विचारधाराको मुद्दामा

चौथो राजनीतिक सिद्धान्ततर्फको कोर्स

साँचोमा, अहिले हामी ३५ वर्षमा तेस्रो पटक विचारधारा परिवर्तन गर्दैछौं।
९० को दशकको सुरूवातसम्म समाजमा मार्क्सवाद-लेनिनवादको तानाशाही थियो। यो अनिवार्य थियो र (अधिकारिक रूपमा भए पनि) सबै कुरा त्यसैमा आधारित थियो - राजनीति, अर्थव्यवस्था, विज्ञान, शिक्षा, कानुन। वास्तवमा सबै कुरा।

९० को दशकको सुरुवातमा एउटा वैचारिक परिवर्तन भयो। उदारवादी-पश्चिमावादी (सुधारकहरू) ले सत्ता कब्जा गरे। उदारवादी वैचारिक तानाशाही स्थापित भयो। अब पश्चिमी उदारवादी मापदण्डहरू अनुसार सबै कुरा फेरबदल गर्न थालियो - राजनीति, अर्थतन्त्र, विज्ञान, शिक्षा, कानुन। उदारवादलाई एक मात्र सही सिद्धान्त मान्न थालियो।

पुटिनले सत्तामा आएपछि पहिलो चरणमा उदारवादीहरूको वैचारिक तानाशाहीलाई खारेज गरेनन्। तर राज्यको सार्वभौमिकतालाई (उदारवादी, पश्चिमावादी) सम्मान गर्न माग गरे। हामी उदारवादको परिप्रेक्ष्यमा नै रहिरहिँऊ। तर सार्वभौमिकतामा जोड दियौं। सुर्कोवले यसलाई "सार्वभौम प्रजातन्त्र" भने। उदारवादको वैचारिक आदेश कायम रह्यो।

शुद्ध उदारवादीहरूले पुटिनले प्रस्तावित सार्वभौमिकताको मार्गप्रति दुई प्रकारले प्रतिक्रिया दिए: केहीले उदार पश्चिमको पैसामा र पश्चिमी गुप्तचर सेवाहरूको निर्देशनमा विरोध गर्न थाले (पाँचौं स्तम्भ)। जबकि अरूले पुटिनसँग विवाद गर्न आँट गरेनन्। छलाङ मार्न थाले। लुकेर बसे र चुपचाप तर लगातार सार्वभौमिकताको मार्गमा अवरोध पुर्‍याउन थाले (छैटौं स्तम्भ, सिसलिबहरू)।

सैनिक विशेष अपरेशनको सुरुवातसँगै पाँचौं स्तम्भको अन्तिम दमन भयो र छैटौं स्तम्भको सफाइ सुरु भयो। केही सिसलिबहरू (जस्तै चूबाइस आदि) तनावमा परे र इजरायल तथा लन्डन तिर भागे। धेरै धुर्तहरू गहिराइमा लुके।

तर वास्तविक विचारधारात्मक परिवर्तन अहिले मात्र सुरु भयो। जब यो स्पष्ट भयो कि क्रिमिया सधैंका लागि हाम्रो हो। त्यस्तैकिसिमले फिर्ता गरिएका पुराना भूमि फिर्ता गर्न विजयसम्म युद्ध लडिनेछ। सैनिक विशेष अपरेशन कुनै प्राविधिक गल्ती होईन जसलाई पश्चिमी लिबरलहरूसँगको सम्बन्धमा सोच्न सकिन्छ। तर यो एक अपरिवर्तनीय विभाजन हो। लिबरल विचारधाराको तानाशाही समाप्त भएको छ।

कम्युनिज्मबाट लिबरलिज्ममा रूपान्तरण गर्नु सजिलो थियो किनकि पश्चिमबाट मार्गदर्शन, निर्देशन र पाठ्यपुस्तकहरू पाउन सकिन्थ्यो। त्यतिमात्र होईन, ती मात्र नि:शुल्क थिएनन त्यसको साथमा, उनीहरूले सीआईए, स्टेट डिपार्टमेन्ट र सोरोस जर्ज सोरस (ओपन सोसाइटी फाउन्डेसन)बाट थप भुक्तानी पनि पाउँथे।

उदारवादबाट रुसी विचारधारातर्फ जानु कठिन छ। न त कम्युनिज्ममा फर्किन सम्भव छ (यद्यपि, यहाँ चाहिन्छ पनि भनिएको छैन), न त रूढिवादी राजतन्त्रमा (तिनीहरूले त्यहाँ मानिसहरूलाई हस्तक्षेप गरेर आमन्त्रित गर्दैनन्, तर सबैले पहिले नै यसको अर्थ बिर्सिसकेका छन्)। स्वयंसेवकहरू राम्रा छन्, तर त्यो विचारधारा होइन।

तेस्रो रूसी विचारधाराका लागि कुनै विधीपत्र, निर्देशनहरू वा पाठ्यपुस्तकहरू छैनन्। एउटा कुरा स्पष्ट छ - न कम्युनिज्म, न उदारवाद। तर यो फासिवाद पनि होइन - हामी युक्रेनमा फासिवादसँगै युद्ध गर्दैछौं।

त्यसैले, हामीलाई पश्चिम भन्दा पहिलेको केही मूलभूत कुरा पुनर्जागृत गर्नुपर्छ। जुन रूसी पहिचानको आधारमा रहेको छ। मुख्यतः यसलाई नयाँ र सिर्जनात्मक रूपमा भविष्यमा प्रक्षेपण गर्नुपर्छ। यसलाई एक प्रकारको रूसी देशभक्तिपूर्ण साम्राज्यवादी भविष्यवाद भन्न सकिन्छ।

यसका प्रमुख आधार परम्परागत मूल्यहरू, ऐतिहासिक ज्ञान, बहुध्रुवीय विश्वको मार्ग, र रूसलाई एक राज्य-सभ्यताको रूपमा स्थापित गर्ने सिद्धान्त हो। यो पक्कै पनि कम्युनिज्म, उदारवाद, वा फासिज्म होइन। यो चौथो राजनीतिक सिद्धान्त हो। यही हालै भइरहेको वैचारिक रूपान्तरण हो। यो कट्टर उदारवादको पतन तथा अन्त्य हो।  तर, यो कम्युनिज्म वा राष्ट्रियतावाद (फासिज्म) संलग्न नभएर निर्माण गर्ने हो। किनकि ती पनि युरोपेली आधुनिकताको पश्चिमी राजनीतिक सिद्धान्तहरू हुन्। यो न त रूपले रूसी हो, न अर्थले नै। अब हामीलाई रूसी चाहिन्छ। हामीलाई मात्र  रूसी।

यो मोड अपरिहार्य छ साथै यसमा न त कुनै अधिकारीको मनोमानी हुन्छ, न कुनै वैचारिक समूहहरूको उपस्थिति। सार्वभौम रूससँग सार्वभौम विचारधारा हुनैपर्छ। यो चर्चाको विषय होइन, यो त्यसरी नै स्थापित हुन्छ, जस्तो कि पहिलाका बोल्शेविकहरूको आदेश वा ९० को दशकको निजीकरण।

 

अनुवादक : मोहनप्रसाद ज्ञवाली