Russia
"पुटिनले सम्पूर्ण युक्रेन चाहन्छन्": ट्रम्पको अभिव्यक्तिबारे दुगिनको विश्लेषण !
रूसका उदारवादी विध्वंसकहरू
सर्गेई लाभरोभले अन्ततः त्यो कुरा स्वीकार गरेका छन्, जुन विषयमा म लगायत धेरै विद्वानहरूले वर्षौंदेखि लेख्दै आएकाथियौं कि रूसमा सन् १९९० को दशकबाट बाँकी रहेको एक किसिमको कुलीनतन्त्र अझै पनि सक्रिय छ। जसले राष्ट्रप्रमुखको सार्वभौमिकतालाई सुदृढ गर्ने दृष्टिकोणसँग सहमति राख्दैन। यी अधिकारीहरूले रूसलाई फेरि एकपटक विश्वव्यापी संरचनाको हिस्सा बनाउने स्वप्न देखिरहेका छन्। तर त्यो विश्व अब बाँकी रहेन। यो उनीहरूको मानसिक पीडा मात्र हो। यसैले उनीहरूले पूर्णतः विनाशकारी दृष्टिकोण अख्तियार गर्छन् र हरेक क्षेत्रमा सार्वभौमिकताको प्रक्रियामा बाधा पुर्याउँछन्।
रूसी जनतालाई जागृत गराऊ!
विशेष सैन्य अपरेशन (SMO) को अन्त्यको प्रतिक्षामा रहेको चञ्चल भावना केही अशोभनीय हो। यहाँसम्म कि यसमा विकृत कुरा समावेश छ। विजयप्रति लक्ष्यित हुनु एउटा कुरा हो। यो प्रयास, बलिदान, वीरता र परिचालन हो। तर यो बिल्कुल पनि "यो छिटो सकियोस्" भन्ने होइन। यदि हामी नब्युँझिने हो भने, यो अन्त्य हुने छैन। त्यसको लागि समाजको सुतेको भागलाई ब्युँझाउन के आवश्यक पर्छ? हो मेरो विश्वास छ, कि यसको लागि प्राकृतिक र कृत्रिम दुवै कारणहरू छन्।
पश्चिम समाप्त भयो: रूस र अमेरिकाले विश्वमानचित्रको पुनःनिर्माण गरिरहेका छन्
राष्ट्रपति पुटिन र राष्ट्रपति ट्रम्पले अन्ततः फोन संवादको थालनी गरे यो विषय उल्लेखनीय छ। दुई ठूला शक्ति राष्ट्रका नेताहरूले संवादको थालनी गर्नु, साँच्चै एक महत्वपूर्ण प्रगति हो। स्वाभाविक रूपमा, उनीहरूबीचको छलफल विश्व व्यवस्था सम्बन्धी मुद्दाहरूमा केन्द्रित थियो। दुई ठूला शक्ति राष्ट्रका नेताहरूले जबसम्म विश्व व्यवस्थाका लागि नयाँ मापदण्डहरू परिभाषित गर्दैनन् तवसम्म सानातिना विषयहरूमा कुरा गर्नुको कुनै औचित्य हुँदैन।
पुटिनको भूराजनीतिक क्रान्ति
अलेक्जेन्डर दुगिन: पुतिनको भलदाय भाषण – एक भविष्यवाणी
आज भ्लादिमिर पुटिनको भलदाय क्लबको बैठकमा गरेको भाषणलाई सगाैरव भन्न सकिन्छ कि याे एक इतिहासकै महत्वपूर्ण घटनाको रूपमा लिन सकिन्छ। कुनै समयमा, चर्चिलको फुल्टन भाषणले शीतयुद्धको सुरुवात गर्यो र इतिहासमा एउटा घटनाका रूपमा चिनियो। उनले त्यहाँ एक राष्ट्रको नेताले मानवताको भविष्यको बारेमा वर्णन गरेका थिए। तर त्यो भविष्य द्वन्द्व, कडा प्रतिस्पर्धा र दुई विचारधारात्मक शिविरहरूको टकरावको भविष्य थियो। आज हाम्रो राष्ट्रपतिले भने एउटा बिल्कुलै फरक भविष्यको वर्णन गरेका छन्। उनले नयाँ विश्व व्यवस्थाको संरचना, वा उनकै शब्दमा भन्नुपर्दा, नयाँ सृष्टि वर्णन गरे। जसलाई सिङ्गो मानवजातिले निर्माण गर्नुपर्ने छ। र यस सृष्टिका प्रमुख मापदण्डहरूको सूची तयार गर्नुपर्नेछ ।
रूसी सत्ताका अनिवार्य तत्व
विचारधाराको मुद्दामा
भविष्यका छ स्वयंसिद्ध सिद्धान्तहरु - एक बहु-ध्रुवीय विश्व':
नयाँ रूसी समाजको लागि एक आह्वान
रूसी इतिहाससँग प्रबुद्ध समाज
मास्को एक फ्रन्ट-लाइन सहर हो
सबैका लागि एक- हाम्रा नायकहरू कुन देशमा फर्कनेछन् ?
सबैले बुझेका छन् कि स्पेशल मिलिटरी अपरेसन (एसएमओ) को मोर्चामा रूसको एक नयाँ अभिजात वर्ग को निर्माण भइरहेको छ। यो बहादुरी (हेगेल) को सम्पदा हो। जुन राज्यलाई रिबूट गर्न हो । यो स्पष्ट छ कि मोर्चामा युद्ध नायकहरू पहिले नै भविष्यका स्तरहरूमा विभाजित छन्; शुद्ध योद्धाहरू, कमान्डरहरू, आविष्कारकहरू, सर्जकहरू, रणनीतिकारहरू र अर्थशास्त्रीहरू विभाजित छन् ।
अब अखिल रूसी विचारधारा मोर्चामा जन्मिएको छ !
निस्सन्देह एक विचारधारा बोकेका त्यहाँ त्यस्ता व्यक्तिहरू थिए जो पहिले नै स्वेच्छाले र सचेत रूपमा युद्धमा संलग्न भए । त्यहाँ विश्वस्त दक्षिणपन्थीहरू (अर्थोडक्स, साम्राज्यवादीहरू, सार्वभौमवादीहरू) छन् । त्यहाँ वामपन्थीहरू (स्टालिनवादीहरू, वैश्विकवाद विरोधीहरू)छन् । त्यहाँ एक बाम वा दक्षिणपन्थ एक राष्ट्रिय -बोल्शेविक छ। जे होस् प्रिगोजिनले धेरै हदसम्म बाम वा दक्षिणपन्थले प्रवचन-न्याय र शक्तिको आवाज उठाइरहेका थिए। त्यहाँ बाम वा दक्षिणपन्थी युरेशियनवादीहरू छन् । त्यहाँ कुनै पनि प्रकारको उदारवादीहरू छैनन् ।
नेपाल र रसिया बीचको सहकार्य ‘विकास र समृद्धिको आधार’
नेपाल दुई ठूला उदयीमान विश्वशक्ति चीन र भारतका बीचमा रहेको भू-रणनीतिक हिसाबले अति संवेदनशील देश हो। भारत र चीन बीचको सामिप्यता र परस्पर सहकार्यले Asia Pacific region को मात्र हैन,विश्वको शान्ति,स्थायित्व र विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। अहिलेसम्म अमेरिकाले विश्वमा लोकतन्त्र,शान्ति र मानवअधिकारको नाममा द्वन्द्व सृजना गर्ने, हतियार बिक्री गर्ने र कमजोर राजनैतिक परिस्थितिमा द्वन्द्वग्रस्त देशको प्राकृतिक स्रोतसाधन आफ्नो अनुकूल दोहन गरी अस्थिरता कायम गर्ने कार्य गरेको छ। यो कुरा अफ्रिकी र अरब देशहरुले महसुस गरिसकेका छन् जसको कारण यी क्षेत्रमा अमेरिकी उपस्थिति कमजोर बन्दै गएको छ साथै अमेरिकाको विरोधमा आवाज बढ्दै गएको छ।
जुछे, दुष्ट राज्यहरू र महान् मानवता
'डीपीआरके' सँग रूसको सम्बन्ध सुमधुर हुनु भनेको एक अद्भुत पहल हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका वंशाणुगत प्रमुख किम जोङ–उनबीच भएको भेटघाट र वार्ताले WEF (विश्व आर्थिक मञ्च) मा हलचल मच्चाएको थियो । पश्चिमा देशहरूले कुनै पनि हालतमा यो सम्बन्ध रोक्नुपर्छ तथा रूस र उत्तर कोरिया एक अर्का बीच कुनै पनि गतिविधिमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने टिप्पणी गरे ।
अल आउट वार
रूसका सहरहरूमा आज राति पश्चिमका आतंकारी शक्तिहरूको यूएभी आक्रमण (नेटोद्वारा हामीविरुद्ध लडेको युद्धको छायाँमा युक्रेन बढ्दो छ) विशेष गरी तीव्र थियो । आवाजहरू अन्ततः मौनमा रुपान्तरण भएका छन् । कसरी आउँछन्? कसले निगरानी गरेन ? अझ हामीले गतिलो तरिकाले हेर्नुपर्दथ्यो । सबैले अब के गर्ने भनेर सोच्न थालेका छन् ।
सार्वभौम अर्थतन्त्रलाई विदेशी व्यापार आवश्यक छैन
मेरो (दिवंगत) साथी मिखाइल युरिभ जो महान देशभक्त व्यापारी हुन्। उनले एकपटक मलाई एउटा प्रश्न सोधेः किन शून्य वैदेशिक व्यापार सन्तुलन नमुना हो, उदाहरणका लागि जुन देशले जति किन्छ उति बेच्छ (अर्थात आयातको मात्रा जुन परिमाणमा हुन्छ निर्यातको मात्रा पनि सोही परिमाणमा हुन्छ ? यो बाहिर जान्छ, उनले निष्कर्ष निकाले कि नमुना व्यापार (आदर्श) भनेको विदेशी व्यापारलाई शून्यमा झार्नु हो, यो धेरै राम्रो विषय भइ दियो कि जसका कारण उनले आफ्नो चासोको किताव 'Fortress Russia' रचना गरे । मुख्य विचार यो छः रूसले संसारबाट आफूलाई बन्द गर्नुपर्छ र हाम्रो परम्परागत रूसी मूल्यमान्यताहरूको आधारमा एक स्वायत्त समाज निर्माण गर्नुपर्छ । यदि तपाईं एक पूर्णरुपमा संतुलित वैदेशिक व्यापार चाहनुहुन्छ भने, यो गर्नुहोस् । त्यो चाहिँ सोचाईको एकदमै फलदायी मार्ग हो ।