संवाद र सम्झौता भन्दा माथिका सभ्यताहरु

प्राथमिक टैब्स

रेडियो स्पुतनिकको 'एस्केलेसन  ' कार्यक्रम मार्फत अलेक्जेन्डर दुगिनले युक्रेनसम्बन्धी भईरहेको वार्तालाई पतनको जोखिमले भरिएको अस्थायी अस्थिर सम्झौता भनेर वर्णन गरेका छन्। साथै उनले यसको पर्दा पछाडि महाशक्तिहरुले आत्मा शक्ति दुवैका माध्यमबाट नयाँ विश्व व्यवस्थालाई आकार दिने नयाँ युग उदाउँदैछ भनेकाछन्।

रेडियो स्पुतनिक, एस्केलेसन कार्यक्रमका प्रस्तोता :
पछिल्लो एक हप्ता यता समाचारहरूमा  युरोप र अमेरिकासँग भएका वार्ताहरू तथा बर्लिनमा सम्पन्न बैठकले नै बढी चर्चा कमाएको देखिन्छ। यी वार्ताहरूबारे तपाईंको धारणा के छ? हामी मेर्ज़ (Merz) वार्ताबाट बाहिरिएको भन्ने हल्लाहरू पनि सुनेका छौँ। तर, संयुक्त राज्य अमेरिका यो समयमा युरोप शान्तिका लागि तयार छ भन्ने कुरामा विश्वास गरेको भन्ने देखिँदैन। आगामी दिनहरूमा यी वार्ताहरूबाट हामी के अपेक्षा गर्न सक्छौँ?

अलेक्जेन्डर दुगिन:
हाल सञ्चालनमा रहेका यी वार्ताहरू अत्यन्तै जटिल प्रणाली हुन्। यस प्रणालीभित्र विभिन्न शक्तिहरू सक्रिय हुन्छन् । साथै  प्रभावका विभिन्न केन्द्रहरू रहन्छन् जसका कारण शक्ति सन्तुलनमा निरन्तर परिवर्तन भइरहन सक्छ। अन्ततः युद्धविराम हुनेछ कि हुनेछैन भन्ने प्रश्नको जवाफ यस प्रणालीभित्र सहभागी प्रत्येक पक्षले कस्तो व्यवहार गर्छ भन्ने कुराले नै अन्तिम नतिजा निर्धारण गर्नेछ।

तपाईंलाई यो स्मरण गराउन चाहन्छु कि यी वार्ताहरूमा हामी के विषयसँग जुधिरहेका छौँ। रूसले युक्रेनमा आफ्नो सैन्य कारबाही रोक्न तयार हुनका लागि न्युनतम सर्तहरू अघि सारेको छ। यी सर्तहरु पूर्ण रूपमा न्यूनतम हुन्, किनकि ती सबै कुनै  पनि अपवाद बिना स्वीकार गरिए पनि यसलाई वास्तवमै हाम्रो विजय मान्न सकिन्छ भन्ने कुनै सुनिश्चितता छैन। निश्चय नै यसलाई हामीले विजयका रूपमा लिनु हुँदैन। अर्को शब्दमा भन्नुपर्दा, यो एक प्रकारको सम्झौता हो। सैन्य द्वन्द्वका निर्णायक र सम्भवतः अपरिहार्य पक्षहरूलाई केही समयका लागि स्थगित गर्ने एक सानो प्रयास मात्र हो।

तर, केही गम्भीर कारणहरूको आधारमा, हामी यी सर्तहरूमा द्वन्द्व रोक्न तयार छौँ।  म पूर्ण रूपमा विश्वस्त छु कि यो समाधान अस्थायी मात्र हुनेछ। तर पनि हामी द्वन्द्वका कारणहरू हटाइनेछ भन्ने मान्यता राख्छौँ। अझ स्पष्ट रूपमा भन्नुपर्दा, यस द्वन्द्वका वास्तविक कारणहरूलाई साँच्चिकै हटाउने दिशामा सहमति गर्न न अमेरिका न त युरोप नै तयार छ। त्यसो गर्नुको अर्थ हामीले युक्रेनलाई कुनै न कुनै रूपमा हाम्रो नियन्त्रणअन्तर्गत पुनः फर्काउनु हुनेछ। यस कुरामा यनीहरु  कसैले पनि सहमत जनाउने छैनन्। त्यसैले, यो केवल एक सौम्य अभिव्यक्ति (युफेमिज्म) मात्र हो।

यद्यपि, हाम्रा परिस्थितिहरू यस्ता छन् कि यदि ती सर्त पूरा गरिए भने (हामीले भोगेका अत्यन्तै धेरै कठिनाइका साथ हामिले भोगेका लागि धेरै गम्भीर र पीडादायी परिणामहरू) यस अपूरो युद्धलाई सुदृढीकरण गर्न सक्षम हुनेछौँ। निश्चय पनि, यसलाई पराजय भन्न सकिँदैन, तर यो विजय पनि होइन। मलाई लाग्दैन कि हामीले यति धेरै बलिदान दिएको वास्तविक उद्देश्य यति मात्र हो। तथापि, हामीले केही सर्तहरू अघि सारेका छौँ, जुन सर्तहरू हाम्रो आफ्नै भए तापनि, हामी तिनीहरुप्रति न त विशेष खुशी छौँ न त सन्तुष्ट नै। अन्ततः ती सर्तहरू पूरा भए भने त्यसपछि के गर्ने भन्ने कुरा आफैंमा निकै ठूलो समस्याग्रस्त प्रश्न बन्ने छ।

ट्रम्पले अन्ततः यस द्वन्द्व र समस्यामाथि ध्यान केन्द्रित गरे, केही ध्यान दिए, आफूलाई दबाबमा राखे र हामीले के भन्न खोजेका थियौँ भन्ने कुरा बुझे। विशेष रूपमा महत्त्वपूर्ण कुरा के हो भने उनले यो पनि बुझे कि हाम्रो आफ्नै अवस्था पनि हाम्रो लागि धेरै अनुकूल छैन। त्यसपछि उनले शीतल र गणनात्मक ढंगले  निर्णय गरेः ठीक छ, अहिलेका लागि रुसीहरूका सर्तहरूसँग अघि बढौँ, युक्रेनलाई जोगाऔँ, अनि त्यसपछि हेरौँ। सारतः ट्रम्पको योजना यही हो हाम्रा मागहरू स्वीकार गरेर युक्रेनलाई जोगाउने। वास्तवमा  हाम्रा मागहरू निकै मध्यम र ट्रम्पका दृष्टिकोणबाट युक्रेनलाई बचाउने उद्देश्यका हिसाबले उनकालागि पूर्ण रूपमा स्वीकार्य छन्।

अब हामी दुई ध्रुवहरू देख्छौं: जसमा रुस, जसले आफ्ना सिद्धान्तहरू र मागहरू तय गरेको छ। दोस्रो, ट्रम्प जसले योजना बुझेका छन् ।यी मागहरूले स्पष्ट रुपमा रुसको विजय हुनेछैन।  तर, यसले अहिले युक्रेनलाई बचाउँछ र अर्को चरणको लागि ठाउँ छोड्छ। यसैकारण उनले यसलाई समर्थन गर्छन्। उनले अहिले हाम्रा ती मागहरूलाई समर्थन गर्नेछन्  किनभने ती दीर्घकालिक रूपमा हामीलाई होइन पश्चिमलाई फाइदाजनक छन्। यो धेरै महत्त्वपूर्ण तथ्य हो।

अब यहाँ तेस्रो कारक अगाडि आउँछ। मानौँ हामी दुई ध्रुवमा उभिएका छौँ। किन यस्तो देखिन्छ भने, के विटकोफले पुटिनसँग भएका वार्ताहरूलाई अत्यन्तै राम्रोसँग बुझेका छन् ? किन किरिल दिमित्रिएभसँग आपसी समझदारी स्थापित भएको देखिन्छ ? यसको कारण के हो भने, मूलतः यहाँ हामी आफ्नो विजयबारे मात्र छलफल गरिरहेका छैनौँ। निश्चय नै यो पश्चिमका लागि अपमानजनक अवस्था हो। युक्रेनका लागि पनि अपमान हो, तर यो अझै पनि समाप्त नभएको युद्ध हो। हामी यस तथ्यसँग सहमत छौँ। दीर्घकालीन रणनीतिक हितको दृष्टिकोणबाट हेर्दा निकै शंकास्पद देखिने एउटा रणनीतिसँग हामी समग्र रूपमा सहमत भएका छौँ। ट्रम्पले यस अवस्थालाई स्पष्ट रूपमा बुझेका छन् र उनी यसलाई पूर्ण रूपमा समर्थन गर्ने प्रयास गरिरहेका छन्।

तर यहाँ अर्को तेस्रो पक्ष छ। त्यो हो,  सम्पूर्ण युरोपेली सङ्घ र जेलेन्स्की, जससँग ट्रम्प रणनीतिक र दीर्घकालीन परियोजनामा रुचि राख्दैनन्। तर, उनी यो द्वन्द्धलाई तद्अनुरुपमै जारी राख्न रुचि राख्छन्। जसलाई म रणनीतिक भन्दा सामरिक कारण मान्दछु। यदि पश्चिमा अभिजात वर्गले यो योजनालाई जस्ताको तस्तै स्वीकार्नेछ भन्ने हो भने, यसको अर्थ त्यो आफ्नो पूर्ण अक्षमता स्वीकार गर्दैछ भन्ने हो। मलाई लाग्छ युक्रेनबारे यति लामो समयसम्म उन्माद फैलाएपछि उनीहरू पदच्युत हुनेछन्। युरोपेली संघका लागि यो  अपमानजनक प्रतिस्ठा माथीको गम्भीर धब्बा लगाउने यस योजनामा सहमति जनाउनु आफ्नै अयोग्यतालाई स्वीकार गर्नु हो। त्यसपछि सबै कुरा समाप्त हुन्छ। यस्तो अवस्थामा म्याक्रों, मर्ज र स्टार्मरहरु उनीहरुमाथीको महाभियोगमार्फत पदबाट हटाइनेछन्।
जेलेंस्कीका लागि पनि यो अन्त्य हुनेछ, किनभने यदि उनले युक्रेनी समाजका लागि अस्वीकार्य—रुसविरोधी भावना (रुसोफोबिया) र नव–नाजीवादद्वारा उत्तेजित सिद्धान्तहरू स्वीकार गरे। उनी हटाइनेछन्, मारिनेछन् वा देश छोड्न बाध्य हुनेछन्। उनलाई पुनः कसैले पनि  निर्वाचित गर्ने छैन।

यसरी हेर्दा, रणनीतिक रूपमा राष्ट्रपति जेलेन्स्की र युरोपेली संघका देशहरू हालको अवस्था जस्ताको तस्तै कायम रहोस् भन्ने चहान्छन्। जुन सर्तहरूका आधारमा त्यो युद्धविराम सम्पन्न हुन सक्छ। त्यस्ता सर्तहरूमा युद्धविराम नहोस् भन्ने चहान्छन्। ट्रम्पले यो कुरा पनि बुझ्छन् कि युद्धविराम केवल हाम्रा सर्तहरूमा मात्र हुन सक्छ, अन्य कुनै सर्तमा होइन। किनकि यी सम्झौताहरूमा केवल एउटा अल्पविराम थपिदिनु वा कुनै सानो मोड दिनु मात्र पर्याप्त हुन्छ र त्यसपछि कुरा तपशीलमै सकिन्छ। हामी सीधै भन्छौँ; पर्खनुहोस्, यो हामीलाई स्वीकार्य छैन। मलाई त यतिसम्म पनि निश्चित छैन कि हामी वास्तवमै यी सम्झौताहरू चाहन्छौँ या चाहँदैनौँ। हामी केही निश्चित नियमहरू पालना गर्छौँ। हामी वार्ताका लागि आफ्नो इच्छाशक्ति र तर्कसंगतता प्रदर्शन गर्छौँ। तर समस्या के हो भने अब हामी यसप्रति वास्तवमै चासो राख्दैनौँ। ट्रम्प यस कुरामा रुचि राख्छन् कि उनी युक्रेनलाई हामीबाट स्वतन्त्र, र पश्चिममाथी पूर्ण रूपमा निर्भर रहेको एउटा सार्वभौमिक इकाईको रूपमा बचाउने सोचमा छन्। यो कुरा उनका लागि गलत होइन। तर उनी यो जान्दछन कि यो केवल त्यही अवस्थामा मात्र सम्भव छ, जब हाम्रा मागहरू कडाइका साथ पूरा गरिन्छन्। किनभने हाम्रा मागहरू आफैंमा शुरुआतमै एक प्रकारका सम्झौताहरु समावेश छन्। यो योजना हाम्रो लागि खासै राम्रो होइन। किनभने हामीले यति धेरै बलिदानपछि यो किन स्वीकार गरेको भन्ने कुरा हामीले आफ्नो समाजलाई पनि व्याख्या गर्नुपर्नेछ। मेरो विचारमा यसले गम्भीर तथा अत्यन्तै असहज आन्तरिक समस्याहरू उत्पन्न गर्नेछ। त्यसैले हामीलाई पूर्ण विजय आवश्यक छ। हामी यही विजयतर्फ अघि बढिरहेका छौँ। हाम्रो राष्ट्रपतिले धेरै पटक यो नै हाम्रो मुख्य योजना हो भनेर बताइसक्नुभएको छ। रणनीतिक दृष्टिकोणबाट हेर्ने हो भने ट्रम्प यस युद्धलाई रोक्न चाहन्छन् र वास्तवमा हाम्रो विजयलाई विफल पार्न चाहन्छन्। उनले यो बुझेका छन् कि हामी सशक्त आक्रमणको अवस्थामा रहेको यस अवस्थामा उनले हामीलाई रोक्न सके मात्र उनीहरूलाई त्यो सम्भव छ। 

सत्य त यो हो कि,  युरोपेली संघ र जेलेन्स्कीले कुनै पनि कुरा वास्तवमै बुझ्दैनन्; उनीहरूसँग कुनै दीर्घकालीन रणनीतिक योजना छैन। यी क्षणिक राजनीतिमा आधारित व्यक्ति (अस्थायी राजनीतिक पात्रहरु) हरू हुन् जसले यो कुरा बुझिरहेका छन् कि यदि उनीहरूले अहिले यस योजनामा सहमति जनाए वा यसलाई स्वीकार गरे भने त्यो उनीहरूका लागि समाप्तिको दिन सावित  हुनेछ।
यो युक्रेनका लागि समाप्ति  होइन, तर यी विशेष व्यक्तिहरूका लागि समाप्तिको दिन हो। यो युरोपका लागि पनि समाप्ति  हुनेछैन। यो केवल माक्रों, स्टार्मर र मर्जको समेत समाप्ति  हुनेछ र त्यससँगै जेलेन्स्कीको पनि समाप्ति  हुनेछ।
अर्थात्, यहाँ हामी वैश्विकतावादी (ग्लोबलिस्ट) अभिजात वर्गको सबैभन्दा कमजोर र नाङ्गो भागबारे कुरा गरिरहेका छौँ, जो आफूलाई रूसद्वारा प्रतिनिधित्व गरिएको बहुध्रुवीय विश्व र वैश्विकतावादबीचको संघर्षको सबैभन्दा खतरनाक राजनीतिक मैदानमा फसेको अवस्थामा पाएका छन्।  त्यसैले उनीहरूले हस्ताक्षर गरेका तथा प्रवर्द्धन गरिरहेका परियोजनाहरू र परिस्थितिका बन्धक बनेका छन्।

अर्को कुरा के हो भने ट्रम्पको युरोपप्रति अहिले अत्यन्तै नकारात्मक दृष्टिकोण बनेको छ।  यसको मुख्य कारण यही हो कि उनीहरू उनको  बाटोमा अवरोध बनेका छन्। आफ्नै सुरक्षाका लागि मात्रै चिन्तित यी व्यक्तिहरू ट्रम्पको अझ अर्थपूर्ण परियोजनालाई मन्द बनाउन कोशिस गरिरहेका छन्। उनीहरूले कुनै पनि रणनीति योजना  पछ्याउने चाहना नराखी केवल आफ्नै स्वार्थमा केन्द्रित भएर पूर्ण रूपमा सिजोफ्रेनिक र उन्मादीहरुले जस्तै व्यवहार गरिरहेका छन्। यसले ट्रम्पलाई साँच्चिकै अत्यन्तै झर्को महसुस गराइरहेको  छ। मेरो विचारमा,  हामीले यस घटनालाई अत्यन्त सावधानि सहित आशावादी भएर हेरिरहेका छौं। युरोपेलीहरूले आफैंले यी सम्झौताहरूलाई विफल पार्न सफल हुनेछन्। त्यसपछि उनीहरूले आफ्ना “ड्याडी” ट्रम्पसँग सामना गर्नुपर्नेछ। साथै  हामी हाम्रो योजनाबद्ध रणनीतिअनुसार अगाडि बढ्नेछौं।

यही तरिकाले हालको परिस्थितिलाई बुझ्छु। सम्भवतः म केही मिहिन पक्षहरूबारे अवगत नहुन पनि सक्छु। तर, यो विश्लेषण खुला स्रोतहरूमा आधारित छ र केही विशेष पक्षहरूलाई अलि गहिराइमा अध्ययन गरेर विश्लेषण गरिएको हो। निस्सन्देह, यो अन्तिम सत्यबाट धेरै टाढा छ। तर यो एक सन्तुलित भू–राजनीतिक विश्लेषण मात्र हो।

कार्यक्रमका प्रस्तोता:
हामीसम्म आइपुगेको सार्वजनिक वक्तव्यले पनि यस कुराको पुष्टि गर्दछ। जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसका अनुसार, अमेरिकाबाट रसियामा गएका व्यक्तिहरू त्यस्तो वार्ताका प्रतिनिधिमण्डल होइनन्, जसलाई हामी हेर्न चाहन्थ्यौं। त्यही समयमा, विटकोफ पनि भन्छन् कि २० बुँदे योजनामाथि छलफल भएको छ तर, इमानदारीपूर्वक भन्नुपर्दा म अलमलमा छु। यस योजनामा वास्तवमा कति बुँदा छन्? कुन बुँदाहरू हटाइँदै छन्? कुन बुँदाहरू थपिँदै छन्? यी सबै कुरालाई हेर्दा फेरि पनि यस विषयले हामीलाई कुनै निश्चितता प्रदान गर्दैन।अब युरोपसँग सम्बन्धित विषयतर्फ अघि बढौँ। डोनाल्ड ट्रम्पले हालै G7 (जी-सेभेन) को विकल्पबारे एउटा वक्तव्य दिएका छन्। जसले ठूलो हलचल मच्चाएको छ। उनका अनुसार नयाँ विश्व व्यवस्थाको निर्णय गर्ने एक नयाँ C-5(सी-फाइभ) संगठन। G7 (जी-सेभेन)  जस्तो सशक्त देखिने संरचनालाई त्यागेर यस ‘C-5  (जी- फाइभ) वा मुख्य पाँच तर्फ अघि बढ्ने विकल्प कत्तिको यथार्थपरक होला?

अलेक्जेन्डर दुगिन:
जी-सेभेन कुनै पनि अर्थमा अजम्वरी संरचना होइन; यो केवल वैश्वीकतावादी विचारधाराका समर्थकहरू (ग्लोबलिस्टहरू) को एउटा क्लब मात्र हो। जो आफ्नो  घेराभित्र निरन्तर भेला हुन्छन्, उनीहरू यस्ता बैठकहरूमा आफ्ना निश्चित स्वार्थका विषयहरूबारे  निर्णय लिन्छन्। वास्तविकता के हो भने, हाल अमेरिकी नेतृत्वद्वारा छलफलमा रहेको C5(सी-फाइभ) परियोजना (यस विषयमा ट्रम्पले अझै कुनै आधिकारिक बयान दिएका छैनन्) पूर्ण रूपमा मागा (MAGA) परियोजना हो। यो “Make America Great Again” आन्दोलनसँग सम्बन्धित परियोजना हो। जसले ट्रम्पलाई समर्थन गर्‍यो र सत्तामा पुर्‍यायो। यो उनीहरूको आफ्नै परियोजना हो। साथै यो त्यस्तो परियोजना हो जसलाई म “महाशक्तिहरूको व्यवस्था” “order of great powers.” भन्छु। यो वाक्य वा पदावली पनि अहिले स्थापित भइसकेको छ।

महाशक्तिहरूको परियोजना के हो? यो बहुध्रुवीयताको परियोजना हो, जुन भविष्यको लागि मात्र होइन, वर्तमानको सत्यता पनि हो। उदाहरणका लागि, ब्रिक्स (BRICS) मा रूस, चीन र भारत जस्ता पूर्ण रूपमा सभ्यतागत आकार लिएका राष्ट्रहरू समेटिएका छन्। साथै, यसले विश्वका अन्य राष्ट्रहरू, जुन पूर्ण रूपमा विकसित सभ्यतागत आकार लिएका छैनन् तर सभ्यतागत ध्रुव बन्ने प्रक्रियामा छन्। तिनलाई पनि समावेश गरेको छ। यस्ता सभ्यताहरू जस्तै इस्लामी विश्व, अफ्रिकी सभ्यता र ल्याटिन अमेरिकी सभ्यता जो अहिले नै अस्तित्वमा छन् तर, अझै पूर्ण रूपमा एकीकृत र सुदृढ भइसकेका छैनन्। ब्रिक्समा यी सभ्यताहरू भविष्यमा पूर्ण सभ्यतागत आकार लिने सम्भावनाका रूपमा प्रतिनिधित्व गरिएका छन्। यदि तिनीहरूले आफ्ना विशाल भौगोलिक क्षेत्रहरूमा एकीकरण प्रक्रिया सफलतापूर्वक पूरा गरे भने, तिनीहरू पनि हामीले देख्न खोजेजस्तो बहुध्रुवीय विश्वका शक्तिशाली ध्रुवहरू बन्नेछन्। हामी चाहन्छौं कि बहुध्रुवीयता यही स्वरूपको होस्। जहाँ सबै सभ्यताहरू समान रूपमा, सन्तुलनमा र स्वतन्त्र विषय (subject) का रूपमा प्रतिनिधित्व गरून्। यही बहुध्रुवीयताको मानवीय र भविष्यतर्फ उन्मुख परियोजना हो।

अहिले मागा (MAGA) अर्थात् ट्रम्पका समर्थकहरू, जो नयाँ-रूढिवादी वा वैश्विकतावादी  हैनन्, बरु "अमेरिकालाई पुनः महान बनाउने" विचारका कट्टर अनुयायीहरू हुन्  उनीहरू  यो मान्दछन् कि अहिले सम्म महान बन्न नसकेका राज्य र सभ्यताहरूलाई समावेश गर्नु आवश्यक छैन। हामीले ती पहिले देखि नै अस्तित्वमा रहेका र महान रहेकालाई मात्र लिनु वा स्वीकार्नुपर्छ। अमेरिकी मागा (MAGA)  रणनीतिकारहरूका अनुसार, यस्ता पाँचवटा राज्य/सभ्यताहरू छन्। जसमध्ये चारवटा स्पष्ट रूपमा महान मानिन्छन्: अमेरिका, रूस, चीन र भारत। यी निरपेक्ष सभ्यतागत राष्ट्रहरू हुन्।  आफ्नो स्थितिलाई सन्तुलनमा राख्न वा अझ सुदृढ बनाउनका लागि उनीहरूले जापानलाई समावेश गरिरहेका छन्। जसलाई स्यामुएल हन्टिङ्टनको परियोजनामा पनि एक सभ्यतागत राज्यका रूपमा नाम दिइएको थियो। मूलतः जापानलाई बौद्ध सभ्यताको एक स्तम्भका रूपमा यस्ता वैश्विक भेक्टरहरूको संख्या सन्तुलनमा राख्नका लागि लिइएको हो। रूस र चीनको एक पक्ष हो साथै हाम्रो ऐक्यबद्धता तथा हाम्रो गठबन्धनप्रति कसैलाई पनि कुनै किसिमको शंका छैन। अब अर्को सशर्त जापानी सभ्यतासहित संयुक्त राज्य अमेरिका पनि उपस्थित छ। जसले अहिले उसलाई प्रस्ताव गरिँदै आएको भूमिकालाई अझै पूर्ण रूपमा बुझेको छैन र यो त्यस्तो अवस्था हो जहाँ जापानले दशकौँसम्म पूर्ण रूपमा अमेरिकी अधीनतामा समय बिताएको छ। तथापि, जापानसँग यसका लागि आवश्यक पूर्वाधारहरू विद्यमान छन्। यद्यपि ती अझै भ्रूणाअवस्थामै छन्।

सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, यस चित्रमा भारतको भूमिका अत्यन्तै महत्त्वपूर्ण देखिन्छ। भन्नुपर्दा, भारत यहाँ एक प्रकारको केन्द्रबिन्दु वा सन्तुलनको धुरी बनेको छ। किनकि भारतको हामीप्रति सकारात्मक र सौहार्दपूर्ण दृष्टिकोण छ। त्यस्तै अमेरिकाप्रति पनि निकै राम्रो दृष्टिकोण राख्दछ। तर त्यसका साथै उसले आफ्नै स्वतन्त्र मार्ग र नीतिगत दिशालाई निरन्तर रूपमा पछ्याइरहेको छ।

यसरी हामी यस्तो संरचना प्राप्त गर्छौं, जसलाई संसारले वास्तविक रूपमा यथार्थपरक रूपमा हेर्छ। आजको विश्वमा यी नै अस्तित्वमा रहेका शक्ति–केन्द्रहरू हुन्।  सी-फाईभ (C5) परियोजनाले तिनलाई मान्यता दिन प्रस्ताव गर्दछ। यो ब्रिक्स (BRICS) जस्तो भविष्यतर्फ निर्देशित बहुध्रुवीयता होइन। बरु वर्तमान यथास्थितिको निरन्तरता मात्र हो। यी पाँचको समूहभित्र पर्याप्त मात्रामा वैमनस्यता विद्यमान छ। किनकि तीमध्ये प्रत्येक सार्वभौम राष्ट्र हुन्। ती मध्ये जापान तुलनात्मक रूपमा कम सार्वभौम छ। यसले निश्चय नै विश्वव्यापीकरण र एकध्रुवीय विश्व व्यवस्थाको पूर्णतः स्थिर अन्त्य र विघटनलाई जनाउँछ। बहुध्रुवीयताको पुष्टि तथा मान्यतालाई स्थापित गर्दछ। साथै यस परियोजनाबाट बाहिर परेका युरोपेली वैश्वीकतावादी अभिजात वर्गलाई विस्मृतिमा धकेल्छ। निस्सन्देह, यो एक अत्यन्तै परिवर्तनकारी दृष्टिकोण हो।

सबैभन्दा महत्त्वपूर्ण कुरा यो कुनै नवरुढीवादी परियोजना होइन। किनभने नवरुढीवादीहरू दक्षिणपन्थीहरु वैश्वीकतावादको अर्को संस्करण हुन्। जसले एकध्रुवीय विश्वको आवश्यकता पनि पुष्टि गर्दछन्। यिनिहरुले बल प्रयोग गरेर लोकतन्त्र र पश्चिमी मूल्यमान्यताहरू प्रवर्द्धन गर्नु आवश्यक छ भन्ने दृष्टिकोण राख्दछन्। यिनिहरु वैश्वीकतावादीहरू जस्तै हुन्। वैश्वीकतावादीहरू र नवरुढीवादी बीचको भिन्नता भनेको तिनीहरू भिन्न-भिन्न तरिकाहरू प्रयोग गरेर विश्वव्यापी साम्राज्य, विश्व सरकार निर्माण गर्न चाहन्छन्। केही रुपमा अधिक आर्थिक र विचारधारात्मक रूपमा रूसमा प्रतिबन्धित लगाउनुका साथै विभिन्न प्रकारका चरमपन्थी आन्दोलनहरू, जस्तै LGBTQ, अवैध प्रवासी, नारीवादी, आदिको प्रसार मार्फत गतिविधि गर्ने दक्षिणपन्थी वैश्वीकतावादी हुन्। दक्षिणपन्थी वैश्वीकतावादी र नवरुढिवादीहरूले पेन्टागनलाई प्रत्यक्ष हतियार आपूर्ति गर्न र सैनिक अड्डाहरूमा निर्भर रहन प्रस्ताव राख्छन्। नवरुढिवादीहरू र वैश्वीकतावादीहरू दुवै कोर- फाइभ (C5)भन्ने मूल परियोजनाका कट्टर विरोधी हुन्। किनकि यसले केवल G7 लाई अन्त्य मात्र गर्दैन बरु यो पूर्ण रूपमा फरक यथार्थवादी  विश्वव्यवस्थासँग सम्बन्धित छ। कोर- फाइभ (C5) भनेको वर्तमानमा अस्तित्वमा रहेको संरचना हो। यही संरचनामा विश्वका सबैभन्दा गम्भीर समस्याहरू बारे छलफल गर्न मोडेल निर्माण गर्ने प्रस्ताव वास्तवमा ती विश्वव्यापी समस्याहरू समाधान गर्ने प्रभावकारी उपाय हो। किनकि आज सबै महादेशहरूमा मौलिक सुरक्षा सम्बन्धी प्रश्नहरू वास्तवमै अमेरिका, रूस, चीन र भारतमा निर्भर छन्। ठीक छ, उनीहरू निराश नहोऊन् भनेर जापानलाई पनि थपौँ।

संसारका सबै महादेशहरूमा रहेका आधारभूत सुरक्षा सम्बन्धी प्रश्नहरू वास्तवमा उनीहरूमै निर्भर छन्। यी नै विश्वशक्ति हुन् र संसारको भाग्य उनीहरूबिचको आपसको छलफलबाट निर्णय गर्नुपर्छ। यस्तो सन्दर्भमा युरोप के हो? वैश्वीकतावादीहरू को हुन् ? र अरू सबै के हुन् ? सामान्यतया यसप्रति कसैको खास चासो छैन। हाम्रो भने यसप्रति चासो छ। तर ट्रम्पलाई त्यति चासो छैन।त्यसैले, यस अवस्थामा हामी कोर- फाइभ (C5) भित्र रहेका देशहरूको सम्पूर्ण मानवताको, सम्पूर्ण ब्रिक्स (BRICS) को प्रतिनिधि हुनेछौँ। भारत र चीनसहि किनभने ब्रिक्स (BRICS) हामीले उनीहरूसँग मिलेर स्थापना गरेका हौँ।
सुरुमा यसको नाम केवल रिक(RIC) थियो—रुस, भारत, चीन।
पछि ब्राजिल थपियो—BRIC बन्यो; त्यसपछि दक्षिण अफ्रिका थपिएपछि ब्रिक्स (BRICS) बन्यो। यसरी नै हामीले सुरुवात गर्‍यौँ। यो अत्यन्तै महत्त्वपूर्ण र आधारभूत कुरा हो। अमेरिका पश्चिमी राष्ट्रहरूसँग एक्लै सामना गर्न बाध्य हुनेछ।
पिस्टोरियसले भन्न खोजेको कुरा के हो? जर्मनीको सैनिक शक्ति सन् १९४५ यतादेखि अस्तित्वमै छैन। जर्मनी केवल नाटोको एक हिस्सा हो। नाटो (NATO) को पुनर्निर्माण आधार हो र नाटो भनेको व्यवहारिक रुपमा मूलतः अमेरिका नै हो। जर्मनी र युरोप वास्तवमा अस्तित्वमै छैनन्। यस अर्थमा, नाटो व्यावहारिक रूपमा अमेरिका मात्र हो, क्षेत्रीय रूपमा थोरै मात्र टर्कीको सहभागिता छ। र बाँकी सबै शून्य बराबर छ। यदि त्यहाँ कोही असन्तुष्ट छन् भने पिस्टोरियस होस् वा सम्भवतः जेलेन्स्की। यी व्यक्तिको त विचार नै सोधिँदैन।

त्यसैले, अब हेरौँ मागा (MAGA) समर्थकहरू यो परियोजनालाई अघि बढाउन कति सफल हुन्छन्। सबै कुरा अब हाम्रो अगाडि छ। निकट भविष्यमा मलाई लाग्छ, हामी यो गर्न सक्छौँ।

कार्यक्रम प्रस्तोता:
अर्को प्रमुख विषयतर्फ अघि बढ्नु अघि म एक अर्को समाचारको बुँदामा ध्यान केन्द्रित गर्न चाहन्छु। यो विषय हालैका अभिव्यक्तिहरूसँग सम्बन्धित छ। जसमा राष्ट्रपति जेलेन्स्कीका भनाइहरू तथा विभिन्न पश्चिमी मुख्यधाराका सञ्चारमाध्यमहरूका रिपोर्टहरू समावेश छन्। हामी यहाँ शान्ति योजनाका विभिन्न बुँदाहरूबारे कुरा गरिरहेका छौं। विशेष रूपमा, युक्रेनले युरोप र संयुक्त राज्य अमेरिकाबाट स्पष्ट तथा निस्सन्देह सुरक्षा प्रत्याभूति प्राप्त हुने हो भने हामी नाटोमा सामेल नहुने कुरालाई प्राविधिक रूपमा स्वीकार गर्न तयार रहेको भनेर बताएको छ। यस सन्दर्भमा, मेरो एक प्रश्न छ। के हामी वास्तवमै यही दिशामा अगाडि बढ्न गइरहेका छौं? सबैभन्दा पहिले यो किन गरिँदैछ? के यो केवल समय ढिलाइ गर्ने सामान्य रणनीति मात्र हो? यस्ता अभिव्यक्तिहरू सञ्चारमाध्यमहरूलाई किन उपलब्ध गराइँदैछन्?

अलेक्जेन्डर दुगिन:
वास्तविक रूपमा युक्रेनमा भइरहेको युद्ध हामी र संयुक्त राज्य अमेरिका बीच लडिँदै आएको हो। जसको सेवा युरोपेलीहरूले गरिरहेका छन् भने  साधन युक्रेनी जनता हुन् । उनीहरुले  पूर्ण रूपमा आफ्नो मानवीयमूल्य  गुमाइसकेका छन्। साथै उनीहरूलाई मानवीय संबेदनाहिन एक प्रकारका उन्मत्त अप्टिमस रोबोटहरूमा परिवर्तित गरिएको छ। यीनिहरु मानिस होइनन्, ड्रोनहरू हुन्। उनीहरूले आफू केका लागि लडिरहेका छन् र कसका विरुद्ध लडिरहेका छन्? भन्नेसम्बन्धमा सम्पूर्ण चेतना गुमाइसकेका छन्। युक्रेनी जनतालाई शसक्त रूपमा पूर्ण रूपमा कब्जा गरिएको छ । उनिहरुलाई जैविक रूपमा ह्याक गरिएको छ।

 निस्सन्देह अमेरिकन वैश्वीकतावादी शक्तिहरूले हाम्रो विरुद्ध सुरु गरेको र उक्साएको यस युद्धको पृष्ठभूमिमा विभिन्न तहका मध्यस्थकर्ता तथा अपराधी मतियारहरू पनि रहेका छन्। जेलेंस्की पनि यस्तै पात्रहरूमध्ये एक हुन्। यस प्रक्रियामा ऊनी एउटा पाङ्ग्रा र एउटा एल्गोरिदम मात्र हुन्। ऊनी कुनै स्वतन्त्र शक्ति होइनन्। केवल एउटा माध्यम मात्र।
यसरी नै ट्रम्प अहिले अाएर यस युद्धबाट बाहिरिन चाहन्छन्। यदि ट्रम्प यसबाट पछि हटे भने हामी यो युद्ध तुलनात्मक रूपमा छिट्टै जित्नेछौँ। किनकि, अमेरिकासँग युद्ध गर्नु अत्यन्त कठिन र गम्भीर विषय हो। यसको कारण अमेरिका अझै पनि एक अत्यन्त शक्तिशाली सैन्य, आर्थिक र राजनीतिक शक्ति हो। तर अमेरिकाबिना, हामी यो युद्ध सजिलै मात्र होइन तर, धेरै नै सजिलै जित्नेछौँ। हामी यति भन्न सक्छौ, कुनै पनि सम्झौताबिनै युक्रेन रूसको हिस्सा बन्नेछ।

यदि ट्रम्पले यो कुरा बुझ्छन् र यसलाई रोक्न चाहन्छन् भने जेलेन्स्कीले पनि सम्भवतः यो कुरा सजिलोसँग बुझ्छन्। अन्ततः उनलाई राम्रोसँग थाहा छ कि लडाइँ गर्ने व्यक्ति उनी स्वयं होइनन्, अमेरिका हो। यस परिस्थितिमा उनी सरल रूपमा यो भन्न सक्दैनन् कि “ट्रम्प, म लडाइँ रोक्न चाहन्नँ, किनकि त्यसो भए मेरो अन्त्य हुनेछ।” त्यसैले उनले कुनै न कुनै रूपमा ट्रम्पको अगाडि आफूलाई उनको सेवक र आश्रित (वासल), विशेष कार्यहरू सम्पन्न गर्न नियुक्त गरिएको उनका भाडाका टट्टूको रूपमा प्रस्तुत गर्नैपर्छ।

मेरो विचारमा, अब  जेलेन्स्कीले लगभग उनका लागि प्रायः  असम्भव काम गर्नुपर्ने अवस्था आएको छ। एकातर्फ, उनले ट्रम्पलाई उनको  शान्ति योजनासँग सहमत रहेको र समग्र रूपमा आज्ञाकारी रहेको देखाउनुपर्छ। जब उनका तत्कालीन उच्चाधिकारी उनीभन्दा केही कदम माथि छन् तब उनी कसरी आज्ञा नमान्न सक्छन्? अर्कोतर्फ, उनलाई यो कुरा स्पष्ट रूपमा थाहा छ कि यसले उनको राजनीतिक जीवनको अन्त्य गर्नेछ। त्यसैले उनको उद्देश्य यस्तो तरिकाले शान्ति सम्झौताहरू अवरुद्ध गर्नु हो कि जसको जिम्मेवारी ऊनीमाथि नआओस् र दोष पनि उनीमाथि नलागोस्। मेरो विचारमा, उनी यी वार्ताहरूलाई विफल पार्न नै लक्षित छन्। उनीले सबैतिर विभिन्न प्रकारका सर्तहरू अघि सारिरहेका छन्। जुन कुनै निश्चित क्षेत्रबाट उठान भएको जस्तो देखिन्छ। तर यसको मुख्य उद्देश्य भनेको ती सर्तहरूलाई यसरी विघटन गर्नु हो जसका कारण दोष उनिमाथि होइन मस्को वा युरोपेली संघमाथि जाओस्। अहिले उनी दोष जति सबै युरोपेली संघमाथि सार्न लगभग तयार छन्।

 ट्रम्पले युरोपेली संघसँग संघर्ष गर्ने निर्णय गरेर नै उनी त्यसप्रति पहिल्यै घृणा गर्न थालिसकेका छन्। किनकि युरोपेली संघ अमेरिकाभित्रका डेमोक्र्याटहरू र वैश्वीकतावादीहरू उनका वैचारिक दृष्टिकोणका विरोधीहरू हुन् । जेलेन्स्की यसको आलोचनाबाट बच्ने प्रयास गर्नेछन् र यो युद्ध जारी राख्नेछन्। किनभने अमेरिकालाई आफ्नो मुख्य शक्ति केन्द्रका रूपमा कायम राख्नु उनका लागि अत्यन्तै महत्वपूर्ण छ। त्यसबिना उनी निस्सन्देह समाप्त हुन्छन्।

अन्ततः सबै कुराको विश्लेषण गर्दा यही निष्कर्षमा पुगिन्छ। जेलेंस्की आफ्नै अस्तित्व जोगाउन प्रयासरत छन्। तर, उनका लागि केही सीमाहरू छन्, जसलाई उनी पार गर्न सक्दैनन्। साथै ट्रम्प पनि यो युद्ध अन्त्य गर्न पनि चाहँदैनन्। उनी युक्रेनलाई जोगाउन र आफ्ना लक्ष्यहरू हासिल गर्न चाहन्छन्। यो दृष्टिकोण निकै तर्कसंगत दृष्टिकोण हो। धेरैले उनलाई अनियमित स्वभावको भन्छन्। कहिलेकाहीँ उनी वास्तवमै अस्वभाविक व्यवहार गर्छन्। तर, यदि एक कदम पछि हटेर टाढाबाट उनका कार्यहरूलाई अवलोकन गरियो भने, त्यसमा केही तर्कपूर्ण अर्थ देख्न सकिन्छ। हो, उनी डगमगाउँछन्, तर उनी निश्चित दिशागत आधारहरू वरिपरि नै डगमगाउँछन्। उनी ती आधारहरूबाट धेरै टाढा भट्किन सक्छन्, तर त्यसपछि अचानक पुनः उनी आफ्ना अघिल्ला अडानहरूमा फर्किन सक्छन्।

संयुक्त राज्य अमेरिकाको उपस्थिति बिना युक्रेनमा युद्ध जारी गर्नु हाम्रो लागि पूर्णसम्भव तथा सरल कार्य हो। यस्तो अवस्थामा हाम्रो पूर्ण विजय सुनिश्चित छ। प्रश्न केवल समय र खर्चको मात्र रहन्छ। तर युक्रेनमा अमेरिकाको पूर्ण संलग्नतासहित द्वन्द्व जारी रहनु गुणात्मक रूपमा फरक र अझ जटिल अवस्था हो। यस अवस्थामा पनि हामी लड्न सक्षम छौँ। हामी लडिरहेका छौँ। साथै हामी निश्चय नै विजय हासिल गर्नेछौँ। तर यो टकरावको पूर्णतः फरक स्तर हो। निस्सन्देह, यस अवस्थामा हाम्रो लागत उल्लेखनीय रूपमा बढ्नेछ।

मलाई विश्वास छ कि यसले हाम्रो स्थिति झल्काउँछ। हामी जेलेन्स्कीको स्थिति यसको विपरीत देख्छौं। उनले यथास्थिति कायम राख्न खोज्छन्। साथै, उनि केहि सीमितताहरूद्वारा बाँधियका छन्। जुन उनले पार गर्न सक्दैनन्। हामी उनमा दानवीय प्रवृत्ति देख्छौ। निस्सन्देह, जेलेन्स्की एक त्यस्तो व्यक्तित्व हुन् उनले अनिष्ट ल्याउँछन्। तर सामान्यतया उनका कार्यहरू धेरै तर्कसंगत छन्।

उनले आफ्ना मालिकहरूले तोकेका कार्यहरू कडाइका साथ पूरा गरेकाछन। अवश्य पनि, अहिले आएर उनको नेतृत्व केन्द्रमा केही कठिनाइहरू देखा परेका छन्। सम्पूर्ण पश्चिमी संसारका प्रमुख निर्णायकहरु परिवर्तन भएका छन्। नयाँ नेताका आफ्नै दृष्टिकोणहरू छन्, तर उनका पूर्ववर्तीहरू र अधीनस्थहरू यथास्थानमै रहेका छन् र केहीले दिशाहीनता प्रदर्शन गर्न सक्छन्। ओबामाको हालैको लन्डन भ्रमणलाई स्मरण गरौँ। जहाँ उनले जेलेन्स्की र स्टार्मरसँग वार्ता गरे। यो पनि उनको एक युरोपेली एजेन्टहरू र ग्राहक वर्गलाई व्यवस्थापन गर्ने प्रयास हो। जसले पहिले नै डोनाल्ड ट्रम्पको विश्वास गुमाइसकेका छन्। यो अवस्था प्रणालीगत रुपमा अत्यन्तै जटिल तथा गहन छ। यस सन्दर्भमा जेलेन्स्कीले तर्कसंगत व्यवहार गरिरहेका छन्। उनी व्यक्तिगत रूपमा आफ्नै हितका लागि प्रयासरत  छन्। आफ्ना नियोजकहरूको लागि पनि तर्कसंगत छन् र सारमा, ट्रम्पलाई अनावश्यक रूपमा नचिढ्याउने वा खुसी पार्ने कोशिश गरिरहेका छन्। समग्रमा भन्नुपर्दा, उनीले आफूले निर्देशन बमोजिमको  कार्य पूरा गरिरहेका छन्। तर, उनका पनि केही सीमितताहरू छन्।

विश्वास गर्छु कि यही कारणले हामीले युद्धविरामको प्रस्ताव राखेका थियौँ। हामी आफैं पूर्ण रूपमा सन्तुष्ट नभएको प्रस्ताव किन अगाडि बढायौँ? यसको कारण के हो भने अमेरिकासँग युद्धमा जाने हाम्रो कुनै चाहना छैन। युक्रेनमा अमेरिकासँग लड्नु हाम्रो लागि अत्यन्तै कठिन हुनेछ। हामी निश्चय नै जित्नेछौँ। तर कुनै पनि क्षण परमाणु प्रहार–प्रत्यप्रहारतर्फ अघि बढ्ने र एक प्रकारको प्रलय (आर्मागेडन) निम्त्याउने ठूलो जोखिम रहन्छ। यो कुरा हामी, हाम्रो विराेधी र सबैलाई राम्ररी थाहा छ। यसका साथै, केही यस्ता अत्यावश्यक उद्देश्यहरू छन् जसलाई दुवै पक्षले त्याग्न तयार छैनन्। यही नै यस परिस्थितिको जटिलता हो। हामी अमेरिकासँग लड्न चाहँदैनौँ। युरोपको कुरा गर्दा, यदि उसले अहिले जस्तो व्यवहार नगरेको भए हामी उसलाई बेवास्ता गरेर एक्लै छोड्न सक्थ्यौँ। तर हाम्रो लागि युक्रेन जीवन्त रूपमा अत्यन्त महत्त्वपूर्ण विषय हो। यसको महत्व पूर्णतः निर्णायक छ। रूसका लागि “हुनु कि नहुनु” भन्ने प्रश्न युक्रेनसँग सँगै हुनु वा नहुनु भन्ने प्रश्नसँग प्रत्यक्ष रूपमा जोडिएको छ। युक्रेन बिना हामी रहन सक्दैनौँ। सबै कुरा ध्वस्त हुनेछ। यो हाम्रो अविभाज्य अङ्ग हो, हाम्रो शरीरको एक अंग हो, जसको बिना हामी वर्तमान भू–राजनीतिक परिस्थितिमा अस्तित्वमा रहन सक्दैनौँ। तर उनीहरू हामीबाट यो अङ्ग खोस्न खोजिरहेका छन्। यही कारणले यति गम्भीर र तनावपूर्ण संघर्ष उत्पन्न भएको हो।

समग्रमा भन्नुपर्दा, मलाई लाग्छ कि यो सम्पूर्ण परिस्थिति ट्रम्पको व्यक्तित्व वरिपरि नै घुमिरहेको छ। केही पक्षहरूले उनलाई एक दिशातर्फ धकेल्न खोजिरहेका छन् भने अरूले अर्कोतर्फ। हाम्रो पक्षबाट भने, हामी आफ्नो प्रारम्भिक योजनालाई निरन्तर रूपमा कार्यान्वयन गर्दै आइरहेका छौँ।
युक्रेन बिना हाम्रो अस्तित्व रहँदैन र हाम्रो अस्तित्व बिना संसारमा कसैको पनि अस्तित्व रहनेछैन। यी नै, सामान्यतया हाम्रा सीमा–शर्तहरू हुन्। हामी यो लक्ष्यतर्फ निरन्तर, आत्मविश्वासका साथ र स्पष्ट रूपमा अघि बढिरहेका छौँ। हामीले खर्चको कुनै वास्ता नगरी जसरी रूसी जनताको सबै वास्तविक युद्धहरूको युगमा गर्दै आएकम छन्।

प्रस्तोता:
यस द्वन्द्वको लागतको कुरा गर्दा वा अझ स्पष्ट रूपमा भन्नुपर्दा यसको एक पक्षको सन्दर्भमा, आज हामी कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका पत्रकारहरूको स्मृति दिवस मनाइरहेका छौँ भन्ने कुरा उल्लेख गर्नु आवश्यक छ। सन् २०१४ देखि हालसम्मको संघर्ष क्षेत्रमा ३० भन्दा बढी रूसी युद्ध संवाददाताहरूले आफ्नो जीवन गुमाइसकेका छन्। पत्रकारिता विभागबाट हालै स्नातक गरेको व्यक्तिको रूपमा द्वन्द्व क्षेत्रमा काम गर्ने सम्बन्धमा हामीलाई के–के निर्देशन दिएको र सिकाइएको थियो भन्ने कुरा मलाई आज पनि स्पष्ट रूपमा सम्झना छ। हामीलाई विशेष उपकरण तथा पोशाकको आवश्यकताबारे जानकारी दिइएको थियो। अन्तर्राष्ट्रिय मापदण्डअनुसार पत्रकार कुनै लडाकु होइनन् र सिद्धान्ततः उनीहरूलाई गोलीबारीको जोखिममा राखिनु हुँदैन। पत्रकारहरूप्रति गरिने व्यवहार हातमा हतियार लिएर युद्धभूमिमा रहेका व्यक्तिहरूप्रति गरिने व्यवहारभन्दा मौलिक रूपमा भिन्न हुनुपर्छ। तर, मैले बुझेअनुसार, आजको यथार्थमा यो सिद्धान्त पूर्ण रूपमा कार्यान्वयन भएको देखिँदैन।

अलेक्जेन्डर दुगिन:

तपाईं सही हुनुहुन्छ, अवश्य पनि यो होइन। त्यसैगरी, वर्तमान परिस्थितिमा, पत्रकार दुवै रक्षा र आक्रमणको अग्रपंक्तिमा उभिएका पात्र हुन्। उनी अग्रपंक्तिमा उभिन्छन् किनभने उनी हाम्रो अनुहार हुन्, उनी शब्द हुन्। हामी अहिले आत्माको युद्ध गर्दैछौं। फलस्वरूप, उनीहरूको शब्द, उनीहरूको छवि, उनीहरूको साहस, उनीहरूको सन्देश, यी सबैले द्वन्द्वको दिशामा निर्णायक प्रभाव पार्न सक्छ। आजको सूचना क्षेत्रमा, यो सम्भवतः सबैभन्दा महत्वपूर्ण स्रोतहरू मध्ये एक हो। यद्यपि, पत्रकारिता केवल सूचना मात्र होइन, यो गहन व्यक्तिगत भाग्य पनि हो। जो व्यक्ति आफ्ना विचार व्यक्त गर्न र व्यक्तिकृत गर्न साहस गर्छ। उनीहरुले मात्र त्यसो गर्न सक्छन् जो साँच्चिकै ती विचारहरूमा विश्वास गर्छन्। यदि यो केवल खेल मात्र हो भने, यसले अपेक्षित प्रभाव पार्ने छैन भन्ने कुरा सबैका लागि स्पष्ट छ।

त्यसैले, आज हामी जसको स्मरण गर्दैछौं। आजै मेरो छोरी, दाशा दुगीनाको जन्मदिन पनि हो। !जो एक अर्थमा युद्ध संवाददाता पनि थिइन् र निस्सन्देह पत्रकार, बौद्धिक र दार्शनिक पनि थिइन्। ती व्यक्तिहरू मेरो लागि दुःखद घटना र वीरताको प्रतीक बनिसकेका छन्। दाशा (दारिया दुगिना) आज ३३ वर्षकी भएकी हुन्थिन्। तर, उनको हत्या गरियो। उनलाई युक्रेनीहरूले मारिहाले त्यो अग्रपङ्क्तिमा भने  होइन। त्यहाँ घटिरहेका घटनाहरूबारे रिपोर्ट गर्दै गर्दा पनि होइन। मस्कोको झाखारोभोमा नजिक जहाँ  उनी शान्तिपूर्ण परम्परागत महोत्सवबाट फर्कदै थिइन्। उनीहरूद्वारा उनलाई डरपोक, निर्मम तरिकाले मेरै आँखाअगाडि नै हत्या गरियो।

त्यसैले, मेरो लागि आज दाशाको जन्मदिन मात्र नभई युद्धमा परी मृत सैनिक पत्रकारहरू, सबै युद्ध संवाददाता र मिडिया कर्मीहरूलाई सम्झने दिन पनि हो। यो मेरो व्यक्तिगत त्रासदी हो। यो शोकको दिन हो।

केही अर्थमा, उनी नयाँ  पुस्ताको प्रतीक बन्ने भएकी छन्। ती साधारण रूसी केटा-केटीहरूको प्रतीक जसले सही क्षणमा भावना र विचारको सबैभन्दा शसक्त मोर्चामा उभिए । दाशा एक दार्शनिक, विचारक थिइन्; उनले एक शानदार सम्पदा छोडेकी छन्। हामीले पहिले नै उनका पाँचवटा पुस्तक प्रकाशित गरिसक्यौं। ती पुस्तकमा उनका पत्रकारितासम्बन्धी लेख, नोभोरोसियामा गरेका यात्राहरूको अनुभव, हाम्रो ऐतिहासिक भूमिमा गरिएको भ्रमणको प्रतिबिम्ब, सीमा, युक्रेन, हाम्रो राज्यको भविष्य र आफ्नो पुस्ताको भविष्यबारेका विचारहरू समावेश छन्।

"केहीले अहिलेको समय  ज़ूमर पुस्ताको (Gen- Z) हो भन्ने गरेका छन्। तर चलाख वा तृष्ण ज़ूमर जेनेरेशन त्यो हो जसले प्लेटो पढ्छ, फ्लोरेन्स्कीलाई चिन्छ, अर्थोडक्स धर्मशास्त्र जान्दछ र ग्रीक दर्शनको अध्ययन गर्छ। उनीहरू ‘जनरेशन D’ हुन्, जसलाई हामी दारिया दुगिनाको पुस्ता भन्छाै। यो किताब, दर्शन, शिक्षा र विचारहरूको गहिरो संसारमा डुबुल्की मार्ने ज़ूमरहरूको पुस्ता हो। यो नयाँ रूसी पुस्ता हो जोअहिले सिर्जना, विकास र निर्माण भइरहेको छ। हाम्रो देश जटिल र नाटकीय परिस्थितिहरूमा आफैंलाई परिक्षित गर्दै उदाउँदैछ। र यसमा यो भन्दा फरक पर्दैन कि यी मानिसहरू अहिले अग्रपंक्तिमा छन् वा पछाडि छन्  तर देशलाई सहयोग गरिरहेका छन् । उनीहरूले यस युद्धलाई आफैभित्र स्वीकारेका छन्। यसको अर्थ, उद्देश्य, कारणहरूको मर्म बुझेका छन्। यसको गहिराइ अनुभव गरेका छन्। तिनीमध्ये धेरैले आफ्ना आदर्शका लागि जीवनसमेत समर्पित गरेका छन्।"

त्यही हो एउटा विचार जसलाई प्रष्ट भाषामा भन्नुपर्दा, जब तपाईं आफ्नो विचारको लागि मर्नुहुन्छ, तब विचारले तपाईंको जीवन बाँच्न थाल्छ।

पत्रकार रोस्तिस्लाभ झुरावलेभको कथाबाट प्रभावित भएँ, जो एक असाधारण व्यक्ति हुन् र उनको दशासँग नजिकको परिचय थियो। उनी मेलितोपोलको भ्रमण गरे, जहाँ हाम्रा महान् कलाकार अलेक्सी बेल्याएभ गिन्टोभ्टले दारिया दुगिनाको सडकमा ठूलो भित्तेचित्र निर्माण गरेका थिए।

रोस्टिस्लाभ यस भित्तेचित्रको अगाडि उभिएर भने: “म यो शपथ खान्छु,  दशा, तिमीले सुरु गरेको काम जारी रहनेछ। म अग्रिम मोर्चामा जाँदैछु, म तिम्रा पाइला पछ्याउनेछु, तिम्रो साहस, तिम्रा विचार, तिम्रो मुस्कान, तिम्रो सच्चाइप्रति विश्वासी रहनेछु।” र त्यसपछि उनको पनि हत्या भयो।

एक बलिदानले अनिवार्य रूपमा अर्को बलिदान तर्फ लिन्छ। एउटा साहसिक कार्य, एउटा पवित्र कार्यले अर्को पवित्र कार्यको ज्वाला बाल्छ। जसले अर्को साहसिक कार्यलाई सम्भव बनाउँछ। यो अत्यन्तै महत्वपूर्ण छ।

जब चार्ली किर्क अमेरिकामा मारिए, केही अमेरिकी पत्रकारहरूले भनेका थिए कि किर्क माथि त्यसै हुन जानेछ जुन दशा दुगीना माथी भएको थियो। यदि दशा रूसका युवाहरूका लागि एक चेतना क्षण बनेकी थिइन्, उनले यो बुझिन् कि उनीहरू को हुन्? आफ्नो मातृभूमि रूस, वीरता, अर्थोडक्स धर्म र विचारप्रतिको निष्ठाले के अर्थ राख्छ? उनीहरूले यो दावी गरे कि दाशाले जस्तैः किर्कले पनि हजारौं अमेरिकीहरूलाई जागरुक बनाउनेछन् र उनीहरूलाई सोच्न बाध्य पार्नेछन्।

किर्क पनि एक संरक्षणवादी थिए र उनीहरूको विचारहरू केही हदसम्म एकअर्कामा मिल्दा-जुल्दा थिए। दुवै परम्परागत मूल्यहरूको समर्थक थिए। दशा पनि परम्परागत मूल्यहरूको सक्रिय समर्थक थिइन् र सो सम्बन्धित निर्णयको समर्थन गर्थिन।

तर अमेरिकामा यसबाट केही भएन। त्यसपछि “Turning Point USA” आन्दोलनलाई कसले वित्त पोषण गरिरका थिए, को संलग्न थियो र को किर्कको आन्तरिक शत्रु साबित भए  भन्ने कथा सुरु भयो। अर्कोतर्फ, चार्ली किर्कसँग सम्बन्धित सम्पूर्ण कथा जसले हलचल मच्चायो र अमेरिकी रुढिवादीलाई चेतना दियो तर छिट्टै फिस्स भयो। अब त मानिसहरू प्रश्न गर्दै छन्: ऊ कहाँ दफन गरिएको छ? सबै कुरा टुट्यो किनभने चार्ली किर्क निश्चय नै एक राम्रो व्यक्ति भए तापनि  मुटुबाट नगरिएको कुनै पनि काम, केवल औपचारिक रूपमा गरिएको कुनै पनि काम लामो समय टिक्दैन। चार्ली किर्क जस्ता राम्रो व्यक्तिको मृत्यु र हत्या पनि केही परिणाम ल्याएन।

तर दशाको मृत्युले केही न केही ल्यायो। यसले हाम्रो जनताको महत्वपूर्ण हिस्सालाई जागृत गरायो। हामीले पाएको यो चोट सबैले महसुस गर्यो। हाम्रो सम्पूर्ण राष्ट्रले महसुस गर्यो। यस त्रासदीप्रति कोही पनि उदासीन रहन सकेन।

यद्यपि, पक्कै त्यस्ता मानिसहरू छन् जो सुधारभन्दा पर देखिन्छन्। तर मेरो  विश्वास हराएको छैन। हेर्नुहोस्! हामी सबै भगवानद्वारा सिर्जना भएका हौं। सम्भवत: हामीमा अझै केही मानवीय पक्षहरु बाँकी छन्। त्यसैले, म विश्वास गर्छु कि विशेष सैन्य अपरेशनप्रति मानिसहरूले फरक दृष्टिकोण राख्न सक्छन्। तर यो जवान, सुन्दर, प्रेरित छोरीको मृत्यु, जसले कहिल्यै हातहतियार उठाइनन् र कुनै संघर्षमा भाग लिइनन्। यस कुनै सभ्य मानिस, विवेकशील र आत्मा भएको व्यक्तिलाई असर गर्न नसक्ने कुरा होइन। यसले राष्ट्रपति देखि साधारण मानिससम्म सबैलाई प्रभावित गर्यो।

यसको प्रमाणको रूपमा, राष्ट्रपतिले दासालाई 'साहसको आदेश'ले सम्मानित गरे। साधारण मानिसहरू पनि जब मलाई भेट्छन्, अझै आफ्नो सहानुभूति व्यक्त गर्छन्। तीन वर्ष बितिसक्यो, तर उनको स्मृति अझै जीवित छ।  हाम्रा हरेक वीर, पत्रकार र सैनिकहरूको सम्झना हाम्रो हृदयमा सधैं जीवित रहन्छ।  यही हाम्रो सशक्त शक्ति हो।

विचारहरू महत्त्वपूर्ण हुन्छन् रक्तरञ्जित विचारहरू अझ बढी महत्त्वपूर्ण हुन्छन् । यी विचारले  संसारलाई गतिशील बनाउँछन्।

त्यसैले पत्रकार वास्तवमा केवल समाचार दिने वा जानकारी दिने व्यक्ति मात्र होइन। पत्रकार युद्धवीर हुन्। मिशनमा जाने वा विचारहरूको दुनियाँमा युद्धमा जाने व्यक्ति हुन्। यदि कसैले यस्तो महसुस गर्छ कि उनीहरु ईमानदार छैनन्,  कुनै गलत कार्यको लागि काम गरिरहेका छन्भने उनीहरुको विश्वास तुरुन्त हराउँछ

त्यसैले आजको दिनमा हामीले युद्ध संवाददाताहरूलाई सम्झौं: अद्भुत भ्लाद्लेन तातार्स्की, जो दाशाको साथी थिए,  रोस्टिस्लाभ झुराभ्लेव र अरू सबै, साथै हाम्रा ती सहकर्मीहरू जसको २०१४ मा मृत्यु भयो। हामी ती व्यक्तिहरूलाई पनि सम्झौं जो अझै जीवित छन्। भगवानले तिनीहरूलाई दीर्घायु बनाओस।

अन्ततः, एक रूसी व्यक्ति, एक अर्थोडक्स ख्रीष्टियनको लागि, केवल बाँच्नु आफैँमा लक्ष्य होइन। बाँचिरहनु अझै कम हो। मानवीय गरिमासाथ बाँच्नु पर्छ, आफ्नो अन्तरात्मासँग बाँच्नु पर्छ, सम्मान र गहिराइसाथ बाँच्नु पर्छ, खासमा मानवतापूर्वक बाँच्नु पर्छ। ख्रीष्टका लागि, चर्चका लागि, मातृभूमिका लागि बाँच्नु पर्छ। अर्थात्, केवल बाँच्नुको लागि होइन, तर केही उद्देश्यका लागि बाँच्नु पर्छ।  यदि मानिसहरूलाई जीवनको यस उच्च उद्देश्यसँग समस्या छ भने ती मानिसहरू दयनीय हुन्छन्। त्यसपछि तिनीहरूको जीवन जीवन हुँदैन। केवल अर्थहीन, दैनिकी जस्तो अस्तित्व मात्र हुन्छ।

तर हाम्रा ती नायकहरूको लागि जसले जाज्वल्यमान भएर स्वर्गमा प्रवेश गरे, तिनीहरूले आफ्नो लागि शाश्वत जीवन सुरक्षित गरेका छन्। आफ्नो लागि मोक्ष सुरक्षित गरेका छन्। तिनीहरू ताराजस्तै चम्किरहेका छन्। तिनीहरूको आत्मा अमर छ। यी केवल शब्द होइनन्, यो धर्मको सत्य हो, यो विश्वासको सत्य हो, यो हाम्रा इतिहासको सत्य हो। अन्यथा केही हुन्थेन: राज्य हुन्नथ्यो, चर्च हुन्नथ्यो, संस्कृति हुन्नथ्यो र यदि हाम्रा पुर्खाहरूको लक्ष्य केवल जीवन धारण गर्नु वा अस्तित्वमै सिमित हुन्थ्यो भने हामीमध्ये कोही पनि अस्तित्वमा हुन्नथ्यौं।

रूसी समाज आफ्नो उच्च लक्ष्यतर्फ अघि बढ्दैछ। सायद हामी यसलाई पूर्ण रूपमा महसुस गर्दैनौं। तर हामी सबैले अन्तर्ज्ञानले महसुस गर्नेछौं।  यसरी हाम्रा पत्रकार र सैनिकहरू, जसले यस मार्गका निम्ति आफूलाई बलिदान गरेका छन्। तिनीहरु  निरन्तर आफ्नो अस्तित्व, उपस्थिति र अमरत्वमार्फत हामीलाई यस मार्गबारे उजागर गर्दै छन्। दाशा तिनीहरू मध्ये एक हुन्।

अनुवाद : मोहनप्रसाद ज्ञवाली