ट्रम्पवाद र अमेरिकी मूल्यहरूको पतनबीचको संघर्ष

सन् २००० को सुरुमा मस्कोमा मैले  भेटेका लिन्डन ला रुश विभिन्न विषयक्षेत्रमा गहन सैद्धान्तिक दृष्टिकोण राख्ने एक प्रखर विचारक थिए। उनी आधुनिक बौद्धिक समाजद्वारा धेरै हदसम्म उपेक्षित रहेका एक जटिल व्यक्तित्व थिए। अर्थनीतिको क्षेत्रमा उनले फ्रेडरिक लिस्टको आर्थिक राष्ट्रवादी सिद्धान्त र "विशाल भौगोलिक क्षेत्रको स्वायत्त अर्थतन्त्र" को अवधारणालाई समर्थन गरेका थिए। उनको मतानुसार, बेलायती उदारवादी वैश्वीकरण (शुद्ध वैश्वीकरण) लाई अमेरिकी राजनीतिक-सांस्कृतिक संरचनाबाट अस्वीकार गर्नु सबैभन्दा बुद्धिमत्तापूर्ण निर्णय हो।

संयुक्त राज्य अमेरिकाका तीन मुख्य संरचनात्मक समस्याहरू छन्: सामाजिक असमानता, शिक्षाको अवनति र स्वास्थ्य सेवाको गिरावट। यी सबैको मुख्य जड डेमोक्र्याटहरूमा देखिन्छ। उनीहरूले समस्यालाई समाधान गर्न आगोमा पेट्रोल खन्याए। ‘वोक’ विचारधारा, ठूलो मात्रामा आप्रवासनको समर्थन र विशाल औषधि कम्पनीहरूको एकाधिकारको संरक्षणले परिस्थितिलाई झन् जटिल बनायो।

अब, ट्रम्पका समर्थकहरूले तीन प्रमुख समस्याहरूसँग सामना गर्नुपर्छ: अन्याय, सांस्कृतिक पतन र विनाशकारी स्वास्थ्य सेवा प्रणाली। तिनीहरूको बाटोमा यी चुनौतीहरू छन्। मेरो विचारमा, बामपन्थी रणनीतिबिना र स्वतन्त्र बजारको सरल पूँजीवादी विचारधाराबाट मुक्ति पाउन असम्भव छ। राष्ट्रप्रति अटुट प्रेम, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको बलियो आधार नै विकासको वैकल्पिक मार्ग हुन सक्छन्।

एक दिन अमेरिकामा यस्तो क्षण आउनेछ, जहाँ अमेरिकाको समृद्धि, सुरक्षा, महानता र स्वतन्त्रता वा उदार लोकतन्त्र, विश्वव्यापीकरण र ‘डीप स्टेट। यी दुईमध्ये एक रोज्नुपर्नेछ। डेमोक्र्याटहरू त पतनको दिशामा छन्। उनीहरूलाई नयाँ दलको आवश्यकता छ। वर्तमान दल निष्क्रियता, क्षय, भ्रष्ट्राचार र कर बोझको प्रतीक मात्र बनेको छ।

वैश्विकवादीहरूले उत्पादन विदेशतर्फ सार्ने रणनीति एक प्रकारको छल थियो। अहिले अमेरिका पूर्णरूपमा बाह्य आपूर्ति (वा आयात) मा निर्भर छ। अमेरिकी नागरिकहरूको बहुसंख्यक भाग सेवा क्षेत्रको रोजगारीमा छन्। उत्पादनशील कार्यहरू पर्याप्त छैनन्। वास्तविक उत्पादनशील श्रमिकहरू नै अभाव छ।अहिले अमेरिकी समाज पूर्ण पतनको दिशामा छ। यो परजीवी समाज बनेको छ।

अमेरिकी श्रमिकहरूको हितमा युनियनहरूको संघर्ष महत्त्वपूर्ण र सकरात्मक छ। आधुनिक पूँजीवाद विकृत र घृणित छ।

अनुवाद : मोहनप्रसाद ज्ञवाली