उदारवादी जातिवादको अस्वीकृती र वास्तविक पहिचानको पुनः प्राप्ति
Primary tabs
अलेक्जेन्डर दुगिनले यस लेखमा उदारवादी जातिवाद र वैश्वीकरणबाट हुने समरूपताको विरोध गर्दै सामूहिक जातीय र सांस्कृतिक पहिचानको सम्पन्नतालाई जोड दिएका छन्।
हामीले DEI (विविधता, समानता, समावेशिता) को अन्त्य गर्नुपर्छ। यसको मतलब यहाँ मानिसहरूका, विभिन्न जातिहरू, संस्कृतिहरू, सभ्यताहरू, धर्महरू छन् – तर सदा बहुवचनमा। साथै यी पहिचानहरू जहिले पनि सामूहिक हुन्छन्। कहिल्यै व्यक्तिगत हुँदैनन्।
गोरो हुनु भनेको पूरै शून्य विशेषता हो। ठीक त्यस्तै गरी कालो, पहेँलो वा हरियो हुनु पनि। अर्थ त्यहाँबाट शुरु हुन्छ जब अंग्रेज, फ्रेन्च वा रुसी हुन्छ। त्यो सकारात्मक रुपमा सांस्कृतिक, ऐतिहासिक, भाषिक, आध्यात्मिक पहिचान हो। त्यस्तै गरी चिनियाँ, फुलानी, सिउक्स, माओरी हुनु पनि।
जातीयता एक महान कुरा हो। नश्ल भनेको केहिपनि होइन। यो एउटा वृहत् सामान्यीकरण हो। जसले पहिचानको भावना र अर्थबारे सामान्यतया केही पनि भन्दैन। सबैभन्दा गरिब मानिसहरू अफ्रो-अमेरिकी हुन्। शासकहरूले उनीहरूको योरुबा, फोन, बान्तुजस्ता पहिचानलाई जानाजानी नष्ट गरेका छन्।
कालो जातिको अवधारणा सुरुबाटै औपनिवेशिक, अपमानजनक र अपहेलना गर्ने खालको थियो। यो केवल अस्वीकृति थियो। जसको अर्थ गोरो नभएको भन्ने हो। गोरो जाति पनि खाली त्यस्तै नकारात्मक अवधारणा हो। जसको अर्थ मात्र कालो नभएको हो। यी सबै प्रकारका जातिवाद—गोरो र आलोचनात्मक—जघन्य र घृणित छन्।
जातिवाद त्यो कृत्रिम अवधारणा हो जुन उदारवादिहरूले सिर्जना गरेका हुन्। जसले मानिसहरूको नैतिक पहिचानलाई अस्वीकार गर्छन्। यो एउटा कृत्रिम अवधारणा हो। यो एक वैश्विकतावादी सिद्धान्त हो। अमेरिका र अमेरिकी जनताको अवधारणा उदारवादी जातिवाद र उदारवादी व्यक्तिवाद दुवैभन्दा टाढा धेरै आकर्षक छ।
सेतो हुनु एकदमै निरर्थक विशेषता हो। ठीक त्यसरी नै कालो, पहेँलो, वा हरियो हुनु पनि। यसको अर्थ तब सुरु हुन्छ जब तपाईं अङ्ग्रेजी, फ्रेन्च, जर्मन, वा रुसी हुनुहुन्छ। त्यो सकारात्मक सांस्कृतिक, ऐतिहासिक, भाषिक र आध्यात्मिक पहिचान हो। त्यस्तैगरी चिनियाँ, फुलानी, सिउ, वा माओरी हुनु पनि त्यस्तै हो।
कुनै सफेद भाषा छैन। इन्डो-युरोपीय भाषाहरूको विविधता छ। अंग्रेजी, ल्याटिन, ग्रीक, रसियन, सेल्टिक, साथै फारसी, हिन्दी, ताजिक, पश्तु (अफगानी), उर्दू (पाकिस्तानी)। अफगान वा पाकिस्तानी गिरोहहरू इन्डो-युरोपीय छन्। सेतो? मौलिक रूपमा हो।
जातिवादी हुनु भनेको इतिहास, संस्कृति, भाषा, जातीयता, परम्परा र सांस्कृतिक ज्ञानबारे सम्पूर्णरूपमा अज्ञानी र अयोग्य व्यक्ति हुनु हो। जातीयता, परम्परा, संस्कृति र साझा पहिचान यी सबै पूर्णतः भिन्न अर्थ राख्ने कुरा हुन्। हाम्रा शत्रुले यी सबैलाई एउटै फोहोरको डब्बामा राख्ने प्रयास गर्छन्। म सबै प्रकारका जातिवादको कडाइका साथ विरोध गर्छु।
तर आफ्नो ऐतिहासिक जरा भएका भूमिमा बस्नु कुनै पनि मानिसको लागि प्राकृतिक कुरा हो। पश्चिमी देशहरूका लागि पश्चिम, बाँकीका लागि उनीहरूको आफ्नै स्थान, अफ्रिकाका लागि अफ्रिका, चीनका लागि चीन, युरेसियाका लागि युरेसिया।
सबै प्रकारका सार्वभौमिकता भौगोलिक रूपमा सीमित छन्। कुनै पनि सार्वभौम सत्य छैन। सबै सत्यहरू सांस्कृतिक पूर्वअवस्थामा आधारित छन् र सभ्यताको आधारमा निर्भर हुन्छन्। म रुसको अर्थोडक्स क्रिश्चियन सभ्यतासँग सम्बन्धित छु। म त्यसमा मेरो सत्यलाई स्वीकार गर्छु। मेरो लागि क्राइस्ट भगवानको छोरा र भगवान हुनुहुन्छ।
तपाईंले यदि यो स्वीकार गर्नुहुन्छ भने तपाईं रुसी हुनुहुन्छ। यदि होइन भने, तपाईं अरू केही हुनुहुन्छ। बाँकी सबै उपनिवेशवाद र विश्ववाद हो। अमेरिका अमेरिकनहरूको लागि हो। तीनिहरुका लागि जो आफूलाई अमेरिकन मान्छन्। जो अमेरिकी भई श्वास फेर्दछन्। बोल्छन् र सोच्दछन्।
आप्रवासनको भ्रम र थोपर्ने अनिवार्य मिश्रण भनेको विश्वव्यापी सत्ताधारीहरूको हतियार हो। जसले पहिचान, जनताको अस्तित्व र नैतिक संस्कृतिहरूलाई नष्ट गर्न प्रयास गरिरहेका छन्। तिनीहरूले यस्तो प्रजाति सिर्जना गर्छन् जसलाई रोबोटद्वारा सजिलै साट्न सकिन्छ। जाति र संस्कृतिको अभावमा रहेको प्राणी शुरुमा नै प्रायः रोबोट जस्तै हुन्छ। त्यो दास मानव जस्तै हो।
भारत हिन्दूहरूको लागि।
युक्रेनको लागि सबैभन्दा उत्तम समाधान - ट्रम्पले घोषणा गरे: यो मेरो युद्ध होइन। यहीं कुरा मुख्य हो। बाँकी सबै मस्को, कीव, युरोपियन संघका लागि हो। यसमा अमेरिका बाहिर छ।
म सबै प्रकारका श्रेणी व्यवस्था (hierarchy) का बिरुद्ध छु। यस्तो कुरा हुन सक्दैन।
एथ्नोस(जातीयता) एक महान कुरा हो। नश्ल (जात) विल्कुलै महत्वहिन कुरा हो। यो एकदमै सामान्य अनुमान हो जसले पहिचानको अर्थ र भावनासँग कुनै सराेकार राख्दैन। सबैभन्दा गरिब मानिसहरू अफ्रो-अमेरिकीहरू हुन्। मालिकहरूले जानी बूझी उनीहरूको युरोबा, फन, बान्तु जस्ता जातीय पहिचानहरूलाई नष्ट गरेका छन्।
जातिवाद केवल ती व्यक्तिहरूबाट उत्पन्न हुन्छ जसको इतिहास, संस्कृति र भाषा विषयमा कुनै समझदारी हुँदैन। जातीयता, परंपरा, संस्कृति र सामूहिक पहिचान सबै पूर्णतया फरक विषयहरू हुन्। हाम्रा शत्रुहरूले यी सबै कुरा एउटै हुन भनेर जालझेलपूर्णतरिकाले मिसाउँछन्। म सबै प्रकारका जातिवादका विरुद्धमा छु।
अनुवाद : मोहनप्रसाद ज्ञवाली