रूसी जुचे

उत्तर कोरिया एउटा राम्रो देश हो। चाखलाग्दो कुरा त के छ भने कोरियाली शब्द ’जुचे’ (주체)एक गहन दार्शनिक शब्द हो। यसको अर्थ ’विषय’वा हाइडेगेरियन डासिन पनि हो (हामीले यसलाई नेपालीमा "अस्तित्व" वा "हुनु"संग सम्बन्धित गर्न सक्छौ)। यसमा आत्मनिर्भरता, स्वतन्त्रता, नागरिक सार्वभौमिकतालगायत कुरा समावेश छन् ।

कोरियाको इतिहास र विशेष गरी यसको उत्तरी क्षेत्रहरूको इतिहास (ईश्वरीय टांगुन अन्तर्गत प्राचीन जोसेओन) एकदमै स्वर्गीय गौरवपूर्ण इतिहास हो। कोरिया महान् चीनको अगाडि उभिन सक्षम थियो र शक्तिशाली जापानद्वारा बारम्बार आक्रमणको प्रयासको प्रभावकारी रूपमा प्रतिरोध गर्न सक्षम थियो। (यहाँ दक्षिणी क्षेत्रहरूमा मात्र सफल भयो जहाँ कोरियालीहरू उत्तरको तुलनामा नरम र कमजोर छन)।  भनिएको छ कि कोरियाले चीनबाट धेरै लिएको छः लेखन, संस्कृति, कन्फ्यूशीवाद, ताओवाद र परिमार्जित र परिष्कृत बौद्ध धर्मको चिनियाँ पुर्नव्याख्या गरेको छ। केटाईको महानतालाई पहिचान गर्दै कोरियाले सँधै आफ्नो अटल र स्थिरतालाई केन्द्रमा कायम राखेको छ र त्यो नै जुचे हो ।

एउटा अनभिज्ञ वा नीच, अज्ञानी र उदारवादी पश्चिमको दासले मात्र 'जुचे’ विचाराधाराको बारेमा हाँसि मजाक गर्न सक्छ। हामीलाई यही  विचारधारा चाहिन्छ। उदाहरणका लागि 'रूसी जुचे', रूसी विषयको शासन,रूसी दासानको शक्ति र प्रतिष्ठा।

पुटिन कोरियामा जाँदैछन्।  यस्तो देखिन्छ कि ठूलो र सानोको बीच भेट भइरहेको छ तर साह्रै गर्विलो छ। यो झुक्नु वा दर्पत्याग होइन तर यो मुल विषयहरू बीचको संवाद हो। जुचे जुचेतर्फ नै अघि बढिरहेको छ।

हामी एक उत्कृष्ट बिन्दु बनाउन सक्छौं किनभने यो धेरै समय पहिले हुनुपर्थ्यो। रूस यदि यो एक विषय हो अर्थात् यो जुचे हो भने त्यस्तै व्यवहार गर्नुपर्छ र यसले कुनै फरक पार्दैन। कि हामी आफूलाई पश्चिमी सभ्यता मान्छौं वा मान्दैनौ। यदि यो पश्चिम थियो भने बीजान्टिन, अर्थोडक्स र क्याटेकान्टिक पश्चिम यो साँचो हुनेछ। यद्यपि यो आफूलाई मात्र एउटा महाद्वीप–रूस, रूसी सभ्यता हो भनी  सोचविचार गर्न राम्रो हुन्छ।

सभ्यता भनेको सबैभन्दा पहिले आफैमा केन्द्रित हुनु हो। आफ्नै बल र दिमागमा मात्र भर पर्नु हो। सभ्यता एउटा सार्वभौम विषय हो जसमाथि स्वर्ग मात्र छ। त्यसबाहेक अरू कुनै अधिकार छैन। त्यसैले सभ्यता जुचे हो ।
 

अनुवादक: मोहनप्रसाद ज्ञवाली