Eurasia

रूस, बेलारुस र इरान बीच सङ्घीय राज्य गठन : वर्तमान संकटलाई मुक्त गर्ने ऐतिहासिक रणनीतिक कदम

अमेरिका र इरानबीचको द्वन्द्व चर्कँदै गएको तथ्य झन्-झन् स्पष्ट हुँदैगइरहेको छ। ट्रम्पले अमेरिकी परराष्ट्र नीतिका प्राथमिकताहरू परिवर्तन गरिरहेका छन्। अघिल्लो बाइडेन प्रशासनको  वैश्वीकतावादी विचारधाराका समर्थकहरूका लागि प्राथमिकता युक्रेनमा रुससँगको युद्ध थियो। तर ट्रम्पका लागि इजरायलको महत्व अझ बढी छ। जसका कारण इजरायल र इरानबीचको द्वन्द्व केन्द्रमा आएको छ। अमेरिका क्रमशः यो युद्धमा तानिँदै गएको छ। जसले गर्दा वाशिंगटन र तेहरानबीचको तनाव तीव्र हुँदै गएको छ।