युरोपको युद्धबाट ट्रम्प पछि हट्ने
Primary tabs

ट्रम्प पुटिनप्रति क्रोधित भएको भन्ने खबरहरू पूर्ण रूपमा अमेरिकी राष्ट्रपतिको भिन्न अभिव्यक्तिहरूसँगै सार्वजनिक भए। एक भिडियो सार्वजनिक गरियो, जसमा ट्रम्पले अत्यन्त आक्रामक स्वरमा व्यक्तिगत रूपमा जेलेन्स्कीलाई चेतावनी दिँदै उक्त सम्झौताबाट पछि हटेमा गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएका छन्। सो सम्झौता दुर्लभ पृथ्वीमा पाईने खनिजहरू तथा अन्य बहुमूल्य तत्व सम्बन्धी रहेको छ। जुन ट्रम्पका अनुसार अमेरिकाको नियन्त्रणमा आउनुपर्ने छ। यो भविष्यमा अमेरिकी सैन्य सहायता प्राप्त गर्नका लागि नभई अघिल्लो सहायताको आपूर्तिको भुक्तानी स्वरूप हुनुपर्ने उनको दाबी छ।
यसै बीचमा ट्रम्पले पुतिनले जेलेन्स्कीको आलोचना गरेकोमा अत्यन्त क्रोधित रहेको र रूसी तेल व्यापारमा दण्डात्मक प्रतिबन्ध दोब्बर गर्न तयार रहेको भन्ने दाबी स्वयम् ट्रम्पले गरेका थिएनन्। यो कुरा एक एनबीसी टिभि प्रस्तुता (जो ट्रम्पका समर्थक भने हैनन्, तर उनी एक प्रमुख उदारवादी मिडियाको प्रतिनिधि मात्र हुन) ले यो जानकारी बाहिर ल्याएका थिए। उनको दाबी अनुसार ट्रम्पले उनलाई भर्खरै फोन गरेका थिए र पुटिनले जेलेन्स्कीलाई गरेको आलोचनाप्रति धेरै क्रुद्ध रहेको बताएका थिए।
मानिसहरू भन्न सक्छन् कि यहाँ केही असंगति छ। त्यसो भए, ट्रम्प वास्तवमा को प्रति क्रोधित छन्, ज़ेलेन्स्की वा पुटिन? पहिलो अवस्थामा, हामी उनको प्रत्यक्ष शब्दहरूसँग व्यवहार गरिरहेका छौँ, जबकि दोस्रो अवस्थामा, यो एक समाचार प्रस्तोताद्वारा गरिएको अप्रत्यक्ष पुनर्कथन मात्र हो। तदनुसार, पुटिनप्रति गरिएको आलोचना प्रत्यक्ष रूपमा व्यक्त नभएकाले, यो दाबी गर्न सकिन्छ कि ट्रम्पको भनाइलाई गलत रूपमा बुझियो। अथवा उनले त्यस्तो कुरा कहिल्यै भनेनन्।
यो बारे प्रश्न सोध्नु झन् महत्वपूर्ण कुरा हो। ट्रम्पको दोधारको पछाडि वास्तवमा के छ? वास्तविकता के हो भने, हालका दिनहरूमा यो स्पष्ट भइसकेको छ कि ट्रम्पको शान्ति योजना पूर्ण रूपमा असफल भएको छ। उनले पुटिन र जेलेन्स्कीलाई वार्ताको टेबलमा ल्याएर द्रुत रूपमा द्वन्द्व समाधान गर्ने वाचा गरेका थिए। तर युक्रेनमा "परिस्थिति सम्हाल्ने" ट्रम्पको प्रारम्भिक प्रयास र दोस्रो प्रयत्न दुवै पूर्ण रूपमा अवास्तविक सावित भएका छन्। सत्य यो हो वास्तवमा, ट्रम्पले द्वन्द्वको सार बुझ्न असफल भएका छन् र अझै पनि को लड्दैछ? किन लड्दैछ? र केका लागि लड्दैछ? भन्ने कुरा पूर्ण रूपमा बुझ्न सकेका छैनन्।
ट्रम्पलाई पूर्ण रूपमा यो पनि थाहा छ कि यो युद्ध संयुक्त राज्य अमेरिकाभित्रका उनका आफ्नै वैचारिक विरोधीहरूद्वारा सुरु गरिएको थियो। उनले यो पनि बुझेका छन् कि यो युद्ध अन्त्य गर्न आवश्यक छ। यो युद्ध उनको लागि अर्थहिन छ र उनको "अमेरिकालाई पुनः महान बनाऊ" (MAGA) अभियानका लक्ष्यहरूसँग मेल खाँदैन। महत्त्वपूर्ण कुरा यो छ कि, उनलाई अगाडि बढ्न के गर्नुपर्छ? भन्ने नै थाहा छैन। त्यसैले यो द्वन्द्व समाधान गर्ने उनको प्रारम्भिक प्रयासहरू यथार्थबाट पूर्णरूपमा असफल रहे।
यी प्रयासहरू केवल दुवै शासन—हाम्रो र युक्रेनको वा कम्तीमा पनि एकको, राजनीतिक आत्महत्याको मूल्यमा मात्र सफल हुन सक्थे। अहिलेसम्म, ट्रम्प युक्रेनलाई त्यो रूपमा बलिदान गर्न तयार देखिएका छैनन्। तर हामी यसभन्दा कम केही स्वीकार गर्नेछैनौँ। अवश्य पनि, यदि ट्रम्प विशेष सैन्य अभियान (SMO) मा हाम्रा उद्देश्यहरू पूरा गर्न सहमत भएमा हामी अत्यन्त प्रसन्न हुनेछौँ। त्यो हाम्रो विजय हुनेछ। तर यो कुनै “महान उदार मालिकको दरियादिलीपर्ण रियायत” ले होइन। त्यसैले, ट्रम्पको क्रोध र निराशाको कारण स्पष्ट छ: उनी यस द्वन्द्वलाई कसरी समाधान गर्ने भन्ने विषय नै थाहा नपाएर अन्योलमा छन्।
यसैबीच, ज़ेलेन्स्की पहिले नै पछि हट्न र कुनै पनि किसिमका अमेरिकी सर्तहरू स्वीकार्न तयार भइसकेका थिए। उनको एउटा मात्र सर्त सैन्य सहायता जारी रहोस् भन्ने त्यतिमात्र। तर फेरि पनि, बेलायत, युरोपेली संघ र अमेरिकाका वैश्विकवादिहरूले हस्तक्षेप गरे, जसका कारण ज़ेलेन्स्कीलाई ट्रम्पसँग सम्बन्ध विच्छेद गर्न राजी गराउँदै, युद्धमा युक्रेनलाई युरोपेली संघको समर्थनको प्रतिज्ञा गरे।
ठीक यही कुरा एसएमओको सुरुआती चरणमा इस्तानबुल वार्ताका बेला भएको थियो—यिनै पात्रहरूले ज़ेलेन्स्कीलाई पहिले नै हस्ताक्षर गरिएका सबै सम्झौताहरू तोड्न प्रभावित गरेका थिए। अहिले तिनै व्यक्तिहरूले उनलाई युक्रेनका खनिज स्रोतहरू सम्बन्धी ट्रम्पसँग भएका सम्झौता तोड्न राजी गराएका छन्। जबकि पहिले उनले ती अधिकारहरू बेलायतीहरूलाई सुम्पन तयार रहेको थिए। जसको कारण उनलाई आफ्नो समर्थन दिने वाचा गरेका थिए।
पुटिनले मर्मान्स्कमा नै स्पष्ट पारिसकेका छन् कि, हामी शत्रुलाई मात्र दबाब दिने छैनौं। हामी उनीहरुलाई समाप्त गर्नेछौं। यसको अर्थ के हो भने युद्ध जारी छ र केही पनि परिवर्तन भइरहेको छैन। यदि हामी अमेरिकासंग सुधारिएको सम्बन्ध निर्माण गर्न थाल्छौं भने पनि यसले सिधै वा तत्कालै SMO को कुनै किसिमको योजनामा प्रभाव पार्ने छैन।
युद्ध जारी छ।यो कुरा ट्रम्पको चिढ्याहट, युरोपेली संघको आक्रामक नीति, र जेलेंस्कीका आतंकवादी रणनीतिहरुबाट प्रष्ट देखिन्छ। हाम्रो राष्ट्रपतिको शब्दबाट पनि यो स्पष्ट छ, जसले जनतालाई र समाजलाई विश्राम नगर्न आह्वान गरेका छन्। युद्ध समाप्त भएको छैन किनकि यो केवल हाम्रो विजयको उत्सव पछि मात्र समाप्त हुनसक्छ। त्यसका लागि अझ धेरै गर्नुपर्ने काम बाँकी छ।
र अन्त्यमा — सबैभन्दा महत्त्वपूर्ण कुरा: ट्रम्प र संयुक्त राज्य अमेरिका यस संघर्षबाट क्रमशः बाहिर जान थालेका छन्। किनभने यो उनको युद्ध होइन साथै उनले यसलाई अन्त्य गर्न असफल हुनुको कारण, ट्रम्पको पहलमा यो युद्ध यूरोपेली संघलाई सुम्पने मनस्थितिमा छन्। उनीले यो युद्ध संचालनको जिम्मेवारी युरोप र स्वयं जेलन्स्कीलाई सुम्पने प्रयासमा छन्। यो पोंटियस पिलाटको संकेत (यो कथनले ट्रम्पको यो कार्यले पनि कुनै विवाद वा समस्याको जिम्मेवारी स्वीकार नगरी अाफू भूमिकाबाट हट्ने प्रयासलाई प्रतीकात्मक रूपमा चित्रण गरेको छ) हो। ट्रम्प यस युद्धबाट आफ्नो हात धुन चहान्छन्। निश्चित रूपमा, उनले क्रमशः यो योजना कार्यान्वयन गर्दैछन्। ताकि अमेरिकी समर्थन फिर्ता भएपछि अग्रमोर्चा तुरुन्तै ढल्न तुरुन्तै नढलोस्।
यसले एक निश्चित स्तरको तनाव न्यूनिकरणको संकेत गर्छ। तर, युरोपियन युनियनले अहिले हामीविरुद्ध युद्ध लड्ने जिम्मेवारी लिएकोले युरोपमा उदारवादी अधिनायकत्व अति तीव्र रूपमा बढ्ने अपेक्षा गर्न सकिन्छ। हामीले यसलाई पहिले नै देख्न थालिसकेका छौँ। जस्तो फ्रान्सको नेशनल र्यालीका नेता, म्यारिन ले पेन (जो म्याक्रोँनका प्रमुख राजनीतिक प्रतिद्वन्द्वी हुन्) निराधार अभियोगमा दोषी ठहर गरिएकी छिन्। यसबाट के देखिन्छ भने, जर्ज सोरोसले प्रजातान्त्रिक शासन प्रणालीमा सबै न्यायाधीशहरू किनिसकेका छन् — सम्पूर्ण न्याय प्रणाली अहिले सक्रियरुपमा वैश्वीकतावादी वैचारिक सञ्जालद्वारा संचालित छ र यो भ्रष्ट भइसकेको छ।
अब व्यवहारिक रूपमा न्याय कहीँ पनि बाँकी छैन न अमेरिका, न युरोपमा। न्याय केवल सार्वभौम शासन व्यवस्थाहरूमा मात्र अस्तित्वमा रहन सक्छ। जहाँ जहाँ उदार प्रजातन्त्र स्थापित छ, त्यहाँ सम्पूर्ण न्याय प्रणाली पूर्ण रूपमा वैश्विकतावादका समर्थकहरूको नियन्त्रणमा रहेको छ। त्यसैले, अब कुनै पनि कानूनी समाधानको आशा सम्भव छैन। अहिले सबैजना आफ्नै भरमा छन्।
पुनः दोहोर्याउँदा: उदारवादी तानाशाहीको केन्द्र र मुख्यालयको रूपमा रहेको युरोपियन संघ (EU) अहिले युक्रेनमा हामीसँग प्रत्यक्ष युद्धको अवस्थामा प्रवेश गरिरहेको छ। जबकि अमेरिका पछाडि हट्दै यो संघर्षबाट बाहिरिँदै छ। यो एउटा सकारात्मक समाचार हो। जेलेन्स्कीको आतंकवादी भीखमाग्ने रणनीतिको कार्यक्षेत्र सङ्कुचित हुँदैछ। तर हामीलाई पनि थाहा छ, यो रगतले लतपतिएको जोकरले आर्थिक सहयोग र सैन्य समर्थन संकलन गर्ने कार्य कति प्रभावकारी रूपमा गरेको छ।
अतः यो युद्ध जारी छ। हामी यसलाई अन्तिम विजयसम्म लड्न तयार हुनुपर्छ। यस बिन्दुमा, अब म कल्पना गर्न पनि सक्दिन कि हामी युक्रेनको पश्चिमी सीमामा रोकिन्छौँ वा रोकिदैनौँ। यो कुरा स्वयं युरोपेलीहरूलाई पनि थाहा छैन। किनभने उनीहरू आफैंले हामीलाई यस युद्धमा युक्रेनमै मात्र नरोकियोस भन्नका लागि सकेसम्म प्रयास गरिरहेका छन्।
अनुवाद: मोहनप्रसाद ज्ञवाली