोधन २.०)  भन्न सकिन्छ।  तर यो विपरीत दिशातर्फ छ। यदि तपाईं वास्तविक युरोप र यसको उच्च बौद्धिक उपलब्धिहरू बारे जान्न चाहनुहुन्छ भने अलेन द बेनोइया, एलेमेन्ट्स, क्रिसका प्रकाशनहरु, नुभेल एकोल पत्रिकाहरू र ग्रीस  सम्मेलनका सामग्रीहरू अध्ययन गर्न  आवश्यक छ। यी कार्यहरू र प्रकाशनहरू आज उदार वैश्विकतावादी प्रभुत्वको छडीको रूपमा हेरेको  महान युरोपको वास्तविक बौद्धिक विरासतलाई उद्घाटन गर्ने मूल कुञ्जीहरु हुन्। जूनकुराहरु आज युरोप र यसको परम्परामाथि  उत्पीड़नको विषय बनेको छ।

नयादक्षिणपन्थी फ्रान्सेली विचार पढ्नु भनेको आफैले गहिरो युरोपको खोजी गर्नु हो। त्यो युरोप जसले मानिसलाई आध्यात्मिक प्राणीको रूपमा सम्मान गर्दछ। जातिहरूलाई सजीव सारको रूपमा हेर्दछ। प्रकृतिलाई जीवन र ऊर्जाको स्रोतको रूपमा मान्दछ र परम्परालाई शताब्दीयौंदेखि संरक्षित वास्तविक ज्ञानको वाहकको रूपमा स्वीकार गर्दछ। यो युरोपमा अमेरिकी आख्यानहरू छैनन्, बिएलएम छैन, "वामपन्थी " र "दक्षिणपन्थ" बीच कुनै कृत्रिम विरोधाभास छैन। सांस्कृतिक मार्क्सवाद छैन, डार्क एनलाइटेनमेन्ट छैन, अश्लील भौतिकवाद छैन, वैश्वीकतावादी जातिवाद छैन। अर्थव्यवस्थाप्रति कुनै जुनून छैन। उदारवादी सर्वाधिकारवाद छैन, सार्वभौमिकतावाद छैन, समतावाद छैन, पराया व्यक्तिवाद छैन। नयाँ दक्षिणपन्थ वास्तविक युरोप हो। शाश्वत युरोप हो।

नयाँ दक्षिणपन्थको उदय: ग्रेस(GRECE) र नुभेल इकोल (Nouvelle École) देखि एलेमेन्ट्स (Éléments) र क्राइसिस (Krisis) सम्म

फ्रान्सेली नवदक्षिणपन्थी धारको उदय सामान्यतया १९६७-६८ का वर्षहरूसँग सम्बन्धित छ। जब ग्रेस (GRECE) अर्थात् ग्रुपमेन्ट डे रेर्चे एट डेट्युड पुर ला सिभिलिसेसन युरोपियन (युरोपेली सभ्यताको लागि अनुसन्धान र अध्ययन समूह) स्थापना भएको थियो। यसको स्थापना बौद्धिकहरूको एक समूहको रूपमा थियो। जसको लक्ष्य दर्शन, नृविज्ञान, मनोविज्ञान, राजनीति विज्ञान र जीवविज्ञानको प्रिज्म (प्रिज्म) मार्फत युरोपेली सभ्यताको विश्लेषण गर्नु थियो।  यी सबै कुरा युरोपेली बौद्धिक पहिचानहरुको पुनर्स्थापना गर्नका लागि थियो। "डुबिरहेको संस्कृतिलाई जीवन दिनुहोस्!" यस आन्दोलनको मूलमन्त्र,विचार र उद्देश्य यही थियो।

ग्रेस (GRECE) ले वार्षिक विषयगत सम्मेलनहरूको आयोजना गरेर आफ्नो गतिविधि प्रारम्भ गर्‍यो। जुन गतिविधिका विषयहरु “जनताको मुद्दा”, “वाम–दक्षिण: प्रणालीको अन्त्य”, “संयुक्त राज्य अमेरिका: एक खतरा”, “दक्षिणबाट ग्राम्सीयनवादतर्फ”, “सर्वसत्तावादहरूको विरोधमा—नयाँ संस्कृतिका लागि”, “डिज्नील्याण्डको असफलता”, तथा “युरोप: एक नयाँ संसार” जस्ता समावेश थिए। यसको पहिलो सम्मेलनसम्बन्धी प्रकाशनहरू सन् १९७३ को अक्टोबर महिनामा भएका थिए।

१९६८ मा, यश आन्दोलनका नेता तथा प्रेरणाकास्रोत अलाइन डे बेनोयाले वार्षिक पत्रिका 'नुभेल इकोल' को स्थापना गरे। जसको पहिलो अंक फेब्रुअरी १९६८ मा प्रकाशित भएको थियो। १९८५ सम्ममा, यस पत्रिकाको छापा प्रसार संख्या १०,००० प्रति सम्म पुगेको थियो। पत्रिकाका अंकहरू विशेष व्यक्तित्वहरू जस्तै फ्रेडरिक निचे, भिल्फ्रेडो पेरेटो, ओसवाल्ड स्पेन्गलर, अर्न्स्ट युंगर, नट ह्याम्सन, जर्जेस डुमेजिल, पियरे-जोसेफ प्राउधन, कोनराड लोरेन्ज र चार्ल्स मोरासप्रति समर्पित थिए। यसका विषयहरूमा इसाई धर्म, पगनवाद, जनसंस्कृति, इन्डो-युरोपेलीहरू, भूराजनीति, पुरातत्त्व, राजनीतिक धर्मशास्त्र, भाषा, जनसांख्यिकी, जीवविज्ञान, मनोचिकित्सा, रूढिवादी क्रान्ति, यूनानी र रोमीहरू र प्रबोधनका दार्शनिकहरू समावेश थिए।

यो प्रकाशन नयाँ युरोपेली रूढ़िवादी क्रान्तिको एक प्रतिनिधि माध्यम बन्यो। जसले रूढ़िवादी–क्रान्तिकारी दृष्टिकोणसहित वाम–दक्षिणको परम्परागत सीमाभन्दा पर उभिँदै, मानिस र युरोपेली परम्परालाई धर्मदेखि जीव–मनोविज्ञानसम्मको अन्तरविषयक दृष्टिले अध्ययन गर्ने गरेकाले त्यो समयका अन्य प्रकाशनहरूभन्दा अलग पहिचान बनाएको थियो। नुभेल एकोलको सम्पादकीय समितिमा दार्शनिक रेमन्ड एबेलियो, पत्रकार लुई पौवेल्स (जो त्यस समयमा प्रतिष्ठित समाचारपत्रको फिगारोको प्रमुख थिए), समाजशास्त्री जर्ज डुमेजिल (१९७४ सम्म), दार्शनिक जुलियन फ्रेन्ड, प्राणी-मनोवैज्ञानिक कोनराड लोरेन्ज, रुढीबादी क्रान्तिका इतिहासकार अर्मिन मोहलर, धर्मशास्त्री मिर्सिया एलियाडे, पुरातत्त्वविद् र इतिहासकार मारिया गिम्बुटास, र त्यस समयका युरोपका अनेकौं प्रमुख बुद्धिजीवीहरू समावेश थिए।

सन् १९७३ सेप्टेम्बरमा, न्यू राइटले 'एलेमेन्ट्स' नामक प्रतिष्ठित पत्रिकाको पहिलो अंक प्रकाशित गर्यो। जुन अहिले सम्म (विभिन्न अवधिमा, तर महिनामा कम्तीमा एक पटक) प्रकाशित हुँदै आइरहेको छ। 'एलेमेन्ट्स'ले नारीवाद, अर्थशास्त्र, उपभोक्ता समाज, पारिस्थितिकी, धार्मिक संकट, समाजवाद, इस्लाम, भ्रष्टाचार, राजनीतिक वर्गको पतन, जनवाद, वैश्विकता, सेंसरशिप, नौकरशाही, बसाईसराई, संस्कृति, कला, लिंग आदि जस्ता सामाजिक, राजनीतिक र दार्शनिक विषयहरूको तीक्ष्ण विश्लेषण प्रस्तुत गर्छ। मिसेल माफेसोली, मिसेल ओन्फ्रे, मार्सेल गौचे, बर्नार्ड ल्याङ्गलोइस, पियरे मानेन्ट, प्याट्रिक बुइसन, क्रिस्टोफ गिलुई, ज्याक सपिर, जीन-इभ्स काम्यु, सर्ज लाटुच, र जीन-क्लोड मिशिया जस्ता धेरै बुद्धिजीवीहरूले यस पत्रिकालाई सहयोग गरेका छन्।

यस प्रकाशनले आफूलाई “न त वामपन्थी न त दक्षिणपन्थी” रूपमा स्थापित गरेको छ। विशेष रूपमा पश्चिमी उदारवाद, वैश्वीकतावाद, समतावाद, व्यक्तिवाद, फ्रान्सको अमेरिकीकरण तथा उपभोक्तावादी समाजप्रति कडा आलोचनात्मक दृष्टिकोण राख्दछ। यसका आलोचनाहरू परम्परा तथा “नयाँ युरोप” (जनताको युरोप) का मौलिक अवधारणाहरूको पुनर्विचार र पुनर्निर्माणसँग गहिरोरुपमा जोडिएका छन्।

सन् १९८८ मा, क्राइसिस पत्रिकाले पहिलो पटक प्रकाश देख्यो र यसलाई “विचार र बहसका लागि प्रकाशित पत्रिका” भनेर घोषणा गरियो। एक हदसम्म यो प्रकाशन  "बामपंथी" पाठकवर्गतिर केन्द्रितथियो। यस पत्रिकाका लेखकहरूमा कोस्टान्जो प्रेभ, जीन बोद्रिलार, रेजिस डेब्रे जस्ता प्रमुख बाम बुद्धिजीवीहरू र यहाँसम्म कि बामापन्‍थी राजनीतिज्ञ जीन-लक मेलेन्चोन समेत समावेश थिए। यसका अंकहरूको विषयवस्तुले सधैं एक प्रश्न उठाउँछ: "संस्कृति?", "विकास?", "नैतिकता?", "समाज?", "यौनिकता?", "लोकतन्त्र?", "बाम/दक्षिण?", "पौराणिकता?", "प्रगति?" र "पहिचान?"

सांस्कृतिक क्रान्ति — सन् १९७९ मा?
इलेमेन्टस  (Éléments) ले फ्रेन्च समाज र राजनीति माथि प्रत्यक्ष प्रभाव पार्न थाल्यो।  १९७९ सम्ममा नयाँ दक्षिणपन्थी विचारधारा सञ्चार माध्यममा प्रवेश गरिसकेको थियो।  फिगारो का प्रधान सम्पादक लुइ पाउवेल्सले एल्यान डे बेनोइस्टलाई “विचाहरुको आन्दोलन” शीर्षकमा स्तम्भ राख्ने  प्रस्ताव गरे। संरक्षणवादी प्रकाशनहरू भ्यालर्स एक्चुएल्स र ले स्पेक्टाकल डु मोन्ड ले नयाँ दक्षिणपन्थी लेखकहरूलाई पनि सहकार्यका लागि आमन्त्रण गरे। "समानताको भ्रम" शीर्षकको ग्रेस (GRECE)  को १२औं महाधिवेशन जुन, सार्वभौमिक मानवअधिकार र समतावादी विचारधाराको मृगतृष्णाको आलोचनामा समर्पित थियो। यो महाधिवेशन पाले देज कांग्रेसमा सम्पन्न भएको थियो र यसमा फ्रान्सेली र बेलायती शैक्षिक जगतका प्रतिनिधिहरू (ती वक्ताहरूमा फ्रान्सेली विज्ञान अकादमीका सदस्य थिएरी मोल्नियर, भिन्सेन्स संस्थानका प्राध्यापक हेनरी गोबार्ड र लन्डनको किंग्स कलेज मनोचिकित्सा संस्थानका निर्देशक हान्स आइजेन्क समावेश थिए) का साथै राजनीतिज्ञहरू (उदाहरणका लागि, तत्कालीन समाजवादी पार्टीका सांसद जुलियन शेवर्नी) एकत्रित भएका थिए। परम्परागत "वामपन्थी" राजनीतिक मोर्चाका राजनीतिज्ञहरू र शैक्षिक व्यक्तित्वहरूको उपस्थितिले नयाँ दक्षिणपन्थी विचारहरू विश्वविद्यालयहरू र राजनीतिक दलहरूमासमेत प्रवेश गरेको थियो। त्यो कुराले अहिलेको उदारवादी प्रणालीका लागि खतरा बनेको तथ्यलाई प्रमाणित गर्छ।

ग्रेस आन्दोलनले राजनीति, विज्ञान र शैक्षिक क्षेत्रमात्र होइन, संस्कृतिमा समेत प्रभाव पार्न सुरु गर्यो। यसले उदारवादी प्रभुत्वलाई प्रत्यक्ष चुनौती दियो। जसको प्रतिकार गर्न तीनिहरु असमर्थ थिए। आलेन डि बेनोआले आफ्नो पुस्तक "लेजिडी ए लेन्ड्र्वा" (जसको शाब्दिक अर्थ "सही ठाउँमा रहेका विचारहरू" वा "सही विचारहरू" हुन्छ) को प्रस्तावनामा उल्लेख गरे कि नवदक्षिणपन्थीले प्रभावकारी रूपमा एक शसक्त राजनीतिक प्रहार गरिसकेको छ। डि बेनोआ खुलस्त रूपमा यो भन्छन्:

“हामीले उदारवादले प्रस्तुत गरेका विचारहरूको तालिका तथा  अवधारणाहरूको व्यवस्थितीकरणलाई उल्ट्याउन र भत्काउन सफल भयौं। यसरी, नयाँ दक्षिणपन्थले प्रभुत्वको विमानबाट स्वतन्त्र हुन सफल भयो र विरोधी प्रभुत्वको स्वतन्त्र ध्रुव विकास गर्न थाल्यो। जुन नयाँ संस्कृतिको लागि एक ध्रुवको रूपमा स्थापना भयो।”

१९७९ को गर्मीमा, युरोपेली र अमेरिकी प्रेसमा नयाँ दक्षिणपन्थबारे ५०० भन्दा बढी लेखहरू प्रकाशित भए। यही समयमा ग्रेस (GRECE) लाई "नयाँ दक्षिणपन्थ" भनेर चिनिन थालियो। तर ग्रेसको लागि यो नाम बिल्कुल उपयुक्त थिएन। किनकि आन्दोलनका सदस्यहरूले बाम र दक्षिणको विभाजनलाई पूर्ण रूपमा अस्वीकार गर्दै, आफूलाई मेटापोलिटिकल (राजनीतिभन्दा पर ) संघर्षको सतहमा सारिएको मान्दथे। उनीहरूको विचारमा वास्तविक ध्रुवहरू वैश्विकतावादपक्ष र वैश्विकतावाद विरुद्ध, सार्वभौमिकतावाद (समतावाद) र बहुध्रुवियताका बीचको संघर्ष थियो।

५ जुलाई १९७९ मा, वामपन्थी-उदारवादी प्रकाशन लिबेरेशनका पत्रकारहरूले लेखे कि "ला गोश एँ रेटार्ड डी'यून गेर" ("वामपन्थी युद्ध मन्दतामा परेको छ"), मा प्वाँले लेख्यो कि वामपन्थीको सामना विनाशकारी पराजयसँग भइरहेको थियो। अमेरिकी नेशनल रिभ्यूले नयाँ दक्षिणपन्थलाई "एक सांस्कृतिक कु तख्तपलट" (सांस्कृतिक तख्तपलट) को लागि जिम्मेवार ठहर गर्‍यो। जबकि फ्रान्सेली अति-वैश्वीकतावादी बर्नार-हेनरी लेवी र लराँ फाबियसले नयाँ दक्षिणपन्थलाई "शान्तिद्वारा दमन गर्न" को लागि यो उल्लेख गर्न निषेध गर्ने प्रस्तावलाई सहयोग गरे। यस आन्दोलनलाई अविश्वसनीय बनाउन एक सक्रिय अभियान नै सुरु भयो। दक्षिणपन्थले उनीहरूलाई "दक्षिणपन्थी अर्थशास्त्रलाई परित्याग गर्ने" र "वामपन्थी विचारहरूसँग निरर्थक संलग्न हुने" आरोप लगाए। जबकि वामपन्थले उनीहरूलाई "शैक्षिक अवधारणाहरूको आवरणमा दक्षिणपन्थी विचारहरू लुकाउने" भनी दोषी करार गर्‍यो।

यसरी, नयाँ दक्षिणपन्थलाई सबै राजनीतिक मोर्चाबाट आलोचनाको सामना गर्नुपर्यो। यसको पछाडि, निश्चय नै, वैश्वीकतावादी केन्द्रको आफ्नै रणनीति स्पष्ट देख्न सकिन्छ। जसले दक्षिणपन्थी अर्थशास्त्रलाई बामपन्थी राजनीतिसंग जोड्छ र प्रणालीभित्रको दक्षिणपन्थ र बामपन्थ दुवैलाई आफ्ना मुख्य विपक्षीहरूविरुद्ध संघर्ष गर्न प्रयोग गर्दछ। जहा नयाँ दक्षिणपन्थ मुख्य विपक्षी बन्यो। किनभने तिनीहरू अवस्थित प्रणालीको बामपन्थी वा दक्षिणपन्थी पक्षधर थिएनन्। बरु दक्षिणपन्थी राजनीतिलाई बामपन्थी अर्थशास्त्रसँग जोड्ने एक कट्टरवादी विपक्षको प्रतिनिधित्व गर्थे। यसैमा नोभेल द्रोइटको शक्ति छ, यसले वैश्विकतावादीहरू विरुद्ध खतरा देखाउने छ, र आज सम्म पनि कायम रहेको यस आन्दोलनको जीवन्त शक्तिको स्पष्टीकरण पनि यही हो।

यस अभियानद्मा प्रयोग गरिएका एउटा पनि तर्कले काम गरेन। यिनिहरु न त न्यू राइटहरू "पूर्णतावादका समर्थक" हुन् भन्ने दावी,  न त तिनीहरू "दक्षिणपन्थी" वा "वामपन्थी" हुन् भन्ने दावीहरूले। यसको विपरीत यस आलोचनाको लहरबाट नै यस आन्दोलनले नाम, प्रसिद्धि तथा बलियो प्रभाव प्राप्त गर्यो। […]

जनताका अधिकार: भू-राजनीतिक आधारहरूको नयाँ दक्षिणपंथीहरुको व्याख्या

नयादक्षिणपंथले दोस्रो विश्वयुद्धपछि लोप हुँदै गरेको भू-राजनीति विषयमा युरोपेली रुचि पुनर्जीवित गर्यो। नया दक्षिणपंथको ध्यान विशेषगरी कार्ल श्मिटका कृतिहरूतर्फ आकर्षित भयो। "नुभेल इकोल" को ४४औं अंकमा, दार्शनिक जुलियन फ्रायडले नयाँ दक्षिणपंथी सोचको आधारभूत मानिने  क्रमबद्ध श्रेणीगत ढाँचामा श्मिटका विचारहरू प्रस्तुत गरे। सर्वप्रथम, नयाँ दक्षिणपंथको ध्यान "राजनीतिक" भन्ने घटनाको विश्ले दास षणतर्फ केन्द्रित भयो।

"राजनिति" (das Politische)  विविध विषयहरू (राज्यहरू, गठबन्धनहरू आदि) बीचको सामाजिक सम्बन्धको क्षेत्र हो र यो "मित्र" र "शत्रु" बीचको भेदभावमा आधारित हुन्छ। यो मित्र/शत्रुको जोडीमा कुनै व्यक्तिगत अर्थ निहित हुँदैन र यो विशेष रूपमा समूहहरूको क्षेत्रसँग सम्बन्धित छ। अर्थात एक राजनैतिक शत्रु त्यही समूहको शत्रु हो जसमा विश्लेषण गर्ने विषय स्वयं  समावेश हुन्छ। श्मिटका अनुसार राजनीति सधैं विभिन्न राजनैतिक एकाइहरू (विभिन्न स्तरका समूहहरू र सामूहिक संरचनाहरू) बीचको टकराव हो। यसले एक स्थायी बहुलताको अनुमान गर्दछ। जसलाई श्मिटले "प्लुरिभर्सम" भन्छन्। राजनीति तब मात्र अस्तित्वमा हुन्छ जब धेरै समूहहरू हुन्छन् र तिनीहरू बीच विरोधाभास हुन्छ। श्मिटको अवधारणाको परिभाषाको निर्णायक अवधारणा यो हो कि यसले “राजनीतिक” लाई राज्यभन्दा पहिले पनि अस्तित्वमा आउन सक्ने एक स्वतन्त्र घटनाका रूपमा छुट्याउँछ।

श्मिटको त्यो व्याख्या नयाँ दक्षिणपन्थीका लागि अत्यन्त महत्त्वपूर्ण छ। राजनीतिको आधारभूत सिद्धान्त "बहुविश्ववाद" हो। आफैमा, 'राजनीतिक' सार्वभौमिक हो किनभने मित्र/शत्रुको सिद्धान्त र द्वन्द्वात्मक जोडी विश्वव्यापी छ। यो सम्पूर्ण संसारमा व्याप्त छ तर, 'राजनीतिक' को अस्तित्वको लागि बहुलताको आवश्यकता छ। राजनीतिक एकाइहरू (दलहरू, राष्ट्रहरू, आन्दोलनहरू) बीच सधैं सम्बन्धहरू हुनुपर्छ र यी सम्बन्धहरूको विस्तार मित्र/शत्रुको सिद्धान्तको आधारमा वितरण हुनुपर्छ। नयाँ दक्षिणपन्थीले पश्चिमको सार्वभौमिकतावाद र समतावादले कसरी आफ्नै मूल्यमान्यतालाई अन्य जनतामा थोपार्ने इच्छा राखेको छ भनेर उजागर गर्दै वैश्विकतावादी राजनीतिको सार्वभौमिकतावादलाई आलोचना गर्दछ। एलेन द बेन्वा युरोपेली पुनर्जागरणका लागि लेखिएको घोषणापत्रमा यसरी उल्लेख गर्छन्:

"पृथ्वीको पश्चिमीकरणलाई एक साम्राज्यवादी आन्दोलनको रुपमा प्रतिनिधित्व गरिएको छ, जुन विश्वमा एक कथित श्रेष्ठ मोडल भनेर थोपारेर अन्य सबै भिन्नतालाई मेटाउन चाहानाले पोषित छ, जसलाई सधैं 'प्रगति' को रूपमा प्रस्तुत गरिन्छ। एकरूपतावादी सार्वभौमिकता सम्पूर्ण पृथ्वीमा विस्तारित एक जातीयकेन्द्रियताको प्रक्षेपण र मुखौटा मात्र हो।"

यसरी, वास्तवमै यो आफ्नो शत्रु विरुद्ध संघर्ष गरिरहेको हुन्छ, आधुनिक पश्चिमले विभिन्न क्षेत्रहरूमा "लोकतन्त्र स्थापना" र "मानव अधिकारको रक्षा"को बाहानामा आफ्नो एजेन्डा पूरा गर्ने प्रयासलाई आवरण प्रदान गर्दछ।

नयाँ दक्षिणपन्थीका लागि, घोषणापत्रमामा संकेत गरिए अनुसार, मुख्य शत्रु उदारवाद नै हो

"वैश्वीकतावादी युगमा, उदारवाद अब आफूलाई विचारधाराको रूपमा प्रस्तुत गर्दैन, बरु मानिस र वस्तुहरूको उत्पादन र पुनरुत्पादनको विश्वव्यापी प्रणालीको रूपमा प्रस्तुत गर्दछ। जसमा मानव अधिकारको अतिआधुनिकताले थप सुदृढ बनाएको छ।”

उदारवाद राजनीतिलाई केवल एउटा प्रविधि वा प्राविधिक साधनका रूपमा मात्र बुझ्दछ। तर प्राचीन ग्रीसका परम्पराबाट प्रेरित नयाँ दक्षिणपन्थका विचारकहरूका लागि जहाँ राजनीतिलाई संघर्षको क्षेत्र, अर्थात् एगोनका रूपमा हेरिन्थ्यो। राजनीतिक क्षेत्रको पुनर्स्थापना अत्यन्त मौलिक महत्वको विषय हो। यस सन्दर्भमा, वाणिज्यक मूल्यद्वारा अधीनस्थ बनाइएका प्रतीकात्मक कल्पनाहरूलाई उपनिवेशमुक्त गर्नु अनिवार्य ठानिन्छ। यसरी, श्मिटको अवधारणालाई अनुसरण गर्दै, नयाँ दक्षिणपन्थ राजनीतिलाई एउटा अस्तित्वगत परिघटना (existential phenomenon)का रूपमा बुझीन्छ। मानव अधिकारहरूको अवधारणाको विपरीत जुन उदारवादी, व्यक्तित्वविहीन तथा प्राविधिक–प्रशासनिक राजनीतिक व्याख्याको हिस्सा हुन् ती नयाँ दक्षिणपन्थले जनसमूहका अधिकारहरूको पक्षमा आह्वान गर्दछ।

“जनताका अधिकारहरूको रक्षा गर!” यो नारा तथा आह्वान सन् १९६९ मै फ्रान्सेली नयाँ दक्षिणपन्थका बौद्धिकहरूद्वारा लगाईएको थियो।

अलेन डी बेनोइसका अनुसार, श्मिटले वर्णन गरेको "पृथ्वीका तीन नोमोई" का अवधिहरू अब समाप्त भइसकेका छन्।

पृथ्वीको पहिलो नोमोस प्राचीन र मध्ययुगीन कालको थियो। जहाँ सभ्यताहरू एक अर्काबाट निश्चित रूपमा पृथक जीवनयापन गरिरहेका  थिए। कहिलेकाहीं रोमन साम्राज्य, जर्मनिक पवित्र रोमन साम्राज्य र बाइजेन्टाइन  साम्राज्य जस्ता साम्राज्यवादी एकीकरणका प्रयासहरू पनि  भएका थिए। आधुनिकताको आगमन सँगै यो नोमोस लोप भयो। जब १६४८ मा वेस्टफेलियाको शान्तिसम्झौता  सुरु भएर दुई विश्वयुद्धसम्म चलेको अवधिमा आधुनिक राष्ट्र राज्यहरू उदय भयो। यसलाई राष्ट्र–राज्यहरूको नोमोस भनिन्छ। पृथ्वीको तेस्रो नोमोस "शीतयुद्ध" को द्विध्रुवीय ब्यवस्थासँग सम्बन्धित थियो। जब संसार पश्चिम र पूर्वमा विभाजित भयो; बर्लिन पर्खाल  ढल्दा र सोभियत सङ्घ विघटित हुँदा यो नोमोसको अन्त्यमा पुग्यो। अब  प्रश्न यो उठछकी  पृथ्वीको नयाँ, चौथो नोमोस के होला? यहाँ हामी चौथो राजनीतिक सिद्धान्तको विषयमा पुग्दछौं।  जो जन्मिनेछ। यो पृथ्वीको चौथो नोमोस हो जुन उदाउने प्रयासरत छ। मलाई गहिरो आशा विश्वास छ,  यो चौथो नोमोस यूरेशियाको महाद्वीपीय तर्क, अर्थात् यूरेशियाली महाद्वीपको महान नोमोस हुनेछ। एक यस्तो नोमोस जुन महाद्वीपीय राज्य शक्ति र संयुक्त राज्य अमेरिकाद्वारा प्रतिनिधित्व गरिएको सामुद्रिक शक्ति र सामुद्रिक ताकतबीचको संघर्षको हुनेछ।

युरेशियाको तर्क भनेको “जनताको उद्देश्य” को रक्षा गर्ने तर्क हुनेछ। त्यसका अनुसार, नयाँ दक्षिणपन्थका लागि भू–राजनीति सबैभन्दा महत्त्वपूर्ण स्रोतहरू तथा अनुशासनहरूमध्ये एक हो।

नयाँ दक्षिणपन्थी विचारधाराले युरोपेली क्षेत्रलाई जसरी भूराजनीतिक श्रेणीहरूमा वर्णन गर्छ। त्यसलाई विशेष रूपमा महत्त्वपूर्ण ध्यान दिन आवश्यक देखिन्छ। उनीहरूका लागि यो क्षेत्र “मध्यवर्ती घेरा” अर्थात् रिमल्यान्ड  हो। यस सन्दर्भमा, युरोपेली क्षेत्रको स्थिति “तेस्रो विश्व” सँग निकै नजिक देखिन्छ। वास्तवमा, वैश्वीकरण र एटलान्टिकवादले युरोपलाई पनि त्यहीँ प्रकारले उपनिवेश बनाएको छ। जसरी पहिल्यै पश्चिमले तेस्रो विश्वका देशहरूलाई उपनिवेश बनाएको थियो।

सन् १९८६ मा, आलेन दे बेन्वा (Alain de Benoist) ले "यूरोप, तृतीय विश्व, एउटै संघर्ष" शीर्षकको पुस्तक प्रकाशित गरे। जसमा युरोपले आफ्ना मूल जरा र परम्परातर्फ फर्कनु पर्ने र सार्वभौमिकतावादी अधिनायकत्वलाई अस्वीकार गर्नुपर्ने तर्क प्रस्तुत गरिएको छ। तेस्रो विश्वको पक्षमा उभिनु भनेको असंलग्नताको समर्थन गर्नु हो। यसको अर्थ पश्चिमी विचारधाराको विशेषता बनेको आर्थिक अस्वस्थ आसक्तिलाई त्याग्नु हो।

दे बेनोइस्टले आर्थिकता र मानवअधिकारको भारी बोझले थिचिएको समकालीन युरोपलाई “हजार झण्डाको युरोप”सँग तुलना गर्छन्, जहाँ विभिन्न क्षेत्रीय संस्कृतिहरूको बहुल विश्व (प्लुरिभर्स) स्वतन्त्र रूपमा प्रकट हुन सक्छ।
दे बेनोइस्टका लागि युरेशियन साम्राज्यको मोडेल अत्यन्तै महत्वपूर्ण छ, र युरोपको भू–क्षेत्रभित्र त्यसको केही समान स्वरूप निर्माण गरिनुपर्छ भन्ने उनको धारणा छ।

पवित्र  पारिस्थितिकी(Sacred Ecology)

नयाँ दक्षिणपन्थ (New Right) ले पनि पारिस्थितिकी (इकोलोजी) को विषयलाई अध्ययनको केन्द्रको रूपमा अगाडि सारेको छ। नर्वेली दार्शनिक आर्ने नेस (Arne Næss) को ‘डिप पारिस्थितिकी’ (Deep Ecology) को अवधारणालाई निरन्तरता र विकास गर्दै, नयाँ दक्षिणपन्थले पूँजीवादको विषयभन्दा फरक एक पारिस्थितिक दर्शन निर्माण गर्नु आवश्यक छ भन्ने घोषणा गर्दछ। उदारवादले प्रवर्द्धन गर्ने सतही पारिस्थितिकीले प्रकृतिलाई केवल “स्रोत” को रूपमा मात्र हेर्दछ। यस प्रकारको (सार्वभौमिकतावादी प्रवृत्तिको) पारिस्थितिकीको मुख्य उद्देश्य सीमित प्राकृतिक स्रोतहरूबाट अधिकतम नाफा निकाल्नु हो। प्रकृतिको संरक्षण केवल यसैका लागि  आवश्यक ठानिन्छ कि भविष्यमा प्रकृतिले अझ बढी  स्रोतहरू उत्पादन गरोस् । यस्तो नयाँ दक्षिणपन्थले यस दृष्टिकोणलाई पूर्ण रूपमा अस्वीकार गर्दछ। किनकि मानवकेन्द्रित सोच (एन्थ्रोपोसेन्ट्रिज्म) र पुजिकेन्द्रीत दृष्टिकोणले हामीसँगको प्रकृतिलाई र समग्र रूपमा पृथ्वीलाई नास गरिरहेको छ। दे बेनोइस्ट (De Benoist) लेख्छन्:

“सुदृढ पारिस्थितिकीले हामीलाई आधुनिक मानवकेन्द्रीकृत सोचभन्दा अगाडि बढेर मानव जाति र ब्रह्माण्डबीचको पारस्परिक सहअस्तित्वप्रतिको चेतनाको विकासमा लाग्न आह्वान गर्दछ। यो ‘अन्तर्निहित पारलौकिकता’ (immanent transcendence) ले प्रकृतिलाई शत्रु वा वस्तुको रूपमा होइन, एक सहयात्रीका वा मित्रका रूपमा प्रकट गर्दछ।”

गहिरो पारिस्थितिकी आन्दोलनले यो स्पष्ट परेको छ कि कसरी आदिवासी जनताले आफ्नो वरपरको पारिस्थितिकीको शोषण गर्दैनन् र सयौँ वर्षदेखि सन्तुलितरुपमा समाजलाई संरक्षण गर्दै आएका छन् भन्ने तथ्यलाई उजागर गरेको छ। गहिरो पारिस्थितिकीविद्हरूको पुँजीवाद–विरोधी दृष्टिकोण र त्यसलाई पछ्याउने नयाँ दक्षिणपन्थी विचारधाराले विशाल महानगरहरूलाई व्यक्तित्वहीन शहरका विशाल र खतरनाक संरचनाका रूपमा हेर्ने जोखिमतर्फ संकेत गर्दछ। नयाँ दक्षिणपन्थको विचारमा, हरेक शहरले आफ्नो विशिष्ट पहिचान बोक्नुपर्छ। सार्वभौमिक ढाँचाका पेटीरहित पिंजराहरूले मानव अस्तित्व  र प्रकृतिलाई नष्ट गर्दछन्। पर्यावरण र शहरी स्थानको यो व्याख्या धेरै हदसम्म जर्मन रोमान्टिक विचारको विकास हो। । “जीवन” आफैंमा पूर्ण, स्वनिर्भर अस्तित्व (ओन्टोलोजी) हो, जसले ऊर्जा र स्वास्थ्यलाई आफ्नै तर्कले निर्धारण गर्छ। जीवन” आफैंमा पूर्ण, आत्मनिर्भर अस्तित्व (ओन्टोलोजी) हो। "जीवनप्रतिको इच्छा" लाई हामीभित्र र हाम्रो वरिपरि दुवै ठाउँमा स्वतन्त्ररूपमा अस्तित्वमा आउन दिइनुपर्छ।

निष्कर्ष

आफ्ना असंख्य रचना र प्रकाशनहरूमार्फत न्यू राइट ले आजको वैकल्पिक युरोपका नयाँ विश्वकोशकार मानिने सामाजिक, राजनीतिक, पारिस्थितिक तथा दार्शनिक क्षेत्रहरूमा प्रकट भएका सबै गम्भीर र संवेदनशील विषयहरूको ज्वलन्त मूल्याङ्कन प्रस्तुत गरेका छन्। उनीहरूको कृतिहरूमा महामारीदेखि लैङ्गिक विषयसम्मका लगभग सबै विषयहरू र तिनका उत्तरहरू फेला पार्न सकिन्छ।युरोपेली पुनर्जागरणका लागि न्यू राइटको घोषणापत्र ले उनीहरूको विचारधाराको मूल अक्ष र संरचना, संघर्षका प्रमुख दिशा, तथा चिन्तन र विचारविमर्शका केन्द्रीय विषयहरू प्रस्तुत गर्दछ। यस घोषणापत्रसँगको परिचय नै तपाईंको वास्तविक युरोपसँगको परिचय हो।

यस सघन र सूक्ष्म रूपमा सन्तुलित घोषणापत्रका पानाहरूमा, हाम्रो युगको ऐतिहासिक सन्दर्भमा सटिक स्थानको स्पष्ट परिभाषा मात्र होइन, भविष्यका लागि मार्गनिर्देशनहरू पनि पाइन्छन्। यी पानाहरूले मन र अनुभूतिलाई जागृत गर्छन् र बहसको लागी उत्प्रेरित गर्छन्। यी चिन्तनशील विचारका मार्गहरू र प्रारम्भबिन्दुहरू हुन्।

अनुवाद: मोहनप्रसाद ज्ञवाली