वैश्वीकरणको पर्दाफास: चक्रब्यूहको पछाडि सामूहिक राक्षस

अलेक्जेन्डर दुगिनले यस लेखलमा पश्चिममा रहेको दुई परस्परविरोधी शक्तिहरूबीचको भिन्नता प्रस्तुत गरेका छन्। पहिलो, उदारवादी अभिजात वर्ग र उनीहरूको प्रभावको जालको प्रतिनिधित्व गरिएको "राक्षसी-पश्चिम," जसलाई वैश्वीकतावादी शक्ति मानिन्छ। दोस्रो, "मागा-पश्चिम," जुन यसका विरुद्ध खडा भएको शक्तिशाली समूह हो। उनी तर्क गर्छन् कि यी पहिचानहरूबीचको संघर्षलाई बुझ्न वैश्विक शक्तिको वास्तविक स्वरूप र सार्वभौमिकताको लागि संघर्षलाई केन्द्रमा राख्नुपर्छ।

बाइडेन, ह्यारिस, ओबामा, स्टार्मर, म्याक्रोन, जर्ज सोरोस, स्कोल्ज, ट्रुडो, श्वाब, हिलारी अलग व्यक्ति होइनन्, तर उनीहरु एउटै राक्षसका अनेक पाखुरा हुन्। जेलेन्स्की तिनै राक्षसको छालामा भएको फोका मात्र हो। अहिले ट्रम्प र इलोन मस्कले त्यस दलदलमा रहेका राक्षसका गुप्त आकृति पत्ता लगाइरहेका छन् र त्यसलाई प्रकट गर्दैछन्।

राक्षस चिच्याउँछ र प्रतिकार गर्न खोज्छ। यो दयनीय छ - राक्षसविरुद्ध मागाको संघर्ष। यहाँ मागा भनेको अमेरिकामा वैश्वीकीकरणको युग सुरु हुनु भन्दा पहिलेका नीतिहरू र अभ्यासहरूमा फर्कनुपर्छ साथै आप्रवासनमा कडा नियम लगाउने माग गर्दै गरिएको अमेरिकी राजनीतिक आन्दोलन भन्ने बुझ्नु पर्छ। जसको नेतृत्व डोनाल्ड ट्रम गर्दछ्न।

मैले एउटा मनोवैज्ञानिक विशेषता ध्यान दिएको छु: अमेरिकनहरू, जसमा राष्ट्रप्रेमी र असहमति जनाउनेहरू पनि छन्, "प्रतिबन्ध" भन्ने शब्दलाई घृणा गर्छन्। वोक (जसलाई रूढ़िवादीहरूको मुख्य शत्रु मानिन्छ)लाई प्रतिबन्ध लगाउनको लागि गरेको आह्वानले कुनै उत्साह उत्पन्न गर्दैन।

वोकिस्टहरू यसको विपरीत रद्द र सेंसर गर्न मन पराउँछन्। सायद त्यस्ता धेरै अमेरिकन छैनन् होला?

एलन मस्कले http://x.com मा टेन्टकल्सलाई आक्रमण गर्छन्। अब प्रश्न उठाउने समय आएको छ। यदि सबैलाई थाहा छ कि यी टेन्टकल्स मात्र हुन् भने वास्तविक राक्षसको नाम के हो? हामी कुन राक्षसका टेन्टकल्ससँग सामना गरिरहेका छौं?

रुसी दृष्टिकोणबाट हेर्दा यो "सामूहिक पश्चिम" जस्तै देखिन्थ्यो। ओबामा, निओकन्स, बाइडेन युग र अधिकांश युरोपेली नेताहरूको समयमा पश्चिम (अमेरिका, युरोपियन संघ, नेटोल्याण्ड) को व्यवहारले यसलाई पुष्टि गर्‍यो। तर अहिले पूरा तस्वीर नाटकीय रूपमा फेरिएको छ।

पश्चिम दुई प्रकारको छ। पहिलो पश्चिम, विश्वव्यापी उदारवादी राक्षसको हो। तर अर्को पश्चिम देखापरिरहेको छ, जुन हो मेगा-पश्चिम।

त्यसैले, अब पश्चिमको एउटै पहिचान छैन। “पश्चिम” भन्ने नाम अब उपयुक्त छैन। मेगा-पश्चिम र दुष्ट वा राक्षस-पश्चिम। तर यस राक्षसलाई अर्को नाम दिनुपर्छ। स्टार्मर, म्याक्रोन, ट्रुडो, स्कोल्ज यस राक्षसका भाग मात्र हुन्, यो त केवल सतह हो।

रूसी दृष्टिकोणबाट यो “सामूहिक पश्चिम” जस्तो देखिन्थ्यो। ओबामा, नियोकोन, बाइडेनको युगमा अमेरिका, युरोपियन युनियन, नेटोल्यान्डको व्यवहारले यसलाई प्रमाणित गर्‍यो। तर अहिले सम्पूर्ण चित्र निकै परिवर्तन भएको छ।

पश्चिम दुई प्रकारका छन्। पहिलो प्रकारको पश्चिम विश्वव्यापी उदारवादी राक्षसको हो। तर दोस्रो प्रकारको पश्चिम पनि देखापर्दैछ त्यो हो - MAGA-पश्चिम।

यसरी,पश्चिमको केवल एक पहिचान छैन, अब दुई छन्। त्यसैले "पश्चिम" भन्ने नाम अब सही छैन। MAGA-पश्चिम र राक्षस-पश्चिम। तर यो राक्षसको अर्को नाम हुनुपर्छ। स्टार्मर, माक्रों, ट्रुडो, र स्कोल्ज यो राक्षसका शरिरिक भाग हुन्। केवल अंगहरू, सतह।

जर्ज सोरसको संरचना स्नायुतन्त्र हो। तर पर्दा पछाडि केही अझै भयानक र भयावह कुरा हुनुपर्छ। त्यस्तो केही जसले सम्पूर्ण पश्चिमी राक्षसलाई एकसाथ बाँधेर राखेको छ। यसलाई उचित नाम दिनु आवश्यक छ। एलोन मस्कले टेन्टाकल्समा गरेको DDoS आक्रमण यसलाई बुझ्न र अनुसन्धान गर्ने  उत्कृष्ट अवसर हो।

यसर्थ, अब पश्चिमका दुई पहिचानहरू छन्। त्यसैले "पश्चिम" नाम अब सही रहेन। MAGA-पश्चिम र राक्षस-पश्चिम। तर यस राक्षसको अर्को नाम हुनुपर्छ। स्टार्मर, म्याक्रोन, ट्रुडो, र स्कोल्ज त्यस राक्षसका शरिरका केवल भागहरू, अङ्गहरू र सतह मात्र हुन्।

अनुवाद: मोहनप्रसाद ज्ञवाली